उदयपुरको दुबै क्षेत्रमा विजयी रास्वपाको समानुपातिकमा पनि पहिलोमत, श्रम संस्कृतीलाई दोस्रोमत
उदयपुर, फागुन २५ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उदयपुरको दुबै क्षेत्रबाट विजयी हाँसिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा पनि पहिलोमत ५० हजार ६१४ पाएको छ । उदयपुर–१ बाट ३३ हजार ८१३ र उदयपुर–२ बाट १६ हजार ८०१ म्त आएको हो ।
श्रम संस्कृति पार्टीले दोस्रो समानुपातिक मत १७ हजार २८८ पाएको छ । उदयपुर–१ बट १२ हजार २९६ मत पाएको श्रम संस्कृतीले उदयपुर – २ बाट ४ हजार ९९२ पाएको हो ।
तेस्रोमत १५ हजार ६६५ पाएको नेकपा एमालेले उदयपुर – १ बाट ९ हजार १४१ र उदयपुर–२ बाट ६ हजार ५२४ मत पाएको छ । चौथोमत १४ हजार ६१७ पाएको नेपाली कांग्रेसले उदयपुर–१ बट ८ हजार ७९९ र उदयपुर–२ बाट ५ हजार ८१८ मत पाएको हो भने पाँचौमत १० हजार ७२६ पाएको नेपाली कम्युनिष्ट पार्टीले उदयपुर–१ बाट ६ हजार ३१ र उदयपुर–२ बाट ४ हजार ६९५ पाएको हो ।
समग्रमा हेर्दा यसपटक उदयपुरे मतदाताले प्रत्यक्ष र समानुपातिक दुबैमा नयाँ राजनीति...









