Thursday, May 7News That Matters

समाचार

एसेज शृङ्खलामा इंग्ल्याण्ड विजय

एसेज शृङ्खलामा इंग्ल्याण्ड विजय

खेलकुद, समाचार
भदौ २८ गते ।  एसेज शृङ्खलाको अन्तिम टेस्ट खेलमा इंग्ल्याण्डले ७८ सनले अग्रता लिएको छ । २ सय ९४ रनमा इंग्ल्याण्डलाई समेटेर पहिलो सुरु गरेको अस्ट्रेलिया २ सय २५ रनमा समेटिन थियो । ओभलमा जारी प्रतियोगिता अन्तर्गत अस्ट्रेलियाको इनिङ्समा यस पटक पनि स्टिभ स्मिथको ब्याटबाट राम्रो रन बनेको थियो । स्मिथले सर्वाधिक ८० रन बनाउँदा मार्नोस लाबुसचेनले ४८ रन बनाए । नाथन लियोनले २५ रन बनाउँदा म्याथु वेडले १९ रनको बनाएको थियो । अस्ट्रेलियालाई एकैदिनमा समेट्न इंग्ल्याण्डका जोफ्रा आर्चर एक्लैले ६ विकेट लिएका थिए । साम कुरानले तीन तथा क्रिस वक्सले १ विकेट हात पारेको थियो । आफ्नो दोस्रो पारि शुरु गरेको इंग्ल्याण्डले ९ रन जोड्दा कुनै विकेट नगुमाई ७८ रनको बनाई अग्रता बनाएको हो ।...
ठेक्काको काम सुरु नहुदै घूस

ठेक्काको काम सुरु नहुदै घूस

लिम्चुङबुङ डायरी, समाचार
भदौ २८ गते ।  काम हुन नसकेको १ हजार ८ सय ४८ वटा ठेक्काबाट झन्डै साढे दुई अर्ब रुपैयाँ ‘घूस’ प्रवाह भएको भेटिएको छ । यस्ता ठेक्काबाट २.५ प्रतिशत अग्रिम घूस लिएको पाईएको हो । अझ मोबिलाइजेसन पेस्कीका नाममा पनि थप त्यति नै घूस प्रवाह भएको पाईएको छ । यसमध्ये करिब ५० वटा भन्दा बढी आयोजनाको ठेक्कामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । रुग्ण करिब १८ सय ठेक्कामध्ये १ हजार भन्दा बढी ठेक्काको दोस्रोपटक म्याद थपेर पनि काम भएको नभएको अख्तियारले जनाएको छ ।   कति बेला कति घुस ? ठेक्का सम्झौता गर्दा : २.५ प्रतिशतसत मोबिलाइजेसन पेस्की : २ देखि २.५ प्रतिशत निर्माण सुरु अगावै : ५ प्रतिशत अलपत्र परेका ठेक्कामा फसेको लगानी : १ खर्ब १९ अर्ब आयोजनाबाट उठेको अग्रिम : २ अर्ब ३६ करोड काम सुरु अगावै : ५ अर्ब ३१ करोड यो समाचार अजाको कान्तिपुर दैनिकमा छापिएको छ ।...
काठमाण्डौमा राष्ट्रिय पुस्तक मेला सुरु

काठमाण्डौमा राष्ट्रिय पुस्तक मेला सुरु

शिक्षा, समाचार
भदौ २७ गते ।  दुई दिने राष्ट्रिय पुस्तक मेला सुरु भएको छ । आफु पढौं र अरुलाई पढ्न सघाऔ’ भन्ने मुल नाराका साथ शुक्रबारबाट मेला सुरु भएको हो । यो मेला काठमाडौ प्रज्ञाप्रतिष्ठानमा संचालन भईरहेको छ । मेलामा करिब दश हजार नेपालीले पुस्तक किन्ने आयोजक संस्था शिक्षा नेपालले जनाएको छ । शिक्षा नेपालले सन् २०१२ देखि ‘राष्ट्रिय पुुस्तक मेला’ आयोजना गर्दै आएको हो । मेलामा आउने प्रत्येक व्यक्तिले एउटा किताब साथमा ल्याउनु पर्नेछ । यदि किताब नल्याएको खण्डमा  मेलामै किताब किनेर कार्यक्रममा सहभागी हुन सकिने आयोजकले जनाएको छ ।...
आज विदेशी मुद्राको भाउ घट्यो

आज विदेशी मुद्राको भाउ घट्यो

आर्थिक, समाचार
भदौ २७ गते ।  आज अमेरिकी डलर सहित सबै विदेशी मुद्राको भाउ ओराले लगेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११४ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९५ पैसा थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा पुुगेको छ । हिजो खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा नै थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा तोकेको छ । हिजो यसको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५६ पैसा थियो । आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ८२ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा थियो । रिंगिट १ को खरिदद...
पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, चार जना बेपत्ता

पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, चार जना बेपत्ता

समाचार
भदौ २७ गते ।  रोल्पाको थवाङमा पहिरोले घर पुरीदा दुई जनाको ज्यान गएको छ भने चार जना बेपत्ता भएका छन् । थवाङ गाउँपालिकाको छेर्लाबाङमा पहिरोले घर पुरिदा दुई जनाको मृत्यृ भएको हो भने चार जना बेपत्ता भएका हुन् । गतराती  एक्कासी आएको पहिरोले घर पुरेपछि खीलकुमारी बुढा उनको छोरा असलको ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोमा परि ३६ वर्षीय जय बुढा, ४० वर्षीया मूलज्योति बुढा, १० वर्षया गृष्मा र डेढ वर्षया बालिकासँग चौपाया पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरो राती खसेको भएपनि नजिक गाउँ घर नभएकाले घटनाको जानकारी विहान मात्रै आएको प्रहरले जनाएको छ । बेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।...
पहिरोले जीप पुरिँदा १ जनाको मृत्यु, ६ जना घाइते

पहिरोले जीप पुरिँदा १ जनाको मृत्यु, ६ जना घाइते

समाचार
भदौ २७ गते ।  पाल्पा बुटवल सडक खण्डको तिनाउँमा पहिरोले दुई वटा जिप पुर्दा एक जनाको मृत्यु भएको छ भने छ जना घाईते भएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउँ गाउँपालिकाको हेडबक्समा गएको पहिरोले एक जनाको मृत्यु भएको हो भने छ जना घाईते भएका हुन् । पाल्पाबाट बुटवलका लागि हिडेका लु २ च ५९३८ र लु १ ज २६१७ नम्बरको जीप पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । पहिरोले जिप पुरीदा चालक गुल्मी छापचौर निबासी २६ वर्षीय कमल परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरामा घाइते भएकाहरुको बुटवल अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अझै सद्धार्थ राजमार्गको सडक खण्डमा खसेको पहिरो हटाउन नसक्दा गाडी चल्न सकेको छैन ।...
डेंगुका लक्षण र त्यसबाट बच्ने उपाय

डेंगुका लक्षण र त्यसबाट बच्ने उपाय

समाचार, स्वास्थ्य
भदौ २७ गते ।  देशै भर डेँगुको संक्रमण फैलि रहेको छ । जताततै जहित तहि र हस्पिटलका बेड डेँगुका विरामीले भरिएको छ । तर समयमै उपचार गरे डेंगु ठिक हुने भएकाले अतालिनु पर्ने अवस्था नरहेको चिकित्सकहरु बताउँछन् ।   डेंगुको लक्षण १. एक्कासी धेरै ज्वरो आउनु २. निरन्तर हप्ता दिनसम्म ज्वरो आउनु ३. धेरै टाउको दुख्नु ४. आँखाको दाना निस्कने गरी दुख्नु ५. जोर्नीहरु दुख्नु ६. शरीरमा बिमिरा आउनु   डेंगुबाट बच्ने उपाय १. लामखुट्टेको टोकाईबाट बच्नुपर्छ २. पानी जम्ने भाँडाहरु गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर लगायतका वस्तु नष्ट गर्ने । ३. पानीका ट्याङ्कीको ढकन राम्रोसँग लगाउने जुन लामखुट्टे प्रवेश गर्न नसकोस ४. कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक–दुई चम्चा मट्टितेल हालिदिने र जमेको पानी सफा गन ५. फ...
लोकसेवा छलेर सरकारले भर्ती गर्ने

लोकसेवा छलेर सरकारले भर्ती गर्ने

लिम्चुङबुङ डायरी, समाचार
भदौ २७ गते ।  लोकसेवा आयोगलाई छलेर सरकारले ठूलो संख्यामा करारमा अधिकृत स्तरका कर्मचारी भर्ती गर्ने भएको छ । ठूला आयोजना र परियोजनामा कार्यकर्ता र आफन्त भर्ती गर्न मन्त्रिपरिषद्ले हजारभन्दा बढी अस्थायी दरबन्दी स्वीकृत गरेको हो । यसबारे लोकसेवा आयोगलाई जानकारी गराएको छैन । सरकारले नयाँ दरबन्दी सिर्जना गरिएको सम्बन्धमा केहि जानकारी नभएको लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले बताए । शुद्ध करारमा दरबन्दी सिर्जना गर्नु गलत भएको उनले बताए । सरकारले काजमा लगेर आयोजना–परियोजनामा आवश्यक कर्मचारी व्यवस्था गर्न सक्ने मैनालीले बताए । ‘रिक्त हो भने ठिकै हो । शुद्ध दरबन्दी हो भने गलत हो ।’ उने भने । विहिबार मन्त्रिपरिषद्ले गरेको सार्वजनिक निर्णयमा आठ सय ९३ जनाको दरबन्दी स्वीकृत भएको उल्लेख छ । त्यसमध्ये विभिन्न मन्त्रालयमा राजपत्रांकित पद (अधिकृत स्तर) को दरबन्दी आठ सय ५३ रहेको छ । यो समाचा...
विद्यार्थीले प्याकेटको खानेकुरा खाए १० रुपैयाँ जरिबाना

विद्यार्थीले प्याकेटको खानेकुरा खाए १० रुपैयाँ जरिबाना

शिक्षा, समाचार
भदौ २७ गते ।  डडेलधुराको एक विद्यालयले आफ्ना विद्यार्थीहरुले प्याकेटका खानेकुरा खाएको खण्डमा १० रुपैयाँ जरिवाना गर्ने भएको छ । अमरगढी नगरपालिका–७ को उग्रतारा उच्च माध्यमिक विद्यालय पोखराले विद्यालयमा विद्यार्थीले चाउचा, विस्कुट, कुकुरे लगायतका पत्रु खानेकुरा खाए जरिवाना गर्ने भएको हो । बालबालिकामा देखिने कमलपित्त लगायतका रोग बढ्दै गएपछि विद्यालयले विद्यालय समयमा उक्त खाद्य वस्तु प्रतिबन्ध लगाएको विद्यालयले जनाएको छ । विद्यालय परिसरमा यस्ता खानेकुरा खान रोक लगाएपछि विद्यार्थीले खान कम गरेको विद्यालयले जनाएको छ । उक्त खाने कुरा खाने दुई सय विद्यार्थी दण्दित भईसकेको छ । सुरुमा यस्ता खाने कुरा नियन्त्रण गर्न निकै समस्या आएपनि अहिले विद्यार्थीमा उल्लेख्य मात्रामा कमी आएको ठूला विद्यार्थीहरुले बताएका छन् ।...
बार्षिक कार्यक्रम आयोजना

बार्षिक कार्यक्रम आयोजना

समाचार
उदयपुर, भदौ २६ । उदयपुर जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम बिहिवार गाइघाटमा आयोजना भएको छ । जिल्ला समन्वय समिती उदयपुरको आयोजनामा आर्थिक वर्ष २०७५र७६ को वार्षिक समीक्षा भएको हो । दुईदिनसम्म सञ्चालन हुने कार्यक्रममा स्थानिय सरकारहरुको तर्फबाट पालिकाहरु, विषयगत कार्यालयहरुले गत आर्थिक वर्षको प्रगती प्रतिवेदन प्रस्तुत गरि समीक्षा गर्ने साथै गैर सरकारी सस्थाहरुले समेत प्रगती प्रतिबेदन प्रस्तुत गर्ने तालिका रहेको छ । सङ्घिय सम्सद, पालिका प्रमुख तथा उप प्रमुख, सुरक्षा प्रमुख, सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रह्यो । समन्वय प्रमुख खड्ग परियारको अध्यक्षतामा भएको कार्यक्रममा सम्सद तथा पालिका प्रमुख तथा कार्यालय प्रमुख तथा प्रतिनिधि हरुले मन्तव्य राख्दै विगतका कमिकम्जोरी बाट सिक्दै सोही अनुरुपको भावी योजना बनाउन सुझाव दिए । फुलसहितको गमलामा पानी हालेर ...