Tuesday, June 30News That Matters

पर्यटन

सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो

सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो

Breaking News 1, पर्यटन, समाचार
काठमाण्डौँ, चैत २६ सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो । सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपीसीसी०का अनुसार छ आइसफल डाक्टर अर्थात् हिउँमा बाटो बनाउने अनुभवी व्यक्तिले बाटोमा सङ्केत राख्ने, भ¥याङ राख्ने, डोरी टाँग्नेलगायत काम गरिरहेका छन् । दोस्रो शिविरसम्मको बाटो खुलेसँगै आरोहीहरूलाई त्याहाँसम्म जान अनुमति दिइएको एसपीसीसीका उपाअध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । एसपीसीसीले अनुमति दिएपछि मात्रै आरोहणी तथा आरोहण व्यवसायी दोस्रो शिविरसम्म जान पाउँछन् । आरोहणका लागि शरीरलाई अनुकूल बनाउन आरोही आधार शिविरबाट दोस्रो शिविरसम्म जाने र फर्कने गर्ने भएकाले दोस्रो शिविरमा चाँडै क्याम्प खडा गरिने भएको छ । यस पटक आधार शिविरदेखि दोस्रो शिविरसम्म १५ ...
सगरमाथा शिखरमा पुग्ने सुरक्षित बाटोको खोजीमा फ्रान्सेली आरोही

सगरमाथा शिखरमा पुग्ने सुरक्षित बाटोको खोजीमा फ्रान्सेली आरोही

Breaking News 3, पर्यटन, समाचार
काठमाण्डौँ, चैत २५ संसारभरका मानिसले सगरमाथाको देश भनेर नेपाललाई चिन्छन् । सर्वोच्च शिखरको आरोहण गर्ने कुरा धेरैका लागि सपनाको उडान जस्तै लाग्छ । तीमध्ये केहीले यसको सफल आरोहण गरिसकेका छन् भने केही आगामी दिनमा सफल यात्रा गरौँला भनेर प्रतीक्षारत छन् । स्वर्गको टुक्रा जस्तै लाग्ने सगरमाथाको उडान आफैँमा साहसको एउटा प्रतिबिम्ब बन्न पुगेको छ । मानिस जति रोमाञ्चित छ, त्यत्ति सजिलो भने छैन सगरमाथाको उचाइ नाप्ने कुरा । किनकि, हिमनदी र हिमखाल्डोका कारण धेरैले जीवनको इहलीला उतै समाप्त गर्नुपरेको छ । हिमालमा जति आकर्षण छ, त्योसँगै पीडा र वेदना पनि उत्तिकै छ । किनकि, क्षणभरमा जीवन सकिदिने क्षमता उसैसँग छ । तर आरोहणको सफल प्रतीक्षा भने धेरै साहसीका लागि अझै पनि कुरेर बसिरहेको छ । सर्वोच्च शिखरमा १३ वर्षे बालकदेखि ८० वर्षका वृद्धले पनि सफलताको उचाइ बनाएका छन् । केही आरोही तीव्र गतिका साथ आरोहण ...
पोखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु

पोखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु

Breaking News 2, खेलकुद, पर्यटन, समाचार
काठमाण्डौँ, चैत २४ प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था ९ना०को आयोजनामा पोखरामा २० औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका–१८ सराङकोटमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । सांसद पहारीले साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रुपमा रहेको जनाउँदै यस प्रतियोगिताले पोखरालाई साहसिक शहरको रुपमा चिनाउन थप सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पश्चात प्याराग्लाइडिङ विस्थापित हुने चिन्ता व्यवसायीमा रहेको जनाउँदै यसको उचित व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखराको प्राकृतिक सौन्दर्य हिम शृङ्खला र तालको सुन्दरतालाई दृश्यवालोकन गरेर आनन्द लिन सकिन...
किलचोक अकला मन्दिरः जहाँ आफैं शङ्खघण्ट बज्ने विश्वास गरिन्छ

किलचोक अकला मन्दिरः जहाँ आफैं शङ्खघण्ट बज्ने विश्वास गरिन्छ

Breaking News 2, पर्यटन, रोचक, समाचार
काठमाण्डौँ, चैत १७ तनहुँको म्याग्दे गाउँपालिका–३, किलचोकस्थित अकला मन्दिर यस क्षेत्रका प्रसिद्ध तीर्थस्थल मध्येको एक हो । देवीका प्राकृति रुपमा नै शिलामा कुँदिएका मूर्तिसँगै सिंह र नन्दी एवं विभिन्न देवी देवताका मूर्तिका आकृतिले यहाँ आउने जो कोही दङ्ग पर्छन् । मन्दिरभित्रको विशाल शिलालाई परापूर्वकालदेखि नै अकलादेवीका रुपमा पूजाआजा गर्ने गरिएको स्थानीयवासी बताउँछन् । मनले चिताएको पुग्ने विश्वासका कारण तनहुँसहित कास्की, स्याङ्जा, लमजुङ गोर्खालगायतका स्थानबाट दर्शनार्थी आउने गरेको स्थानीयवासी पोष्टमान श्रेष्ठले जानकारी दिनुभयो । मन्दिरको महिमा र गरिमालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०५५ मा योगी नरहरिनाथले ८५औँ कोटीहोम लगाउनुभएको थियो । समय–समयमा अकला मन्दिरमा आउने साधुसन्तले यस तीर्थस्थलको विशिष्ट महत्व रहेको बताउने गरेको स्थानीयवासी बताउँछन् । गत चैत १२ गते पुर्ननिर्मित अकला मन्दि...
जल पर्यटनमार्फत् आयआर्जनको प्रयास

जल पर्यटनमार्फत् आयआर्जनको प्रयास

Breaking News 2, पर्यटन, समाचार
काठमाण्डौँ, चैत १६ कालीगण्डकी नदीमा जल पर्यटनको विकास गर्दै स्थानीयवासीलाई आयआर्जनसँग जोड्ने विषयलाई रामपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ । नजिकको तीर्थ हेला भनेजस्तै पर्याप्त सम्भावना रहेर पनि ओझेलमा परिरहेको कालीगण्डकीको महिमा र गरिमालाई उँचो बनाउँदै योसँग जोडिएका आयआर्जनका सम्भावनालाई उजागर गर्ने गरी नगरपालिकाले प्रयास थालेको हो । नदीलाई पर्यटनसँग जोड्दै व्यावसायिक रुपमा जलयात्रा सञ्चालन गरी तल्लो तटीय क्षेत्रका स्थानीयवासीलाई आयआर्जनसँग जोड्नाका साथै नदीको महत्व जोगाउन अभिप्रेरित गर्ने उद्देश्यले ‘रिभर गाइड प्राविधिक तालिम’ सुरु गरिएको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । “नदीलाई संरक्षण गर्दै व्यावसायिक जलयात्रा सञ्चालन गर्ने उद्देश्यले युवाहरूलाई जलयात्रासम्बन्धी तालिम आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो । पारिवारिक जलयात्राका लागि उपयुक्त रहेको यस नदीमा व्यावसायिक ...
जन्ती ढुङ्गामा टिकटक बनाउँदै

जन्ती ढुङ्गामा टिकटक बनाउँदै

Breaking News 3, पर्यटन
काठमाडौं, फागुन २५ । दाङको तुलसीपुर उपमहानगरपालिका– १३, स्थित जन्ती ढुङ्गामा टिकटक बनाउँदै गरेका एक युवक । हेरिरहुँ लाग्ने जन्ती ढुङ्गामा पछिल्लो समय टिकटक बनाउनेको घुइँचो लाग्छ । तस्वीर : रासस
मझुवागढीबाट देखिएको दिक्तेल बजार

मझुवागढीबाट देखिएको दिक्तेल बजार

Breaking News 2, पर्यटन, समाचार
काठमाडौं, फागुन २५ । किराँत ऐतिहासिकस्थल मझुवागढीबाट देखिएको दिक्तेल बजार । पुरानो संरचनाका घर तथा धुलाम्मे सडक रहेको दिक्तेल बजार भर्खरै ढलान एवं स्तरोन्नतिको सुरु गरिएको छ । तस्बिर रासस
लालीगुराँस बिक्री गर्न बसेका बालक

लालीगुराँस बिक्री गर्न बसेका बालक

Breaking News 3, पर्यटन, समाचार
कामाडौं, फागुन २५ । ढकमक्क लालीगुराँस फुल्न थालेसँगै कैलालीको चुरे गाउँपालिका–५ भासुभीर नजिक भीमदत्त राजमार्ग छेउमा लालीगुराँस बिक्री गर्न बसेका दुई बालक । रासस
लेकै फूल्यो लालीगुराँस, रमाए पर्यटक

लेकै फूल्यो लालीगुराँस, रमाए पर्यटक

Breaking News 3, पर्यटन, समाचार
काठमाडौं, फागुन २३ । सामान्यतया चैत वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जङ्गल नै राताम्यै भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन् ।यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जङ्गल राता देखिन थालेका छन् भने काफल र एँेसेलुजस्ता जङ्गली फल पनि बेमौसममै फल्न सुरु भएको छ । म्याग्दीका अन्नपूर्ण, रघुगङ्गा, मालिका, मङ्गला र धवलागिरि गाउँपालिकाका जङ्गलमा ढकमक्क लालीगुराँस फुलेर बन पाखा नै राताम्यै देखिन थालेका छन् । फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका हुन् । जिल्लाका जङ्गलमा पुसदेखि नै लालीगुराँस फुल्नाका साथै जङ्गली फलफूल र कन्दमूल पाक्न थालेका थिए । यसरी बेमौसममा नै लालीगुराँस फुल्नु र जङ्गली फलको मौसमी चक्र परिवर्तन हुनुमा तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असर प...
पशुपतिनाथ मन्दिर खुलाभएसँगै भक्तजनका भीड

पशुपतिनाथ मन्दिर खुलाभएसँगै भक्तजनका भीड

Breaking News 2, पर्यटन, समाचार
काठमाडौँ, माघ २८ कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आज बिहानदेखि भक्तजनका लागि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको यही माघ २३ गतेको आदेश अनुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च,लगायतकास्थलमा जनस्वास्थ्य मापदण्डपालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भए अनुसार आज बिहानदेखि पशुपतिनाथ मन्दिर खुला गरिएको हो । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गरेको हो । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डपालना गरेर आजदेखि पशुपतिनाथ मन्दिर खुला गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो । कोरोना सङ्क्रमण तेस्रो लहर बढ्न थालेपछि गत माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । मन्दिर बन्द भएपछि म...