गाईघाटमा उदयपुर संगीत सभा सम्पन्न
पूर्णपुष्टि, पुष १६ । उदयपुरको सदरमुकाम गाईघाटमा उदयपुर संगित सभा सम्पन्न भएको छ । सोमबार त्रिनपा ३ मोतिगडा स्थित होटल इम्पायर इनमा ‘परिवर्तनको लागि संगीत’ भन्ने मूल नाराका साथ तीन तले संगीत विद्यालय कटारीद्धारा आयोजित कार्यक्रममा संगित विद्यालयका विद्यार्थीहरूले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।
त्रियुगा संगीत विद्यालयका प्रमुख प्रशिक्षक शैलेन्द्र खतिवडाका अनुसार कटारी तीन तले, कटारी र गाईघाटमा नियमित रूपमा संचालित संगीत विद्यालयका विद्यार्थीहरूलाई समावेश गरी संगित सभा आयोजना गरिएको हो । विद्यालयका प्रमुख व्यवस्थापक श्याम बस्नेतले २०७८ सालमा स्थापना भएदेखि नै विद्यालयले ४५० भन्दा बढी बालबालिकाहरूलाई नि:शुल्क बाद्यवादन, संगीत र नृत्य प्रशिक्षण प्रदान गर्दै आएको बताएका छन् । कार्यक्रममा विद्यार्थीहरूले हार्मोनियम, तबला, मादल, बाँसुरी, गिटार र किबोर्ड जस्ता विभिन्न वाद्ययन्त्रको प्रस्तुत...









