नायिका विपनाको सपना
भदौ ८ गते ।
एक समय नेपाली चलचित्रमा एकछत्र राज गरेको नायिका विपना थापा वैवाहिक जीवनमा बाधिएपछि चलचित्र क्षेत्रबाट टाढा भएकी हुन् ।
पिनालाई दर्शकले चलचित्रको पर्दामा हेर्न नपाएको पनि निकै समय वितिसकेको छ । अहिलेसम्म चलचित्रको पर्दामा नदेखिएको करिब एक दशक वितिसकेको छ ।
भारतको उत्तर प्रदेश मथुरा निबासी डा. आशुतोष भारद्वाजसँग पिनाले विवाह गरेकी हुन् । अहिले उनी एक सन्तानकी आमा बनिसकेकी छन् ।
विवाह गरेर भारत जानु परेको र छोरा जन्मिएकाले चलचित्रमा काम गर्न नसकेको विपनाको गुनासो छ । उनलाई भारतमा नायिका हो भनेर खासै चिन्दैन । भारतमा नेपालमा जस्तो हाई–हाई नभएको उनले बताईन् ।
चलचित्र क्षेत्रलाई एकदमै सम्झी रहेकी विपनाको एउटा सपना छ । पुराना समकालीन कलाकारहरु सबै एउटै चलचित्रमा काम गर्ने उनको सपना हो । उनले भने सके समकालिन कलाकारहरु सबैले एउटै चलचित्रमा काम गर्ने नसके पनि एउटै स्टे...









