एसईई विद्यार्थीहरूको जैविक तरकारी खेतीले फल्यो आम्दानी
पूर्णपुष्टि, असार ६ । उदयपुरको कटारी नगरपालिका वडा नं. ४ स्थित त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो परीक्षाको तयारीसँगै जैविक तरकारी खेतीमा पनि सफलता हासिल गरेका छन् । प्राविधिक धारका एसईई परीक्षार्थी विद्यार्थी सिमाना खत्रीसहित ४० जना विद्यार्थीहरूले विद्यालयको १५ कट्ठा जग्गामा जैविक तरकारी खेती गरेर उत्साहजनक परिणाम पाएका छन् ।
विद्यार्थीहरूले पूर्णतः जैविक (अर्गानिक) विधिबाट तरकारी उत्पादन गरेका छन् । "हामीले कुनै पनि रासायनिक मल प्रयोग गरेनौं । कीराजन्तु नियन्त्रणका लागि पनि रसायनको सट्टा परम्परागत विधि प्रयोग गर्यौं," एसईई परीक्षार्थी सिमाना खत्रीले बताइन् । उनले थप्दै भनिन्, "हाम्रो तरकारी उत्पादन त राम्रो भएको छ तर बजार पाउन भने कठिनाइ भइरहेको छ ।" विद्यार्थीहरूले हाल मिलजुलेर आफ्नो उत्पादन स्थानीय बजारमा लगेर बिक्री गर्ने गरेका छन् ।
"थोकमा किन्ने व्यापारीहरूले धे...









