Wednesday, May 6News That Matters

समाचार

उदयपुरको दुवै स्थानमा माओवादीको उत्साह जित

उदयपुरको दुवै स्थानमा माओवादीको उत्साह जित

Breaking News 1, Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, १८ मंसिर । मंसिर १६ गते भएको उपनिर्वाचनले माओवादी उदयपुरलाई उत्साहित बनाएको छ । त्रियुगा १२ र बेलका ९ मा भएको उपनिर्वाचनको परिणाम माओवादीको पोल्टामा परेपछि उदयपुरमा माओवादीमा खुसी र उत्साह बढेको हो । दुवै वडामा गत ८९ को निर्वाचनमा कांग्रेसले जितेका थिए । यो उपनिर्वाचनमा भने कांग्रेसलाई तेस्रो स्थान र एमालेलाई दोस्रो स्थानमा सिमित गर्दै माओवादीले उत्साह जित निकाल्यो । यसोत माओवादीले उदयपुरमा मात्रै हैन देशभरनै उपनिर्वाचनमा सकरात्मक परिणाम ल्याएको छ । उदयपुरको दुई स्थान सँगै नेपालभर ११ स्थानमा माओवादीले जित निकालेको छ । उदयपुरमा भने दुवै वडा गत निर्वाचनमा कांग्रेसले जितेको थियो । यो पटक भने माओवादीको जितले एमाले र कांग्रेस चकितनै खाएका छन् । त्रियुगा १२ का माओवादी उम्मेदवार नविन बान्तावा राईले ९२३ मत ल्याउँदै प्रतिद्धन्दी एमालेलाई ३१५ मतान्तरले पछि पार्दै जित निकालेको हो । य...
त्रियुगा १५ मा भएको पहिलो खुल्ला वडा कपको उपाधि बर्गाछिले जित्यो

त्रियुगा १५ मा भएको पहिलो खुल्ला वडा कपको उपाधि बर्गाछिले जित्यो

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, १५ मंसिर । त्रियुगा नगरपालिका वडा नं १५ मा भएको प्रथम खुल्ला वडा कप फुटवल प्रतियोगिताको उपाधि बर्गाछि क्लव साउनेले जितेको छ । शनिवार शिखर भ्यु पाईन्ट स्यालगैरी खेलमैदानमा भएको प्रतियोगितामा साउने फुटवल क्लवलाई २÷० को अन्तरले हराउँदै उपाधि जितेको हो । बर्गाछिको तर्फबाट दोस्रो हाफको १८ औँ मिनेटमा १४ नं जर्सिका खेलाडी सनम राईले गोल गरेका थिए भने ५८ औँ मिनेटमा जर्सि नं ११ प्रविन राईले गोल गरेका थिए । यता साउने फुटवल क्लवको तर्फबाट भने कुनै पनि गोल हुन सकेन । साउने फुटवल क्लवले आयोजक मुक्ति युवा क्लवलाई पेनाल्टी सुट आउटमा हराउँदै फाईनलको यात्रा तय गरेका थिए भने बर्गाछीले इलाभेन स्टार फुटवल क्लवलाई हराउँदै फाईनलको लागि स्थान बनाएका थिए । प्रतियोगिताका बिजेता टोलीले नगद रु २५ हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए भने उपविजेता टोलीले पनि नगद रु १५ हजार, शिल्ड, मेडल र प्रम...
कांग्रेस निर्वाचित भएको त्रियुगा १२ मा माओवादीको सानदार जित

कांग्रेस निर्वाचित भएको त्रियुगा १२ मा माओवादीको सानदार जित

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १७ मंसिर । ७९ को निर्वाचनमा कांग्रसले जितेको त्रियुगा १२ मा माओवादीले सानदार जित निकालेको छ । त्रियुगा १२ मा वडा अध्यक्ष पदका लागि आईतबार भएको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार नविन वान्तावा राईले जित हाँसिल गरेको हो । राई ७९ को निर्वाचनमा पनि माओवादीबाट अध्यक्ष पदको उम्मेदवार थिए । तर त्यो समय तेस्रो भएका उपनिर्वाचनमा सानदार जित निकालेको हो । राईले आफ्नो प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार लक्ष्मी नारायण चौधरीलाई ३१५ मतको फराकिलो अन्तरले पराजित गर्दै जित निकालेको हो । ३८४७ मतदाता रहेको उक्त वडामा २५२७ मत खसेका थिए । उक्त मतबाट राईले ९२३ मत ल्याउँदा प्रतिद्धन्दी चौधरीले ६०८ मात्रै मत प्राप्त गरे । यता कांग्रेस उम्मेदवार रहेका संजिव काफ्ले ३५९ मत मै सिमित भए भने एकीकृत समाजवादीकी निर्मला चौधरीले ३१२, रास्वपाका धुर्व प्रसाद पोखरेलले २०२, राप्रपाका उम्मेदवार लालवावु श...
उदयपुरकाे बेलका नपा- ९ नं. वडामा मतगणना विवाद

उदयपुरकाे बेलका नपा- ९ नं. वडामा मतगणना विवाद

Breaking News 2, राजनीति, समाचार
उदयपुर, मंसिर १७ हिजाे राती नै मतगणना सुरु भएकाे उदयपुरकाे बेलका नगरपालिका ९ नं. वडाकाे मतगणना विवादले राेकिएकाे छ । ५०० मत गणनाकाे क्रममा २२० बदर भनिएपछि विवाद सिर्जना भएकाे हाे । ठुलाे संख्यामा वदरमत देखाईनु उपनिर्वाचन निर्देशिका विपरित हाे भन्दै केही दलले विराेध जनाएका छन् भने केहीले बदरमत सहि भनेका छन् ।...
त्रिनपा -१२ मा माओवादी विजयी

त्रिनपा -१२ मा माओवादी विजयी

Breaking News 1, राजनीति, समाचार
उदयपुर, मंसिर १७ उदयपुरकाे त्रियुगा नगरपालिका वडा नं. १२ काे वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका नविनकुमार बान्तवा राई विजयी भएका छन् । उनी निकटतम् प्रतिद्वन्द्वि एमालेका लक्ष्मिनारायण चाैधरीलाई भारी मतले पछि पार्दै ९२३ मतका साथ विजयी बनेका हुन् । एमालेका चाैधरीकाे ६०८, नेपाली काङ्ग्रेसका सञ्जिव काफ्लेकाे ३५९, नेकपा एसकी निर्मला चाैधरीकाे ३१२, राष्ट्रिय स्वतन्त्र पार्टिकाे २०२ मत आएकाे हाे । साे वडामा एक स्वतन्त्रसहित नाैं जना प्रतिष्पर्धामा उत्रिएका थिए । उक्तवडामा ३८४७ मतदाता मध्ये २५२७ मत खसेकाे थियाे ।...
उदयपुरको दुई वडा उपनिर्वाचनमा त्रियुगामा ६५, बेलकामा ६० प्रतिशत मत खस्यो

उदयपुरको दुई वडा उपनिर्वाचनमा त्रियुगामा ६५, बेलकामा ६० प्रतिशत मत खस्यो

Breaking News 1, Breaking News 2, राजनीति, समाचार
उदयपुर, मंसिर १६ गते । उदयपुरको दुई वडामा उपनिर्वाचन सौहाद्रपूर्वक अाज सम्पन्न भयो । त्रियुगा नगरपालिका १२ नं. वडामा २ हजार ५२७ मत खसेको छ । यो कुलमत ३ हजार ८४७ को ६५ दशमलब ६८ प्रतिशत हो । त्यस्तै बेलका नगरपालिका ९ नं. वडामा १ हजार ८८५ मत खसेको छ । यो कुलमत ३ हजार १३६ को ६० प्रतिशत हो । दुई मतदानस्थल, ७ मतदान केन्द्र मध्ये बेलकाको बरपिपल माध्यामिक विद्यालय केन्द्रमा एकसय बर्षका होमबहादुर खत्री र ९७ वर्षिया डम्बरकुमारी भट्टराईलेसमेत मतदान गर्नुभयो । बृद्धबृद्धा, अपांग, अशक्तसमेतले अरुको सहारामा आएर मतदान गरे । मतपेटिका संकलन र मतगणना आजै रातीबाट सुरु गर्ने जनाइएको छ । मतदान केन्द्र आसपासमै मतगणनास्थान तयारी गरिएको छ । भोली विहानसम्ममा दुबै वडाको मतपरिणाम सार्बजनिक गर्नेगरी गणना थालिने निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश दिपक कुमार खरेलले बताउनुभयो । विहानदेखि नै मतदताले उत्साहपूर्वक मतद...
त्रिनपामा भोली उपनिर्वाचनको दिन स्थानिय बिदा

त्रिनपामा भोली उपनिर्वाचनको दिन स्थानिय बिदा

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर १५ । त्रियुगा नगरपालिकाले वडा नं. १२ मा यहि मंसिर १६ गते हुने उपनिर्वाचनको दिन नगरपालिका भित्र स्थानिय बिदा दिने निर्णय गरेको छ । त्रियुगा नगरपालिकाले एक सुचना जारी गर्दै निर्वाचन प्रयोजनको लागि नगरप्रमुख स्तरीय निर्णयबाट उपनिर्वाचनको दिन बिदा दिने निर्णय गरिएको जनाएको छ । निर्णयमा आकस्मिक सेवा बाहेक सामुदायिक बिध्यालय , नीजि बिध्यालय वडाकार्यालय , स्वास्थ सस्था,औद्योगिक प्रतिस्ठान वा अन्य सार्वजनिक स्थलहरुमा स्थानिय बिदा दिने उल्लेख गरिएको छ । उक्त वडामा रिक्त वडा अध्यक्ष पदका लागी निर्वाचन हुदै छ । वडा अध्यक्ष पदको लागी एक स्वतन्त्र सहित ९ दल चुनावी मैदानका उत्रेका छन् ।...
कटारीमै बिबिए पढाई सुरु

कटारीमै बिबिए पढाई सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, १४ मंसिर । उदयपुर जिल्लाको कटारी–४ मा अवस्थित एभरेस्ट कलेजले यसै शैक्षिक सत्रदेखि बिबिए ९ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन० कक्षा सञ्चालन गर्न थालेको छ। बिहीबार कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य राम कुमार खत्रीको प्रमुख आतिथ्यतामा एक विशेष कार्यक्रमका बीच कलेजको औपचारिक उद्घाटन गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि राम कुमार खत्रीले बिबिए कक्षा सञ्चालनसँगै यस क्षेत्रका विद्यार्थीलाई ठूला शहरमा धाउनु पर्ने बाध्यता अन्त्य भएको उल्लेख गर्दै व्यवस्थापन विषयमा दक्ष जनशक्ति उत्पादनको बाटो खुलेको बताउनुभयो। उहाँले यस कार्यक्रमले स्थानीय मात्र नभई छिमेकी जिल्लाका विद्यार्थीहरूलाई समेत उच्च शिक्षामा सहज पहुँच प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। कटारी नगरपालिकाकी उपप्रमुख गीता खड्काले बिबिए कार्यक्रमले कटारी क्षेत्रको शैक्षिक प्रगतिमा महत्वपूर्ण उपलब्धि थपेको बताउँदै...
त्रिनपा १५ मा खुल्ला वडाकप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा आयोजक विजयी

त्रिनपा १५ मा खुल्ला वडाकप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा आयोजक विजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, मंसिर १३ । त्रियुगा नगरपालिका वडा नं. १५ मा आजदेखि प्रथम खुल्ला वडाकप फुटबल प्रतियोगिता शुरू भएको छ । वडाको हुवास स्यालगैरी फुटबल खेल मैदानमा भएको उद्घाटन खेलमा (आयोजक) मुक्तिनाथ युवा क्लबले निपाने युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको १८ औं मिनेटमा जर्सि नं. १५ का विकाश कुमार गुप्ताले गोल गर्दै मुक्तिनाथलाई अग्रता दिलाए । दोस्रो हाफ सुरु भएको ३ औं मिनेटमा जर्सि नं. ९ का कुशल राईले दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए भने खेलको अतिरिक्त समयमा सम्भु राईले तेस्रो गोल गर्दै मुक्तिनाथलाई सहज जित दिलाए । आजदेखी सुरु भएको यस प्रतियोगिताको फाईनल खेल मंसिर १५ गते हुनेछ । विजेता टोलीले नगद रु. २५ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. १५ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै, उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीले पनि नगद स...
प्रथम खुल्ला वडाकप फुटवल प्रतियोगिताको तयारी पुरा, उद्घाटन खेल भोलीबाट

प्रथम खुल्ला वडाकप फुटवल प्रतियोगिताको तयारी पुरा, उद्घाटन खेल भोलीबाट

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, १२ मंसिर । त्रियुगा नगरपालिका वडा नं १५ मा भोली बिहिबारदेखी प्रथम खुल्ला वडाकप फुटवल प्रतियोगिता हुँदैछ । त्रियुगा नगरपालिका १५ नं वडा खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुने भएको हो । वडाको हुवास स्यालगैरी फुटवल खेल मैदानमा प्रतियोगिता हुने आयोक संस्थाले जनाएको छ । वडा खेलकुद विकास समितिका अध्यक्ष प्रयास राईका अनुसार खेलको अन्तिम तयारी पुरा भएको छ । प्रतियोगिता यहि मंसिर १३ देखी १५ गते सम्म हुने राईको भनाई छ । प्रतियोगितामा ८ ओटा टिम सहभागी छ । १३ गतेको उद्घाटन खेलमा मुक्तिनाथ युवा क्लव र निपाने युवा क्लव खेल्ने छ । यता भने १४ ओटा टिमले खेल्ने छ । यस दिन इलाभेट स्टार भर्सेस बरगाछी फुटवल क्लव, पन्चकन्या फुटवल क्लव र साउने फुटवल क्लवले खेल्ने छ । १५ गते फाईनल खेल खेलाईने छ । खेलको उद्घाटन त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले गर्नेछिन् । प्रतियोगिताको बिजयी टोली...