Saturday, August 15News That Matters

खेलकुद

एसीसी इमर्जिङ कप : पाकिस्तानसँग नेपाल पराजित

एसीसी इमर्जिङ कप : पाकिस्तानसँग नेपाल पराजित

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असार २९ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ टिमसँग ४ विकेटले पराजित भएको छ । शुक्रबार श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लबमा नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । पाकिस्तानका मोहमद ताहिरले अर्धशतक प्रहार गरे । उनले ५७ बल खेलेका ताहिरले ५१ रन जोडे । यस्तै ओमर बिन युसुफले ३६ रन र कमरन गुलामले ३० रन बनाए। नेपालका बलर ललित राजवंशीले ३ विकेट लिए भने पवन सराफले २ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ३६.५ ओभरमा अलआउट हुँदै १७९ रन बनायो । नेपालको लागी सोमपाल कामीले अर्धशतक पुरा गरेका छन् । १०१ बल खेलेका उनले दुई छक्का र नौ चौका प्रहार गर्दै ७५ रनको योगदान गरे । उनी अन्तिम विकेटका रुपमा पेभेलियन फर्किएका थिए । प्रतिस जीसीले पनि २६ रन बनाए । माथिल्लो क्रम...
एसीसी इमर्जिङ टिम्स एसिया कप : पाकिस्तान विरुद्ध १७९ रनमा अलआउट नेपाल

एसीसी इमर्जिङ टिम्स एसिया कप : पाकिस्तान विरुद्ध १७९ रनमा अलआउट नेपाल

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असार २९ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँगको आफ्नो पहिलो खेलमा नेपाल ३६.५ ओभरमा १७९ रनमा अलआउट भएको छ । टस जितेर ब्याटिङ गरेको नेपालको लागी सोमपाल कामीले अर्धशतक प्रहार गरेपछि पाकिस्तानले १ सय ८० रनको लक्ष्य पाएको छ । १ सय १ बल खेलेका कामीले दुई छक्का र नौ चौका प्रहार गर्दै ७५ रनको योगदान गरे । उनी अन्तिम विकेटका रुपमा पेभेलियन फर्किएका थिए । प्रतिस जीसीले पनि २६ रन बनाए । माथिल्लो क्रममा कुनै पनि नेपाली ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालका लागी आसिफ शेखले १२ रन बनाए, अर्जुन साउदले १७ रन बनाए, कुशल मल्ले १७ रन बनाए र गुल्सन झाले १३ रन बनाए ।...
भोली पाँचौं ‘गाइघाट कोरा च्यालेन्ज’ हुदै

भोली पाँचौं ‘गाइघाट कोरा च्यालेन्ज’ हुदै

Breaking News 1, खेलकुद, पर्यटन, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कार्तिक २९ । उदयपुर साइक्लिङ संघले आज पत्रकार सम्मेलन गरी भोली “गाईघाट कोरा च्यालेन्ज २०८०” कार्यक्रम गर्ने जनाएको छ । आयोजक संघका अध्यक्ष जितेन्द्र रोइलाका अनुसार निश्चित गोलाकार दुरीमा आफुले आफैलाई च्यालेन्स गरेर साइक्लिङ कला प्रस्तुत गर्ने कार्यक्रम हो यो । पाचौ संस्करणको रुपमा आयोजना हुर्दै गरेको यो च्यालेन्ज साढे पाँच किलोमिटरको रहेको छ । वर्षमा एकपटक मठ–मन्दीर, चैते, गुम्बा, मस्जिद घुम्दै घडीको आकारमा साइक्लिङ गर्ने विशेष कार्यक्रम हो । भोली गाईघाट बजारबाट सुरु गरी त्रियुगा नगरपालिकाको ११ नं. वडा, १२ नं., १३ नं. हुदै ३ नं. देखि क्रमशः १० नं. वडासम्म अर्थात गाईघाट–पुरानोगाईघाट–असारी–पोर्ताहा–मोतिगडा–बगाहा–देउरी–जलजले–चकलघाट–तोरीबारी–होक्से–लुहाले–भण्टाबारी–खाटमन्दिर–राजाबास–गैरुन–बोक्सेहुदै पुनः गाईघाट आइपुग्ने रुट तयार भएको छ । कार्यक्रमको उद्घाटन त्रियुगाका मेयर बसन्त...
नेपाली महिला फुटबल टिम मैत्रीपूर्ण खेलको लागि ढाका प्रस्थान

नेपाली महिला फुटबल टिम मैत्रीपूर्ण खेलको लागि ढाका प्रस्थान

खेलकुद, समाचार
पूर्णपुष्टि,असार २६ । बंगलादेशसँगको दुईवटा मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यीय बंगलादेश ढाका प्रस्थान प्रस्थान गरेको छ । बंगलादेशको ढाकामा पहिलो मैत्रीपूर्ण खेल बिहीबार र दोस्रो खेल आइतबार हुने भएको हो । नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेललाई एशियाली खेलकुदको तयारीका रुपमा समेत लिएको छ । गत भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । नेपाल त्यो हारको बदला उसकै घरेलु मैदानमा लिने लक्ष्यमा छ । महिला फुटबल टोलीमा गोलकिपर– एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ रहेका छन् । यता डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, अञ्जली वाइवा रहेका छन् । यस्तै मिडफिल्डरका रुपमा रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति रा...
नेपालले आयरल्याण्डलाई दियो २६९ रनको लक्ष्य

नेपालले आयरल्याण्डलाई दियो २६९ रनको लक्ष्य

खेलकुद, समाचार
पूर्णपुष्टि,असार १९ । एकदिवसीय विश्वकप छनोटको प्लेअफ फाइनलमा नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ । जिम्बाब्वेको हरारेमा जारी खेलमा नेपालले पुरै ओभर खेलेर ८ विकेट गुमाउँदै २६८ रन बनाएको हो । १६९ रनमा ७ विकेट गुमाएको नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले ८० रनको साझेदारी गर्दै सम्मानजनक अवस्थामा पुर्‍याएका हुन् । गुल्सनले अविजित ५७ रन बनाए । उनले ४२ बल मात्रै खेलेका थिए । अन्तिम बलमा गुल्सनले छक्का हानेका थिए । सन्दीप ३० बलमा ३२ रन बनाएर आउट भए । त्यसवाहेक अर्जुन साउदले ४८, कुशल मल्लले ४४, रोहित पौडेलले २९ र भीम सार्कीले २० रनको योगदान गरे । ओपनर कुशल भूर्तेललाई ८ रनमा गुमाए पनि अर्का ओपनर अर्जुनले इनिङ्स सम्हालेका थिए । ज्ञानेन्द्र मल्ल आज पनि चलेनन् । उनी ७ रनमा आउट भए । यूएईविरुद्ध गतिलो ब्याटिङ गरेका दिपेन्द्र सिंह ऐरी आज सून्य रनमै पेभेलिएन फर्किए । आयारल्याण्डक...
मलेसियालाई हराउँदै नेपालले जित्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि

मलेसियालाई हराउँदै नेपालले जित्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असार १९ । एसीसी पूरुष यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई फराकिलो रन आन्तरमा हराउँदै उपाधि जितेको छ । मंगलबार भएको फाईनल खेलमा नेपालले मलेसियालाई २२१ रन अन्तरमा पराजित गर्दै उपाधि चुमेको हो । यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले मलेसियालाई २५३ रनको लक्ष्य दिएको थियो । निर्धारित ३५ ओभर खेलेको नेपालले ८ विकेट गुमाएर २५२ रन बनायो । नेपालले दिएको बिशाल रनको लक्ष्य पछ्याएको मलेसियाले १४.५ ओभरमा अलआउट हुँदै ३१ रनमात्र बनायो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा मलेसियाको ब्याटरहरु धेरै समय मैदानमा टिक्न सकेनन् । नेपालका लागी कप्तान अभिषेक तिवारीले ५ विकेट लिए भने सन्तोष यादवले ३ विकेट लिए । सागर गिरी र अशोक धामीले समान १–१ विकेट लिए । नेपाली टोलीका लागी नरेन भट्टले शतक प्रहार गरे । ८९ बल खेलेका उनले दश चौका र दुई छक्का मद्दतमा सार्वाधिक ११२...
नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असार १८ । नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा चलिरहेको प्रतियोगिताको सेमिफाईनलमा सिंगापुरलाई हराउँदै नेपालले फाईनलमा स्थान सुरक्षित गरेको हो । बायोमास ओभल क्रिकेट मैदानमा भएको सेमिफाईनलमा नेपालले सिंगपुरमाथि ८७ रनको जित निकालेको हो । नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो । नेपालका सबै बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा सिंगपुरलाई सहजै हराएको हो । नेपालका लागी कृतिक कामतले सर्बाधिक ३ विकेट लिए भने कप्तान अभिषेक तिवारी, प्रतीक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेनले समान १–१ विकेट लिए । सिंगपुरका ओपनर रविचन्द्रनले सर्वाधिक २४ रन बनाए भने अर्को ओपनर श्रेयन च्यायु २ रनमा आउट भए । रहील थाक्करले ७ रन बनाए भने कविर बेर्लियाले ११ बनाए । प्रनव धनुकाले १४ रन बनाउनुबाहेक दोहोरो अंकको रन छुन सकेनन् । यस...
विश्वकप फुटबल : नेपालको प्रारम्भिक टोली घोषणा

विश्वकप फुटबल : नेपालको प्रारम्भिक टोली घोषणा

खेलकुद
पूर्णपुष्टि,असार १७ । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ। प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एन्नेसीले ३० खेलाडीको प्रारम्भिक टोली छनोट गरेका हुन् । छनौट हुनेमा गोलकिपरतर्फ किरनकुमार चेम्जोङ, अनिस देउला, दिप कार्की र अभिषेक बराल छन् । यस्तै डिफेन्डरमा विमल पान्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, एन्जल महर्जन, छिरिङ लामा र अन्जन राईलाई छनोट गरिएको छ । एरिक विष्ठ, सुदिप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल र क्रितिसरत्न चुन्जु मिडफिल्डरमा छनोट भएका छन् । स्ट्राइकरहरुमा आयुस घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, विमल घर्तिमगर, आशिष चौधरी, जिलेस्पीजङ कार्की र दिनेश हेन्जानलाई छनोट गरिएको छ । प्रारम्भिक टोलिको बन्द प्रशिक्षण अगष्ट १ बाट सुरु हुने एन्फाले ज...
बेलका नगर स्तरीय प्रथम मेयर कप ब्याड्मिन्टन प्रतियोगितामा कुनकुन जोडीले मारे बाजी ?

बेलका नगर स्तरीय प्रथम मेयर कप ब्याड्मिन्टन प्रतियोगितामा कुनकुन जोडीले मारे बाजी ?

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, १७ असार । उदयपुरको बेलका नगरपालिकामा बेलका नगर स्तरीय प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । बेलका नगर युवा तथा खेलकुद बिकास समितिको आयोजना र बेलका नगरपालिकाको सहयोगमा आयोजना गरिएको प्रतियोगिता शनिवार सम्पन्न भएको हो । नगरको वडा नं ९ भचुवा नवनिर्मित कभर्डहलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । मेयर कप ब्याडमिन्टन प्रतियोगितामा (ए) (बि) र भेट्रान्स गरि ३ वटा समुह बीच खेल भएको थियो। जसमा समुह (ए) अन्तर्गत जइन राई र रिदम कार्की प्रथम, नुनिराम राई र बिवस शाह दोस्रो, सुशील तिम्सिना, भगत राई, सन्देश तामाङ र इन्द्र राई (४ जना) तेस्रो हुनु भएको छ। बिजेता टिमलाई नगद रु। क्रमश ः १० हजार, ८ हजार, ६ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। त्यसैगरी समुह (बि) अन्तर्गत मदन राई र नेपाल धन राई प्रथम, राजेश मण्डल र तारा खड्का दोस्रो र पदम राई,सत्य नारायण चौधरी, नम...
२३औ मेयर कप फुटबाल प्रतियोगितको उपाधी वडा नम्बर ११लाई

२३औ मेयर कप फुटबाल प्रतियोगितको उपाधी वडा नम्बर ११लाई

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,असार १६ । जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा भएको २३औ मेयर कप फुटबल प्रतियोगिता २०८०को उपाधी वडा नम्बर ११ले उचालेको छ । गाईघाटको थरुहुट रंगशालामा आज (शनिवार) सम्पन्न फाइनल खेलमा वडा नम्बर २ लाई ५–१ गोलले हराउँदै वडा नम्बर ११ले २३औँ संस्करणको उपाधि उचालेको हो । प्रतियोगिताको उपाधि विजेता वडा ११ले नगद रु ५० हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाउन बाध्य भएको वडा नम्बर २ले ३० हजार साथमा मेडल प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेल अवधिभरका सर्वाधिक गोलकर्ताको उपाधि वडा ११का खेलाडि जर्सी नम्बर ११ का सुनिल खड्काले प्राप्त गरेका छ । उनले प्रतियोगिता भरी ५ गोल गरेका थिए । यस्तै उत्कृष्ट गोल रक्षक जर्सी नम्बर २२का सन्दिप राईले वडा नम्बर ११ का तर्फबाट प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्टि डिफेन्डर जर्सी नम्बर १४का खेलाडि प्रविन श्रेष्ठले प्र...