Friday, June 5News That Matters

शिक्षा

नेपाल शिक्षक संघ उदयपुरद्वारा भोलीदेखि आम शैक्षिक हडतालको घोषणा

नेपाल शिक्षक संघ उदयपुरद्वारा भोलीदेखि आम शैक्षिक हडतालको घोषणा

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, चैत्र २४ । नेपाल शिक्षक संघ उदयपुरले (भोली) सोमबारदेखि आम शैक्षिक हडताल गर्ने घोषणा गरेको छ । आइतबार संघका अध्यक्ष सुवास बिष्टले विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासङ्घ केन्द्रीय कार्यसमितिको आह्वानमा गत चैत्र २० गतेदेखि जारी सडक आन्दोलनमा सरकारबाट प्रभावकारी सुनुवाई नभएको भन्दै आम हडतालको घोषणा गरेका हुन् । विज्ञप्तिमा उल्लेख भए अनुसार गुणस्तरीय विद्यालय शिक्षा तथा विद्यार्थी र शिक्षक कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउन र आन्दोलनलाई अझ सशक्त बनाउनका लागि आम शैक्षिक हडताल गर्न लागिएको हो । संघले जिल्लाका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा ८ को आधारभूत तहको परीक्षा (बिएलई) अन्तर्गत उत्तर पुस्तिका परीक्षण कार्यमा सहभागी नहुन तथा आन्दोलनलाई निर्णायक बनाउन अनिवार्य रूपमा सहभागी हुन आह्वान गरेको छ । साथै, विज्ञप्तिमार्फत विद्...
आजदेखी एसईई सुरु, उदयपुरबाट ५ हजार ८८९ जना विद्यार्थी सहभागी

आजदेखी एसईई सुरु, उदयपुरबाट ५ हजार ८८९ जना विद्यार्थी सहभागी

Breaking News 1, Breaking News 2, Breaking News 3, शिक्षा
पूर्णपुष्टि, ७ फागुन । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशैभर सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्ने छ । एसईईप परिक्षाका लागि उदयपुरबाट ५ हजार ८८९ जना विद्यार्थीहरु सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय ईकाई उदयपुरका अनुसार उदयपुरमा ३ हजार ५७ छात्रा र २ हजार ८३२ छात्र गरी जम्मा ५८८९ जना विद्याथीहरु सहभागी भएका हुन् । यी परिक्षार्थी विद्यार्थीहरुका लागि उदयपुरमा २७ ओटा परिक्षा केन्द्रहरु तोकिएका छन् । जसमा जिल्लाको ८ ओटै पालिकाहरुमा केन्द्रहरु तोकिएको शिक्षा विकास तथा समन्वय ईकाई उदयपुरकी प्राविधिक साहयक मैनाकला लिम्वुले जनाईन् । लिम्वुका अनुसार सबैभन्दा बढी ११ ओटा केन्द्र त्रियुगा नगरपालिकामा रहेको छ भने सबैभन्दा कम केन्द्र ताप्ली, लिम्चुङबुङ र रौतामाईमा १÷१ ओटा केन्दहरु रहेको छ । यता कटारी नगरपालिका र चौदण्डीगढी नगरपालिकामा ४÷४ ओटा केन्द्रहरु र...
सेना दिवसमा बाेक्सेमा भब्य प्रदर्शनी

सेना दिवसमा बाेक्सेमा भब्य प्रदर्शनी

Breaking News 1, Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन ११ । उदयपुर महाशिवरात्रि तथा २६२ औ सेना दिवसकाे अवसरमा उदयपुरकाे बाेक्सेस्थित नेपाली सेनाकाे श्री पशुपति प्रसाद गण, बाेक्सेले वक्तृत्वकला प्रतियोगिता र फाेटाे तथा बृहत प्रदर्शनी आगामी १३ गते गर्ने भएकाे छ । सेनाले `बिश्व शान्ति स्थापनामा नेपाली सेनाको भूमिका´ विषयक अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता गर्ने र विभिन्न सेनाकाे गतिविधिसंग सम्बन्धित फाेटाे तथा बृहत प्रदर्शनी गर्ने भएकाे जनाएकाे छ । प्रदर्शनी सेना ब्यारेकभित्र नै हुने र प्रवेश निःशुल्क गरिएकाे जनाईएकाे छ ।...
गाईघाटमा महावीर पुनको किताव किन्नेको भिँड, कति लाखको बिक्रि भयो ?

गाईघाटमा महावीर पुनको किताव किन्नेको भिँड, कति लाखको बिक्रि भयो ?

Breaking News 1, Breaking News Video, शिक्षा, समाचार
पूर्णपुष्टि, २ माघ । नेपालका बैज्ञानिक डा. महावीर पुन दुई दिन देखी गाईघाटमा आफ्नो पुस्तक बेचिरहेको छ । मंगलबारदेखी गाईघाटको मेनचोकमा किताव बेचिरहेका पुनको किताव किन्न भिँडनै लागेको छ । दुईदिनमा पुनले एक हजार बढी किताव बेचिसकेको छ । विद्यार्थीलाई ७ सय र खरुलाई ७ सय ५० को दरले पुनको दुई दिनमा एक बजार बढी किताव बिक्रि भएको जनाएको छ । किताव बिक्रि भए सम्म गाईघाटमा रहने उनले जनाए । पुनले एक बजार बढी पुस्तक बेच्दा ७ लाख माथीको पुस्तक बिक्रि भएको पुनको टिमले जनाएको छ । पुन सँग किताव किन्ने र फोटो खिच्नेको भिँड बिहानदेखी बेलुका सम्मै हुने गरेको छ । किताव किन्न, केटाकेटी, महिला, शिक्षक, व्यपारी, राजनितिक व्यक्ति, समाजसेवी, कर्मचारी, पत्रकार देखी बृद्धबृद्धा सम्म रहेका छन् ।...
उदयपुरमा चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति घट्यो

उदयपुरमा चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति घट्यो

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष २६ । उदयपुरमा विगत चार दिनदेखि जारी शीतलहर र चिसोका कारण विद्यालयहरूमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको छ । विशेषगरी आधारभूत तहका विद्यार्थीहरूको उपस्थिति गम्भीर रूपमा प्रभावित भएको शिक्षकहरूले बताएका छन् । त्रियुगा नगरपालिका–१ स्थित जोगीदह जनता माविका शिक्षक देवन राईका अनुसार त्रियुगा र चौदण्डीगढी नगरपालिकाका सरकारी तथा निजी विद्यालयहरूमा साना कक्षाका विद्यार्थीको उपस्थिति निकै कम छ । त्रियुगा–११ मा रहेको पिसजोन स्कुलका शिक्षक भूपेन्द्र थापाले कक्षा ४ भन्दा तल्ला कक्षाका विद्यार्थीको उपस्थिति २५ प्रतिशतमा झरेको जानकारी दिए । चौदण्डीगढी–९ हडियास्थित जनता माविका शिक्षक बाबुनारायण चौधरीले अचानक बढेको चिसो र शीतलहरका कारण साना कक्षाका विद्यार्थीहरू प्रभावित भएको बताए । ‘विशेषगरी आधारभूत तहका विद्यार्थीहरू चिसोको चपेटामा परेका छन्,’ उनले भने । अभिभावकहरू पनि चिसोको...
दुर्गन्धित नालाले बरुवा क्याम्पसका विद्यार्थीलाई असर

दुर्गन्धित नालाले बरुवा क्याम्पसका विद्यार्थीलाई असर

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष १८ । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित बरुवा क्याम्पसमा दुर्गन्धित फोहोर नालाको पानी व्यवस्थापन नहुँदा विद्यार्थीहरूलाई असर परेको छ । बिहिबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बरुवा क्याम्पस कमिटि उदयपुरका सचिव अभिषेक थापा मगरले नाला व्यवस्थापनको माग राख्दै निकालेको विज्ञप्ती क्याम्पस प्रमुख भिम बहादुर खड्कालाई बुझाएका छन् । । विज्ञप्तमा भनिएको छ ‘गाईघाट त्रियुगा नदी र शान्तिधामको छेउमा अवस्थित यस क्याम्पसमा बढ्दो सहरीकरणसँगै फोहोरको समस्या पनि बढ्दै गएको छ, क्याम्पस प्राङ्गण नजिकैको नालीमा अव्यवस्थित रूपमा बगिरहेको दुर्गन्धित फोहोर पानीका कारण दैनिक ६ सय देखि ७ सय विद्यार्थीहरू क्याम्पस प्रवेश गर्दा र निस्किदा नाक थुनेर हिँड्न बाध्य भएका छन् ।’ विज्ञप्तिमा देशको भविष्य निर्माण गर्ने विद्यार्थीहरू अध्ययन गर्ने शैक्षिक थलोमा यस्तो समस्...
दुर्गन्धित नालाले बरुवा क्याम्पसका विद्यार्थीलाई असर

दुर्गन्धित नालाले बरुवा क्याम्पसका विद्यार्थीलाई असर

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष १८ । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित बरुवा क्याम्पसमा दुर्गन्धित फोहोर नालाको पानी व्यवस्थापन नहुँदा विद्यार्थीहरूलाई असर परेको छ । बिहिबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बरुवा क्याम्पस कमिटि उदयपुरका सचिव अभिषेक थापा मगरले नाला व्यवस्थापनको माग राख्दै निकालेको विज्ञप्ती क्याम्पस प्रमुख भिम बहादुर खड्कालाई बुझाएका छन् । विज्ञप्तमा भनिएको छ ‘गाईघाट त्रियुगा नदी र शान्तिधामको छेउमा अवस्थित यस क्याम्पसमा बढ्दो सहरीकरणसँगै फोहोरको समस्या पनि बढ्दै गएको छ, क्याम्पस प्राङ्गण नजिकैको नालीमा अव्यवस्थित रूपमा बगिरहेको दुर्गन्धित फोहोर पानीका कारण दैनिक ६ सय देखि ७ सय विद्यार्थीहरू क्याम्पस प्रवेश गर्दा र निस्किदा नाक थुनेर हिँड्न बाध्य भएका छन् ।’ विज्ञप्तिमा देशको भविष्य निर्माण गर्ने विद्यार्थीहरू अध्ययन गर्ने शैक्षिक थलोमा यस्तो समस्या...
त्रियुगामा तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

त्रियुगामा तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

Breaking News 2, खेलकुद, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष ११ । त्रियुगा नगरपालिकामा तेस्रो अन्तर माध्यमिक विद्यालय मेयर रनिङ शिल्ड तथा राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता आज देखि सुरु भएको छ । त्रियुगा नगरपालिका वडा नम्बर ५ देउरीस्थित जनता माध्यमिक विद्यालयको खेलकुद मैदानमा आयोजित प्रतियोगिताको पहिलो दिन तीन विधाका खेलहरू सम्पन्न भएका छन् । पहिलो दिन १५ किलोमिटर दौड, कबड्डी र भलिबल खेल सञ्चालन गरिएको थियो। पुरुषतर्फको १५ किलोमिटर दौडमा जनता माध्यमिक विद्यालय श्रीपुरका सोनम परियार प्रथम भएका छन् । जनता माध्यमिक विद्यालय दमौटीका अगम बहादुर वानिया दोस्रो र जनज्योति माध्यमिक विद्यालय चुहाडका बसन्त दनुवार तेस्रो भएका छन् । महिलातर्फको १५ किलोमिटर दौडमा प्याराडाइज अंग्रेजी बोर्डिङका चिना राईले प्रथम स्थान हासिल गरेकी छन् । बालमन्दिर माध्यमिक विद्यालयकी पवित्रा कटुवाल दोस्रो र त्रियुगा माध्यमिक विद्यालयकी यमुना परियार तेस्रो भएकी ...
उदयपुरको पहाडी क्षेत्रमा शैक्षिक संकट बढ्दो

उदयपुरको पहाडी क्षेत्रमा शैक्षिक संकट बढ्दो

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष १० । उदयपुरको पहाडी क्षेत्रमा शैक्षिक संकट बढ्दै गएको छ । जिल्लामा ३३३ आधारभूत र ११५ माध्यमिक विद्यालय रहेका छन्, जसमध्ये ९ वटा मात्र अपाङ्गतामैत्री विद्यालय छन् । यस वर्ष ताप्ली गाउँपालिका र त्रियुगा नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेका छन् । स्थानीय पाठ्यक्रममा धार्मिकस्थल, कला, संस्कृति, कृषिलगायत आठ विषयवस्तु समावेश छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्याङ्कका अनुसार जिल्लाका पहाडी क्षेत्रका विद्यालयहरूमा स्वच्छ खानेपानी, बालमैत्री शौचालय, विज्ञान प्रयोगशाला र पुस्तकालय जस्ता आधारभूत सुविधाको अभाव देखिएको छ । विद्यार्थीहरू १–२ घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता छ । यसका कारण विद्यार्थी बीचैमा पढाई छाड्ने समस्या गम्भीर बन्दै गएको छ । रौतामाई, ताप्ली, लिम्चुङबुङ्ग, उदयपुरगढी गाउँपालिका र कटारी, बेलका तथा चौदण्डीगढी नगरपालिकाका पहाडी क्षेत्...
ऐन पालना नगरेका चौदण्ढिगढीका संस्थागत विद्यालयलाई नगरपालिकाले कार्वाही गर्ने

ऐन पालना नगरेका चौदण्ढिगढीका संस्थागत विद्यालयलाई नगरपालिकाले कार्वाही गर्ने

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष ६ ।  उदयपुरको चौदण्ढिगढी नगरपालिकाले नगरभित्र सञ्चालित संस्थागत विद्यालयहरूलाई शिक्षक नियुक्ति, तलब भुक्तानी र छात्रवृत्ति सम्बन्धी पूर्व सहमति कार्यान्वयन नगरे कारबाही गर्ने चेतावनी दिएको छ । नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी नगरका २१ वटा संस्थागत विद्यालयहरूले शिक्षकलाई नियुक्ति पत्र दिने, तलब भत्ता बैंक मार्फत भुक्तानी गर्ने र १० प्रतिशत छात्रवृत्ति दिने सम्बन्धी पटक-पटकको सहमति पालना नगरेको जनाएको छ । नगर प्रवक्ता प्रकाश राउतका अनुसार विद्यालयहरूले शिक्षा ऐनमा भएको व्यवस्था र नगरपालिकासँग गरेको सहमति कार्यान्वयन नगरेकाले कारबाहीको दायरामा ल्याइने भएको हो । प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले धेरै विद्यालयहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ नदिएको र शिक्षकहरू ठगिएको मौखिक उजुरी आएको बताए । शिक्षा शाखा प्रमुख रामेश्वर कुँवरका अन...