Sunday, August 16News That Matters

खेलकुद

चेल्सी च्याम्पियन लिगको क्वाटरफाईनलमा प्रवेश

चेल्सी च्याम्पियन लिगको क्वाटरफाईनलमा प्रवेश

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २४ । युरोपियन च्याम्पियन लिगमा जर्मन क्लब बोरुसिया डर्टमण्डमाथि पुनरागमन जित निकाल्दै चेल्सी क्वाटरफाईलमा प्रवेश गरेको छ ।अन्तिम १६ को पहिलो लेगमा डर्टमण्डसँग १–० ले हारेको चेल्सीले घरेलु मैदानमा भएको दोस्रो लेगमा २–० को जित निकालेको हो । चेल्सीले समग्रमा २–१ को जित सहित अन्तिम आठमा स्थान बनाएको हो । चेल्सीको जितको लागी खेलको ४३ औं मिनेटमा रहिम स्टर्लिङले गोल गरे भने ५३ औ मिनेटमा काऐ हाभार्टले पेनाल्टीमार्फत निर्णयक गोल गरेका थिए ।...
ब्रगमाथि रोमाञ्चक जित निकाल्दै वेनफिका च्याम्पियन लिगको क्वाटरफाईनलमा प्रवेश

ब्रगमाथि रोमाञ्चक जित निकाल्दै वेनफिका च्याम्पियन लिगको क्वाटरफाईनलमा प्रवेश

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २४ । युरोपियन च्याम्पियन लिगमा ब्रगमाथि रोमाञ्चक जित निकाल्दै वेनफिका च्याम्पियन लिगको क्वाटरफाईनल प्रवेश गरेको छ ।पोर्चुगिज क्लब वेनफिकाले बेल्जियमको क्लब ब्रगलाई ५–१ गोल अन्तरले हराउँदै समग्रमा ७–१ को फराकिलो जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो । वेनफिकाको घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो खेलको ३८ औं मिनेटमा गोल गर्दै शिल्भाले अग्रता दिलाएका थिए भने पहिलो हाफको ईन्जुरी टाईममा र खेलको ५७ औं मिनेटमा गोन्सालो रामोसले गोल गरे । त्यस्तै खेलको ७१ औं मिनेटमा जाआओ मारियोले गोल गरे भने ७७ औं मिनेटमा डेभिड नेरेसले गोल गरे । ब्रगका लागी बिजोन मेईजरले सान्त्वना गोल गरे ।...
खुट्टामा चोट लागेका कारण नेयमारले बाँकी सिजन गुमाउने

खुट्टामा चोट लागेका कारण नेयमारले बाँकी सिजन गुमाउने

खेलकुद, समाचार
पूर्णपुष्टि,फागुन २३ । पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी नेयमारले खुट्टाको चोटका कारण बाँकी सिजन गुमाउने भएका छन् । ब्राजिलका फरवार्ड गत १९ फेब्रुअरीमा लिलमाथि ४–३ को जीत निकाल्ने क्रममा घाइते भएका थिए । क्लबका अनुसार उनको दाहिने खुट्टाको जोर्नीमा पछिल्ला वर्षमा समस्याहरू देखिएका कारण त्यसलाई दोहोरिन नदिन अपरेसनको आवश्यकता देखिएको छ । उनी मैदानमा फर्कन तीनदेखि चार महिला लाग्ने पनि क्लबले जानकारी दिएको छ । ३१ वर्षीय नेयमारले पछिल्ला केही वर्षयता दाहिने खुट्टामा लगातार चोट बोकिरहेको छन्। सन् २०२२ को विश्वकपमा सर्वियाविरुद्धको समूहको पहिलो खेलमा चोट लागेपछि उनले ब्राजिलका दुई खेल गुमाएका थिए। सन् २०१९ को कोपा अमेरिका गुमाएका उनले सन् २०२१ मा धेरै खेल गुमाउनु परेको थियो । नेयमारले यो सिजन लिग वानमा १ गोल गर्नुका साथै १० वटा गोलको अवसर सिर्जना गरेका छन् ।...
फ्रेन्च लिग वानमा नान्ट्समाथि पिएसजीको शानदार जित

फ्रेन्च लिग वानमा नान्ट्समाथि पिएसजीको शानदार जित

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २१ । फ्रेन्च लिग वानमा नान्ट्समाथि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शानदार जित निकालेको छ । शनिबार राति पिएसजीको घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा पिएसजीले नान्ट्समाथि ४–२ गोल अन्तरमा जित निकालेको हो । खेलको १२ औं मिनेटमा मेस्सीको गोलमा पिएसजीले आग्रता लिएको थियो भने १७ औं मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पिएसजीको आग्रता दोब्बर भएको थियो । ३१औं मिनेटमा लुडोभिक ब्लास्टले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ३८औं मिनेटमा गनागोले गोल गर्दै खेललाई पहिलो हाफमा २–२ गोलको बराबरीमा ल्याए। ६०औं मिनेटमा डानिलोले गोल गर्दै पिएसजीलाई पुनः अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई ४–२ को रोमाञ्चक जित दिलाए । नान्ट्स विरुद्ध गोल गरेका एम्बाप्पेले पिएसजीका एडिन्सन काभानीको रेकर्ड तोडेका छन् । एम्बाप्पेले पिएसजीका लागी २४७ खेलमा २०...
प्रिमियर लिगमा बोर्नेमाउथमाथि आर्सनलको उत्कृष्ट पुनरागमन

प्रिमियर लिगमा बोर्नेमाउथमाथि आर्सनलको उत्कृष्ट पुनरागमन

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २१ । प्रिमियर लिगमा शिर्ष स्थानमा रहेको आर्सनलले बोर्नेमाउथमाथि शानदार पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै बोर्नेमाउथलाई २–३ गोल अन्तरमा आर्सनलले जित हात पारेको हो । खेलको ९.११ सेकेण्डमा फिलिप बिलिङले बोर्नेमाउथलाई आग्रता दिलाएका थिए । प्रिमियर लिगको ईतिहासमा बिलिङले दोस्रो चाँडो गोल गरेका हुन् । यसअघि सेन लङले सन् २०१९ मा साउथह्याम्पटनका लागि वार्टफोर्डविरुद्ध ७.६९ सेकेण्डमा गोल गर्न सफल भएका थिए । त्यस्तै खेलको ५७ औँ मिनेटमा मार्को सेनेसीले टोलीको अग्रता दोब्बर बनाए । खेलको ६२ औँ मिनेटमा थोमास पार्टलेले एक गोल फर्काएपछि आर्सनल खेलमा फर्कियो । लगत्तै बेन वाइटले बराबरी गोल गरे । इन्जुरी समयमा रेइस नेल्सनले उत्कृष्ट गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाए । जीतसँगै आर्सनलले शीर्ष स्थानमा पुनः ५ अंकको अग्रता लि...
ए डिभिजन लिगमा अपाङ्गता र ज्येष्ठ नागरिकले नि : शुल्क प्रवेश पाउने

ए डिभिजन लिगमा अपाङ्गता र ज्येष्ठ नागरिकले नि : शुल्क प्रवेश पाउने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २० गते । शहिद स्मारक ए डिभिजन लिगमा अपाङ्गता र ज्येष्ठ नागरिकहरुले नि:शुल्क प्रवेश पाउने भएका छन् । लिगको सबै खेलमा अपाङ्ता र ज्येष्ठ नागरिकलाई नि:शुल्क प्रवेश गरिएको आयोजकले जनाएको छ । फागुन १९ बाट सुरु भएको लिग दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । खेल हुने तिन वटै स्टेडियममा अपाङ्गता तथा जेष्ठ नागरिकको परिचय पत्र देखाएर नि:शुल्क प्रवेश पाउने व्यवस्था रहेको छ । अन्य दर्शकहरुलाई भने टिकट नै लिनु पर्नेछ । सामान्य प्याराफिटतर्फ टिकटको मूल्य १०० र भीआईपी प्याराफिटतर्फ टिकटको मुल्य ३०० तोकिएको छ ।...
कोपा डेल रे : रियलको आत्मघाती गोलमा बार्सिलोना बिजयी

कोपा डेल रे : रियलको आत्मघाती गोलमा बार्सिलोना बिजयी

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १९ । कोपा डे रे फुटबलको सेमिफाईनलमा पहिलो लेगको खेलमा आफ्नै गल्तीबाट रियलले बार्सिलोनासँग हार व्योहोरेको छ । रियलबाट आत्मघाती गोल हुँदा बार्सिलोनाले ०–१ गोलको जित हात पारेको हो । रियलको घरेलु मैदानमा बिहिबार राति भएको खेलको २६ औं मिनेटमा रियलका डिफेण्डर एडर मिलिटाओको आत्मघाती गोलबाट नै बार्सिलोनाले जित निकालेको हो । यि दुई बिचको दोस्रो लेगको खेल बार्सिलोनाको घरेलु मैदानमा अप्रिल ५ मा हुदैँछ ।...
सन्दीपद्धारा नेपालई चौथौ सफलता दिलाए

सन्दीपद्धारा नेपालई चौथौ सफलता दिलाए

खेलकुद
पूर्णपुष्टि,फागुन १८ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत स्कटल्याण्डसँग भिडिरहेको नेपाललाई चौथौ सफलता मिलेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले चौथो विकेट लिएको हो । सन्दीपले ३६ औं ओभरको तेस्रो बलमा आसिफ खानलाई ७२ रनमा क्याच आउट गराएका हुन् । यसअघि नेपालका लागि कुशल मल्लले २५ औं ओभरको चौथो बलमा चुन्दगापोयल रिजवानलाई २४ रनमा क्याच आउट गराए थिए ।...
सन्दीप र अर्जुन ‘दी हन्ड्रेड’ प्रतियोगिताको ड्राफ्टमा

सन्दीप र अर्जुन ‘दी हन्ड्रेड’ प्रतियोगिताको ड्राफ्टमा

खेलकुद, समाचार
पूर्णपुष्टि,फागुन १७ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने र अर्जुन साउद इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डको फ्रेन्चाइज क्रिकेट ‘दी हन्ड्रेड’को ड्राफ्टमा समावेश भएका छन् । प्रतियोगिताको तेस्रो संस्करणका लागि दी हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा सन्दीप र अर्जुन समेटिएका हुन् । सन्दीप यसअघि पनि हन्ड्रेड क्रिकेटका लागि छनोट भइसकेका थिए । तर भिसा प्रक्रिया नमिल्दा उनले खेल्न पाएका थिएनन् । अर्जुन भने पहिलो पटक हन्ड्रेडको ड्राप्टमा परेका हुन् । प्रतियोगिता खेल्नका लागि ड्राफ्टबाट छनोट हुनुपर्नेछ ।...
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा चार विधाको मनोनयन सार्वजनिक

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा चार विधाको मनोनयन सार्वजनिक

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १६ । नेपाली खेलकुद क्षेत्रको सबैभन्दा ठुलो सम्मान कार्यक्रम एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७८ अन्तर्गत थप चार विधाको मनोनयन सार्वजनिक भएको छ । हरेक बर्ष प्रदान गर्दै आएको स्पोर्टस अवार्डमा यस पटक पनि फुटबल र क्रिकेटको खेलाडी हाबि भएका छन् । मंगलबार काठमाण्डौँमा आयोजित पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मञ्चले बर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो । बर्षको उत्कृष्ट पुरुष खेलाडी विधाको मनोनयनमा क्रिकेटका कुशल भुर्तेल, दिपेन्द्र शिंह ऐरी, फुटबलका अन्जन बिष्ट, किरण चेम्जोङ र ब्याटमिन्टनका प्रिन्च दाहाल परेका छन् । फुटबलका अन्जन पिपुल च्वोईस अवार्डमा समेत मनोनयमा परेका खेलाडी हुन् । उत्कृष्ट महिला खेलाडी तर्फ भलिबलकी अरुना शाही, क्रिकेटकी रुबिना क्षेत्री, सिता राना मगर, एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रा...