Wednesday, May 6News That Matters

समाचार

जीप दुर्घटनामा ३ जनाको मृत्यु, २ जर्दन घाईते

जीप दुर्घटनामा ३ जनाको मृत्यु, २ जर्दन घाईते

समाचार
भदौ १८ गते । स्याङ्जाको गल्याङमा जीप दर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । गल्याङ् नगरपालिका – ३ चापाकोटको बुटवल पावर कम्पनी नजिकै दुर्घटना हुदा तीन जना मृत्यु भएको छ भने २३ जना घाईते भएका छन् । पाल्पाको रामपुरबाट गल्याङ तर्फ आउँदै गरको लु १ ज ३८४१ नम्बरको जीप सडकबाट करिब ४ सय मिटर तल खस्दा जीपमा सवार २ महिला र १ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । स्याङ्जा वालिङकी मन्जु भण्डारी गैरे, पाल्पाकी फनीमाया नेपाली र वालिङका दुई वर्षीय प्रशन्न दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको स्थानिय सामुदायिक स्वास्थ्य केन्द्रमा र २ जना महिलाको पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका ११ बालबालिका, ८ महिला र ५ जना पुरूषको मिशन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
अख्तियारद्धारा ७ जना विरुद्ध मुद्दा दायर

अख्तियारद्धारा ७ जना विरुद्ध मुद्दा दायर

समाचार
भदौ १८ गते । सेवाग्राहीसँग विभिन्न बाहनामा घुस लिएको अभियोगमा सामुदायिक विद्यालयका एक प्रधानाध्यापकसहित ७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुधबार मुद्धा दायर गरेको छ । नवलपरासीका पाल्हिनन्दन गाउँपालिका–३ को श्री सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरीले शिक्षकको सरुवा तथा रमाना गर्दा ६५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीहरु विरुद्धा मुद्धा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिंह बहादुर कुँवर र खरिदार नरराज पाण्डेले हराएको लालपुर्जाको प्रतिलिपि बनाउन जग्गा नाप जाँच गरिदिए बापत सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिएको पुष्टि भएकोले उनीहरु विरुद्ध मुद्धा दायर गरिएको आयोगले जनाएको छ । अख्तियारले राष्ट्रिय चिया तथा क...
एक बृद्धा मृत अवस्थामा फेला

एक बृद्धा मृत अवस्थामा फेला

समाचार
उदयपुर, भदौ १८ गते ।  उदयपुरको त्रियुगामा एक जना व्यक्ति मृत अवस्था फेला परेको छ । त्रियुगा नगरपालिका–३ मोतीगढा निबासी भक्तसिंह तामाङको घरको पेटीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मागी खाने तराई मुलका जस्तो देखिने अन्दाजी ७० वर्षीय बृद्ध मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटेका प्रहरी टोली घटना स्थल पुगी शव पोष्टर्माटमको लागि जिल्ला अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।...
भब्यताका साथ निजामती दिवस मनाईने

भब्यताका साथ निजामती दिवस मनाईने

समाचार
उदयपुर, भदौ १८ गते ।  उदयपुरमा निजमती दिवसको अवसरमा भदौ २२ गते विबिध कार्यक्रमको आयोजना गरी भब्यताका साथ मनाउने तयारी भएको छ । प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काको अध्यक्षतामा मंगलबार बसेको बैठकले जिल्लामा ६ वटा कार्यक्रमको तय गरेको हो । बैठकले मुल समारोह समिति गठन गर्दै दिवसको अवसरमा सेवानिवृतलाई सम्मान, उत्कृष्ट कर्मचारी पुरस्कृत, व्याडमिन्टन प्रतियोगिता कार्यक्रमको आयोजना गरेको छ । बढ्दो लागुऔषध ओसारपसार र सेवनलाई न्युनिकरण गर्न अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, महिला म्युजिकल चियर र प्रभातफेरीको आयोजना गरेको मुल समारोह समितिका संयोजक एवंम प्रजिअ खड्काले बताए । सबै कार्यक्रमको विभिन्न उपसमिति तयारी गरी २१ गते भित्र सम्पन्न गरी २२ गते पुरस्कार वितरण गर्ने गरी तयारी गरिएको उनले बताए । लागुऔषधको अबश्था भयाभह भएकाले स्कुले बालबालिकालाई सचेत गराउने गरी कार्यक्रम सञ्चालन...
मदन भण्डारीको सम्झनामा बृक्षारोपण

मदन भण्डारीको सम्झनामा बृक्षारोपण

समाचार
उदयपुर, भदौ १८ गते ।  तत्कालिन नेकपा एमालेमा महासचिब जननेता मदन भण्डारीको सम्झनामा उदयपुरमा बुधबार बृक्षारोपण गरिएको छ । नेपाल नेत्रज्योति संघ उदयपुरको आयोजनामा मदनभण्डारी आँखा अस्पताल परिषरमा स्व. भण्डारीको नाममा पुर्वसहरी विकास राज्य मन्त्री, प्रतिनिधिसभा सदस्य एवंम नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य मन्जुकुमारी चौधरीले मलेसियनसालको विरुवा रोपेकी हुन् । जिल्लाका राजनीतिक दलका नेता, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, पत्रकार लगायत स्थानीयले आफन्तको सम्झनामा अस्पताल परिषरको खाली १० कठ्ठा जग्गामा कपुर, खमारी, रुद्राक्ष, मलेसियन साल, तेजपत्ता, अग्रउड, विरेन्द्रफुल, वयस प्रजातिका १ सय १५ वटा बोटविरुवा रोपेका छन् । आफन्तको सम्झनामा विरुवा रोप्दा समय समयमा मलजल, हेरचाह हुने भएकाले स्मृति बृक्षारोपण कार्यक्रम आयोजना गरिएको नेत्र ज्योती संघका अध्यक्ष भागवत राउतले बताए । हरियाली क...
सर्पको टोकाईबाट १ जनाको मृत्यु

सर्पको टोकाईबाट १ जनाको मृत्यु

समाचार
सुनसरी, भदौ १८ गते ।  सुनसरीमा विषालु सर्पले डसेर एक जनाको मृत्यु भएको छ । हरिनगर गाउँपालिका–१ निबासी ५५ वर्षीय सहिदान खातुनको मृत्यु भएको हो । गतराती सवा ९ बजे घर छेउमै सर्पले डसेर घाईते भएकी खातुनको उपारको लागी गोल्डेन अस्पताल विराटनगर लगिएपनि अस्पताल पु¥याउना साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
सर्पले डसेर १ जनाको मृत्यु

सर्पले डसेर १ जनाको मृत्यु

समाचार
सुनसरी, भदौ १८ गते । सुनसरीको कोशीमा विषालु सर्पको टोकाईबाट एक जनाको मृत्यु भएका छन् । कोशी गाउँपालिका–७ हरिपुर निबासी ३० वर्षीय सरितादेवी यादावको मृत्यु भएको हो । मंगलबार दिउँसो २ बजे घर नजिकै खेतमा घाँस काटिरहेको अवस्थामा खुट्टामा सर्पले डसेपछी उपचारको लागि जिल्ला अस्पाल ईनरुवा लगिएपनि उपचारको क्रममा बेलुकी साढे ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।...
ठेकदारको मुक्काले मजदुरको मृत्यु

ठेकदारको मुक्काले मजदुरको मृत्यु

समाचार
भदौ १८ गते ।  काठमाण्डौमा ठेकेदारको कुटपिटबाट एक श्रमीकको मृत्य भएको छ ।  बूढानीलकण्ठ नगरपालिका–१० कपनमा गतराति ठेकेदारको कुटाईबाट मृत्यु भएको हो । निर्माण कम्पनी सञ्चालन गर्दै आएका प्रेम राईले लेनदेनको विषयमा विवाद हुदा श्रमिक सञ्जय राईलाई कुटपिट गरी ज्यान लिएको प्रहरीले जनाएको छ । मृतक राई केही समयदेखि प्रेमकै निर्माण कम्पनीमा काम गर्दै आएको प्रहरीले जनाएको छ । ठेकेदारको कुटपिटबाट खोटाङ स्थायी ठेगाना भएका राईको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा ठेकेदार प्रेम राईसहति अजय राई र सागर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राईको शव पोस्टमार्टमा लागि टिचिङ अस्पताल पठाईएको छ भने पक्राउ परेकाहरुलाई प्रहरी वृत्त बौद्धमा राखेर अनुसन्धान अगाडी बडढाएको प्रहरीले जनाएको छ ।...
पेस्तोल र १७ राउन्ड गोलीसहित एक जना पक्राउ

पेस्तोल र १७ राउन्ड गोलीसहित एक जना पक्राउ

समाचार
भदौ १८ गते ।   प्रहरीले गोली हानेर वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिक–(१६ इनर्वा स्थानीय ठेगाना बताउने २६ वर्षीय सन्तोष दासलाई पक्राउ गरेको हो । पक्राउ परेको दासको साथबाट एक थान पेस्तोल र १७ राउन्ड गोलीसमेत बरामद गरेको प्रहरीले जनाएको छ । गतराति वीरगञ्ज महानगरपालिका–१३ राधेमाईमा नियमित चेकिङ गर्ने क्रममा प्रहरीलाई नै पेस्तोल देखाउँदै भागेपछि उनलाई गोली हानेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । भागेका दासको दाहिने घुँडामा एक राउन्ड गोली लागेको छ भने उनको नारायणी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दास पहिला पनि अपराधिक क्रियाकलापमा संलग्न रहेको खुलेको छ भने एक मुद्दामा करिब १० वर्ष जेल सजायँ भोगेकोसमेत खुलेको प्रहरीले जनाएको छ ।...
बढी अपराध हुने जिल्ला काठमाण्डौ

बढी अपराध हुने जिल्ला काठमाण्डौ

समाचार
भदौ १७ गते ।   सवै भन्दा बढी अपराध हुने जिल्ला काठमाण्डौ भएको एक तथ्याङकले देखाएको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले गरेको अध्ययनले बढी अपराध हुने जिल्ला काठमाण्डौ देखाएको हो । गत आर्थिक वर्ष ०७५/७६ मा गरिएको एक अध्ययनले काठमाडौंमा ८ हजार ५ सय ५९ मुद्दा दर्ता भएका देखाएको छ । काठमाण्डौपछि पूर्वको मोरङ दोस्रो बढी अपराध हुने जिल्लामा पर्ने देखिएको छ । एक हजार ८ सय ८८ वटा मुद्दा दर्ता भएको तथ्याङ्कले देखिएको छ । मोरङपछि रूपन्देही, सुनसरी, झापा, कास्की, कैलाली, चितवन, धनुषा र बाँके हरेको छ । रूपन्देहीमा एक हजार ८ सय ३५ वटा मुद्दा, सुनसरीमा एक हजार ७ सय ८३ वटा मुद्दा दर्ता भएको तथ्याङ्कले देखाएको छ । त्यस्तै झापामा १ हजार ४ सय ३३ वटा, कास्कीमा एक हजार २ सय ७७ वटा, कैलाली एक हजार २ सय ३५ वटा, चितवनमा एक हजार एक सय ७८ वटा, धनुषा एक हजार एक सय ८७ वटा र बाँकेमा एक हजार ए...