Thursday, August 20News That Matters

समाचार

स्कुटरको ठक्करबाट १ बालिका गम्भिर घाईते

स्कुटरको ठक्करबाट १ बालिका गम्भिर घाईते

समाचार
मोरङ, असोज ११ गते । मोरङको पथरी शनिश्चरेमा स्कुटरको ठक्करबाट एक बालिकालाई गम्भिर घाईते भएकी छन् । पथिरीशनिश्चरे नगरपालिका –९ को भित्री सडक खण्डमा स्कुटरले ठक्कर दिदा बालिका गम्भिर घाईते भएकी हुन्् । शुक्रबार साझँ साढे ५ बजे उत्तरबाट दक्षिणतर्फ जादै गरेको को ३२ प ८६५१ नम्बरको स्कुटरले स्थानीय ७ वर्षीय इक्शा लिम्बुलाई ठक्कर दिई गम्भिर घाईते बनाएको प्रहरीले जनाएको छ । घाईते बालिकालाई उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाईएको छ भने ठक्कर दिने स्कुटर र स्कुटर चालकलाई प्रहरीले निन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
आगलागीबाट १० लाख बराबरको क्षति

आगलागीबाट १० लाख बराबरको क्षति

समाचार
सुनसरी, असोज ११ गते । सुनसरीको रामधुनीमा आगलागी हुदा करिब १० लाख बराबरको क्षती भएको छ । रामधुनी नगरपालिका–६ नुनिगाऊ निबासी मदन कुमार खड्काको घरमा आगलागी हुँदा उक्त क्षति भएको हो । शुक्रबार विहान करिब सवा ११ बजे खड्काको घरमा एक्कासी बिद्युत सर्ट भई लागेको थियो । आगलागीबाट टिनको छाना भएको १ तले कच्ची घर पुर्ण रुपमा जलेर नष्ट हुँदा उक्त बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगलागीबाट २ वटा बाख्राको पाठा समेत जलेर मरेको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान पौने १२ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
ट्याक्टरले ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु

ट्याक्टरले ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु

समाचार
मोरङ, असोज ११ गते । मोरङको पथरीशनिश्चरेमा ट्याक्टरले मोटरासाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको छ । पथरीशनिश्चरे नगरपालिका–३ मा शुक्रबार दिउँसो सवा १२ बजे ट्याक्टरले मोटरसाईकललाई ठक्करबाट चालक विमल न्यौपानेको मृत्यु भएको हो । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त २८३२ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको को २६ प ४४६४ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक रतुवामाई नगरपालिका–१० निबासी ४६ न्यौपाने घाईते भएको थियो । घाईते न्यौपानेलाई उपचारको लागि पथरी अस्पताल लगीएपनि उपचारको क्रममा पौने १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर, ट्याक्टर चालक र मोटरसाईकल ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
खोलाले बगाएर १ जनाको मृत्यु

खोलाले बगाएर १ जनाको मृत्यु

समाचार
मोरङ, असोज ११ गते । मोरङको लेटाङमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । लेटाङ नगरपालिका–२ हाटखोला निबासी ७५ बर्षीय खड्ग कुमार मगरको स्थानीय नक्सल खोलाले बगाएर मृत्यु भएको हो । शुक्रबार विहान करिब ७ बजे दिशा गर्न खोलामा गएका मगर खोलाले बगाएर मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी गराउनासाथ प्रहरी घटना स्थल पुगी घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
गाँजा सहित १ जना पक्राउ

गाँजा सहित १ जना पक्राउ

समाचार
सुनसरी, असोज ११ गते । सुनसरीको दुहवीबाट लागु औषध गाँजासहित एक जना पक्राउ परेको छ । दुहवी नगरपालिका–७ भलुवाबाट स्थानिय ६५ वर्षीय हकिम पासवान पक्राउ परेको हो । विशेष सुचनाको आधारमा विहिबार राती करिब ८ बजे १  केजी गाँजा सहित पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दुहवीबाट खटेका प्रहरी टोलीले पासवानको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको गाँजा बरामद गरको प्रहरीले नजाएको छ । पक्राउ परेको पासवानलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
जीप दुर्घटनामा २ जनाको मृत्यु

जीप दुर्घटनामा २ जनाको मृत्यु

समाचार
असोज ११ गते ।  दैलेखको डुंगेश्वरमा जिप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । डुंगेश्वर गाउँपालिका–२ भतेल्नामा गतराती यात्रु वहाक जिप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको हो । सरमुकामबाट उमका तर्फ जादै गरेको भे १ ज ३९९१ नम्बरको जीप दुर्घटना भएको थियो । जिपमा सवार डुंगेश्वर गाउँपालिका–२ उम गाउँकी ७१ वर्षीया चन्द्रकला ओली र ९ वर्षीय बालक दमन बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उम निबासी २८ वर्षीय लोकेन्द्रबहादुर थापालाई राति नै सुर्खेत पठाईएको र गाडी मालिक उम गाउँकै ३८ वर्षीय इन्द्रबहादुर थापा स्थानिय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ । दुर्घटा पश्चात गाडी चालक फरार रहेका चालकको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।...
प्रसारणमा उपयुक्त भएन नेपाली स्याटेलाइट

प्रसारणमा उपयुक्त भएन नेपाली स्याटेलाइट

लिम्चुङबुङ डायरी, समाचार
असोज ११ गते । नेपालले ३० अर्व खर्च गेर राख्न लागेको कम्यूनिकेसन स्याटेलाईट प्रसारकहरुका लागि उपयुक्त नहुने देखिएको छ । उक्त स्याटेलाईट अन्तर्राष्ट्रिय दूरसञ्चार संघ(आईटीयू) ले नेपाललाई उपलब्ध गराएको थियो । अहिले नेपालमा करिब ६०० मेगाहर्ज स्याटेलाइट ब्यान्डविथ खपत भइरहेको अनुमान गरको छ । त्यसमध्ये करिब ५०० मेगाहर्ज ब्यान्ड डिसहोमले खपत गर्दछ । नेपालमा डिसहोमले राख्न लागेको स्लटको स्याटेलाइट उपयुक्त नहुने जनाएको छ । डिसहोमका अनुसार सरकारले राखेको स्याटेलाइट प्रयोग गर्छौँ । सरकारले १२३.३ पूर्व देशान्तरमा राख्न लागेको स्याटेलाइट प्रविधिक रुपमा उपयुक्त नभएको डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले बताए । यसबारे मन्त्रालयलाई जानकारी गराउनुका साथै प्राविधिक विषयहरु प्रस्ट पार्न अनुरोधसमेत गरेका उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । ...
यात्रु सहायता कक्षको उद्घाटन

यात्रु सहायता कक्षको उद्घाटन

समाचार
उदयपुर, असोज १० गते ।  चाडबाडमा हुने सवारी सधानको अनियमिता र दुर्घटनलाई न्युनिकरण गर्नका लागि यात्रु सहायता कक्ष उद्घाटन भएको छ । दशैँ, तिहारमा हुने सवारी साधनको अनियमिता र दुर्घटनालाई न्युनिकरण गर्नका लागि त्रियुगा बस पार्कमा शुक्रबार कक्षको उद्घाटन गरेको हो । १ न. प्रदेश ट्राफिक प्रहरी ईटहरी, जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको संयुक्त आयोजनामा कक्ष संचालनमा आएको हो । सरकारले तोकेको भन्दा बढी भाडा यात्रुसँग सवारी साधनले लिने गरेको र सिट क्षमता भन्दा बढी कोच्ने समस्याले अन्य दुर्घटना निम्त्याउन सक्ने भएकाले यात्रु सहायता कक्षको उद्घाटन गरी संचालनमा ल्याएको प्रहरीले जनाएको छ । विगतका वर्षहरुमा चाड पर्वको बेला चालकहरुले मादकपदार्थ सेवन गरी सवारी सचलाएर दुर्घटना भएको घटना बढी भएकाले आउने र जाने दुवै सवारी साधनका चालकलाई चेक जाँच गर्ने र यदि त्...
वडाध्यक्षलाई नै छोइछिटो

वडाध्यक्षलाई नै छोइछिटो

लिम्चुङबुङ डायरी, समाचार
असोज १० गते । गुलरियाका एक वडा अध्यक्ष छुवाछुतको विभेदमा परेको छ ।  नगरपालिका–९ का वडाध्यक्ष हरिप्रसाद पासीले छुवाछुतका अनगिन्ती घटना भोगेको हो । दुई वर्ष अघि वडाअध्यक्षमा निर्वाचित भएपछि उनले छुवाछुतबाट उन्मुक्ति पाइयो भन्ठानेको थियो । तर सार्वजनिक स्थलको विभेदमा कमी आएपनि गाउँ घरमा छोइछिटो गरिरहेको वडाध्यक्ष पासीले बताए । कथित उपल्लो जातीका घरमा पानी पिउनको लागि छुट्टै गिलास दिने गरको वडाअध्यक्ष पासीले बताए । मधेसी समाजमा बढी जातीय छुवाछुत भएकाले कथित उच्च जातिका व्यक्तिहरुले राय सल्लाह माग्न नआउने वडाध्यक्ष पासीले बताए । बाध्यताले वडाको काममा आएपनि नमस्कारसमेत नर्फकाई राम्रो नबोल्ने गरको वडाध्यक्ष पासीले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।...
उदयपुरमा ईरा तालिम सुरु

उदयपुरमा ईरा तालिम सुरु

समाचार
उदयपुर, असोज ९ गते ।  प्रकोपपछि सुचनाको व्यावस्थापन प्रणाली प्रशिक्षण कार्यक्रम सुरु भएको छ । सदरमुकाम गाईघाटमा नेपाल रेडक्रस सोसाईटीको आयोजनामा तीन दिने प्रशिक्षण विहिबारदेखि सुरु भएको हो । प्रकोपको बेला जिल्लाका उपशाखाहरु कसरी सक्षम बनाएर अगाडी बढ्ने र सरकारलाई कसरी सहयोग  गर्न सकिन्छ भन्ने उद्देश्यका साथ प्रशिक्षणको सुरु गरिएको आयोजकले जनाएको छ । नेपाल प्रहरी, स्थानीय तहका कम्प्युटर अफरेटर र नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधिहरुलाई संयुक्त रुपमा प्रशिक्षण दिईने आयोजकले जनाएको छ । प्राकृतिक प्रकोपछि धेरै ढिलो समयमा घटनाको विवरण आउने र धेरै झन्झटिलो भएकाले त्यसलाई सहज बनाउनको लागि प्रविधिलाई प्रयोग गर्न लागिएको आयोजकले जनाएको छ । मोवाईलबाट सहज रुपमा सुचना संकलन गर्न सकिन्छ भने तत्काल सम्बन्धित निकायसम्म पु¥याउन पनि सकिन्छ । एउटा एप्स डाउनलोड गरेर नेट विना पनि एसएमएसबाट पनि ...