त्रिनपा १६ मा शिक्षक, अभिभावक र विद्यार्थीहरुलाई सम्मान र पुरस्कारको बर्षा
पूर्णपुष्टि, २ असोज ।
त्रियुगा नगरपालिका वडा नं १६ ले वडा भित्र रहेका सामुदायीक विद्यालयहरुका उत्कृष्ट शिक्षक, अभिभावक र विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । अतिरिक्त क्रियाकलाप तथा छात्रबृत्ति वितरण कार्यक्रम अन्तर्गत ५९ औँ राष्ट्रिय बालदिवसको अवसर पारी वडामा रहेका विद्यार्थी तथा शिक्षकहरुलाई बिभिन्न बिद्यामा पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको हो ।
वडाअध्यक्ष मान वहादुर राईले शैक्षिक क्षेत्रको गुणस्तरमा यस्ता कार्यले ठुलो सहयोग पुराउने भन्दै भव्य कार्यक्रमको आयोजना गरिएको जनाए । वडा कार्यालयको आयोजनामा भएको उक्त कार्यक्रमले सामुदायीक विद्यालयको शिक्षा सुधार र वालवालिकाहरुको शिक्षामा अधिकार प्रदान गर्ने राईको भनाई छ । बिहिबार वालदिवसको अवसरपारी गरिएको अतिरिक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र जनप्रतिनिधिहरुको बिषेश उपस्थिति रहेका थिए ।
वडा सचिव मह...









