Friday, May 22News That Matters

संसार

अष्ट्रेलियामा आर्थिक मन्दी

अष्ट्रेलियामा आर्थिक मन्दी

आर्थिक, समाचार, संसार
पूर्णपुष्टि, भदौ १७ कोरोना भाइरसको कारण अष्ट्रेलियामा तीन दशक यताकै पहिलो पटक आर्थिक वृद्धि घटेको छ । सन् २०२० को दोस्रो तीन महिना अर्थात अप्रिल देखि जुनसम्म अष्ट्रेलियाको अर्थव्यवस्थामा सात प्रतिशतले गिरावट आएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । त्यस्तै पहिलो तीन महिनामा ०.३ प्रतिशतले गिरावट आएको थियो । अष्ट्रेलियाको अर्थव्यवस्थामा सन् १९५९ पछि यो सबै भन्दा ठूलो गिरावट हो ।  लगातार दुई त्रैमासिकमा अर्थव्यवस्थामा संकुचन आउनुलाई मन्दी भनिन्छ । अष्ट्रेलियालाई बलियो अर्थव्यवस्था भएको देश मानिन्छ । जुन् २००८ को विश्वव्यापी मन्दीबाट पनि बचेको थियो । यो वर्षको सुरुवातमा जंगलमा लागेको डढेलो र पछि कोरोनाको महामारीका कारण अष्ट्रेलियाको अर्थव्यवस्थामा गिरावट आएको जनाइएको छ ।...
विश्वमा एकैदिन साढे २ लाख बढीमा कोरोना संक्रमण पुष्टि

विश्वमा एकैदिन साढे २ लाख बढीमा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १७ पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ५६ हजार ९ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै विश्वमा अहिलेसम्म दुई करोड ५८ लाख ८९ हजार भन्दा धेरैमा संक्रमण भएको वल्डोमिटरले जनाएको छ । गत २४ घण्टामा सबैभन्दा धेरै भारतमा ७८ हजार १ सय ६९ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । त्यस्तै ब्राजिलमा ४१ हजार ८ सय ८९ जना  र अमेरिकामा ४० हजार ८ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको वल्डोओमिटरले जनाएको छ । अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट उपचारपछि एक करोड ८१ लाख ७१ हजार भन्दा धेरै निको भएका छन् भने आठ लाख ६० हजार भन्दा बढीको मृत्यु भएको जनाईएको छ ।...
युरोपमा लकडाउन आवश्यक छैन : डब्लूएचओ

युरोपमा लकडाउन आवश्यक छैन : डब्लूएचओ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १७ विश्व स्वास्थ्य संगठनले कोरोना महामारीकै बीच आनीबानी सुधार्दै अगाडि बढ्नु पर्ने जनाएको छ । युरोपमा कोरोना भाइरसको सङ्क्रमण भए पनि राष्ट्रियस्तरमा अब लकडाउन लगाउन नपर्ने संगठनका युरोप निर्देशक हेन्स क्लुगले बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । खोप नलगाउँदासम्ममा मानिसले आनीबानीमा परिवर्तन ल्याएर कोरोनासँग लड्नु पर्ने र आवश्यकता परे निश्चित क्षेत्रमा मात्रै लकडाउन लगाउनु पर्ने जनाईएको छ । आउँदा महिनामा कोरोनाको दोस्रो लहरको डर भए पनि राष्ट्रिय स्तरमा लकडाउन नगरी दूरी कायम, मास्कको अनिवार्य प्रयोग लगायतका स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेमा जोड दिएका छन् । बेलायतले कोरोना भाइरस विरुद्धको खोप यो वर्षको अन्तिमसम्ममा दिन सकिने जनाएको छ । बेलायतको स्वास्थ्य मन्त्रालयले यस वर्षको अन्तिमसम्ममा खोप लगाउन सुरु गर्ने जनाएको हो ।...
खोप बनाउने होडबाजीले राम्रो फल दिदैन : डब्ल्यूएचओ

खोप बनाउने होडबाजीले राम्रो फल दिदैन : डब्ल्यूएचओ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १६ कोरोना भाइरसविरुद्धको खोप बनाउन भइरहेको होडबाजीले नतिजा राम्रो नदिने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । विभिन्न देशले खोप बनाउन होडबाजी गरिरहेको बेला डब्ल्यूएचओले खोप बनाउन र अनुमति दिन हडबड गर्दा यसले जोखिम झनै बढाउन सक्ने चेतावनी दिएको हो । केही देशले खोपको ट्रायल सम्पन्न नै नगरी अनुमतिको लागि दबाब दिने गरेको जनाईएको छ । डब्ल्यूएचओले अनुमति पाउने प्रक्रियालाई हल्का रुपमा नलिन आग्रह गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । अहिले ३३ वटा खोपको क्लिनिकल ट्रायल चलिरहेको छ, एक सय ४३ खोप प्रि क्लिनिकल मूल्याङ्कनको चरणमा रहेका छन् । यसैबीच विश्व स्वास्थ्य संगठनले जोखिमको मूल्याङ्कन नगरी लकडाउन हटाएका देशमा कोरोना महामारीले थप उग्र रुप लिन सक्ने चेतावनी दिएको छ । धेरै नयाँ सङ्क्रमित देखिएको देशमा भिडभाड र यात्राको लागि अनुमति दिनु थप महामारीलाई निम...
बेलायत, फ्रान्स लगायतका केहि देशले विद्यालय खोल्ने तयारी

बेलायत, फ्रान्स लगायतका केहि देशले विद्यालय खोल्ने तयारी

समाचार, संसार
पूर्णपुष्टि, भदौ १६ बेलायत, फ्रान्स, स्पेनलगायत युरोपियन देशहरुले विद्यालय खुलाउने तयारी गरका छन् । गत हप्ताबाट कोरोना संक्रमणको दर केही घटेपछि सुरक्षाका उपायसहित आउँदो हप्ताबाट बालबालिकाहरुलाई विद्यालय फर्काउने तयारी सुरु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । भाइरसको संक्रमण रोक्न लगाइएको लकडाउन तथा प्रतिबन्धले लामो सयमदेखि विश्वका धेरै बालबालिका घरमै बस्न बाध्य भएका छन् । घरबाट वैकल्पिक पढाइको व्यवस्था भए पनि त्यो बालबालिकाका लागि प्रभावकारी नभएको गुनासो बढिरहेको छ । यसैबीच गत २४ घण्टामा मात्रै दुई लाख ३५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा मात्रै करिब ६९ हजारमा कोरोना संक्रमण पुष्टि भएका छन् । अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ५६ लाख १८ हजार नाघ्दा आठ लाख ५४ हजारभन्दा धेरैको मृत्यु भएको छ भने एक करोड ७९ लाख १७ हजारभन्दा धेरै निको भए...
विश्वमा १ करोड ७७ लाखभन्दा बढी कोरोना मुक्त

विश्वमा १ करोड ७७ लाखभन्दा बढी कोरोना मुक्त

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १ विश्वभर एक करोड ७७ लाख भन्दा बढीले कोरोना जितका छन् । दुई सय १३ देशमा फैलिएको कोरोनाबाट संक्रमित भएका मध्ये एक करोड ७७ लाखभन्दा बढीले कोरोना जिते घर फर्किएका हुन् । अमेरिकाका ३४ लाख २५ हजार, ब्राजिलका ३० लाख ३१ हजार, भारतका २७ लाख ७२ हजार र रसियाका ८ लाख ८ हजार कोरोना सङ्क्रमितले कोरोनालाई जितेको वल्र्डमिटरले जनाएको छ । अहिले ६८ लाख २८ हजारभन्दा धेरै व्यक्तिको उपचार भैरहेको छ । विभिन्न अस्पतालमा उपचाररत सङ्क्रमितमध्ये १ प्रतिशत बिरामीको अवस्था गम्भीर छ । ९९ प्रतिशत सङ्क्रमितको अवस्था सामान्य रहेको जनाईएको छ । अहिलेसम्म कोरोनाबाट दुई करोड ५३ लाख ८३ हजारभन्दा बढीमा मानिस सङ्क्रमित भएका छन् भने आठ लाख ५० हजारको मृत्यु भएको जनाईएको छ ।...
कुवेतले थप ३ महिना भिसा अवधि थप्यो

कुवेतले थप ३ महिना भिसा अवधि थप्यो

समाचार, संसार
पूर्णपुष्टि, भदौ १५ कुवेतले विदेशी नागरिकको भिसा थप तीन महिना थपेको छ । कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिका कारण विदेशी नागरिकको भिसा थप तीन महिना बढाउँदै नोभेम्बर ३० सम्म पु¥याएको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । कुवेतले यसअघि थप गरेको भिसाको अवधि यही अगष्ट ३१ अर्थात आजदेखि सकिंदैछ । तर अझै पनि कोरोनाको कारण चार्टर्ड बाहेक अन्तर्राष्ट्रिय उडानहरु सञ्चालनमा नआएकाले भिसा अवधि थप गरेको जनाईएको छ । पहिले थपेको तीन महिनाको भिसाको समय पनि सकिने भएकोले फेरि तीन महिना भिसाको म्याद थप गरिएको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ । अब कुवेतको भिसा नोभेम्बर ३० सम्म स्वतः नवीकरण हुनेछ ।...
पर्यटकलाई २०२० को अन्त्यसम्म मलेसिया प्रवेशमा प्रतिबन्ध

पर्यटकलाई २०२० को अन्त्यसम्म मलेसिया प्रवेशमा प्रतिबन्ध

समाचार, संसार
पूर्णपुष्टि, भदौ १५ मलेसियाले विदेशी पर्यटकका लागि लगाएको प्रतिवन्ध थप लम्ब्याएको छ । कोरोना महामारी फैलिएको देशबाट आउने पर्यटकको प्रवेशमा सन् २०२० को अन्तिमसम्म प्रतिबन्ध लम्ब्याएको हो । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि लगाइएको आवागमन प्रतिबन्ध पनि लम्ब्याउँदै पर्यटकको प्रवेशमा पनि निषेध लगाएको अन्तराष्ट्रिय संचारमाध्यहरुले जनाईएको छ । विश्वभर कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढिरहेकाले अन्तरदेशीय आवतजावतमा निषेध गरिएको मलेसियाका प्रधानमन्त्री मुहीद्धिन यासिनले बताएको जनाईएको छ । मलेसियामा पनि विस्तारै सङ्क्रमण बढिरहेकाले थप सतर्कता अपनाउनुपर्ने जनाईएको छ । सावधानीका साथ मलेसियामा आर्थिक गतिविधि भने सञ्चालन भइरहेको छ । व्यापार र स्कुलहरु खुलेका छन् । दैनिक क्रियाकलापमा प्रतिबन्ध भन्दा नाइटक्लब र मनोरञ्जन केन्द्रहरु र अन्तर्राष्ट्रिय खेलहरुमा भने मलेसियाले प्रतिबन्ध लगाएको ...
विदेशमा मात्रै १९५ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु

विदेशमा मात्रै १९५ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १४ कोरोना संक्रमणबाट गत साता विदेशमा कार्यरत थप तीन जना नेपालीको मृत्यु भएको छ । गत साता बेलायतमा १ र यूएईमा २ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिले जनाएको हो । यो सँँगै शनिबार साँझसम्ममा विश्वका १६ देशमा एक सय ९५ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायतका देशमा रहेका नेपालीहरुको मृत्यु भएको हो । अहिलेसम्म विश्वका ३८ देशमा रहेका ३४ हजार ७ सय १ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भईसकेको जनाईएको छ । उक्त संक्रमित मध्ये उपचारपछि ३२ हजार ५ सय ११ जना कोरोना मुक्त भएको जनाएको छ । दक्षिण अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना सङ्क्रमण सामान्य बढेको छ । अष्ट्रेलिया र ...
विश्वमा कोरोना संक्रमित साढे दुई करोड भन्दा बढी

विश्वमा कोरोना संक्रमित साढे दुई करोड भन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १४ विश्वमा कोरोना सङ्क्रमितको संख्या साढे दुई करोड नाघेको छ । विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड ५१ लाख ६२ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भईसकेको छ । उक्त संक्रमितमध्ये आठ लाख ४६ हजार छ सयभन्दा बढीको मृत्यु भईसकेको छ भने एक करोड ७५ लाख पाँच सयभन्दा धेरै उपचारपछि निको भइसकेका वल्र्डमिटरले जनाएको छ । अमेरिकामा अहिलेसम्म ६१ लाख ३९ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख ४६ हजार आठ सयभन्दा धेरैको मृत्यु भईसकेको छ । ३४ लाख आठ हजारभन्दा धेरै निको भएका छन् । ब्राजिलमा ३८ लाख ४७ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख २० हजार पाँच सयभन्दा धेरैको मृत्यु भएको छ भने ३० लाख छ हजारभन्दा धेरै निको भएका छन् । त्यस्तै भारतमा ३५ लाख ३९ हजार सात सयभन्दा धेरैमा सङ्क्रमण भएकोमा ६३ हजार छ सय ५० भन्दा धेरैको मृत्यु भएको छ भने २७ लाख १२ हजार पाँच स...