Sunday, August 23News That Matters

समाचार

लागुऔषधसहित १ जना पक्राउ

लागुऔषधसहित १ जना पक्राउ

समाचार
उदयपुर, माघ १८ गते ।  उदयपुरमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–६ लालपत्ताबाट रमेश थापा पक्राउ परेको हो । लालपत्ता चौकीबाट चेकिङका खटेका प्रहरी टोलीले चोकजाँच गर्ने क्रममा त्रिनपा–१३ निबासी २० वर्षीय थापाको साथबाट ७५ थान नाईट्राजेपाम ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
गाँजासति २ जना पक्राउ

गाँजासति २ जना पक्राउ

समाचार
उदयपुर, माघ १८ गते ।  त्रियुगा नगरपालिकाको बगाहाको जंगलबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । त्रिनपा–४ बगााको जंगलमा प्रहरीले चेकजाँच गर्दा अवैध लुकाई छिपाई ल्याउँदै गरेको गाँजासहित अमिस राई र राष्ट्र राईलाई पाक्राउ गरेका हुन् । दमौटीबाट गाईघाट तर्फ आउँदै गरेको स ८ प ९७४४ नम्बरको मोटरसाईकलमा सवार त्रिनपा–५ निबासी २० वर्षीय राष्ट्र र २२ वर्षीय असिमलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट चेकिङमा खटेका प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट दुई सय गा्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ गरेको दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
ईयूबाट बेलायत निस्क्यो

ईयूबाट बेलायत निस्क्यो

समाचार, संसार
माघ १८ गते ।  युरोपेली संघ (ईयू)बाट बेलायत औपचारिक रुपमा निस्केको छ । ईयूसँगको ४७ वर्षे आवद्धता बेलायतले शनिबार बिहानदेखि तोड्दै बाहिरिएको हो । देशमा अव नयाँ विहानी आउने बेलायतका प्रधानमन्त्रि बोरिस जोन्सले भिडियो सन्देशमार्फत बताएका छन् । अव एक ढिक्का बनाएर अगाडि बढ्ने प्रतिबद्धता समेत जनाएको छ । ईयूबाट बाहिरिएसँगै बेलायतले युरोपियन युनियनको झण्डा तल झारेको छ । ईयूको सदस्यता त्यागे पनि धेरैजसो कानून अहिलेकै रहने भएकाले खासै ठूला परिवर्तन भने तत्कालै नदेखिने संचारमाध्यमहरुले जनाएको छ । ईयूमा रहने र नरहने डिसेम्बर महिनामा भएको आमचुनावमा हाउस अफ कमन्सका ८० सदस्यको बहुमत पाएर चुनाव जितेपछि प्रधानमन्त्री जोनसनले संसदमार्फत सम्झौता गर्न सफल हुनुभएको थियो । जनमतङ्ग्रहमा ५२ प्रतिशत मत ईयू छोड्ने पक्षमा खसेको थियो । सुरूमा ब्रेक्जिट मार्च २९ का लागि तय गरिएको थियो । तर ईयू र पूर्वप्...
भरुवा बन्दुक र बदेलसहित ४ जना पक्राउ

भरुवा बन्दुक र बदेलसहित ४ जना पक्राउ

समाचार
सुनसरी, माघ १७ गते ।  सुनसरीको धरानबाट दुई थान भरुवा बन्दुक र मरेको बदेलसहित चार जना पक्राउ परेको छ । धरान उप–महानगरपालिका–६ बाट बन्दुक र बदेलसहित चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको हो । प्रहरी चौकी पानवारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले बिहान राती १ बजे धरान–६ स्थित गौडे आहालको जंगलबाट निस्कदै गरेका धरान–६ पानवारीका ३० बर्षीय मणि तामाङ, २६ बर्षीय सिद्धार्थ राई, ३९ बर्षीय राम बहादुर योन्जन र ३० बर्षीय शम्भु दाहाललाई  चेकजाँच गर्दा उनीहरुकोे साथबाट दुई नाल भरुवा बन्दुक र मारेको करिव ६ किलो वजन भएको बदेल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले प्रयोग गरेको को २० प ८७१६ र ना १४ प ६४३३ नम्बरका मोटर साईकल समेत नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।...

जलेको अवस्थामा मणी मृत फेला

समाचार
झापा, माघ १७ गते ।  झापाको बाह्रदशी गाउँपालिका–१ ीनबासी ६० बर्षीया तलामयी मणी आफ्नै घर भित्र जलेको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ । आफ्नै घर भित्र मणी जलेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटेको प्रहरी टोलीले घर भित्र चुल्होको छेउमा जलेको अवस्थामा मृत फेला पारेको जनाएको छ । प्रहरीले शव परिक्षणको लागि मेची अस्पताल चन्द्रगढी पठाएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
मोटरसाईकल दुर्घटना १ जनाको मृत्यु

मोटरसाईकल दुर्घटना १ जनाको मृत्यु

समाचार
मोरङ, माघ १७ गते ।  मोरङको बेलवारीमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–५ कसेनीमा विहान राती पौने १ बजे मोटरसाईकल दुर्घटना हुदा राजकुमार सरदारको मृत्यु भएको हो । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ प ६९२३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएको मोटरसाईकल चालक ग्रामथान गाउँपालिका–५ निवासी २० बर्षीय सरदारको उपचारका लागी धरान लगि उपचारको क्रममा बिहान साँढे ९ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ ।...
गाँजासहित १ जना पक्राउ

गाँजासहित १ जना पक्राउ

समाचार
सुनसरी, माघ १७ गते ।  सुनसरीको बराहक्षेत्रबाट गाँजासहित एक जना पक्राउ परेको छ । बराहक्षेत्र नगरपालिका–१ निबासी २५ बर्षीय समिर राई पक्राउ परेको हो । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट सादा पोशाकमा खटेका प्रहरी टोलीले राईलाई चतराबाट डेढ किलो गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
लागुऔषधसहित ४ जना पक्राउ

लागुऔषधसहित ४ जना पक्राउ

समाचार
झापा, माघ १७ गते ।  झापाको विभिन्न ठाउँबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटेका प्रहरी टोलीले ब्रउनसुगरसहित पक्राउ गरेका हुन् । बिहिवार साँझ ५ बजे बिर्तामोड नगरपालिका–६ निबासी २६ बर्षीय प्रदिप थापा मगरलाई ५ ग्राम ब्राउनसुगर सहित बुट्टाबारीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटेका प्रहरी टोलीले बिर्तामोडको कृष्ण हल छेऊबाट झापा हल्दिवारी–४ निबासी २१ बर्षीय सौगात मगर, २१ बर्षिय बिबेक राई र हल्दिवारी–३ का २४ बर्षीय सन्तोष चुडाललाई ३ ग्राम ब्राउसुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चार जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।...
पैनिमा डुबेर १ नावालकको मृत्यु

पैनिमा डुबेर १ नावालकको मृत्यु

समाचार
झापा, माघ १७ गते । झापाको शिवसताक्षीमा पैनीमा डुबेर एक नाबालकको मृत्यु भएको छ । शवसताक्षी नगरपालिका–७ लालपानेका कुमार श्रेष्ठको २२ महिने छोरा सिद्धार्थ श्रेष्ठको मृत्यु भएको हो । घर देखि करिब ५० मिटर टाढा रहेको पैनीमा डुबिरहेको अबस्थामा विहिबार बिहान साँढे ७ बजे नाबालकको बाबुले फेला पारी तत्काल उद्धार गरी उपचारको लागि बि एण्ड सी अस्पताल पु¥याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।...
बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

समाचार
मोरङ, माघ १७ गते ।  मोरङको सुन्दर हरैचामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । सुन्दर हरैचा  नगरपालिका–१० निबासी ४१ बर्षीय बुद्धिराम राईको मृत्यु भएको हो । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को ३९ प ७६०७ नम्बरको स्कुटरलाई सोही दिशा जाँदै गरेको को १ ख ३२०२ नम्बरको बसले गत बेलुकी साँढे ६ बजे पछाडीबाट ठक्कर दिएको थियो । दुर्घटनामा घाईते भएका राईको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा राती साँढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बस र बस चालक प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...