सनराईज बैंकद्धारा विमा दावी रकम हस्तान्तरण
उदयपुर, माघ १९ गते ।
उदयपुरमा एक जनाले सनराईज स्वास्थ्य विमा योजना अन्र्तगतको विमा दावी रकम साढे ४३ हजार पाएको छ । त्रियुगा नगरपालिका–१२ निबासी निलम श्रेष्ठले स्वास्थ्य विमा योजना अन्र्तगत विमा दावी रकम अनुसार ४३ हजार चार सय १४ रुपैयाँ पाएको हो ।
सनराईज बैंकमा बचत खाता खोली कारोबार गर्ने ग्राहकहरुलाई बैंकले एक लाखसम्म निःशुल्क स्वास्थ्य विमा गरिदिने गरको सनराईज वैंक शाखा कार्यालय गाईघाटले जनाएको छ । सन् २०१७ सेप्टेम्बरमा खाता खोलेका श्रेष्ठ केहि महिना अगाडी विरामी भएको थियो । उपचार खार्चको विलसहित स्वास्थ्य विमा अन्र्तगत दावी गरेको ४५ हजार रुपैयाँमा ४३ रकम प्राप्त गरेको सनराईज बैंक शाखा कार्यालय गाईघाटका कर्जा शाखाका कर्मचारी प्रकाश खतिवडाले बताए ।
वैंकमा बचत खाता खोली कारोबार गर्ने ग्राहकहरुको स्वास्थ्य विमा अन्र्तगत विरामी हुदा लागेको उपचार खर्च खातामा कारोबार गरेको वार्षीक औस...









