Sunday, August 23News That Matters

समाचार

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

समाचार
सुनसरी, माघ १६ गते ।  सुनसरीको ईटहरीमा मोटरसाईकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । ईटहरी–१७ मा मोटरसाईकल दुर्घटना हुदा चालक कौशल राईको मृत्यु भएको हो । विहिबार विहान पौने २ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको वान टेष्ट मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा चालक भोजपुरको पात्लेपानी गाउँपालिका–५ निबासी २० वर्षीय राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएको राईको उपचारको लागि विराटनगरको नरसिङ्होममा उपचारको क्रममा विहान सवा ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।...
ट्याक्टरबाट लडेर एक जानको मृत्यु

ट्याक्टरबाट लडेर एक जानको मृत्यु

समाचार
मोरङ, माघ १६ गते ।  मोरङको कटहरीमा ट्याकटरबाट लडेर एक जनाको मृत्यु भएको छ । कटहरी गाउँपालिका–७ होडियारीमा पूर्वबातट पश्चिम तर्फ जाँदै गरेको को १ त २५८९ नम्बरको ट्याक्तटरबाट बुधवार राती साँढे ८ बजे लडर अडताल मोडियारीको मृत्यु भएको हो । ट्याक्टरबाट लडेर घाईते भएको स्थानीय २२ वर्षीय मोडियारीलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
सगरमाथा नमुना विद्यालयको नमुना काम

सगरमाथा नमुना विद्यालयको नमुना काम

शिक्षा, समाचार
पूर्णपुष्टि, माघ १६ गते । २१ औ वार्षिक उत्सबका साथ सरस्ती पूजा मनाएको उदयपुरको गाईघाट स्थित सगरमाथा मोडेल स्कूलले विद्यालयमा पढेर प्रगति देखाएका विद्यार्थी तथा उत्कृष्ठ शिक्षक, अभिभावकलाई सम्मान तथा पुरस्कृत गरेको छ । विद्यालयले २०७२ सालमा एसइइ पास गरेर एमविविएस्मा सतप्रतिशत छात्राबृत्तिमा नाम निकाल्न सफल एकै घरका दिदीभाइ अस्मिता खतिवडा र शेखर खतिवडालाई सम्मान गरिएको हो । बुवा शैलेन्द्र खतिवडा र आमा गायत्रा दाहालका साथ दिदीभाइलाई कार्यक्रमकी प्रमुख अतिथि त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरी र प्रधानाध्यापक पुरुषोत्तम सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकास पौडेल, सदस्य रमेश आचार्य लगायत विद्यालय परिवारले सम्मान गरेको हो । कदरपत्रका साथ खादा ओढाई उनीहरुलाई सम्मान गरिएको थियो । एकैघरका दिदीभाइले एमविविएस जस्तो ठूलो धनरासी लाग्ने चिकित्सा शिक्षामा सतप्रतिशत छात्राबृत्ति...
दलित मानसिकता बाटै हटाउनु पर्छ

दलित मानसिकता बाटै हटाउनु पर्छ

समाचार
गाईघाट/माघ, १५  नेपालमा दलित नभई नेपालीहरु मात्रै रहेको एक कार्यक्रमा बताइएको छ । बुधबार नेपाल दलित महिला संघ उदयपुरले गाईघाटमा आयोजना गरेको दलित महिलाहरुको मानव अधिकार सुदृढीकरणको परिचयात्मक कार्यक्रमा यस्तो बताइएको हो । जनप्रतिनिधि, दलित महिला, मानव अधिकारकर्मि, दलित महिला वडा सदस्यलगाएत सँगको कार्यक्रममा जनप्रतिनिधिहरुले बोल्दै यस्तो बताएको हो । मान्छे सबै एउटै हुन् दलित कुनै परको मान्छे नभई यहि धर्तिमा अरु साधारण मानव जस्तै उत्पति भएको मानव हो मात्रै हाम्रो मानसिकतामा दलित बसेको छ । दलित तथा गैर दलित सबैले दलित शब्द सोँच मानसिकता बाट तत्काल हटाए जातिय भेदभावको अन्त्य हुने कार्यक्रममा छलफल भएको छ । नेपालमा महिला हिंसामा पनि दलितहरु झनै हिंसामा पर्ने गरेको कार्यक्रममा बताइएको छ । यस प्रबृद्धिलाई कसरी नियाल्ने यसको कानुन कार्वाही दलित महिलाहरुलाई स्वतन्त्र जिवनको लागि मानव अधिकार...
लागुऔषधसहित एक जना पक्राउ

लागुऔषधसहित एक जना पक्राउ

समाचार
मोरङ, माघ १५ गते ।  मोरङको लेटाङ–८ जाँतेबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । मिक्लाजुङ–५ निबासी २४ बर्षीय कोरेसम राई पक्राउ परेको हो । राईको साथबाट  एक सय चार स्पायस ट्याब्लेट र ९४ रिमाडोल ट्याब्लेट बरामद गरेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । पक्राउ परेका राईमाथी कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएका छ ।...
गाँजासहित १ जना पक्राउ

गाँजासहित १ जना पक्राउ

समाचार
झापा,माघ–१५ गते । झापाको कमलमा लागु औषधसहित एक जना पक्राउ परेको छ । कमल गाँउपालिका–१ पाँचगाछी निबासी ६४ बर्षीय अकालु साह पक्राउ परेको हो । साहलाई उनकै घरबाट मंगलबार बेलुका पौने ८ बजे ४ केजी गाँजा सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ । पक्राउ परेका शाहलाई कानुनी कारबाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।...
बाल्टिनमा डुबेर एक नाबालकको  मृत्यु

बाल्टिनमा डुबेर एक नाबालकको मृत्यु

समाचार
सुनसरी,माघ–१५ गते । सुनसरी हरिनगरामा बाल्टिनमा डुबेर एक नाबालकको मृत्यु भएको छ । हरिनगरा– १ निबासी नौसाद अन्सारीको छोरा  १ बर्षीय नाबालकको डुबेर मृत्यु भएको हो । आफ्नै घरमा खेल्ने क्रममा मंगलबार दिउँसो करिब ५ बजे पानी भरेर राखेको बाल्टिनमा डुबी रहेको अवस्थामा नाबालकलाई फेला पारी उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने जानकारी गराएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ तत्काल प्रहरी टोली घटना स्थल पुगेको थियो । घटनाको थप अनुसान्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
आज  सुनचाँदीको भाउ घट्यो

आज सुनचाँदीको भाउ घट्यो

आर्थिक, समाचार
माघ १५ गते ।  आज सुनको भाउ घटेको छ । बुधबार सुन तोलाको चार सय रुपैयाँ घटेको हो । सुन तोलाको चार सय रुपैयाँ घटेर ७५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी तोलाको आठ सय ७० रुपैयाँमा कारोबार भैरहेको संघले जनाएको छ ।  ...
रसुवागढी नाका १५ दिन बन्द हुने

रसुवागढी नाका १५ दिन बन्द हुने

समाचार, संसार
माघ १५ गते ।  नेपाल–चिन रसुवाको रसुवागढी नाका १५ दिनसम्म बन्द हुने भएको छ । रसुवागढी पुलदेखि जिलोङ काउन्टीसम्मको सडक मर्मत सुरु भएकाले नाका बन्द गरिएको हो । चीनको जिलोङ काउन्टीले मङ्गलबार विज्ञप्ति निकालेर बुधबारदेखि राष्ट्रिय राजमार्ग बन्द गर्ने जनाएको छ । नाका बन्द गर्नु पहिला नेपाली र चिनियाँ अधिकारीहरू बीच मङ्गलबार बिहान रसुवागढीमा बैठक बसेको थियो । बैठकले कोरोना भाइरसको सङ्क्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुङ्गाहरू खस्ने भएकाले दुर्घटना हुन सक्ने र ल्होसार पर्वको कारण नाका बन्द गर्न लागेको जानकारी दिएको छ ।...
१०८ सरस्वती मन्दिर उद्घाटन

१०८ सरस्वती मन्दिर उद्घाटन

समाचार
उदयपुर, माघ १५ गते । उदयपुरको श्री सगरमाथा आधारभूत विद्यालय (१–८) भूल्केमा निर्माण भएका सरस्वती मन्दिरको उद्घाटन भएको छ । चौदण्डिगढी नगरपालिका–७ भूल्केको सगरमाथा आधारभूत विद्यालयमा स्थानीय केशव अधिकारीले निर्माण गरेको सरस्वती माताको मन्दिर बुधबार १ न. प्रदेश सांसद विमल कार्कीले उद्घाटन गर्नुभएको हो । मन्दिर उद्घाटन गर्दै सांसद कार्कीले आगमी वर्ष यस विद्यालयलाई आवश्यक परेको महत्वपूर्ण आवश्यकतालाई समाधान गर्ने योजना लिएर आउने बताउनुभएको छ । भाविष्यका कर्णधारहरुलाई गुणस्तरीय शिक्षा दिन सकिएन भने समृद्ध नेपाल नबन्ने उहाँले बताउँनुभयो ।नानीहरुको भविष्य उज्वल नबनेसम्म देश र समाजको भविष्य उज्वल नबन्ने सांसद कार्कीले बताउनुभयो । त्यसैले सवैले शैक्षिक क्षेत्रको हेक्का राख्न जरुरी छ । विश्वका उच्च ओहदाका राष्ट्रको दक्ष व्यक्तिहरुसँग प्रतिस्प्रधा गर्न सक्ने क्षमता बनाउन शैक्षिक क्षेत्र मजबुद बन...