नेपाली कला संस्कृतिलाई यसरी जोड्न सकिन्छ पर्यटक भित्र्याउने विशेष प्याकेजमा
काठमाण्डौँ, बैशाख १८
नेपालका पर्यटन क्षेत्रको विकास र विस्तारका लागि नयाँ गन्तव्यको खोजी एवं प्रवद्र्धनमा विशेष जोड दिँदै कला संस्कृति, आथित्यता लगायतलाई विशेषरुपमा समावेश गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपाल विविधतामा एकता भएको देश भएकाले पनि पर्यटनका क्षेत्रलाई सोहीअनुसार विकास र विस्तार गर्नुपर्ने तथा पश्चिम नेपालको रारा, खप्तड जस्ता कम प्रवद्र्धन भएका नयाँ गन्तव्यको विकास गरिए त्यसले सकारात्मक प्रभाव पर्नेछ ।
काठमाडौँ, पोखरा, चितवन, जनकपुर, अन्पूर्ण सर्किट, रसुवा र सोलुखुम्बुमा मात्रै केन्द्रित रहेको पर्यटन गतिविधिलाई देशभर नै विस्तार गर्न सकिएको खण्डमा त्यसले पार्ने दीर्घकालीन प्रभाव आफैँमा महत्वपूर्ण हुने सरकारले नै गठन गरेको एक समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । धनुषा जिल्लाको रामजानकी मन्दिरलाई युनेस्केको विश्वसम्पदा सूचीमा सूचीकृत गर्न यसअघि नै प्रस्ताव गरिएको छ । वि...









