२०८२ सालमा दुई पटक चन्द्रग्रहण : कुन राशिका लागि शुभ?
पूर्णपुष्टि, फागुन ३ । आगामी २०८२ सालमा नेपालमा दुई पटक चन्द्रग्रहण लाग्ने भएको छ । भाद्र २२ गते आइतबार भाद्रशुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्नेछ । यो चन्द्रग्रहण नेपाल, भारत लगायत एसियाका धेरै देशबाट अवलोकन गर्न सकिनेछ ।
पहिलो ग्रहणका बेला रात्रि १० बजेर ११ मिनेटमा स्पर्श, ११ बजेर १५ मिनेटमा सम्मिलन, ११ बजेर ५६ मिनेटमा मध्य, रात्रि १२ बजेर ३८ मिनेटमा उन्मीलन र १ बजेर ४१ मिनेटमा मोक्ष हुनेछ । कूल तीन घण्टा ३० मिनेट ग्रहण रहनेछ । ग्रहण स्पर्श हुनुभन्दा नौ घण्टाअघि अर्थात् भाद्र २२ गते दिउसो १ बजेर ११ मिनेटदेखि बाल, वृद्ध र रोगी बाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको छ ।
राशिअनुसार यो चन्द्रग्रहण मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशि भएकाले हेर्नु हुँदैन । अन्य राशि भएका व्यक्तिहरूले हेर्न सक्नेछन् । शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्म भएका र कुम्भ ...








