पूर्णपुष्टि, जेठ १० गते ।
कोरोना भाईसर फैलिन सुरु भएको पहिलो पटक चीनमा संक्रमित थपिएको छैन । पछिल्लो २४ घण्टामा चीनमा नयाँ कोरोना संक्रमित देखिएको छैन ।
चिनमा मार्च महिनाबाट संक्रमण हुनेको दरमा कमी आएको थियो संक्रमितको संख्या घट्नुको मुख्य कारण प्रतिबन्धको कडा पालना गर्नु हो ।
पूर्णपुष्टि, जेठ १० गते ।
विश्वको विभिन्न देशमा ५३ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ५३ लाख ३ हजार ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ ।
उक्त संक्रमतिमध्ये अहिलेसम्म साढे २१ लाखभन्दा बढी उपचार पछि निको भएका छन् भने ३ लाख ३९ हजार ९ सय ९२ जनाको मृत्यु भएको छ ।
अमेरिकामा सबैभन्दा बढी १६ लाख ४५ हजारभन्दा धेरैमा कोरोनाको संक्रमण पुष्टि भएको मध्ये ९७ हजारभन्दा बढीको मृत्यु भएको छ ।...
पूर्णपुष्टि, जेठ ९ गते ।
पाकिस्तानमा जहाज दुघर्टना हुदा ९० जना यात्रुको मृत्यु भएको छ । लाहोरबाट कराँचीका लागि उडेको पाकिस्तान इन्टरनेशनल एअरलाइन्स पीआईएको जहाज कराँची विमानस्थल नजिकै दुघर्टना हुदा ९० जना यात्रुको मृत्यु भएको हो ।
अहिले उद्धार सुरु भइसकेको संचामाध्यमहरुले जनाएको छ । विस्तृत रुपमा जानकारी नआई सकेको जनाईएको छ ।...
पूर्णपुष्टि, जेठ ९ गते ।
शक्तिशाली अम्पुनको कारण भारत र बंगलादेशमा आएको बाढी र पहिरोबाट ८४ जनाको मृत्यु भएको छ । अम्पुन आँधीसँगै परेको वर्षाको कारण ८४ जनाको मृत्यु भएको संचारमाध्यमहरुले जनाएको छ ।
आँधीसँगै परेको वर्षाले गर्दा हजारौं रुख ढलेको छ भने विद्यतु र टेलिफोन सेवा अवरुद्ध भएको छ । भारतको कोलकोत्तामा मात्रै एक करोड ४० लाख मानिसमा विद्युत आपूर्ति रोकिएको जईएको छ ।
बंगालको खाडीबाट आएको यो चक्रवात सन् १९९९ यताकै शक्तिशाली मानिएको छ । अहिले अम्पुनको प्रभाव विस्तारै कम हुँदै गएको जनाईएको छ ।...
पूर्णपुष्टि, जेठ ८ गते ।
साइप्रसबाट बिदामा नेपाल आएरका तर लकडाउनले फर्कन नपाएकाहरुले कुनै औपचारिक प्रक्रिया नगरि कनै लकडाउन खुलेपछि साईप्रस फर्कन पाउने भएका छन् ।
मार्च १५ भन्दा पछि साईप्रसको भिसा सकिएका तर अन्तर्राष्ट्रिय उडान र लकडाउनले फर्कन नपाएकाहरुलाई साइप्रस सरकारले सहजै फर्कन दिने भएको हो ।
यो अवधिमा म्याद सकिएका भिसाहरु स्वतः नवीकरण हुनेछन् ।...
पूर्णपुष्टि, जेठ ७ गते ।
विश्वको विभिन्न देशमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमित ५० लाख नाघेको छ । वल्डोमिटरले सार्वजनिक गरेको कोरोना भाईरस तथ्याङ्क अनुसार संक्रमितको संख्या ५० लाख ५ सय नाघेको हो ।
संक्रमितमध्ये १९ लाख ७० हजार ९ सयभन्दा बढी उपचारपछि निको भएका छन् भने ३ लाख २५ हजार १ सय ५६ जनाको मृत्यु भएको जनाईएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका २ सय १३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिइसकेको छ ।...
पूर्णपुष्टि, जेठ ७ गते ।
भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६ हजार नाघेको छ । एकै दिन ५ हजार ६ सय ११ जना नयाँ संक्रमित थपिएसँगै भारतमा १ लाख ६ हजार ७ सय ५० पुगेको हो ।
अहिलेसम्म भारतमा कोरोना संक्रमित मध्ये ४२ हजार भन्दा बढी उपचारपछि निको भएका छन्
महाराष्ट्रमा मात्रै ३५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । तमिलनाडुमा १२ हजार ४ सय ४८, गुजरातमा १२ हजार १ सय ४० र दिल्लीमा १० हजार ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको केन्द्रिय कर्यालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ सय ४० जनाको मृत्यु भएसँगै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ हजार ३ सय ३ पुगेको छ ।
कोरोना भाइरसको प्रकोप सीमित गर्नको लागि गृह मन्त्रालयले लकडाउनलाई मे ३१ सम्मको लागि बढाएको छ ।...
पूर्णपुष्टि, जेठ ६ गते ।
भारतमा कोरोेना भाईरस (कोभिड–१९)को संक्रमित एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार भन्दा बढी नयाँ संक्रमित थपिएसँगै १ लाख ३ सय २८ जना पुगेको हो ।
उक्त संत्रमितमध्ये पछिल्लो २४ घण्टामा १ सय ३१ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३ हजार १ सय ५६ जनाको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ ।
तर अहिलेसम्म ९६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको र ३ हजार २९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको भारत सरकारले पुष्टि गरेको छ ।
विश्वमा अहिलेसम्म ४८ लाख ९१ हजारभन्दा बढीमा कोरोनाको संक्रमण देखिएकोमा १९ लाख ७ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । उक्त संक्रमितमध्ये ३ लाख २० हजार जनाको मृत्यु भएको जनाईएको छ ।...
पूर्णपुष्टि, जेठ ५ गते ।
भारतमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट तीन हजार भन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म तीन हजार २९ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा अहिलेसम्म ९६ हजार एक सय ६९ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्र पाँच हजार दुई सय ४२ जना नयाँ संक्रमित फेला परेका छन् ।
सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म ३३ हजार ५३ कोरोना संक्रमित भईसकेको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म एक हजार एक सय ९८ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ ।
गुजरातमा ११ हजार तीन सय ७९ जना संक्रमितमध्ये ६ सय ५९ जनाको मृत्ुय भएको छ । त्यस्तै तमिलनाडुमा ११ हजार दुई सय २४ जना मध्ये ७८ जनाको मृत्यु भएको छ ।
मध्य प्रदेशमा संक्रमितको संख्या चार हजार नौ सय ७७ जना मध्ये दुई सय ४८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै पश्चिम बंगालमा ...
पूर्णपुष्टि, जेठ ५ गते ।
विश्वका विभिन्न देशमा कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित भएका मध्ये साढे १८ लाख भन्दा बढी उपचारपछि निको भएका छन् । अहिलेसम्म १८ लाख ५५ हजार भन्दा बढी उपचारपछि निको भएका हुन् ।
विश्वमा अहिलेसम्म ४७ लाख ९८ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । उक्त संक्रमितमध्ये अहलेसम्म ३ लाख १६ हजार ५ सय १४ जनाको मृत्यु भएको छ ।
विश्वमा सवै भन्दा बढी संक्रमित भएको देश अमेरिकामा मत्रै १५ लाख २७ हजार भन्दा बढीमा संक्रमण पुष्टि भईसकेको छ । अमेरिकामा ३ लाख ४६ हजार भन्दा बढी उपचारपछि निको भएका छन् भने करिब ९१ हजार जनाको मृत्यु भएको छ ।...