Saturday, August 15News That Matters

खेलकुद

मेस्सीको डेब्यु खेलमा मियामी बिजयी

मेस्सीको डेब्यु खेलमा मियामी बिजयी

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन ६ । विश्व विजेता लिओनल मेस्सीको डेब्यु खेलमा इन्टर मियामी बिजयी भएको छ । लिग कप साउथ अन्तर्गत समूह सी को खेलको इन्जुरी टाइममा मेस्सीले गोल गरेपछि मियामीले क्रुज अजुलमाथि २–१ को जित हासिल गरेको हो । दोस्रो हाफमा मैदान प्रवेश गरेका मेस्सीले खेलको ९४ औं मिनेटमा फ्रिकिक मार्फत गोल गरेपछि मियामीले नाटकिय जित हात पारेको छ । त्यसअघि मियामीका थोमस टेलरले ४४ औं मिनेटमा गोल गर्दै आग्रता लिएका थिए भने खेलको ६५ औं मिनेटमा क्रुजका उरियल अन्टुनाले गोल गर्दै खेल बराबरी बनाएका थिए । पूर्व स्पेनिस क्लब बार्सिलोनादेखी सन् २०२१ मा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका मेस्सी यसै समर मेजर सकर लिग क्लब इन्टर मियामीमा आबद्ध भएका हुन् ।      ...
आजदेखी महिला फिफा विश्कप सुरु

आजदेखी महिला फिफा विश्कप सुरु

खेलकुद, समाचार
पूर्णपुष्टि, साउन ४ । नवौँ संस्करणको महिला फिफा विश्वकप आजदेखी सुरु हुदैँछ । यस पटकको विश्वकप अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको छ । पहिलो पटक दुई राष्ट्रले आयोजना गरेको यस संस्करणमा ३२ राष्ट्रबिच प्रतिस्पर्धा हुनेछ । अस्ट्रेलियाको ६ र न्युजिल्याण्डको ४ गरी कूल १० स्टेडियममा आजदेखी खेलाईने विश्वकपको उद्घाटन खेलमा नर्वे र न्युजिल्याण्ड भिड्ने छन् । समुह ‘ए’ मा रहेको नर्वे र न्युजिल्याण्डको उद्घाटन खेल अकल्याण्डस्थित एडेन पार्कमा नेपाली समय अनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ । यस्तै आज समूह बी मा रहेको आयोजक अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबिचको दोस्रो खेल सिड्नीस्थति स्टेडियम अस्ट्रेलियामा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । महिला विश्वकपमा अमेरिका सार्वाधिक उपाधि जित्ने राष्ट्र हो । अमेरिकाले ४ पटक महिला विश्वकपको उपाधि जितेको छ । यस्तै जर्म...
अन्तिम खेलमा नेपालको सान्त्वना जित

अन्तिम खेलमा नेपालको सान्त्वना जित

Breaking News 3, खेलकुद
पूर्णपुष्टि, साउन ३ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको समुहगतको आफ्नो अन्तिम खेलमा नेपालले यूएई ‘ए’ माथि ३ विकेटको जित निकालेको छ । यूएईले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ७ विकेट गुमाएर भेटाएको हो । नेपालका लागी ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । फराजुद्दिनको बलमा नवाजबाट क्याच हुनु अघि भुर्तेलले ९ चौका र ४ छक्काको मद्दतमा ७१ रन जोडे । अर्का ओपनर अर्जुन साउद जवादुल्लाहको पहिलो बलमै रन बिहिन आउट भएका थिए । नेपालका लागी देव खनाल र सन्दीप जोराले २४–२४ रन जोडे। गुल्सन झाले ११ रन, कप्तान रोहित पौडेलले ९ रन, पवन सर्राफ रन बिहिन आउट भए भने प्रतिश जिसीले ३ बलमा नटआउट ८ रन जोडे। युएईका पराजुद्दिनले ५ विकेट लिए भने जवादुल्लाहले २ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको यूएईले ४४ ओभरमा अलआउट हुदैँ १५७ रन बनाएको थियो । युएईका ओपनर लवप्रित सिंहल...
युएई ‘ए’ ले नेपाललाई दियो १६८ रनको लक्ष्य

युएई ‘ए’ ले नेपाललाई दियो १६८ रनको लक्ष्य

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन ३ । श्रीलंकामा चलिरहेको एसीसी इमर्जिङ टिम्स एसिया कपमा युएई ‘ए’ ले नेपाललाई १६८ रनको लक्ष्य दिएको छ । कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले ४४ ओभरमा अलआउट हुँदै १६७ रन बनाएको हो । युएईका लागि ओपनर लवप्रित सिंहले अर्धशतक प्रहार गरे । ८२ बल खेलेका सिंहले कुशल भुर्तेलको बलमा सन्दीप जोराबाट क्याच हुनुअघि ५२ रन बनाए । अर्का ओपनर आयान्स शर्मा १४ रनमा कुशल मल्लको बलमा पवन सर्राफबाट क्याच हुन पुगेका थिए । त्यस्तै अश्वन्त वल्थापाले १६ रन, निलन्सले ९ रन, मोहम्मद फराजुद्दीन र पहद नवाजले ४–४ रन, अनिस तन्डनले ३ रन र अलि नासिरले १ रन बनाए । नेपालका लागी कुशल भुर्तेलले ६ विकेट लिए भने श्याम (मौसम) ढकालले २ र कुशल मल्ल र पवन सर्राफले १–१ विकेट लिए । यसअघि भारत र पाकिस्तानसँगको दुबै खेलमा हारेको नेपार र युएई समुह चरणबाटै बाहिरिसकेको छ । समुह ए बाट भारत र पाकिस्तान सेमिफा...
नेपाली राष्ट्रिय भलिबलको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त

नेपाली राष्ट्रिय भलिबलको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन २ । नेपाली राष्ट्रिय पूरुष भलिबलको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् । उनलाई सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले कप्तानमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन आर्मी क्लबका स्पाईकर श्रेष्ठ २०१५ देखी नेपाली राष्ट्रिय टिमका लागी खेल्दै आएका छन् । उनले नेपालले खेलेको पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेलेका छन् । नेपालले २०१७ मा माल्दिभ्समा सेनट्रल जोनमा तेस्रो हुँदै कांस्य पदक जितेको थियो । उक्त प्रतियोगितामा श्रेष्ठले बेस्ट आउटसाइड सेकेण्ड अट्याकरको अवार्ड जितेका थिए । यसअघिको कप्तान हरी हजुर थापालाई संघले गत आईतबार बर्खास्त गरेको थियो । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय लिगमा कप्तानको भुमिका राम्रोसँग पुरा नगरको र कर्तव्यबाट विमुख भएको भन्दै संघले थापालाई निलम्बन गरेको हो । गत महिना मात्र कीर्गिस्तान...
किरण चेम्जोङ इन्डियन सुपर लिग आईएसएलका लागी पञ्जाबमा अनुबन्ध

किरण चेम्जोङ इन्डियन सुपर लिग आईएसएलका लागी पञ्जाबमा अनुबन्ध

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन २ । नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङलाई इन्डियन सुपर लिग आईएसएलका लागी पञ्जाबले थप एक वर्ष अनुबन्ध गरेको छ । भारतको पहिलो श्रेणीको लिग (आईएसएल) मा बढुवा गराउन दोस्रो श्रेणीको आई लिग जिताउन मद्दत गरेको चेम्जोङलाई पञ्जाबले २०२४ सम्मको लागी अनुबन्ध गरेको छ । पञ्जाव एफसी आईएसएलका लागि बढुवा हुने पहिलो क्लब हो । २०२३ सेप्टेम्बरदेखि २०२४ मार्च सम्म चल्ने आईएसएलको यो नयाँ सिजनमा १२ टिमबिच प्रतिस्पर्धा हुनेछ । किरण एसियन कोटामा पञ्जावमा अनुबन्ध भएका हुन् । आईएसएल खेल्ने टोलीले उसियन उकसहित ६ विदेशी खेलाडी टिममा राख्न पाउनेछ । आई लिग खेल्दा पहिलो रोजाईमा खेलेका चेम्जोङको आईएसएलमा पनि पहिलो रोपाईमा खेल्ने सम्भावना छ । आईएसएलमा खेल्ने पहिलो नेपाली खेलाडी अनन्त तामाङ हुन् । उनले गत सिजन इस्ट बंगालबाट एक खेल खेलेका थिए । यदी पहिलो रोजाईमा खेल्न पाएमा चे...
कप्तान रोहितको अर्धशतक, भारत ‘ए’ टिमलाई १६८ रनको लक्ष्य

कप्तान रोहितको अर्धशतक, भारत ‘ए’ टिमलाई १६८ रनको लक्ष्य

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन १ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ‘ए’ लाई १६८ रनको लक्ष्य दिएको छ । कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा अलआउट हुँदै १६७ रन बनाएको हो । कमजोर ब्याटिङ गरेको नेपालका लागी कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे । १० ओभरमा ३७ रन जोड्दा ५ विकेट गुमाएको नेपालका लागि रोहितले सोमपाल कामीसँग छैटौं विकेटका लागि ५३ रन र गुल्सन झासँग सातौं विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । चौथो नम्बरमा ब्याटिङ गरेका कप्तान रोहितले सार्वाधिक ६५ रनको योगदान गरे । गुल्सन झाले ३८ रन बनाए भने सोमपालले १४ रन बनाए । देव खनालले १५ रन बनाए । त्यस्तै नेपालका ओपनर कुशल भुर्तेल दोस्रो बलमै रन बिहिन हुँदै आउट भएका थिए भने आसिफले ७ रन बनाए । पवन सर्राफले ६ रन बनाए भने भीम सार्कीले ४ रन बनाए । कुशल मल्ल पनि रन बिहिन आउट भए...
राष्ट्रिय भलिबल टिमका कप्तान थापा निलम्बित

राष्ट्रिय भलिबल टिमका कप्तान थापा निलम्बित

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असार ३१ । नेपाली राष्ट्रिय भलिबल टिमको कप्तान हरिहजुर थापा निलम्बनमा परेका छन् । गत सोमबार सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय लिगको खेलमा आर्मीबाट खेलेका थापाले कप्तानको भुमिका राम्रोसँग पुरा नगरको र कर्तव्यबाट विमुख भएको भन्दै नेपाल भलिबल संघले निलम्बन गरेको हो । दशरथ रंगशालास्थित कभर्ड हलमा आर्मी र गण्डकीबिच भएको उक्त खेलमा आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए । घटनापश्चात संघका महासचिव तथा प्रतियोगिता संयोजक समेत रहेका रोशन श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले दिएको सिफारिसको आधारमा संघले उनलाई कप्तानबाट हटाएको हो । छानविन समितिमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन थिए । थापामा राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्न सक्ने क्षमता नपाएको कारण पदबाट निलम्बन गरिएको मह...
इन्टर मियामीसँग मेसीले गरे आधिकारीक सम्झौता, २०२५ सम्म खेल्ने

इन्टर मियामीसँग मेसीले गरे आधिकारीक सम्झौता, २०२५ सम्म खेल्ने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असार ३१ । अमेरिकी क्लब इन्टर मियामीले अर्जेन्टाइन स्टार लिओनल मेसीलाई आधिकारीक रुपमा अनुबन्ध गरेको छ । ३६ बर्षीय विश्व विजेता मेसीले शनिबार २०२५ सम्मका लागी मियामीको सम्झौता हस्ताक्षर गरेका हुन । २०२१ मा स्पेनिस क्लब बार्सिलानाबाट फ्रेन्च क्लब पिएसजी पुगेका मेसीले गत सिजन पिएसजी छाडेका हुन् । मेसीले नयाँ सुरुवातका लागि उत्साहित रहेको बताएका छन् । ‘ अमेरिकामा इन्टर मियीसँग आफ्नो खेल जीवनको नयाँ सुरुआतका लागि म निकै उत्साहित छु ‘उनले भने’ यो उत्कृष्ट अवसर हो र हामी सबै मिलेर यसलाई राम्रो प्रोजेक्ट बनाउनुपर्छ ।’ मेसीले पहिलो पटक युरोप बाहिरको लिग खेल्न लागेका हुन् । मेसीले यहि जुलाई २१ मा क्रुज अजुल विरुद्ध मियामीका लागी डेब्यु खेल खेल्ने भएका छन् । इन्टर मियामीको ओर डेभिड बेकहमले मेसी अनुबन्ध पछि सपना पूरा भएको बताएका छन् । गत बर्ष अर्जेन्टिनालाई तेस्रो विश्वकपको उपा...
उदयपुरमा ‘प्रथम सेभेन ए साईड झरी च्यालेन्ज फुटबल कप २०८०’ सुरु

उदयपुरमा ‘प्रथम सेभेन ए साईड झरी च्यालेन्ज फुटबल कप २०८०’ सुरु

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,असार २९ । जिल्लाको त्रियुगा नगरपालिका-१० बोक्से (खशीबजार)मा ‘प्रथम सेभेन ए साईड भरी च्यालेन्ज फुटबल कप २०८०’ सुरु भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ नयाँ बस्ती फुटबल क्लबको आयोजनामा शुक्रबार देखि झरी च्यालेन्ज फुटबल कप सुरु भएको हो । आजबाट सुरु भएको उक्त कपको उद्घाटन त्रियुगा नगरपालिका वडा नम्बर १०का वडाअध्यक्ष किरण पाण्डेले गरेका थिए । नयाँ बस्ती फुटबल क्लबका अध्यक्ष हेम राईका अनुसार यस कप आगामी साउन १४ गतेसम्म संचालन हुने जनाएको छ । त्रियुगा नगरपालिका अन्तरगतका बिभिन्न १६ वडाका टिमहरुले प्रतियोगितामा सहभागिता जनाएको छ । प्रतियोगिताको उपाधी टिमले नगद २५ हजार रूपैयाँ सहित सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपबिजेता टिमले नगद १५ हजार सहित सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छ ।...