Saturday, August 15News That Matters

खेलकुद

स्व चित्र कुमारी चौधरी (लिम्बु) स्मृती तेस्रो मलिथम च्याम्पियन सिपमा थानपोखरी फुटबल क्लब ज्यामिरे र रातापानी फुटबल क्लब बिजयी

स्व चित्र कुमारी चौधरी (लिम्बु) स्मृती तेस्रो मलिथम च्याम्पियन सिपमा थानपोखरी फुटबल क्लब ज्यामिरे र रातापानी फुटबल क्लब बिजयी

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ४ । स्व. चित्र कुमारी चौधरी (लिम्बु) स्मृती तेस्रो मलिथम फुटबल च्याम्पियन सिपमा थानपोखरी फुटबल क्लब ज्यामिरे र रातापानी फुटबल क्लब बिजयी भएका छन् । शनिबार त्रियुगा नगरपालिका–१३ स्थित थारुहट रंगशालामा भएको पहिलो खेलमा थानपोखरी फुटबल क्लबले नव सार्वजनिक युवा क्लब बेलाहालाई टाईब्रेकरमा पराजित गरेको हो । निर्धारित समयमा गोर रहित बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा थानपोखरी फुटबल क्लब ज्यामिरेले नव सार्वजनिक युवा क्लब बेलाहालाई ४–३ गोलले हराउँदै सेमिफाईनलमा प्रवेश गरेको हो । थानपोखरीका लागी नविन चौधरी, नब्नित चौधरी, अजित चौधरी र गोल रक्षक रेम्बो चौधरीले गोल गरे भने बेलाहाका लागी उमेश चौधरी, अनिल चौधरी र ईश्वर चौधरीले गोल गरे । यस खेलमा गोल रक्षक रेम्बो चौधरी म्यान अफ द म्याच भए ।त्यस्तै अर्को खेलमा रातापानी फुटबल क्लबले कालिका फुटबल क्लब बेलाह...
वाईसियल भलिबलको उपाधि खाबु कुभिन्डेलाई

वाईसियल भलिबलको उपाधि खाबु कुभिन्डेलाई

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ४ । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेमा भएको खुल्ला पुरुष भलिबलको उपाधि खाबु कुभिण्डेले जितको छ । नेकपा (माओवादी केन्द्र) को जारी बिशेष रुपान्तरण अभियान अन्तर्गत योङ कम्युनिष्टलिग (वाईसिएल) नेपाल साउनेद्वारा आयोजित प्रतियोगिताको फाईनलमा त्रि.न.पा. १५ खॉबु कुभिन्डेले त्रि.न.पा. ७ चुहाडेलाई पराजित गर्दै उपाधि जितेको हो । शुक्रबार भएको फाईनल खेलमा दुबै टोलीले २–२ सेट जितेको थियो भने अन्तिम सेटमा चुहाडेलाई ११ मा रोकेर खाबुँले उपाधि चुमेको हो । प्रतियोगिताको प्रथम टोली खाबु कुभिण्डेले मेडल, प्रमाणपत्र र नगद रु. १५ हजार प्राप्त गरे भने दोस्रो टिम चुहाडेले मेडल, प्रमाण पत्र र नगद रु. १० हजार प्राप्त गरे । कार्यक्रममा प्रमुख अतिथि एन्फाको महासचिव किरण राई ,त्रिनपा १४ को वडाअध्यक्ष हेम मगर लगायतले सयुक्त रुपमा विजेता टोलीलाई पुरस्कार हस्तान्तरण गरेका थिए । सो अवसरमा मह...
प्रथम फर्सेट ओपन च्यालेन्ज कपको उद्घाटन खेलमा क्रेजी फुटबल क्लब श्रीपुर र चाप फुलबल क्लब विजयी

प्रथम फर्सेट ओपन च्यालेन्ज कपको उद्घाटन खेलमा क्रेजी फुटबल क्लब श्रीपुर र चाप फुलबल क्लब विजयी

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक २ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ४ बगाहा फर्सेटस्थित प्रथम फर्सेट ओपन च्यालेन्ज कपको उद्घाटन खेलमा क्रेजी फुटबल क्लब (श्रीपुर) र चाप फुलबल क्लब विजयी भएका छन् ।स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद भन्ने नारका साथ फर्सेट फुटबल क्लबले प्रथम फर्सेट ओपन च्यालेन्ज कप (२०८०) फुटबल प्रतियोगिता आयोजना गरेको हो । बिहिबार दिउँसो २ बजे क्रेजी फुटबल क्लब (श्रीपुर) र लाङ्गाली युवा समुह (जलजले) बिचको उद्घाटन खेल निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा क्रेजी फुटबल क्लबले लाङ्गाली फुटबल क्लबलाई ७–६ गोलले पराजित गरेको हो ।श्रीपुरको लागी जर्सी नं १८ का असिम राई, जर्सी नं ६ का सुविन खड्का, जर्सी नं ८ का समिर तामाङ, जर्सी नं १५ का मुकेश चौधरी र जर्सी नं १० का अमित मगरले गोल गरे भने लाङ्गालीका लागी जर्सी नं ८ का नविन तामाङ, जर...
महिला कबड्डीमा भारतसँग पराजित भएपछि नेपाल कास्य पदकमा सिमित

महिला कबड्डीमा भारतसँग पराजित भएपछि नेपाल कास्य पदकमा सिमित

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज १९ । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा भारतसँग पराजित भएपछि नेपाल कास्य पदकमै सिमित भएको छ । शुक्रबार बिहान हाङझाउ जिआओसान गुआली स्पोर्ट्स सेन्टरको कोर्ट–२ मा भएको सेमफाईनलमा भारतसँग नेपाल ६१–१७ ले पराजित भएको हो । यसअघि समुह ‘बी’ मा रहेको नेपालले समुह चारणको पहिलो खेलमा बंगलादेशमाथि जित निकालेको थियो भने दोस्रो खेलमा ईरानसँग पराजित भएको नेपाल समुह उपविजेता बन्दै सेमिफाईनल पुगेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने दुवै टिमले कास्य पदक पाउने प्रावधान अनुसार नेपालको कास्य पदक पक्का भएको थियो । नेपाललाई हराएपछि भारत फाइनल पुगेको छ र अब स्वर्णका लागि खेल्ने छ ।...
भारतसँग २३ रनले पराजित हुँदै बाहिरियो नेपाल

भारतसँग २३ रनले पराजित हुँदै बाहिरियो नेपाल

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज १६ । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३ रनको पराजित भएको छ । मंगलबार बिहान भएको खेलमा भारतले दिएको २०२ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाए भने सन्दीप जोरा र कुशल मल्लले २९–२९ रनको योगदान दिए । ओपनर कुशल भुर्तेलले २८ रन बनाए । बलिङमा भारतका रवि बिश्नोइ र आवेश खानले ३–३ विकेट लिए । अर्शदीप सिंहले २ विकेट लिन सफल भए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेट गुमाएर २०२ रन बनाएको थियो । भारतको लागी ओपनर यशस्वी जैसवालले शानदार ब्याटिङ गरे । जैसवालले ४९ बलमा शतक प्रहार गरेका थिए । दीपेन्द्रको बलमा अविनाष बोहराबाट क्याच आउट हुनु भन्दा अघि जैसवालले ८ चौका र ७ छक्का प्रहार गर्दै शतक पुरा गरेका थिए । ओपनर जैसवाल र रुतराज गाइ...
पर्यटन प्रवद्र्धनका लागि उदयपुरका दुई साईकल यात्री हेलम्वु सम्मको यात्रामा

पर्यटन प्रवद्र्धनका लागि उदयपुरका दुई साईकल यात्री हेलम्वु सम्मको यात्रामा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, ९ असोज । उदयपुरका दुई साईकल यात्री मंगलबार हेलम्वु तर्फ लागेका छन् । देलकुद र पर्यटन प्रवद्र्धनको बिकास गर्ने मुख्य उदेश्यका साथ त्रियुगा नगरपालिका ७ का आङपासाङ शेर्पा र त्रियुगा नगरपालिका ११ का अबैध नारायण चौधरी सिन्धुपाल्चोकको पर्यटकीय स्थल हेलम्वु गाउँपालिका तर्फ लागेका हुन् । उनिहरुलाई त्रियुगा नगरपालिका वडा नं ७ का वडाअध्यक्ष अमर बहादुर दनुवारले खादा लगाएर विदाई गरेको छ । यात्रामा सहभागी शेर्पाका अनुसार करिब एक हप्तामा हेलम्वुमा कोरा हानेर गृह जिल्ला आईपुग्ने योजना रहेको छ । त्यस ठाउँको सबै पर्यटकीय स्थानहरुको अवलोकन गरेर त्यहाँको पर्यटकीय बिषयमा केहि बुझेर जिल्ला फर्किने शेर्पाले जनाए । यात्रामा सहभगाी शेर्पा र चौधरीले त्रियुगा नगरपालिका र हेलम्वु गाउँपालिकालाई पर्यटन सँग कसरी जोड्ने र विकास गर्ने भन्ने बिषयमा जनप्रतिनिधि तथा पर्यटकीय निकायहरु सँग छलफल समेत गर...
नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाईनलमा

नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाईनलमा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, भदौ ८ । नेपाल साफ यु १९ च्याम्पियन सिपको सेमिफाईनलमा प्रवेश गरेको छ । सोमबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । नेपालका लागी समिर तामाङले २ गोल गरे । तामाङले पहिलो र दोस्रो हाफमा गोल गरेका हुन् । त्यसअघि खेलको १६औं मिनेटमा प्रशान्त लक्षमले गोल गर्दै नेपाललाई आग्रता दिलाएका थिए । त्यसपछि खेलको २९ औं मिनेटमा समिर तामाङले गोल गर्दै आग्रता दोब्बर पारेपछि पहिलो हाफमा नेपालले २–० को आग्रता लिएको थियो । खेलको सुरुबाट नै दबाबमा रहेको माल्दिभ्सले दोस्रो हाफको ५७ औं मिनेटमा एक गोल फर्काएपनि ८८ औं मिनेटमा निराजन धामीले र ९५ औं मिनेटमा समिर तामाङले गोल गरेपछि नेपालले सहज जित हासिल गरेको हो । यस खलमा नेपाल र माल्दिभ्सका एक–एक खेलाडीले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान...
श्रीलंकालाई १० विकटले हराउँदै भारतले जित्यो एसीया कपको उपाधि

श्रीलंकालाई १० विकटले हराउँदै भारतले जित्यो एसीया कपको उपाधि

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, भदौ ३१ । भारतले श्रीलंकलाई १० विकेटले हराउँदै एसीया कप क्रिकेट २०२३ को उपाधि जितेको छ । श्रीलंकाले दिएको ५१ रनको सामान्य लक्ष्य भारतले विकेट नगुमाई ६.१ ओभरमा पुरा गर्दै ८ औं उपाधि हात पारेको हो । भारतका लागि इशान किसनले नटआउट ४ चौका हिर्काउँदै २३ रन र शुभमन गिलले नटआउट ५ चौका हिर्काउँदै २७ रन जोडे। एसीया कपको फाईनलमा विकेटको आधारमा यो सबैभन्दा ठूलो जित हो । भारतले पछिल्लोपटक २०१८ मा एसिया कप जितेको थियो। यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अलआउट भएको थियो । श्रीलंकाको ब्याटिङ लाइनअप ध्वस्त पार्न भारतका मोहमद सिराजले ६ विकेट लिए । सिरजले एकै ओभरमा ४ विकेट लिएका थिए भने ७ ओभरमा २१ रन खर्चिएर ६ विकेट लिन सफल भए । यस्तै हार्दिक पाण्ड्याले २.२ ओभरमा ३ विकेट लिए भने जसप्रति बुमराहले ५ ओभरमा २३ रन खर्चेर १ विकेट लिए । श्रीलंका लगि कुशल मेन्डिसले १७ र...
प्रथम दिप्शन मगर स्मृति फुटबल प्रतियोगिताको उपाधी गाईघाट फुटबल क्लबलाई

प्रथम दिप्शन मगर स्मृति फुटबल प्रतियोगिताको उपाधी गाईघाट फुटबल क्लबलाई

Breaking News 1, खेलकुद
पूर्णपुष्टि,भद्र ३० । प्रथम दिप्शन मगर स्मृति फुटबल प्रतियोगिताको उपाधी गाईघाट फुटबल क्लबले हात पारेको छ । उदयपुको चौदण्डीगढी नगरपालिका–७, स्थित रामप्रसाद राई रंगशालामा भएको अन्तिम फाईनल खेलमा तालतलैया फुटबल क्लव सुनसरीलाई पेनाल्टी सुटआउटमा ३ को विरुद्ध ४ गोलले पराजित गर्दै गाईघाटले उपाधी चुमेको हो । प्रतियोगिताको फाइनल खेलको ४५औं मिनेटमा गाईघाट फुटबल क्लबका जर्सी नम्बर २३ का खेलाडी योन्जन हमालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेका तालतलैयाले सुधारिएको खेल प्रदर्शन गर्दै खेलको ५९औं मिनेटमा जर्सी नम्बर ८ का खेलाडी उमेश कार्कीले जवाफी गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । निर्धारित समयमा दुवै टिमका तर्फबाट थप गोल हुन नसकेपछि बिजेताको छिनोफानो पेनाल्टी मार्फत गरिएको थियो । ट्राईबेकरमा ४-३ ले जित निकाल्दै गाईघाट फुटवल क्लबले उपाधी जितेको छ भने सुनसरीको तालतलैया फुटव...
प्रथम दिप्शन मगर स्मृति फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा तालतलैया विजयी

प्रथम दिप्शन मगर स्मृति फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा तालतलैया विजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,भाद्र २३ । उदयपुरको चौदण्डीगढीमा प्रथम दिप्शन मगर स्मृति फुटबल प्रतियोगिता आज देखि सुरु भएको छ । चौदण्डीगढी–७ स्थित सहीद रामप्रशाद राई रंगशालामा खेलमा फ्युजन फुटबल क्लव गाईघाटलाई तालतलैया फुटबल क्लवले ३–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । प्रतियोगिताको पहिलो हाफको २५ र २६ औं मिनेटमा तालतलैयाका जर्सी नं.६ का रमेश राजवंशीले र सन्दिप लिम्बुले १र१ गोल गरि टिमलाई अग्रता दिलाएको थियो । यस्तै फ्युजन फुटबल क्लवको तर्फबाट खेलको ३० औं मिनेटमा जर्सी नं. १० का समिर राईले १ गोल गर्दै खेललाई २-१ मा परिणत गरेका थिए । यता दोस्रो हाफको ७४ औं मिनेटमा तालतलैयाकै जर्सी नं.१७ का विवस गुरुङले फ्युजनका खेलाडिहरु अन्योलमा पर्दा त्यसको फाईदा उठाउँदै टिमका लागि पुन १ गोल थप्दा ३–१ गोल अन्तरले तालतलैया बिजयी भएको हो । पारुहाङ एकेडेमीका पूर्व विद्यार्थीको सम्झनामा आयोजित प्रतियोग...