Saturday, August 15News That Matters

खेलकुद

एसीया कपमा आज नेपालले भारतसँग खेल्दै

एसीया कपमा आज नेपालले भारतसँग खेल्दै

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, भदौ १८ । एसीया कपमा आज नेपालले भारतसँग खेल्दैछ । नेपालको २७ वर्षे अन्तराष्ट्रिय क्रिकेट ईतिहासमा पहिलो पटक विश्व क्रिकेटको हस्ती छिमेकी राष्ट्र भारतसँग खेल्न लागेको हो । नेपाल र भारत बिचको खेल श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेले इन्टरनेशनल स्टेडियममा दिउँसो सवा तीन बजे सुरु हुनेछ । श्रीलंका र पाकिस्तानमा संयुक्त रुपमा जारी १६औं संस्करणको एसिया कपमा नेपाल टेष्ट र टी–२० फर्म्याटको नम्बर वान टिमको सामना गर्दैछ । यस खेल जित्ने टिम सुपर फोरमा पुग्ने भएकाले दुवैका लागि महत्वपूर्ण छ । भारतसँग खेल्न लामो प्रतिक्षा गर्नुपरेको नेपालको लागी यो खेल बहुप्रतिक्षित बनेको छ । एसीसी प्रिमियर कपको उपाधि जितेर पहिलो पटक एसीया कपमा छनोट भएर खेलिरहेको नेपालले एकै संस्करणमा भारत र पाकिस्तान जस्ता टिमसँग खेल्न पाउनु नेपाली क्रिकेटकै लागि ठूलो अवसर समेत हो । भारत र पाकिस्तान रहेको समुह ‘ए’ म...
उदयपुर तेस्रो (एमटीबी एक्स-को) रेसमा सिनियर तर्फ निमा र जुनियर तर्फ सजन प्रथम

उदयपुर तेस्रो (एमटीबी एक्स-को) रेसमा सिनियर तर्फ निमा र जुनियर तर्फ सजन प्रथम

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, १६ भदौ । गाईघाटमा सम्पन्न उदयपुर तेस्रो (एमटीबी एक्स-को) रेस प्रतियोगितामा सिनियर तर्फ निमा शेर्पा र जुनियर तर्फ साधन कार्की प्रथम भएको छ । शनिवार चप्पनमा आयोजित प्रतियोगितामा अढाई किलोमिटरको आठ ल्यावमा सिनियर तर्फ बोक्सेका शेर्पा र सात ल्याव जुनियर तर्फ गाईघाटका कार्की बिजयी बनेको हो । त्यस्तै सिनियर तर्फ दोस्रो सौगात मगर र तेस्रो जोनस राई भएका छन् । यस्तै जुनियर तर्फ दोस्रो कुसाङ्ग शेर्पा र तेस्रो कृष्ण सोनी भएको छ । संघका अध्यक्ष जितेन्द्र रोईलाका अनुसार उक्त प्रतियोगिताको मुख्य उदेश्य खेलाडी उत्पादन गर्न रहेको जनाए । पछिल्लो सयम मानिसहरु साईकललाई मनोरञ्जनको रुपमा र्यालीलाई मात्रै प्राथामिकता दिने तर खेलमा भने सहभागी नहुने अवस्था रहेको उनले जनाए । अब भने साईकलिङ क्षेत्रमा पनि खेलाडी उत्पादन गर्दै प्रतियोगिता तथा खेललाई अगाडी बढाने कार्यक्रमको मुख्य उदेश्य रहेको रो...
प्रथम एलेभेन स्टार च्यालेन्ज कपको उपाधी साउनेलाई (फोटि सहित)

प्रथम एलेभेन स्टार च्यालेन्ज कपको उपाधी साउनेलाई (फोटि सहित)

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,भद्र १४ । उदयपुरको गाईघाटमा आयोजित प्रथम एलेभेन स्टार च्यालेन्ज कप “9A” साइज खुल्ला फुटबल प्रतियोगिताको उपाधी साउने फुटबल क्लवले हात पारेको छ । एलेभेन फुटबल कप बोक्सेको आयोजनामा बोक्से पानिटेन्की स्थित बरघाट्टा खेल मैदानमा भएको अन्तिम फाईनल खेलमा आयोजक टिमलाई १ को विरुद्ध २ गोल अन्तरले पराजित गर्दै साउने फुटबल क्लवले उपाधी हात पारेको हो । उपाधी सँगै साउनेले नगद रु ३० हजार सहित ट्रफि प्रमाण पत्र हात पारेका छन् । फाईनल खेलमा सम्मानजनक हार व्यहोरेका आयोजक उपबिजेतामा सिमित रहँदै नदर १५ हजार र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएका हुन् । प्रतियोगिताको फाईन खेलमा बर्षाका कारण प्रतियोगिता सञ्चान हुन नसक्दा सेहि समय चिन्ता जनक स्थिति भए संगै केहि समय खेल स्थगित गरिएको थियो । हावा हुरीसँगै आएको वर्षाले गर्दा खेल अवरुद्ध गर्दा फाइनले खेल हेर्ने दर्शकहरुको भने निक्कै बाक्लो उपस्थिति ...

वडिविल्डर दिलिप चौधरीलाई त्रियुगा नगरपालिकाले गरे नगद सहित सम्मान

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, ७ साउन । त्रियुगा नगरपालिकाले बडिविल्डर दिलिप चौधरीलाई नगद सँगै सम्मान तथा बधाई ब्यक्त गरेको छ । मंगलबार नगर प्रमुख वसन्त वस्नेतको कार्यकक्षमै चौधरीलाई सम्मान गरिएको हो । बिभिन्न खेलाडी तथा त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको उपस्थितिमा चौधरीलाई सम्मान तथा बधाई ब्यक्त गरिएको खेलाडी अरुण चौधरीले जनाए । चौधरीका अनुसार नगद रु २१ हजार सम्मान पत्र सहित दिलिपलाई त्रियुगा नगरपालिकाले सम्मान गरेको हो । चौधरी भर्खरै काठमाण्डौँमा भएको नरेश सुर्या क्लासिक नेपालको अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएका थिए । उनले त्यस प्रतियोगितामा बडिविल्डर तर्फ दोस्रो स्थान र फिजिकल क्लासिक तर्फ भने पहिलो स्थान प्राप्त गरेका थिए । चौधरी झापामा आयोजित दोस्रो मिस्टर कंचनजंघकाको बिजेता पनि हुन् । उदयपुर स्थित त्रियुगा १२ निवासी चौधरी गाईघाटमा रहेको डि।एन। वी क्लवमा आवद्ध छन् ।...
अन्तराष्ट्रिय बडिविल्डिङ उपविजेता तथा क्लासिक फिजिक्स बिजेता चौधरीलाई गाईघाटमा सम्मान तथा बधाई

अन्तराष्ट्रिय बडिविल्डिङ उपविजेता तथा क्लासिक फिजिक्स बिजेता चौधरीलाई गाईघाटमा सम्मान तथा बधाई

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, ६ भदौ । उदयपुरका दिलिप चौधरी बडिविल्डिङका उदाउँदो खेलाडी हुन् । चौधरीले बिभिन्न प्रतियोगितामा बिजयी हाँसिल गरिसकेका छन् भने जुनसुकै प्रतियोगिताहरुमा महत्वपूर्ण जित राख्दै आएका छन् । चौधरीले यो भन्दा पहिलेका जिल्ला तथा प्रदेश स्तरीय प्रतियोगिताहरुमा जितको बर्चस्व जमाईसकेका छन् । चौधरीले केही महिना अघि मात्रै झापामा भएको मिस्टर कंचनजंघा दोस्रो चरणको उपाधी समेत हात पारिसकेको छ । लगत्तै चौधरीले साउन ३२ गते देखी भएको अन्तराष्ट्रि प्रतियोगिता नरेश सुर्या क्लासिक नेपालमा पनि भाग लिए । चौधरीले यस प्रतियोगितामा भने क्लासिक फिजिक्स तर्फ पहिलो स्थान हासिँल गरे भने बडिविल्डिङ तर्फ दोस्रो स्थान हासिल गरे । साउन ३२ गतेदेखी सुरु भएको प्रतियोगितामा आफ्नो क्षेमतालाई उदयपुरको प्रतिनिधित्व गर्दै चौधरी जिल्ला फर्किएका छन् । जिल्ला फर्किए सँगै उनलाई बधाई अनि सम्मान दिनेको ओईरो लागेको छ । ...
यु-१९ पुरुष फुटबलमा उदयपुरबाट २४ खेलाडी छनोट

यु-१९ पुरुष फुटबलमा उदयपुरबाट २४ खेलाडी छनोट

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,असार २० । आगामी असोजमा सुरुहुँन गैरहेको यु-१९ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि उदयपुरबाट २४ जना खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल संघले ७८ वटै जिल्लाहरुलाई खेलाडी छनोट गर्न भनेअनुसार उदयपुरबाट बिभिन्न २४ जना युवा खेलाडीहरुका छनोट गरिएको हो । गाईघाटको थरुहट रंगाशालामा शुक्रबार छानिएका ११५ जना खेलाडीहरु मध्ये २४ जना छनोट गरिएको यु १९ पुरुष फुटबल खेलाडि छनोट समितिका संयोजक दिपक थापाले जनाए । उनका अनुसार उदयपुरबाट छनोट भएका सम्पूर्ण खेलाडीहरुले धरानमा हुने कोशी प्रदेशस्तरीय छनोटमा सहभागिता जनाउने छ । कोशी प्रदेशका अन्य जिल्लाबाट छनोट भएर आएका खेलाडीमध्येबाट छानिएर एन्फामा पठाइने छ । देशभरिबाट छानिएर आएका खेलाडीबाट यु-१९ को राष्ट्रिय टोली घोषण गरिने जनाएको छ । उदयपुरमा छनौट भएकामध्ये सबैभन्दा बढी त्रियुगा नगरपालिकाबाट १० जना रहेकाछन् ।...
उदयपुरमा नेपाल राष्ट्रिय मुवाँथाई संघ गठन, अध्यक्षमा रिदम सुनवार

उदयपुरमा नेपाल राष्ट्रिय मुवाँथाई संघ गठन, अध्यक्षमा रिदम सुनवार

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, १६ साउन । उदयपुरमा नेपाल राष्ट्रिय मुवाँथाई संघ गठन भएको छ । पर्श सुनुवार (रिदम) को अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा फर्श वहादुर मगर, सचिवमा समिप राई, सहसचिवमा सन्तोष निरौला, तुलसा कुमारी थापा, कोषाध्यक्षमा मिलन तामाङ, रहेका छन् । यस्तै सदस्यहरुमा सचितत्र राई, प्रकाश राई, भुवन राई र टेक वहादुर मगर रहेको छ । देशैभरी संघ विस्तारको क्रममा उदयपुरमा पनि उक्त खेलको संघ विस्तार गरिएको अध्यक्ष रिदम राईले जनाए । राईका अनुसार पूर्वी जिल्लाहरुमा खोटाङ, ओखलढुँगा, इलाम उदयपुर लगायत ठाउँमा संघ विस्तार भैसकेको र बाँकी जिल्लाहरुमा पनि विस्तारको काम भैरहेको जनाए । मुवाँथाई खेल नेपालका महत्वपूर्ण र प्रख्यात राष्ट्रिय खेल रहेको समेत राईले जनाए । संघ गठन गरे सँगै कार्यसमितिको सम्पूर्ण विवरण सहित उदयपुर जिल्ला खेलकुद विकास समितिमा पनि दर्ता गराई सकिएको छ, राईल...
बार्सिलोनासँग रियल पराजित

बार्सिलोनासँग रियल पराजित

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन १४ । प्रिसिजन टुर अन्तर्गत दुई स्पेनिस क्लबबिच भएको खेलमा रियल मड्रिडमाथि बार्सिलोनाले जित निकालेको छ । सकर च्यामपियनसिप टुर अन्तर्गत अमेरिकाको टेक्सासमा आइतबार विहान भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ३–० ले पराजित गरेको छ । खेलको १४ औं मिनेटमा उसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई आग्रता दिलाएका थिए । त्यसपछि खेलको १९ औं मिनेटमा रियलले बराबरी गर्ने अवसर पाएको पाएको थियो । भिनियस जुनियले प्रहार गरेको पेनाल्टी पोष्टमा ठोक्किएर फर्कियो । त्यसपछि पनि रियलले धेरै गोल गर्ने अवसर पाएको थियो । तर, गोल गर्न नसकेपछि ८५ औं मिनेटमा फर्मिन लोपेजले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । दोस्रो हाफको इन्जुरी टाईमको पहिलो मिनेट नबित्दै फेरान टोरेशले गोल गर्दै बार्सिलोनालाई उत्कृष्ट जित दिलाए ।...
सेभेन ए साईड झरी च्यालेन्जको उपाधी ब्रोदर्सलाई

सेभेन ए साईड झरी च्यालेन्जको उपाधी ब्रोदर्सलाई

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,साउन १३ । उदयपुरको त्रियुगा नगरपालीका वडा नम्बर–१० बोक्से खशि बजारमा आयोजित प्रथम सेभेन ए साईड ‘झरी च्यालेन्ज’को उपाधी ब्रोदर्सले हात पारेको छ । प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा नयाँबस्ती फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै ब्रोदर्स बिजयी बनेको हो । यता आयोजक टिम नयाँ नयाँ बस्तिले भने उपविजेतामै चित्त बुझाएका छन् । नयाँबस्ती फुटबल क्लबको आयोजनामा गत असारको २९ गते देखि सुरु भएको प्रतियोगिताको आज भएको फाईनल खेलमा ब्रोदर्सको लागि जर्सी नम्बर ४७ का सुदिप श्रेष्ठ र जर्सी नम्बर ५ का समेल राईले गोल गर्न सफल भएका थिए । प्रतियोगितामा नयाँबस्तीको लागि जर्सी नम्बर १८ का संजय भुजेलले टिमको लागि १ गोल गरी खाता खोलेका थिए । प्रतियोगिताका बिजयी ब्रोदर्सले ट्रफि नगद रु २५००० सहित प्रमाणपत्र र उपबिजेता नयाँबस्ती फुटबल क्लबले ट्रफि नगद रु १५००० सहित प्रमाणपत्र प्राप्त गरेका ...
मेस्सीको दुई गोलमा मियामी विजयी

मेस्सीको दुई गोलमा मियामी विजयी

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन १० । अमेरिकी मेजर सकर क्लब इन्टर मियामी लिग कपको आफ्नो दोस्रो खेलमा विजयी भएको छ । अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनल मेस्सीले लिग कपको खेलमा लगातार गोल गरेका छन् । बुधबार डीआरऐ पिएनके स्टेडियममा भएको खेलमा मेस्सी र रोबर्ट टेललरे समान दुई–दुई गोल गर्दा मियामीले एटलान्टा युनाइटेडमाथि ४–० को जित निकालेको छ । मियामीका लागी मेस्सीले खेलको ८ औं मिनेटमा गोल गर्दै आग्रता लिएका थिए भने २२ औं मिनेटमा रोबर्ट टेलरको पासमा दोस्रो गोल गर्दै आग्रता दोब्बर पारे । खेलको ४४औं मिनेटमा रोबर्ट टेरलले गोल गरेपछि पहिलो हाफमा मियामीले ३ गोलको आग्रता लिएको थियो भने ५३ औं मिनेटमा मेसीकै पासमा रोबर्ट टेलरले गोल गर्दै ४–० को आग्रता बनाए । यसअघि मेस्सीको डेब्यु खेलमा मियामीले अजुलमाथि २–१ को जित निकालेको थियो । एक–एक गोलको बराबरीमा रहेको खेलमा मेस्सीले इन्जुरी टाईममा फ्रिकिकमार्फत गोल गर्द...