बलत्कारलाई मजाक बनाएको भन्दै सन्दीप क्षेत्री विवादमा
पूर्णपुष्टि, २५ असार ।
टिभी प्रस्तोता तथा कलकार सन्दीप क्षेत्री अहिले विवादमा परेको छ । उनको पछिल्लो कार्यक्रमलाई लिएर क्षेत्रीको आलोचना सुरु भएको हो ।
कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘ह्वाट द फ्लप’ शोमा क्षेत्रीले कलकार पल शाहलाई अतिथिको रूपमा निम्ता गरेका थिए ।
शाहले कार्यक्रममा जेल पर्दाको अनुभव सुनाएका थिए । उनले जेल पर्दाको अनुभव सुनाइरहँदा क्षेत्रीले त्यसलाई मजाक बनाउँदै हाँसेका थिए । बलात्कारजस्तो संवेदनशील विषयलाई राष्ट्रिय टेलिभिजनमा मजाकको विषय बनाइएको भन्दै यतिबेला उनको आलोचना भइरहेको हो ।
‘पल शाह र सन्दीपको घिनलाग्दो दृश्य नाबालिग बलात्कार घटनामा मजाक,’ अमृता लम्सालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन् । त्यस्तै, दिनेश काजीले लेख्छन्, ‘एउटा छोरीको बाउ सन्दीप क्षेत्री कसरी यस्तो निर्लज्ज, पतित हुन सक्छ रु।।।को पीडामा उसको छोरीको अनुहार याद आएन छ रु अझ अट्टहास पो ग...









