Friday, July 10News That Matters

समाचार

विद्यार्थीको घरायसी कामको मूल्याङ्कन गरेर नम्बर दिने निर्णय

विद्यार्थीको घरायसी कामको मूल्याङ्कन गरेर नम्बर दिने निर्णय

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीको मूल्याङ्कन प्रणालीमा नयाँ व्यवस्था थप गर्ने भएको छ । अब विद्यार्थीले घरमा गर्ने कामको पनि मूल्याङ्कन गरी नम्बर दिइने भएको छ । शिक्षामन्त्री विद्या भट्टराईका अनुसार मूल्याङ्कनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको छ । परीक्षामा लेखेको आधारमा मात्र मूल्याङ्कन गर्न नहुने भन्दै मन्त्रालयले घरमा गरेको कामलाई पनि मूल्याङ्कनमा जोड्न लागेको हो । विद्यार्थीले खेतबारी जोतेको, घाँस काटेको, भात–तरकारी पकाएको, भाइबहिनी हेरेको, बजारमा किनमेल गरेको, लुगा सिलाएको वा आरनमा काम गरेको जस्ता कामको पनि मूल्याङ्कन हुने भएको छ । हाल कक्षा ४ देखि ८ सम्म ५० नम्बरको आन्तरिक र ५० नम्बरको बाह्य परीक्षा हुने गरेको छ भने कक्षा ९ देखि १२ सम्म २५ को आन्तरिक र ७५ को बाह्य परीक्षा हुने गरेको छ । आन्तरिक मूल्याङ्कनमा केही अंक छ...
उदयपुरको कटारीबाट लागुऔषध सहित ५ जना पक्राउ

उदयपुरको कटारीबाट लागुऔषध सहित ५ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १७ । उदयपुरको कटारी नगरपालिका–४ स्थितबाट आगुऔषध सहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय ३१ बर्षीय बिनय सुनुवार, ३४ बर्षीय हरि कृष्ण राई, २६ बर्षीय करण लिम्बु, २२ बर्षीय बिशाल तामाङ र २० बर्षीय बिकेश तामाङ रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कर्यालय बिराटनगरका अनुसार मंगलबार दिउँसो साढे २ बजे लागु–औषध बिक्री बितरण भई रहेको छ भन्ने बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनिहरुको साथबाट ट्रामाडोल र स्पास्मो ८ सय ७७ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।...
प्रथम यलम्बर कपको उपाधि यलम्बर स्पोर्टिङ क्लबलाई

प्रथम यलम्बर कपको उपाधि यलम्बर स्पोर्टिङ क्लबलाई

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, पुष १७ ।  उदयपुरको बेलका नगरपालिका-८ मा आयोजित प्रथम यलम्बर कप फुटबल प्रतियोगिताको उपाधि यलम्बर स्पोर्टिङ क्लबले जितेको छ । मंगलबार बेलका-८ स्थित यलम्बर खेलमैदानमा भएको फाइनल खेलमा यलम्बर स्पोर्टिङले सोमबारे फुटबल क्लबलाई १-० गोलले पराजित गर्दै उपाधि हात पारेको हो । विजयी टोलीका लागि निर्णायक गोल अनिस राईले गरेका थिए । विजेता यलम्बर स्पोर्टिङ क्लबले नगद रु. ३५,००५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सोमबारे फुटबल क्लबले नगद रु. २०,०२० सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । यलम्बर एकता सेवा समाजको आयोजना तथा हात्तिसार सामुदायिक वन उपभोक्ता समितिको सहआयोजनामा भएको प्रतियोगिता पुष ९ देखि सञ्चालन भएको थियो । ब्रदरहुड फुटबल क्लबको प्राविधिक सहयोग रहेको यस प्रतियोगितामा उदयपुर र सुनसरीका गरी ८ टिमको सहभागिता रहेको थियो ।...
आफ्नो मान्छे जोगाउन बनेको सरकार जतिखेर पनि ढल्न सक्छ : खतिवडा

आफ्नो मान्छे जोगाउन बनेको सरकार जतिखेर पनि ढल्न सक्छ : खतिवडा

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, १७ पुष । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले सरकार कतिवेला ढल्छ भन्ने थाहा नभएको बताउनुभएको छ । आज कटारीमा पत्रकारहरुसँग कुरागर्दै उपाध्यक्ष खतिवडाले काँग्रेससँग सौदाबाजी गरेर बनेको सरकारको सौदाबाजि कतिवेला सकिन्छ भन्ने थाहा नभएको बताउनुभएको हो । काँग्रेस र एमालेले विभिन्न काण्डहरुमा आप्mना मान्छेहरु जोगाउन यो सरकार गठन भएको उपाध्यक्ष खतिवडाको भनाई छ । “भुटानी शरणार्थी काण्ड लगायतका काण्डमा आप्mना मान्छेहरु फस्नेभएपछी जोगाउन यो सरकार गठन भएको हो ।”उहाँले भन्नुभयो ,“सौदाबाजी सकिन लागेकाले सरकार कतिवेला ढल्छ थाहा छैन् ।” एकिकृत समाजवादीले सरकार ढाल्ने योजना नबनाउने तर सरकार ढाल्नेलाई सहयोग गर्ने उहाँको भनाई छ । त्यसैगरी माओवादीसँग पार्टी एकीकरण हुन्छ भन्ने हल्ला छ नि रु भन्ने पत्रकारहरुको प्रश्नमा उपाध्यक्ष खतिवडाले आप्mनो पार्टी कसैसँग एकीक...
गाईघाटमा ख्याति प्राप्त कलकारहरुको साथमा मुन्दुमी सांस्कृतिक साँझ हुँदै

गाईघाटमा ख्याति प्राप्त कलकारहरुको साथमा मुन्दुमी सांस्कृतिक साँझ हुँदै

Breaking News 1, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, १७ पुष । गाईघाटमा यहि पुष २८ गते मुन्दुमी सांस्कृतिक साँझ हुने भएको छ । यलदोङ २०८५ को अवसरमा गाईघाट स्थित होटल द एम्पायर इन मा भव्य सांस्कृतिक साँझ हुने भएको हो । आयोजक किरात राई संस्कृतिक कलाकार संघ उदयपुरका अनुसार सांस्कृतिक कोष स्थापनार्थका लागि मुन्दुमी साँझ हुने भएको छ । सांस्कृतिक साँझमा नेपालका चर्चित राई कलकारहरुको सहभागी हुने छ । बरिष्ठ गायक जितेन राई, गायिका पार्वती राई, शालिक शातासक राई, भिषण मुकारुङ राई, राजु एन राई, राई नविन, शुसिला राई, मेनुका राई, पदम थुलुङ राई, सुरज मेहावाङ राई, मुकेश राई, डिवि राई, सुशेनिछो चाम्लीङ राई, निश्चल राई, जेनि खालिङ राई र अनुका राईले प्रस्तुती दिने छ ।...
कटारी-घुर्मी सडकको धुलोले स्थानीयलाई सास्ती

कटारी-घुर्मी सडकको धुलोले स्थानीयलाई सास्ती

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १७ ।  उदयपुरको सिद्धिचरण राजमार्गमा पर्ने कटारी-घुर्मी सडक खण्डको धुलोले स्थानीयवासीको दैनिक जीवन प्रभावित भएको छ । कटारी नगरपालिकाको ४६ किलोमिटर सडक खण्ड जीर्ण अवस्थामा रहेको र हिउँदमा धुलोको कारण वडा नम्बर ४, ८, ११ र १४ का बासिन्दाहरू विशेष प्रभावित बनेका छन् । सडक किनारमा घर भएकी कटारी-४ की दुर्गा परियार धुलोका कारण घरको ढोका बन्द गरेरै बस्न बाध्य छिन् । उनका अनुसार खाना पकाउने र खाने ठाउँमा समेत धुलो पस्ने गरेको छ, जसका कारण उनी माइग्रेनकी बिरामी बनेकी छिन् । स्थानीय कृषकहरूले लगाएको बालीनाली र घाँसपात समेत धुलोले प्रभावित बनाएको छ । यस क्षेत्रका दर्जनौं विद्यालयका विद्यार्थीहरूलाई पनि आवतजावतमा समस्या भएको छ । मावि मरुवाका कक्षा १० का विद्यार्थी प्रदिप परियारले विद्यालय जाँदा धुलो खाएर हिँड्नुपर्ने बाध्यता रहेको बताए । कटारी-घुर्मी सडक कार्यालयका सूचना अधिकारी मनोज ...
राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी उदयपुरले फुटसल प्रतियोगिता गराउने

राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी उदयपुरले फुटसल प्रतियोगिता गराउने

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १६ पुष । राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी उदयपुरले काठमाण्डौँमा कोशी प्रदेश स्तरीय फुटसल प्रतियोगिता गराउने भएको छ । काठमाण्डौँ स्थित शान्ति नगर फुटसल नयाँ बानेश्वरमा शुक्रबार फुटसल प्रतियोगिता गराईने कमिटीका अध्यक्ष रिदम किराँतीले जनाए । किरातीका अनुसार प्रतियोगितामा कोशी प्रदेशको १४ ओटै जिल्लाहरुले सहभागी जनाउने भएको छ । जसमा आयोजकको दुई टिम गरी १५ ओटा टिमले प्रतियोगितामा सहभागी जनाउने अध्यक्ष किरातीले जनाएको छ । युवाहरुलाई क्रियाशिल र संगठित गर्ने, भाईचारा बढाउने, स्वास्थ्य र मनोरञ्जनको माध्यमबाट युवाहरुलाई संगठनमा आवद्ध गराउन प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने राईले जनाए । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २० हजार ५५५ शिल्ड, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले नगद रु १० हजार ५५५ रुपयाँ शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोज...
उदयपुरको मुर्कुचीमा पहिलो पटक मिनि महोत्सव हुदैँ

उदयपुरको मुर्कुचीमा पहिलो पटक मिनि महोत्सव हुदैँ

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष १६ । उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुचीमा पहिलो पटक रौतामाई मिनि महोत्सव आयोजना हुने भएको छ । रौता स्पोर्टस क्लब (मुकुर्ची) को आयोजनामा आगामी पौष १९ देखि माघ ४ गते सम्म मुर्कुची बसपार्कमा मिनि महोत्सव हुने भएको छ । रौता स्पोर्टस क्लबका अध्यक्ष हरी आले मगरका अनुसार महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलकार संगै उदयपुरका कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती हरेक दिन रहेन छ । महोत्सवमा ज्योती मगर, प्रिति आले, फुलन्देको आमा, काउली बुढी, अस्मिता अधिकारी, डम्बर नेपाली, धिरज राई, बद्री पंगेनी, मुना मदन, कमल खत्री, विनोद दनुवार, एलिना चौहान, मिलन नेवार, जगल्टे, ताराबीर पाण्डे, दिपक लिम्बु, अशोक सिवा, पुजा केप्छाकी मगर, नन्दु गुरुङ लोकदोहरी गायीका गंगा गौतम आचार्य लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवले स्थानीय पर्यटन, कला र संस्कृतिको प्रवर्द्धन गर्ने...
किरात राई समुदायको संस्कृतिमा महत्वपूर्ण चिन्डो दुर्लभ बन्दै

किरात राई समुदायको संस्कृतिमा महत्वपूर्ण चिन्डो दुर्लभ बन्दै

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष १६ ।  किरात राई समुदायको संस्कृतिमा विशेष महत्व राख्ने चिन्डो पछिल्लो समय दुर्लभ बन्दै गएको छ । जन्मदेखि मृत्युसम्मका संस्कारमा अनिवार्य मानिने चिन्डो तराई क्षेत्रमा नफल्ने र पहाडी जिल्लाहरूमा समेत यसको उत्पादन घट्दै गएकाले प्रयोगमा कमी आएको हो । कटारीका संस्कृतिविद् कर्ण राईका अनुसार अहिले धजुरी पेजुरीमा प्रयोग गरिने सानो चिन्डो समेत धरान हुँदै चीनबाट आयात गर्नुपर्ने अवस्था छ । राई समुदायका अध्येता शुभराज राईले ओखलढुंगा र खोटाङ जस्ता पहाडी जिल्लामा समेत चिन्डोको उत्पादन घट्दै गएको बताए । चिन्डोलाई वाबुक, स्वालेवा र खारेवा पनि भनिने गरेको छ । विशेषगरी पूजापाठ र कोसेली बोक्ने प्रचलनमा प्रयोग हुने गाँडे चिन्डो र संस्कार गर्दा कुलपुजारीले प्रयोग गर्ने सुलुक्क परेको चिन्डो दुवै दुर्लभ बन्दै गएका छन् । यसको अभावमा विवाह प्रयोजनका लागि कलियारकल्लेले सिसाका बोतल प्रयोग गर्न...
मिर्चैया-कटारी सडक स्तरोन्नतिको वातावरणीय प्रतिवेदन अन्तिम चरणमा

मिर्चैया-कटारी सडक स्तरोन्नतिको वातावरणीय प्रतिवेदन अन्तिम चरणमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १६ ।  सिद्धिचरण राजमार्गको मिर्चैया-कटारी-घुर्मी सडक खण्डको स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । सडक विभागले तयार पारेको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको र यसै साताभित्र पारित गर्ने तयारी भइरहेको प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझीले जानकारी दिए । प्रतिवेदन अनुसार ९ अर्ब ४७ करोड लागत अनुमान गरिएको यो आयोजना ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ७२ किलोमिटर लामो यस सडक खण्डको स्तरोन्नतिबाट मिर्चैया नगरपालिकाका २ वटा र कटारी नगरपालिकाका ७ वटा वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने छन् । तीन दशकअघि निर्माण भएको यो सडक जीर्ण अवस्थामा पुगेकाले दैनिक पाँच सयभन्दा बढी सवारी साधनले समस्या भोग्दै आएका छन् । प्रतिवेदनमा सहरी क्षेत्रमा १३ मिटर, पहाडी क्षेत्रमा ८.५ मिटर र तराईमा १० मिटर चौडा बनाउने योजना छ । आयोजन...