Thursday, May 21News That Matters

संसार

चीनले यसैवर्षभित्र काेराेनाविरूद्धकाे खाेप बजारमा ल्याउनसक्ने

चीनले यसैवर्षभित्र काेराेनाविरूद्धकाे खाेप बजारमा ल्याउनसक्ने

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १८ । कोरोनाले आक्रान्त पारेको यो बेला एउटा खुसीको खबर आएको छ । यो खुसीको खबर चीनबाट आएको हो । सन् २०१९ डिसेम्बरमा कोरोना सुरु भएको चीनबाट कोरोना भाइरसविरुद्धको खोप यसैवर्षभित्र बजारमा आउनसक्ने खुसीको खबर आएको हो । चीनले कोरोना भाइरसविरुद्ध खोप बनाउन सफल भई सफल परिक्षण गरिसकेको खबर यसअघि नै सार्बजनिक भइसकेको हो । यो वर्षको अन्तिमसम्ममा वितरणका लागि खोप तयार हुने चीनको एसेट्स सुपरभिजन एण्ड एडमिनिस्ट्रेशन कमिशनले जनाएको छ । चीनमा वुहान इन्ष्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस र बेजिङ इन्ष्टिच्युट अफ बायोलोजिकल प्रोडक्टसले खोपका लागि काम धमाधम गरिरहेका छन् । दुई हजार मानिसमा पछिल्लोपटक सो खोपको परीक्षण गरिएकोमा सफल देखिएको छ । अहिले खोपको दोस्रो चरणको परीक्षण भइरहेको चीनले जनाएको छ । उता, रुसले पनि कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल परीक्षण दुई साताभित्र अघि बढाउने ज...
तत्काल स्वदेश फर्कनु पर्ने श्रमिकलाई सम्पर्कमा आउन दूतावासको आग्रह

तत्काल स्वदेश फर्कनु पर्ने श्रमिकलाई सम्पर्कमा आउन दूतावासको आग्रह

समाचार, संसार
पूर्णपुष्टि, जेठ १४ गते । बहराइनबाट तत्काल स्वदेश फर्कनु पर्ने अवस्था भएका नेपालीलाई बहर्राइनमा रहेको नेपाली दूतावासले सम्पर्कमा आउन आग्रह गरेको छ । यस अघि नेपालीहरुको समस्या सम्बोधन गर्न र सहजिकरण गर्नको लागि अनलाइन फारम भर्न दुताबासले लगाएको थियो । अनलाइन फारम मार्फत प्राप्त भएका विवरणको आधारमा तत्काल नेपाल फर्कनुपर्ने बताएका तर त्यहाँ उल्लेख भएको मोबाइल नम्बरमा सम्पर्क गर्दा उपलब्ध हुन नसकेको भन्दै समस्यामा परेकाहरुलाई तुरुन्तै सम्पर्क गर्न दूतावासले आग्रह गरेको जनाएको छ । यस्तो समस्या भएकालाई दूतावासको टेलिफोन नम्बर १७७२५५८३ र फ्याक्स नम्बर १७७२०७८७ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । यस्तै श्रम सहचारी दामोदर दाहल, शकिल अहमद शेख र गोपी बिक्रम भट्टराईलाई मोबाइल नम्बर ३२०९५०४१, ३५४२७७१७, ३५५४७९५१ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।...
भारतमा कोरोना संक्रमित साढे १ लाख भन्दा बढी

भारतमा कोरोना संक्रमित साढे १ लाख भन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १४ गते ।  भारतमा कोरोना संक्रमितको संख्या साढे एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार तीन सय ८७ जना नयाँ कोरोना संक्रमित थपिएसँगै १ लाख ५१ हजार ७ सय ६७ पुगेको हो । अहिलेसम्म भारतमा कोरोना संक्रमितमध्ये ८३ हजार भन्दा बढी उपचारपछि निको भएर घर फर्किका छन् भने ४ हाजर ३ सय ३७ को मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ३ लाख नाघ्यो

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ३ लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १४ गते ।  कोरोना भाइरसको संक्रमणबाट विश्वमा साढे ३ लाख भन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ३ लाख ५१ हजार ६ सय भन्दा बढीको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ । विश्वका २ सय १३ वटा देश र २ वटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोनाबाट ५६ लाख ७८ हजार भन्दै बढी मानिस संक्रमित भएका छन् । उक्त संक्रमितमध्ये २४ लाख २६ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।...
भारतमा कोरोना संक्रमित १ लाख ४५ हजार नाघ्यो

भारतमा कोरोना संक्रमित १ लाख ४५ हजार नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १३ गते । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट भारतमा १ लाख ४५ हजार भन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या १ लाख ४५ हजार ३ सय ८० पुगेको हो । पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३५ नयाँ संक्रमित फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ सय ४६ जनाको मृत्यु भएसँगै भारतमा कोरोना भाइरसबाट ४ हजार १ सय ६७ जना पुगेको छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म ५२ हजार ६ सय ६७ जना कोरोना संक्रमित पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म १ हजार ६ सय ९५ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । त्यस्तै तमिलनाडुमा १७ हजार ८२ जनामा संक्रमणमध्ये १ सय १८ जनाको मृत्यु भएको छ । गुजरातमा १४ हजार ४ सय ६० संक्रमितमध्ये ८ सय ८८ मृत्यु भएको छ । मध्य प्रदेशमा संक्रमितको संख्या ६ हजार ८ सय ५९ संक्रमितम...
डब्ल्यूएचओद्वारा औलो उपचारमा प्रयोग भईरहेको औषधी कोरोना उपचारमा रोक

डब्ल्यूएचओद्वारा औलो उपचारमा प्रयोग भईरहेको औषधी कोरोना उपचारमा रोक

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १३ गते ।  औलो रोगको उपचारमा प्रयोग भैरहेको औषधि कोरोना संक्रमण भएका बिरामीमा प्रयोग गर्न विश्व स्वास्थ्य संगठन डब्लूएचओले रोक लगाएको छ । कोरोना भाइरस विरुद्धको सम्भावित परीक्षणको लागि प्रयोग भैरहेको औलो रोग विरुद्धको औषधि हाइड्रो साइक्लोरोक्विन प्रयोगमा संगठनले सुरक्षाको कारण देखाउँदै अस्थायी रुपमा रोक लगाउने निर्णय गरेको हो । एक अध्ययनले औलो विरुद्धको औषधि कोरोना संक्रमितमा प्रयोग गर्दा ज्यान गुमाउने जोखिम बढेको देखाएपछि संगठनको यस्तो निर्णय गरेको जनाईएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट बच्न यो औषधि प्रयोग गरिरहेको बताउँदै आएको छ । अहिलेसम्म विश्वका विभिन्न देशमा गरी साढे २३ लाख भन्दा धेरै कोरोना संक्रमित उपचारपछि निको भएका छन् । ५५ लाख ८२ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा २३ लाख ६१ हजार भन्दा धेरै निको भएका छन् भने ३ लाख ४७ हजार...
कुवेतमा ३ महिना भिसाको म्याद थप्न सकिने

कुवेतमा ३ महिना भिसाको म्याद थप्न सकिने

समाचार, संसार
पूर्णपुष्टि, जेठ ११ गते ।  कुवेतमा थप तीन महिना अस्थायी आवासीय भिसाको म्याद बढाउन सकिने भएको छ । मे ३१ तारिखसम्म अस्थायी आवासीय भिसाको म्याद भएका नेपालीसहित विदेशी नागरिकले  आफ्नो स्पोन्सरमार्फत तीन कुवेती दिनार शुल्क तिरेर भिसाको म्याद थप गर्न सकिने जनाईएको छ । यस भन्दा पहिले कुवेत भित्र रहेका र फेब्रअरी २९ सम्म आवासीय भिसा सकिएकाहरुको मे ३१ अर्थात तीन महिनाको लागि भिसाको म्याद स्वतः थप हुने निर्णय भएको थियो । मे ३१ मा यो समय सकिने भएकाले अब ३ कुवेती दिनार शुल्क तिरेर भिसाको म्याद थप्न सकिने भएको हो । कुवेतमा रहेको नेपाली दूतावासका अनुसार म्याद थप गर्नको लागि आफ्नो स्पोन्सर (रोजगारदाता) सँग सम्पर्क गर्ने र https://eres.moi.gov.kw/individual/ar/auth/login  यस वेबसाइटमा गइ  रजिष्टर नगरेका स्पोन्सरले रजिष्टर गर्नुपर्ने हुन्छ । पहिले रजिष्टर भइसकेका स्पोन्सरले लगइन मात्र गरे पुग्छ । ...
कतारमा करिब ७ हजार नेपाली संक्रमित

कतारमा करिब ७ हजार नेपाली संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ११ गते ।  कोरोना भाईरसबाट कतारमा करिब ७ हजार नेपाली संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकले कतारमा मात्रै ६ हजार ९ सय ११ जना नेपाली संक्रमित भएको देखाएको हो । अघिल्लो हप्ता २ हजार ५ सय नेपाली संक्रमित भएकोमा कतारमा थप ४४ सय ११ जनामा संक्रमण देखिएको एनआरएनएको स्वास्थ्य समितिको तथ्याङ्कले देखाएको छ । त्यस्तै नेपालीका मुख्य श्रम गन्तव्यमध्येका अर्को देश यूएईमा ५ सय नेपाली संक्रमित भएका छन् । यस्तै साउदीमा १३ सय ६४, बहराइनमा ३ सय ३१, कुवेतमा ८४, मलेसियामा ५५ जना नेपालीमा संक्रमण देखिएको तथ्याङ्कले देखाएको छ । अहिलेसम्म यूएईमा कोरोनाको कारण १८ नजा नेपालीको मृत्यु भएको छ । यस्तै साउदीमा ७, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको मृत्यु भएको समितिले जनाएको छ ।...
विश्वमा कोरोना संक्रमितको ५४ लाख भन्दा बढी

विश्वमा कोरोना संक्रमितको ५४ लाख भन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ११ गते ।  विश्वका विभिन्न देशमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमित ५४ लाख नाघेको छ । अहिलेसम्म विश्वमा ५४ लाख ४ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएईसकेको छ । उक्त संक्रमितमध्ये २२ लाख ४७ हजार २ सय ३४ जना उपचारपछि निको भएको वल्डओमिटरले जनाएको छ । अहिलेसम्म संक्रमणका कारण ३ लाख ४३ हजारभन्दा बढी मृत्यु भएको जनाईएको छ । अमेरिकामा मात्रै १६ लाख ६६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने साढे ९८ हजार भन्दा बढीको मृत्यु भईसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा साढे  ६ हजारभन्दा बढी थप नयाँ कोरोना संक्रमित थपिएसँगै १ लाख ३१ हजार ४ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म भारतमा ३ हजार ८ सय ६८ जनाको मृत्यु भईसकेको छ ।...
चीनमा कोरोना संक्रमित शून्यमा झ¥यो

चीनमा कोरोना संक्रमित शून्यमा झ¥यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १० गते ।  कोरोना भाईसर फैलिन सुरु भएको पहिलो पटक चीनमा संक्रमित थपिएको छैन । पछिल्लो २४ घण्टामा चीनमा नयाँ कोरोना संक्रमित देखिएको छैन । चिनमा मार्च महिनाबाट संक्रमण हुनेको दरमा कमी आएको थियो संक्रमितको संख्या घट्नुको मुख्य कारण प्रतिबन्धको कडा पालना गर्नु हो ।