Thursday, May 7News That Matters

समाचार

आजको विदेशी मुद्राको विनियम दर

आजको विदेशी मुद्राको विनियम दर

आर्थिक, समाचार
भदौ २९ गते ।  आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिद दर १ सय १३ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ७७ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिद दर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा पुुगेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकेको हो । ओमानी रियाल १ को खरिद दर २ सय ९४ रुपैयाँ ४२ पैसा तोकेको छ भने यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९७ पैसा तोकेको छ । रिंगिट १ को खरिददर २७ रुपैयाँ १८ पैसा बिक्रीदर २७ रुपैयाँ ३२ पैसा पुगेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा पुगेको छ । कुवेती दिनार १ को खरिददर ३ सय ७२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३ सय ७४ रुपैयाँ ४३ पैसा पुगेको छ भने बहराइन दिनार १ को खरिददर ३ सय रुपैयाँ ११ पैसा र बिक्रीदर ३ सय १ रुपैयाँ ७०...
६ वर्षपछि हुम्डे विमानस्थलमा हवाइजहाज

६ वर्षपछि हुम्डे विमानस्थलमा हवाइजहाज

आर्थिक, पर्यटन, समाचार
भदौ २८ गते ।  मनाङको हुम्डे विमानस्थल बन्द भएको ६ वर्षपछि शुत्रबारबाट पुन संचालनमा आएको छ । जहाज पुगेको छ । ङिस्याङ गाउँपालिका–४ हुम्डेको हुम्डे विमानस्थलमा गण्डकी प्रदेशको समन्वयमा समिट एयरको हवाइजहाजले उडान भरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उद्योग–पर्यटन– वन तथा वातावरण मन्त्री विकास लम्साल, मनाङबाट निर्वाचित संघीय सांसद पोल्देन छोपाङ गुरुङसहित १५ यात्रुलाई लिएर समिट एयरको जहाज हुम्डे विमानस्थल पुगेको थियो । आगामी असोज १० गतेबाट नियमित हवाईले उडान भर्ने जनाईएको छ । उक्त विमानस्थल संचालनमा आएपछि स्थानियबासीहरु उत्साहित भएका छन् । लामो समयसम्म हवाई सेवा अबरुद्ध हुँदा नागरिक, पर्यटक, कर्मचारीले ठूलो समस्या भोग्नु परेको थियो । अव मनाङ–पोखरा र पोखरा–मनाङ नियमित उडान हुने जनाईएको छ । पर्यटकिय सिजन सुरु तथा दशैँ तिहार नजिकएकै बेला विमानस्थल सांलनमा आएको पाल...
बन मुद्दाका फरार प्रतिबादि पक्राउ

बन मुद्दाका फरार प्रतिबादि पक्राउ

समाचार
उदयपुर, भदौ २८ गते ।  जिल्ला अदालतले बन मुद्दाको कसुरमा एक महिना छ दिन कैद पैmसाला सुनाएको फरार प्रतिबादी पक्राउ परेको छ । त्रियुगा नगरपालिका–७ निबासी ५० वर्षीय टोपबहादुर दनुवार चौदण्डिगढीबाट पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटेका टोलीले दनुवारलाई चौदण्डिगढी नगरपालिका–९ इकरा टोलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दनुवारलाई जिल्ला अदालतमा उपस्थिति गराई कैद भुक्तानको लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।...
खोलामा डुबेर १ कामदारको मृत्यु

खोलामा डुबेर १ कामदारको मृत्यु

समाचार
संखुवासभा, भदौ २८ गते । संखुवासभाको मकालुमा अरुण थर्डको एक कामदार नुहाउने क्रममा खोलमा डुबेर मृत्यु भएको छ । मकालु गाउँपालिका–५ को अरुण थर्ड शाखा एस्एमराज कम्पनीमा कायएरत दिलिप थापाको मृत्यु भएको हो । गत बेलुकी रात माटे खोलामा पौडी खेल्ने क्रममा डुबेर खोटाङको दिप्रुङ चिचुम्बा गाउँपालिका–६ निबासी ३५ वर्षीय थापाको मृत्यु भएको प्रहरीले जनाएको छ  । घटनाको जनाकारी पाउनासाथ प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
नेपाल आयुर्वेद औषधी व्यवसायी संघ उदयपुरको प्रथम अधिवेशन

नेपाल आयुर्वेद औषधी व्यवसायी संघ उदयपुरको प्रथम अधिवेशन

Breaking News 1, समाचार, स्वास्थ्य
उदयपुर, भदौ २८ गते । नेपाल आयुर्वेद औषधी व्यवसायी संघ उदयपुरको प्रथम जिल्ला अधिवेशन गाईघाटको होटल यलम्वरमा शनिबार भएको छ ।केन्द्रमा पहिलेदेखि नै संघ स्थापना भएपनि प्रदेश र जिल्लाहरुमा बाँकी थियो । राज्यको नयाँ संरचना अनुसार संघको प्रदेश कमिटी गठन गरेपश्चात जिल्लामा गठन थालिएको १ नं प्रदेश कमिटीका अध्यक्ष जगत भट्टराईले बताए ।१ नं प्रदेशको सुनसरी, मोरङ, झापामा संघ स्थापना भइसकेको र यसै शिलशिलामा उदयपुरमा पनि संघ गठनका लागि अधिवेशन आयोजना गरिएको उनले बताए । आयुर्वेध औषधी व्यवसायीहरु राज्यबाट अपहेलित भएको भन्दै गतिलो र भरसिलो नीति नियम बनाउनु पर्ने व्यवसायीहरुले बताएका छन् । सामान्य औषधीको अधिकारसमेत राज्यले नदिएकोमा गुनासो गर्दै उनीहरुले अव राज्यले विरामीको हितमा व्यवसायीलाई सहज काम गर्ने वातावरण बताइदिनु पर्ने माग राखे । आयुर्वेद औषधीका कारण थुप्रै जटिल बिरामीहरुको पनि सरल उपचार भइरहेक...
पुरुषको स्तन किन बढ्छ ?

पुरुषको स्तन किन बढ्छ ?

समाचार, स्वास्थ्य
पुरुषको स्तन सामान्यतया निप्पल र एरिगोलामा अलिकति रङ मात्रै परिवर्तन हुन्छ । छाला र बोसो बाहेक तुलनात्मक रुपले पुरुषमा स्तनको ग्रन्थी विकसित हुँदैन । स्तन बढ्नुको कारण  पुरुषको स्तन बढुनु एक त किशोर अवस्थाबाट जवान अवस्थामा प्रवेश गर्दै गर्दा शरिरका अन्य अंग जस्तै बढ्नु सामान्य मानिन्छ । यसरी बढेको स्तन ६ महिनादेखि १ वर्ष भित्रमा सामान्य रुपमा हराएर जान्छ । यदि स्तनको साइज ४ देखि ६ सेन्टिमिटर छ भने त्यसलाई असामान्य मानिन्छ । यसरी हुने परिवर्तनलाई पिजियोलोजिकल भनिन्छ । तर कहिलेकाहीं प्याथोलोजिकल कारणका बाबजुद पनि यो समस्या देखिन्छ । प्याथोलोजिकल समस्या थाइरोड हार्मोनको असन्तुलनले गर्दा पुरुषमा स्तन बढ्ने समस्या देखा पर्दछ ।  पिटिउटरी ग्रन्थीमा समस्या हुँदा, पुरुषको अन्डकोषमा ट्युमरहरु भएमा र टेस्टटोरनको उत्पादनमा कमी हुदा स्तन बढ्दछ । त्यस्तै बढी अल्कोहल सेवन गर्ने यवाहरुमा पनि य...
गोली लागेर १ व्यापारी घाइते

गोली लागेर १ व्यापारी घाइते

समाचार
भदौ २८ गते ।  सर्लाहीमा  अपरिचित व्यक्तिले हानेको गोली लागी एक जना प्यापारी घाइते भएको छ । गतराती घरबात बयलवास बजार जाने क्रममा बाटोमा गोली लागेको प्रहरीले जनाएको छ । ईश्वरपुर नगरपालिका–११ निबासी राजेश साहको उपचार नेसनल मेडिकल कलेज वीरगञ्जमा भईरहेको प्रहरीले जनाएको छ । अपरिचित व्यक्तिले हानेको गोली शाहको पेटमा लागेको प्रहरीले जनाएको छ ।  गोली हानेको आरोपमा एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।...
ओलम्पिक कमिटीका चुनाव सुरु

ओलम्पिक कमिटीका चुनाव सुरु

खेलकुद, समाचार
भदौ २८ गते ।  नेपाल ओलम्पिक कमिटीको साधारण सभा तथा चुनाव सुरु भएको छ । साधारण सभा तथा चुनाव ललितपुरको आफ्नै भवनमा शनिबारदेखि सुरु भएको हो । साधारण सभाको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरेको थियो । निर्वाचनसँगै राष्ट्रिय मान्यता प्राप्त र अन्तर्राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटीको विवाद समाधान भएको मन्त्री विश्वकर्माले बताए । सबै मिलेर नयाँ नेतृत्व चयन हुनेमा आफू आशावादी भएको उनले बताए । उद्घाटन सत्रपछि निर्वाचन प्रक्रिया सुरु हुने छ । १९ सदस्यीय कार्यसमितिमा १७ जना निर्वाचित गर्ने र दुई जना पछि मनोनित गर्ने ओलम्पिकको विधानमा उल्लेख छ । उप–महासचिवमा राखेपका उपाध्यक्ष पिताम्बर तिम्सेना र कोषाध्यक्षमा रतनकुमार तण्डन यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । चुनावमा वर्तमान अध्यक्ष जीवनाराम श्रेष्ठ र उमेशलाल श्रेष्ठको प्यानल प्रतिस्पर्धामा छ । जीवनराम...
आईएमएफमा भारतको अर्थव्यवस्था कमजोर

आईएमएफमा भारतको अर्थव्यवस्था कमजोर

समाचार, संसार
भदौ २८ गते । भारतको आर्थिक वृद्धिदर निकै कम गतिले बढेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अनुमान गरेको छ । तरपनि भारतीय अर्थव्यवस्था चिनियाँ अर्थव्यवस्था भन्दा माथि हुने आईएमएफले जनाएको हो । आईएमएफका नयाँ तथ्याङ्क अनुसार कोर्पोरेट तथा पर्यावरणीय नियामकको अनिश्चितता र केही गैरबैंकिङ कम्पनीका कमजोरीका कारण भारतको आर्थिक वृद्धिदर अहिले अनुमान गरिएको भन्दा निकै कमजोर रहेको छ ।’ चालु आर्थिक वर्षको पहिलो तीन महिना अप्रिलदेखि जुनसम्ममा भारतको आर्थिक वृद्धिदर गएको सात वर्षमा सबै भन्दा कम ५ प्रतिशत रहेको छ । गएको वर्षको पहिलो तीन महिनामा आर्थिक वृद्धिदर ८ प्रतिशत रहेको थियो । पहिले भारतको आर्थिक वृद्धिदर ७.५ प्रतिशत रहेको थियो । तर आईएमएफले ०.३ प्रतिशत कटौती गर्दै भारतीय आर्थिक वृद्धिदर ७.२ प्रतिशत रहेको आईएमएफको प्रतिवेदनमा जनाएको छ ।...
श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा चयन

श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा चयन

समाचार
भदौ २८ गते ।  विश्व प्रेस काउन्सिलको महासचिवमा नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ चयन भएको छ । अजरबैजानको बाकुमा भएको विश्व प्रेस काउन्सिलको सम्मेलनबाट श्रेष्ठ महासचिवमा चयन भएको हो । विश्व प्रेस काउन्सिलको सदस्य नेपाल प्रेस काउन्सिल हो । काउन्सिलको अध्यक्षमा प्रा.डा. सुले अकर (साइप्रस), उपाध्यक्षमा अफ्लातुन अमासोभ (अजरबैजान), कोषाध्यक्षमा डा. तामेर अताबारुत (टर्की) चयन भएको छ । सम्मेलनमा टर्की, भारत, श्रीलङ्का, केन्या, तान्जानिया, जिम्बाब्वे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बङ्गलादेश, साइप्रस, सेसेल्स, मालाबी, म्यान्मारसहितको देश सहभागी भएको थियो ।...