इनिशा बलात्कारपछि हत्यामा न्यायको माग गर्दै दलित अधिकार सञ्जालद्वारा सरकारलाई ज्ञापनपत्र
पूर्णपुष्टि संवाददाता
२ चैत्र, २०८२ । उदयपुर
दलित अधिकार सञ्जाल उदयपुरले आज सरकारलाई ज्ञापन पत्र बुझाउँदै सुर्खेतकी इनिसा बिकको ब*लात्कारपछि ह*त्या घटनाको स्वतन्त्र र शीघ्र छानबिन गरी दोषीलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्न माग गरेको छ।
उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो। पीडित परिवारलाई सुरक्षा मनोसामाजिक परामर्श तथा न्यायिक सहयोग तत्काल उपलब्ध गराउन, अनुसन्धान तथा न्याय प्रक्रियामा राजनीतिक दबाब प्रवाह वा हस्तक्षेप हुन नदिन, लैङ्गिक हिंसा तथा जातीय विभेदका घटनामा दण्डहीनता अन्त्य गर्न राज्यका निकायहरूलाई थप जिम्मेवारी बनाउन माग गरिएको छ। त्यस्तै स्थानीय तह प्रहरी प्रशासन तथा सम्बन्धित निकायले पीडितमैत्री न्याय प्रणाली सुनिश्चित गर्दै यस्ता घटनाको पुनरावृत्ति रोक्न प्रभावकारी कदम चाल्न माग गरिएको छ । हत्या गरेकी बालिकाको चरित्र हत्या...









