Wednesday, May 20News That Matters

लिम्चुङबुङ डायरी

काबुलको आत्मघाती हमलामा २ नेपालीसहित १६ जनाको मृत्यु

काबुलको आत्मघाती हमलामा २ नेपालीसहित १६ जनाको मृत्यु

लिम्चुङबुङ डायरी, समाचार
भदौ १८ गते । अफगानिस्तानका काबुलको ग्रीन भिलेज क्याम्पसमा राती भएको आत्मघाती बम हमलामा दुई जना नेपाली सहति १६ जनाको ज्यान भएको छ । राजधानी काबुलमा सोमबार भएको बम हमलामा १६ जनाको मृत्यु छ भने एक सय १९ जना घाईते भएका हुन् । आत्मघाती बम हमलामा दुई जना नेपालीको मृत्यु भएको अनौपचारिक जानकारी आएको इस्लामावादको नेपाली दूतावास स्रोतले जनाएको छ । मृत्यु भएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको ‘गार्दा वल्र्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत थिए भने कोही पनि नेपाली घाईते नभएको स्रोतले जनाएको छ । उक्त ठाउँमा लामो समय काम गरेर करिब पाँच महिनाअघि फर्किएका एक नेपालीका अनुसार त्यति बेला त्यहाँ करिब एक सय १८ जना नेपाली र केही नेपाली भाषी भारतीय नागरिक सुरक्षा गार्डका रुपमा तैनाथ थिए । यो समाचार आजको कान्दिपुर दैनिकमा छापिएको छ ।...
भारतको खेलले ईपीजी प्रतिवेदन अन्योलमा

भारतको खेलले ईपीजी प्रतिवेदन अन्योलमा

लिम्चुङबुङ डायरी, समाचार
भदौ, १६ गते । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को संयुक्त प्रतिवेदन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिदा सार्वजनिक गर्न ढिलाइ भइरहेको छ । त्यसैबेला भारतले ईपीजीका भारततर्फका संयोजक भगतसिंह कोसियारी महाराष्ट्र राज्यको राज्य पाल नियुक्त भएका छन् । राज्यपालमा कोसियारी नियुक्त भएपछि प्रतिवेदनको कार्यान्वयनलाईमा थप अन्योल सिर्जना भएको छ । ईपीजीको दुईवर्षे समावधिमा ९ वटा संयुक्त बैठक बसेको थियो । गत वर्ष काठमाण्डौमा बसेको बैठकले संयुक्त प्रतिवेदनलाई अन्तिम रुप दिएको थियो । अन्तिम रुप पाएको प्रतिवदेन दुवै देशका प्रधानमन्त्रीलाई औपचारिक कार्यक्रमबीच हस्तान्तरण गर्ने सहमति उक्त बैठकमा भएको थियो । त्यसअनुसार पहिले भारतीय प्रधानमन्त्री मोदी र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवदेन बुझाउने सहमति भएको थियो । भारतको यस्तो खेलले ईपीजी प्रतिवेदन बुझिएला भन्ने आस हर...
सानै उमेरमा आमा बन्नेको संख्या बढ्दै

सानै उमेरमा आमा बन्नेको संख्या बढ्दै

लिम्चुङबुङ डायरी, समाचार
भदौ १५ गते । विवाह गर्ने उमेर कानुनले २० वर्ष तोकेपनि त्यो भन्दा सानै उमेरमा विवाह गर्ने गरेको पाईएको छ । बाल विवाह रोक्नका लागि सरकारले नै विभिन्न कर्याक्रमको आयोजना गरेपनि सानै उमेरमा आमा बन्ने किशोरीको सङ्ख्या नघटेको अस्पतालको तथ्याङ्कले देखाएको हो । पनौती नगरपालिका–१० खोपासीको प्राथमिक स्वास्थ्य केन्द्र खोपासीको गत आर्थिक वर्षको सुत्केरीको तथ्याङ्क अनुसार ६२ जनाले त्यहाँ सुत्केरी सेवा लिएकोमा १२ जना २० वर्षभन्दा कम उमेरका किशोरी रहेको देखिएको छ । स्वास्थ्य चौकीमा ग्रामीण इलाकाका महिला प्रसूति सेवा लिन आउँछन् । ग्रामीण भेगमा स्कुले शिक्षा नै पूरा नगर्ने, पढाइ छोड्ने प्रवृत्ति भएकाले पनि किशोरी सानै उमेरमा आमा बन्ने गरेकाले सङ्ख्यामा बृद्धि भएको अस्पतालका इन्चार्ज जनस्वास्थ्य अधिकृत शुभाकर श्रेष्ठले भन्नुभयो । राजधानीमै रहेको प्रसूति सेवा दिने मुलुककै जेठो अस्पताल परोपकार प्...
सर्वोच्चमा मुद्दा फछ्र्योट दर घट्दै

सर्वोच्चमा मुद्दा फछ्र्योट दर घट्दै

लिम्चुङबुङ डायरी, समाचार
भदौ १४ गते । वार्षिक लक्ष्यअनुसार जिल्ला र उच्च अदालतले मुद्दा फछ्र्योट गर्न सफल भएपछि सर्वोच्च अदालतमा पनि मुद्दा फछ्र्योट दर घटेको छ । गत आर्थीक वर्षमा सर्वोच्चमा मुद्दा फछ्र्योट दर आठ प्रतिशतले घटेको छ । सङ्ख्या र प्रतिशत दुवैमा फछ्र्योट दर घटेको हो । मुद्दा तथा रिटको फछ्र्योट दर असार मसान्तसम्म २८ प्रतिशत रहेको छ । २०७५ असारसम्म सर्वोच्चले ३६ प्रतिशत मुद्दा फछ्र्योट गरेको थियो । यस वर्ष सर्वोच्चले मुद्दा, रिट, निवेदन तथा फुटकर निवेदनलाई फरकफरक रूपमा विश्लेषण गरेको छ । विश्लेषण अनुसार उच्च र जिल्ला अदालतमा भने फछ्र्योट दरमा सुधार आएको छ । उच्चमा मुद्दा, रिट, निवेदन तथा फुटकर निवेदनलाई फरकफरक रूपमा विश्लेषण गरिएको छ । तर विश्लेषण सहितको मूल प्रतिवेदन सर्वोच्चले तयार पारिसकेको छैन । अघिल्लो वर्षको तुलनामा सर्वोच्चको मुद्दा फछ्र्योटको सङ्ख्या र प्रतिशत दुवै घटेको सर्वोच्च अदा...
त्रिविमा एक व्यक्तिको दुई पद

त्रिविमा एक व्यक्तिको दुई पद

लिम्चुङबुङ डायरी, समाचार
भदौ १३ गते । त्रिभुवन विश्व विद्यालयको उपकुलपति र शिक्षाध्यक्षको जिम्मेवारी सम्हालेका प्राडा सुधा त्रिपाठीले दुई पद लिन पाउने कि नपाउने भन्ने विषयमा कानुन बाझिएपनि त्रिविका अधिकांश उच्च अधिकारीले कानुन अनुसार एक पद छाड्नुपर्ने बताउँदै आएका छन् । त्रिवि ऐन २०४९ अनुसार उनले दुई मध्ये एक पद छाड्नु पर्ने हो । त्रिवि ऐन २०४९ को दफा २१ ‘ख’मा उल्लेख भएअनुसार विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा त्रिपाठीलाई भदौ ६ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका हुन् । ऐन र दफामा जेसुकै कुरा उल्लेख गरिएको भएपनि विश्व विद्यालयको कुनै पद रिक्त भएमा सो पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले र अन्य पदाधिकारीको जिम्मेवारी उपकुलपतिले विश्वविद्यालयको कुनै वरिष्ठतम प्राध्यापक...
नयाँ सिकार आरक्ष थपिने

नयाँ सिकार आरक्ष थपिने

लिम्चुङबुङ डायरी, समाचार
भदौ १२ गते । जाजरकोटको कुशे गाउँपालिकाले दुई वटा वडालाई समेतटेर सिकार आरक्षण बनाउन अघि बढेको छ । पालिकाको ३ र ८ नम्बर वडाका वन क्षेत्रलाई समेटेर ‘कुशे पाटन सिकार आरक्ष’ बनाउने अघि बढाएको हो । आरक्षको लागि पालिकाले वडाको माथिल्लो भूभागमा रहेको जलजला पाटन वन क्षेत्र र वरिपरिको क्षेत्रको विस्तृत अध्ययन पनि गरेको छ । गाउँपालिकाले आर्किटेक्ट डिजाइन एन्ड सिभिल कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरी उक्त क्षेत्रको विस्तृत अध्ययन गरेको हो । सिकार आरक्ष प्रस्तावित ४३८८ उचाइमा कुशे पाटन क्षेत्र जुम्लासँग जोडिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।...
पारिश्रमिक कार्यान्वयनमा सरकारको कडाइ

पारिश्रमिक कार्यान्वयनमा सरकारको कडाइ

आर्थिक, लिम्चुङबुङ डायरी, समाचार
भदौ ११ गते । श्रममिकका लागि लागू गरेको न्यूनतम पारिश्रमिकलाई सरकारले कार्यान्वयन गर्न निरीक्षणलाई कडाई गर्न थालेको छ । अधिकांश प्रतिष्ठानले श्रमिकको न्यूनतम पारिश्रमिक लागू नगरेको पाइएपछि अनुगमन तथा निरीक्षणमा कडाई गरेको हो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष दोब्बर बढी प्रतिष्ठानमा अनुगमन गरिएको छ । सरकारी कर्मचारीको वृद्धि भएको पारिश्रमिक साउनबाट कार्यान्वयनमा आएपनि न्यूनतम पारिश्रमिक सम्बन्धी कानुन पहिला नै लागू भइसकेको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।...
रित्तो गाउँमा योजनाको भारी, बजेटको सत्यानास

रित्तो गाउँमा योजनाको भारी, बजेटको सत्यानास

आर्थिक, लिम्चुङबुङ डायरी, समाचार
भदौ ९ गते । बैतडीको मेलौली नगरपालिकामा ४१ घर त्यसमध्ये ३० घर बसाइँ सरेपछि गाउँमा ११ घर मात्रै बाँकि छ । सुनसान लाग्दो गाउँमा विकासका योयजना चै फालाफाल छ । गत वर्ष यस ठाउँमा २ करोड लगानीमा सिँचाइ योजना बन्यो । यस वर्ष पनि ५० लाखभन्दा बढी योजना परेका छन् । केही योजना बनेको छ भने केही बनेका छैन । तर कागजमा ती सवै योजना सम्पन्न भईसकेको छ । काम नभएका योजनको काम सम्पन्न देखाएर बाँडीचुँडी खान रकम भुक्तानी भइसक्यो । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।...
पहिलो फलाम उद्योग स्वीकृत

पहिलो फलाम उद्योग स्वीकृत

लिम्चुङबुङ डायरी, समाचार
भदौ ९ गते । गण्डकी प्रदेशको नवलपुरमा फलाम उद्योग स्थापना गर्न स्वीकृत पाएको छ । होप्से गाउँपालिकाको धौवादीमा उद्योग स्थापना गर्नका लागि मन्त्रिपरिषद्कोे निर्णयबाट स्वीकृति पाएको हो । फलामको व्यावसायिक उत्पादन गर्नका लागि संघिय मन्त्रिपरिषद्को बैठकले ‘धौवादी फलाम खानी लिमिटेड’ स्थापना गर्ने निर्णय गरेको हो । खानी उत्खनन गर्नका लागि फलाम कम्पनी स्थापना गर्ने सरकारको निर्णयले औद्योगिक क्षेत्रमा नयाँ आयाम थपिएको छ । उक्त क्षेत्रलाई फलामको व्यावसायिक उत्पादनका लागि तीन स्तरबाट काम अगाडि बढाइएको छ । सरकारले उद्योग स्थापना गर्ने निर्णयसँगै कम्पनी दर्ता तथा सञ्चालनको प्रशासनिक प्रक्रिया अगाडि बढाएको छ । खानी तथा भूगर्भ विभागले फिजिबिलिटी स्टडी, वातावरणीय अध्ययन र थप ड्रिलिङको काम अगाडि बढाएको छ । उत्पादन हुने फलामको औद्योगिक परीक्षण अहिले चीनको छेन्दुमा भइरहेको छ । यसअघि नै उक्...
जलवायु परिवर्तनले नेपालमा  ९० अर्ब नोक्सान

जलवायु परिवर्तनले नेपालमा ९० अर्ब नोक्सान

लिम्चुङबुङ डायरी, समाचार
भदौ ८ गते । बढ्दै गएको जलवायु परिवर्तनले नपालमा वर्षेनी करिब ९० अर्वको नोक्सान बेर्होनु परेको छ । वन तथा वातावरण मन्त्रालयले गरेको एक अध्ययनले जलवायु परिवर्तनकै कारण राष्ट्रले कुल गार्हस्थ्य उत्पादनको करिब २ देखि ३ प्रतिशत अर्थात् ६० देखि ९० अर्ब रुपैयाँको नोक्सान हुने गरेको तथ्यङ्कले देखाएको हो । कृषि र खाद्यान्न, जलस्रोत, वन र जैविक विविधता, मानव स्वास्थ्य, पर्यटन, ऊर्जा, जल, सिँचाइ, बसोबास तथा पूर्वाधार लगायतका क्षेत्रमा प्रतिकूल प्रभाव पर्न थालेको अध्ययनले देखाएको छ । अहिले नेपालमा वार्षीक ०.०५६ डिग्री सेल्सियसको दरले तापक्रम बढिरहेको अध्ययनले देखाएको छ । यसअघि भएको अन्तर्रा्िष्ट्रय सम्मेलनमा नेपालको तापक्रम वार्षिक ०.०६ डिग्री सेल्सियसका दरले बढिरहेको आँकडा प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । ठूला र विकसित राष्ट्रिहरुले उत्सर्जन गर्ने कार्बनडाइअक्साइड, नाइट्रस अक्साइड, ...