उदयपुरको बेलकामा प्याराग्लाईडिङ्गको सफलतापछि कटारीमा सञ्चालन, रौतामाईमा पनि परिक्षण गरिने
पूर्णपुष्टि, पुष १२
प्रकृतिकरुपले सुन्दर रहेको उदयपुरमा प्याराग्लाईडिङ्गले एकपछि अर्को सफलता हात परेको छ । जिल्लाको बेलका नगरपालिकामा भएको प्याराग्लाईडिङ्गको सफलता पछि कटारीमा पनि प्याराग्लाईडिङ्ग सञ्चालन गर्न लागिएको हो ।
माथिल्लो सगरमाथा क्षेत्र भनेर चिनिने सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङको मुख्य प्रवेशद्वारको रुपमा रहेको उदयपुरको कटारी नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाईडिङ सञ्चालन गर्ने भएको छ ।
प्रशस्त पर्यटकीय सम्भावना बोकेको कटारी नगरमा प्याराग्लाईडिङको माध्यमबाट पनि पर्यटन प्रवद्र्धन गर्न लागिएको पालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । त्यहाँ चारदिनअघि मात्र प्याराग्लाईडिङ्गको सफल परीक्षण उडान गरिएको उहाँले बताउनुभयो ।
नगरपालिकाको वडा नम्बर ७ स्थित मर्जेतको ७५० मीटरको उचाईबाट २५० मीटर तल वडा नं. ५ को सिमसार क्षेत्र आसपासमा झर्नेगरी प्याराग्लाईडिङ्गको परीक्षण...








