Tuesday, August 25News That Matters

समाचार

०५५ एसएलसी व्याजी, गाइघाटकाे सुरक्षाकर्मीलाइ सेनिटाइजर र मास्स सहयाेग

०५५ एसएलसी व्याजी, गाइघाटकाे सुरक्षाकर्मीलाइ सेनिटाइजर र मास्स सहयाेग

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख १२ । नागरिक सुरक्षाका लागि अग्रपंतीमा खट्ने सुरक्षाकर्मी अहिले कोरोना भाइरस संक्रमण विरुद्धको अभियानमा पनि अग्रपंतीमै खटिरहेका छन् । कोरोनाको संक्रमणको उच्च जोखिममा पनि खट्ने उनीहरुको स्वास्थ्य सुरक्षामा टेवा पुगोस् भन्ने हेतुले २०५५ एसएलसी ब्याजी समुह, गाइघाटले सुक्रबार सेनीटाइजर र मास्क उपलब्ध गराएको छ । सशस्त्र प्रहरी बल हेड क्वाटर, ५ नम्बर गण उदयपुर र जिल्ला प्रहरी कार्यालय उदयपुरलाई सेनिटाइजर र मास्क समुहको तर्फबाट उपलब्ध गराएका हो । सशस्त्र प्रहरीलाई ६० थान सेनीटाइजर र ३ सय थान मास्क तथा नेपाल प्रहरीलाई ६० थान सेनीटाइजर र २ सय मास्क उपलब्ध गराएको समुहले जनाएको छ । समुहका संयोजक सुनिल पोखरेल, सदस्यहरु उद्धव अधिकारी, राजेन्द्र अधिकारी र भोटराज राईले सशस्त्र प्रहरीका गणपती एसपी गाहरधन राई र जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरलाई सामान हस्तान्तरण गरे...
नागरिकहरुको अपेक्षा, सुरक्षाको महसुस प्रभावकारी लकडाउन र खाद्यन्न व्यवस्था

नागरिकहरुको अपेक्षा, सुरक्षाको महसुस प्रभावकारी लकडाउन र खाद्यन्न व्यवस्था

समाचार
पूर्णपुष्टि/बैशाख, १२ विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस नेपालमा पनि दिनानु दिन बढ्दो छ । नेपालको सबै भन्दा बढी संख्यामा संक्रमणको रुपमा देखा परेको उदयपुर लिल्ला अहिले देशकै चासको जिल्ला बन्न पुगेको छ । यतिवेला याहाँका नागरिकहरु अन्य जिल्लाका नागरिकहरु भन्दा थप चपेटा त्रास र समस्यामा परेका छन् । संक्रमण बढे सँगै यहाँको जनजिवन दयनिय छ । जिल्लालाई अन्य स्थान भन्दा उच्च सुरक्षाको निगरानी र घेरामा राखिएपछि यहाँको जनताहरुमा विभिन्न समस्याहरु थपिएको छ । यहाँको जनताहरु अहिले त्रासमय बन्न पुगेको छ भने विपन्न परिवारहरु खानको चपेटामा छ । यतिवेला जनताहरुले थप सुरक्षा, प्रभावकारी लकडाउन र लकडाउनमा परेका विपन्न जनताहरुलाई खाद्यन्नको व्यवस्थाको समस्या रहेको नगरिककर्मी तथा नागरिक अगुवा परमेश्वर घिमिरेले बताउनुभयो । उहाँले यो समस्या उदयपुरको र १ नं प्रदेशको मात्र नभई देशकै समस्या रहेको भन्...
नुन बढी मूल्यमा बेच्नलाई २ लाख जरिबाना

नुन बढी मूल्यमा बेच्नलाई २ लाख जरिबाना

समाचार
पूर्णपुष्टि, बैशाख १२ गते ।  तोकिएको मूल्य भन्दा बढी मूलयमा नुन विक्रि वितरण गर्ने कटवाल स्टोर्सलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख जरिवाना गरेको छ । बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले इमाडोलमा रहेको कटुवाल स्टोर्सलाई दुई लाख रुपैयाँ जरिबाना गरेको हो । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जरिबाना गरेको विभागले जनाएको छ । त्यस्तै मूल्यसूची नराखी जथाभाबी बिक्री गरेको भन्दै ज्ञानेश्वरमा रहेको राजेन्द्र मिट शप, इमाडोलमा रहेको मुकेश जुस तथा फलफुल पसल र बाबुलाल फलफुल तथा तरकारी पसल प्रत्येकलाई ५०–५० हजार रुपैयाँ जरिबाना गरेको विभागले जनाएको छ ।...
कीटणुनाशक ईन्जेक्सनले ट्रम्प आलोचित

कीटणुनाशक ईन्जेक्सनले ट्रम्प आलोचित

समाचार, संसार
पुर्णपुष्टि, बैशाख १२ गते । अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्प विवादास्पद भनाइका कारण फेरी आलोचित बन्नु परेको छ । शरीरमा कीटाणुनाशक ‘इन्जेक्शन’ दिएर कोरोना भाइरसको उपचार गर्न सकिन्छ कि सकिँदैन भन्नेबारेमा अनुसन्धान गर्न सुझाब दिएपछि चिकित्सकीय समुदायले ट्रम्पको आलोचना गरेको हो । ट्रम्पले यूभी प्रकाशद्वारा रोगीहरुको शरीरमा विकिरण पठाउन प्रस्ताव गरेको थियो । यस उपायलाई एक डाक्टरले ब्रिफिङकै क्रममा खारेज गरिदिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । कोरोना भाइरसको उपचारलाई लिएर ट्रम्पले दिएको सुझाब खतरनाक र हास्यास्पद रहेको जनाईएको छ । हिजो ह्वाइट हाउसमा कोरोना भाइरस कार्यदलसँगको छलफलमा एक अधिकारीले सरकारी अनुसन्धानको नतिजा प्रस्तुत गर्दै सूर्यको किरण र तातो मौसममा कोरोना भाइरस कमजोर हुने सङ्केत गरेको जनाईएको छ ।...
अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १२ गते । अमेरिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । आठ लाख ८६ हजारभन्दा बढीमा सक्रमण पुष्टि भएको छ । अहिलेसम्म ८५ हजार नौ सय २२ जना निको भईसकेका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २७ लाख २५ हजार तीन सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकामा मात्रै आठ लाख ८६ हजार सात भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएकोमा ५० हजार दुई सयभन्दा बढीको मृत्यु भईसकेको वल्डोमिटरले जनाएको छ । विश्वभरि २७ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएकोमा सात लाख ४५ हजार आठ सय १९ जना उपचारपछि निको भएका छन् । १७ लाख ८८ हजारभन्दा धेरैको उपचार भइरहेको छ ।...
मलेसियामा कोरोना सक्रमित २ जना नेपाली निको भए

मलेसियामा कोरोना सक्रमित २ जना नेपाली निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १२ गते ।  मलेसियामा कोरोना संक्रमित दुई जना नेपाली निको भएका छन् । अहिलेसम्म मलेसियामा तीन जना नेपाली श्रमिकमा कोरोना देखा परेपनि दुई जना निको भएको मलेसियाका लागी नेपाली दुतावासले जनाएको छ । तीन जना मध्ये एक जना संक्रमित अस्पतालमा उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको दुताबासले जनाएको छ । अहिलेसम्म मलेसियामा  पाँच हजार छ सय तीन जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये तीन हजार पाँच सय ४२ जना निको भएका छन् भने एक हजार नौ सय ६६ जनाको अस्पतालमा उपचार भइरहेको छ । कोरोना संक्रमणबाट मलेसियामा ९५ जनाको मृत्यु भईसकेको छ ।...
अझै धेरै पानी पर्ने सम्भावना

अझै धेरै पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, बैशाख १२ गते ।  आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा अझै बढी पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखले जनाएको छ । स्थानीयसँगै पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा धेरै वर्षा हुने महाशाखाले जनाएको छ । आज दिउँसोपछि चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।...
अध्यादेश फिर्ता लिने मन्त्रिपरिषदको निर्णय

अध्यादेश फिर्ता लिने मन्त्रिपरिषदको निर्णय

समाचार
पूर्णपुष्टि, बैशाख १२ गते ।  आज बसेको मन्त्रिपरिषदको बैठकले दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको जनाईएको छ । सरकारले फिर्ता लिने पत्र पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गर्नुहुनेछ । दल फुटाउन सहज हुने र संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको भूमिका अन्त्य गर्ने अध्यादेश ल्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भएको थियो । आफ्नै दलभित्रबाट समेत व्यापक गुनासो आएपछि अध्यादेश फिर्ता लिन प्रधानमन्त्रि सहमत हुनुभएको थियो ।...
भुल्केमा स्वाव लिइएका काेराेना संक्रमित ४ जना मोरङ, १ सप्तरीका, १२ भारतीय

भुल्केमा स्वाव लिइएका काेराेना संक्रमित ४ जना मोरङ, १ सप्तरीका, १२ भारतीय

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ११ । १ नं. प्रदेश सरकारले प्रदेश अन्तर्गत पुष्टि भएका कोरोना संक्रमित बारे जानकारी सार्बजनिक गरेको छ । उसले हालसम्म प्रदेशमा २८ जना संक्रमित भेटिएको जनाएको छ । जसमा २ महिला र २६ पुरुष रहेका छन् । जसमा १२ भारतीय (सबै पुरुष) र १६ जना नेपाली नागरिक (दुई महिलासहित) छन् । उनीहरु सबै उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा स्वाव नमुना संकलन गरी परिक्षण गर्दा पोजेटिभ भेटिएको जनाएको छ । भुल्केमा स्वाव संकलन गरिए पनि उनीहरुको ठेगाना भने फरक फरक रहेको पाइएको छ । प्रदेश सरकारले जनाए अनुसार १२ जना भारतीय, जो दिल्लीको विभिन्न ठाउँबाट आएका हुन् । ४ जना मोरङका, १ जना सप्तरीका र बाँकी सबै उदयपुर भुल्केका छन् । संक्रमित सबैजनालाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार हुँदैछ । ती सबैको अवस्था सामान्य रहेको छ । हालसम्म प्रदेश १ मा ४ हजार ८ सय १३ जनाको कोरोना परीक्षण भएको छ । ...
उदयपुर उच्च जोखिममा रहेपछि काठमाण्डौ बाट मजदुर पठाउन स्थगित

उदयपुर उच्च जोखिममा रहेपछि काठमाण्डौ बाट मजदुर पठाउन स्थगित

समाचार
उदयपुर/बैशाख, ११ उदयपुर काठमाण्डौँ सहजीकरण समितिले तत्कालका लागि काठमाण्डौँ बाट उदयपुरका मजदुरलाई घर पठाउन स्थगित गरेको छ । उदयपुर कोरोनोको उच्च जोखिममा परेकाले संवेदनशिलता अपनाउँदै केहि समय सहज नभए सम्म स्थगित गरेको समितिका संयोजक रामवहादुर थापाले बताउनुभयो । देशैभर फैलिएको कारोना भाईरसका कारण लगतार १ महिना गरिएको लकडाउनले उदयपुर बाट कमाउने शिलशिलामा काठमाण्डौँ गएका उदयपुरका दैनिक ज्याला मजदुरीहरु खाद्यन्नको अभावमा समस्या परेको थियो । लक डाउन आज खोल्ने भोली खोल्ने भन्दै १ महिना वितिसक्दा पनि निरन्तर बढि रहेकोकाले मजदुरीहरु खानको समस्यामा परेका थिए । सरकारले त्यस्ता व्यक्ति तथा परिवारहरुलाई राहत उपलब्ध गराउने भने पनि सम्बन्धित वडाले नागरिकता, भोटर लिष्ट घरबेटीको सिफारीस जस्ता प्रमाण खोज्ने र त्यसको अभावमा राहत नपाउनाले मजदुरहरु भोकै मर्नु पर्ने अवस्था निम्तिएको थियो । लकडाउनको ...