Thursday, August 20News That Matters

समाचार

१५ जना तासे पक्राउ

१५ जना तासे पक्राउ

समाचार
मोरङ, असोज २९ गते ।  मोरङको सुन्दरहरैचाबाट तास खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् । सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँबाट मंगलबार साँझ ६ बजे पक्राउ गरेको हुन् । स्थानीय गौतमराज पोखरेलको घरमा तास खेलिरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले तास खालबाट ९७ हजार नौ सय नगद सहित पक्राउ गररेको प्रहरीले जनाएको छ । सुन्दरहरैचा–७ निबासी टेकबहादुर विक, भुपाल पौडेल, रेवत रायमाझी, कुलप्रसाद लुईटेल, हिरण्यप्रसाद कोईराला, हिरा भट्टराई, प्रतिपकुमार शाह, विनोद चौधरी, उमेशबहादुर थापा मागर, सुन्दरहरैचा–९ निबासी सजाद मिया, सुन्दरहरैचा–११ निबासी जयप्रसाद घिमिरे, गोपाल पौडेल, काजीराम बस्नेत, र मधुकुमार घिमिरेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन अन्र्तगत कानूनी कारवाही प्रकृया अगाडी बडाएको ईप्रकाले जनाएको छ ।...
पोखरीमा डुबेर १ बालिकाको मृत्यु

पोखरीमा डुबेर १ बालिकाको मृत्यु

समाचार
सुनसरी, असोज २९ गते । सुनसरीको दुहवीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । दुहवी नगपालिका–१२ भोटेपुल निबासी लखन उरावको छोरी १५ वर्षीय छोरी अम्बी उरावको मृत्यु भएको हो । घर नजिकैको माछा पोखरीमा मंगलबार दिउँसो साथीहरुसँग पौडी खेल्ने क्रममा एक्कासी डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । साथीहरुले अम्बी पोखरीमा डुबेको देखेपछि आफन्तलाई खबर गरी तत्काल उद्धार गरेर उपचारको लागि कोशी अञ्चल अस्पताल विराटनगर लगेपनि उपचारको क्रममा ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
सवारी दुर्घटनामा १ जनाको मृत्यु

सवारी दुर्घटनामा १ जनाको मृत्यु

समाचार
उदयपुर, असोज २९ गते ।  उदयपुरको कालि खोलामा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । त्रियुगा नगरपालिका–७ को कालि खोलामा मंगलबार बेलुकी मोटरसाईकल दुर्घटना हुदा दिपेन्द्र राना मगरको मृत्यु भएको हो भने पछाडी सवार शुशिल थापा घाईते भएका हुन् । मुर्कुचीबाट गाईघाट तर्फ आउँदै गरेको मे ५ प ९५३९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बेलुकी ६ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका त्रिनपा–५ देउरी निबासी २५ वर्षीय मगरको विराटनगरको न्यूरो अस्पतालमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त मोटरसाईकलमा पछाडी सवार २२ वर्षीय थापाको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...

दुर्घटनामा घाइतेको मृत्यु

समाचार
उदयपुर, असोज २९ गते । मोटरसाईकल दुर्घटनामा घाईते भएका उदयपुरका एक युवाको मृत्यु भएको छ  । दुर्घटनामा गम्भिर घाइते भएका त्रियुगा नगरपालिका–५ देउरी का २५ बर्षिय दिपेन्द्र रानामगरको उदयपुरको क्रममा मंगलबार राती मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरका अनुसार मंगलवार साँझ ६ बजे मुर्कुचीबाट गाईघाटतर्फ आउँदै गरेको मे ६ प ९५३९ नम्बरको मोटरसाईक त्रियुगा नगरपालिका ७ कालीखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका मोटरसाईकलको पछाडी सवार सोही ठाउँका २२ बर्षीय शुशिल थापा बिराटनगरको न्यूरो अस्पतालमा उपचार भईरहेको छ । तिव्रगतिमा रहेको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।  ...

बलात्कारको आरोपमा युवा पक्राउ

समाचार
उदयपुर, असोज २९ गते । एक बालिका बलात्कारको आरोपमा उदयपुरका एक युवा मंगलबार पक्राउ परेका छन् । असोज २५ गते राती विभिन्न प्रलोभनमा पारी १५ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका ८ का २७ बर्षीय सत्य सदालाई प्रहरीले पक्राउ गरेको हो । पीडितका आमाले असोज २८ गते जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा फरार रहेका सदालाई पक्राउ गरिएको एसपी विरबहादुर बुढामगरले जानकारी दिनुभयो । पक्राउ परेका सदालाई प्रहरीले म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।  ...
सांसद राईको दशै जनतासंगै

सांसद राईको दशै जनतासंगै

समाचार
उदयपुर, असोज २९ गते । उदयपुरका प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई (हिमाल)ले यसवर्षको दशै जनताहरुका साथ मनाउनु भएको छ । उहाँले असोज १२ गते घटनास्थापनाको दिन उदयपुर–काठमाडौं सम्पर्क मञ्चसंग शुभकामना आदानप्रदान कार्यक्रम सुरु गरी दशैंभर नै आप्mनो निर्वाचन क्षेत्रका जनताहरुका साथ दशैं मनाएको उहाँको सचिवालयले जनाएको छ । १५ गते कटारीमा संघीय, प्रदेश र नगरका जनप्रतिनिधिहरुसंग संयुक्त चियापान तथा शुभकामना आदानप्रदान गर्नुभएको सांसद राईले १६ गते कटारी गाउँपालिकाको तिम्नाई, चोखाल, कालिखोला, बेलसोत, गराँस, खोक्सा, ताराघारी, खैरेनी लगायतकाजनतासंग भेटघाट तगा शुभकामना आदान प्रदान गर्नुभएको थियो । कटारीकै वकपति, गैया, रामदुवाली, सोमबारेका जनतासंग पनि भेटघाट तथा शुभकामना आदानप्रदान गर्नुभएको थियो । १८ गते उदयपुरगढी गाउँपालिकाको को तावाश्री, कुरकुरनटार, जुरुवामा जनतासंगको भेटघाट तथा शुभकामना आदानप्रदान...
ठूलो संख्यामा सहसचिव र उपसचिवमा आवेदन खुल्यो

ठूलो संख्यामा सहसचिव र उपसचिवमा आवेदन खुल्यो

समाचार
उदयपुर, असोज २९ गते । लोकसेवा आयोगले ठूलो संख्यामा सह-सचिव र उप-सचिव पदका लागि दरखास्त आह्वान गरेको छ । राजपत्राङ्कित प्रथम श्रेणीका लागि सह-सचिव एक सय ८१  र राजपत्राङ्कित द्धितिय श्रेणी उप-सचिवका लागि ३ सय ९३ जनाको दरखास्त आह्वान गरेको हो । त्यस्तै स्वास्थ्य सेवातर्फ ३५ जना सह-सचिव र ७९ जना उप-सचिवको लागि दरखास्त खुलेको छ । सह-सचिव र उप-सचिव पदमा एकैपटक यति धेरै संख्यामा विज्ञापन खुलाइएको यो पहिलो पटक हो । विज्ञापनको विस्तृत विवरण तल हेर्नुस् https://purnapusti.com/wp-content/uploads/2019/10/Lok-sewa-aayog-1.pdf Lok sewa aayog...
बेल्जुटारमा ५ जुवाडे पक्राउ

बेल्जुटारमा ५ जुवाडे पक्राउ

समाचार
राजेन्द्र दुष्ट बेल्टार, असोज २९ गते तास खेलिरहेको अवस्थामा उदयपुरको बेल्टारमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिका बडा नं. ६ स्थित देवनारायण साहको घरमा हिजो बेलुका तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गेरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा साही पालिका वडा नं. ६ का देवनारायण साह, राजकुमार श्रेष्ठ, प्रशुराम तामाङ, देवकुमार बराईली र गोपाल कटवाल रहेका छन् । पक्राउ पर्नेहरुको  साथबाट १५ हजार १ सय रुपैया नगद, दुई थान स्टिलबटुको, केही राजमाको दाना र ३ बुङ तास जफत गरेको ईप्रका बेल्टारले जनाएको छ । प्रहरीले चाँडबाँडको बेला सामाजिक विकृति तास, जुवा, रक्सीजाँड सेवन जस्ता कुराकोविरुद्ध सूचनाहरु प्रशारण÷प्रकाशन गरेको थियो । प्रक्राउ परेकाहरुलाई जुवातास ऐन अन्तर्गत कानुनी कारबाहीका लागि बुधवार म्याद थप गरी कारवाही अगाडी बढाइने प्रहरीले जनाएको छ ।...
४५ किलो सुन चढाएको तथ्य फेला

४५ किलो सुन चढाएको तथ्य फेला

लिम्चुङबुङ डायरी, समाचार
असोज २९ गते ।  पशुपतिनाथको मन्दिरमा करिब ४५ किलो सुन चढाएको नयाँ तथ्य फेला परेको छ । पशुपति क्षेत्र विकास कोषले यसअघि एक वर्ष लगाएर तयार गरेको प्रतिवेदनमा ५६ वर्षमा ९ किलो मात्र सुन देखाएको थियो । अहिलेसम्म ९ किलोमात्र पशुपतिनाथमा सुन चढाएको समाचार बाहिर आएपछि सर्वत्र विरोध भएको थियो । त्यस लगतै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजस्ता अध्ययन एवं छानबीन समितिले पुनः खोजी गर्दा सुनको यो तथ्य फेला परेको हो ।  यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।...
उद्घाटन खेलमा वडा न.१० को जित

उद्घाटन खेलमा वडा न.१० को जित

खेलकुद, समाचार
उदयपुर, असोज २८ गते ।  उदयपुरमा संचालन भएको प्रथम वडा कप सेभेन ए साईड फुटबल प्रतियोगीताको उद्घाटन खेलमा आयोजक टिमले जित हात पारेको छ । त्रियुगा नगरपालिका–१० बोक्सेमा संचालन भएको प्रतियोगीतामा आयोजक टिम त्रिनपा–१०ले त्रिनपा–१२ लाई ४/३ गोललेपछि पार्दै जित हात पारेको हो । “युवा दुर्वेसन विरुद्ध खेलकुद, स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराको साथ वडा खेलकुद विकास समिति त्रिनपा–१० बोक्सेको आयोजना, त्रिनपा–१० वडाको संयोजन र नगरपालिका,नव उदय सावउस, त्रियुगा साना सहरी खानेपानी उस, बरुवा वन उपभोक्ता उस लगायतका संघसस्थाहरुको सहयोगमा प्रतियोगीताको आयोजना भएको थियो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलले ट्राईब्रेमा धकेलिएको थियो । ट्राईबे्रकेरमा आयोजक टिमका जर्सी न. १४का हेम राई, जर्सी न.११ का अनिस सेवा, जर्सी न.१२ का टिप्सन राई र जर्सी न. ४ का उज्वल श्रेष्ठ...