Tuesday, May 5News That Matters

समाचार

करेन्टेनरको ठक्करबाट साईकल चालकको मृत्यु

समाचार
मोरङ, साउन २४ गते । मोरङको बरगाछीमा कन्टेनरको ठक्करबाट साईकल चालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका – ५ बरगाछीमा कन्टेनरले साईकललाई ठक्कर दिदा पालिका – १ निबासी स्वेता सहनीको मृत्यु भएको हो । राती करिब १० बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको एनएल ०१ एल ५१३५ नम्बरको भारतीय कन्टेनरले भित्रि बाटोबाट निस्कदै गरेको साईकललाई ठक्कर दिदा ३५ वर्षीय सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ । कन्टेनरको ठक्करबाट घाईते भएका सहनीको विराट नर्सिङहोम विराटनगरमा उपचारको क्रममा करिब साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...

विद्यार्थीले बुझाए ज्ञापन पत्र

समाचार
झापा, साउन २४ गते । झापाको कचनकवल गाउँपालिकालाई संयुक्त विद्यार्थी संगठनले ज्ञापन पत्र बुझाएको छ । पालिकाले कक्षा १२ सम्म निशुल्क शिक्षा लागु गर्ने क्रममा एक विद्यालय एक संकाय लागु गरेको विरोध गर्दै ज्ञापन पत्र बुझाएको हो । विद्यार्थी संगठनले एक विद्यालय एक संकाय लागु गरेर विद्यार्थीलाई दुःख दिन खोजे आरोप लगाएको छ । निर्णय सच्याई एक विद्यालय एक संकाय हटाई अरु संकाय पनि अध्ययन गर्ने व्यावस्था मिलाउन माग गर्दै पालिकामा ज्ञापन पत्र दिएको संगठनले जनाएको छ । तीन दिन भित्र उक्त निर्णय सच्याई यथावत रुपमा अध्ययन गर्ने व्यावस्था मिलाउन ज्ञापन पत्र बुझएको संगठनले जनाएको छ ।...

बन्दुक सहित पक्राउ परेका धरौटीमा छुटे

समाचार
ईलाम, साउन २४ गते । ईलामको मकैबारीबाट भरुवा बन्दुक सहित पक्राउ परेका दुई जनालाई जिल्ला अदालत ईलामले धरौटी सहित तारीखमा छाडेका छन् । सन्दकपुर गाउँपालिका – १ निबासी ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय मिनकुमार फागोलाई धरौटीसहित तारीखमा अदालतले छाडेका हुन् । गत असार ३० गते मकैबारीकाट ४ थान भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने गोली, बारुद सहति प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई अदालतबाट म्याथ थप गरी अनुसन्धान भैरहेको थियो । जिल्ला अदालतबाट सार्वजनिक मुद्दा लगाई १/१ लाख धरौटीसहित तारीखमा छाडेको अदालतले जनाएको छ ।  ...
विश्व आदिबासी दिवससँगै छैटौँ जिल्ला अधिवेशन उद्घाटन

विश्व आदिबासी दिवससँगै छैटौँ जिल्ला अधिवेशन उद्घाटन

समाचार
उदयपुर, साउन २४ गते । २५ आँै विश्व आदिबासी दिवससँगै उदयपुरमा छैटौँ जिल्ला अधिवेशन उद्घाटन भएको छ । देशैभरीका आदिबासी जनजातिहरुले विभिन्न कार्यक्रम गरि भव्य रुपमा मनाईरहेका दिवससँगै अधिवेशन उद्घाटन भएको हो । विश्वभरीका आदिबासी जनजातिहरुले विभिन्न कार्यक्रम गरी भब्य रुपमा दिवस मनाएका छन् । नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद, त्रियुगा नगर समन्वय परिषद, उदयपुरको आयोजनामा त्रियुगा नगरपालिकाका सहयोग र नेपाल आदिबासी जनजाती सहासंघ त्रियुगा, चौदण्डिगढी र बेलका नगर समन्वय परिषदको व्यावस्थापनमा कार्यक्रम भएको थियो । गाईघाटमा विभिन्न जातजातिका झाकी सहित ¥यालीले “आदिबासी जनजाती एक हौँ, राष्ट्रिय जनावर गाई खारेज गर, धर्मरिपेक्ष कायम गर” लगायतका नाराबाजी गर्दै  बजार परिक्रमा गरी ढिम्कीको पिक्निक स्पोर्टमा औपचारिक कार्यक्रम गरिएको थियो । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्...
बाल विकासको पुरानो कागजपत्र नष्ट

बाल विकासको पुरानो कागजपत्र नष्ट

समाचार
उदयपुर, साउन २४ गते । उदयपुरमा बाल विकास समाज नेपालले पुराना काम नलाग्ने कागजपत्र जलाएर नष्ट गरेको छ । जिल्लामा स्थापना भएदेखिको काम नलागने कागजपत्र शुक्रबार नष्ट गरेको हो ।   २०५५ सालमा स्थापना भएको बाल विकास समाज नेपालले २१ वर्ष पुराना काम नलाग्ने कागज पत्र त्रियुगा नदि किनारमा जलाएर नष्ट गरेको बाल विकास समाज नेपाल उदयपुरले जनाएको छ ।   भौतिक परिक्षण समितिको बैठकले पुराना काम नलाग्ने कागज पत्र नष्ट गर्ने निर्णय अनुसार नष्ट गरेको बाल विकास समाज नेपला उदयपुरको सामाजिक सुरक्षा अधिकृत तेचराज श्रेष्ठले बताए । कार्यालयमा भएका काम नलाग्ने परिमार्जन नभएका किताब, काटुन, व्यानर लगायतका कागजपत्र नष्ट गरेको उनले बताए । समितिको निर्णय अनुसार स्थापना कालदेखिको काम नलाग्ने पुराना कागजपत्र छानोट गरी नष्ट गरिएको अधिकृत श्रेष्ठले बताए । वषौँ पुराना काम नलाग्ने कागजपत्र कर्म...
किरात नामकरणको लागि विशेष अभियान संचालन गर्ने यायोक्खाको निर्णय

किरात नामकरणको लागि विशेष अभियान संचालन गर्ने यायोक्खाको निर्णय

समाचार
काठमाडौँ, साउन २४ गते ।  १ न. प्रदेशको नाम किरात राख्न विशेष अधियानका लागि किरात राई यायोक्खाको दोस्रो बैठक बसेको छ । काठमाण्डौमा बसेको बैठकले विशेष अधियानमा लाग्ने निर्णय गरेको हो । किरात नामाकरणको लागि करिव डेढ दशकदेखी निरन्तर संघर्ष गर्दै आएको छ । लामो संघर्ष गरेपनि किन र कस्ले किरात नामा राख्न कुन्जुसाई गरिरहेको अवस्थामा विशेष अधियान संचालन गर्ने यायोक्खाले जनाएको छ । दुई दिन बसेको बैठकले किरात लिपि प्रयोगको लागि सरोकारवाला संस्था तथा समुदाय संग समन्वय गर्ने, नक्छौँ र साकेला थानहरुको विवरण संकलन गरि पुस्तक प्रकाशन गर्ने, भाषिक शिक्षा लागू गराउन अभियान संचालन गर्ने लगाएतको निर्णयहरु भएको महासचिव जनक राईले बताए । लोकसेवा आयोगले कटौती गरेको आरक्षणको आन्दोलनमा समुदायको तर्फबाट शसक्त भूमिका खेल्ने, सस्थाको न्युनतम ३ लाख साधारण सदस्यता बितरण गर्ने, यायोक्खाको नयाँ भवन निर्माण...
बस दुर्घटनामा ३ जनाको को मृत्यु, दर्जनौ बपत्ता

बस दुर्घटनामा ३ जनाको को मृत्यु, दर्जनौ बपत्ता

समाचार
साउन २४ गते । सर्लाहीको मलंगवाबाट काठमाण्डौँ जादै गरेको बस त्रिशुलीमा खस्दा तीन जनाको मृत्यु भएको छ । बस दुर्घटनामा करिब १६ जना घाईते भएका छन् भने दर्जनौ यात्रु नदीमा बेपत्ता भएको आशंका गरिएको छ । विहान करिब ३ः३० बजे ना ६ ख ७४६९ नम्बरको रात्रिबस धादिङको बेनी रोराङ गाउँपालिका–३ सलाङघाटमा दुर्घटना भई त्रिशूलीमा तीन जानको मृत्यु भएको हो । बस सडकबाट करिब दुई सय मिटर तल नदीमा खसेको थियो । दुर्घटनामा तीन जनाको मृत्यु भएको तर सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घाईतेहरुलाई उद्दार गरी विभिन्न अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बसमा ३८ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । तीन जनाको मृत्यु र १६ जनाको उद्धार गरिएकाले बाँकी यात्रु त्रिशूली नदीमा बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ । बसमा सवार यात्रु यकिन नभएकाले कति जना बेपत्ता भएको पुष्टि नभएको प्रह...
पक्राउ परेको सयौँ आप्रवासी थुनामुक्त

पक्राउ परेको सयौँ आप्रवासी थुनामुक्त

समाचार, संसार
साउन २४ गते । अमेरिकामा पक्राउ परेका आप्रवासीहरु मध्ये तीन सयलाई थुनामुक्त गरिएको छ । मिसिसिपी राज्यमा पक्राउ परेको आप्रवासीहरू मध्ये तीन सय जनालाई थुनामुक्त गरिएको अधिकारीहरूले बताएका छन् । पक्राउ परेका आप्रवासीहरुको बालबालिकाको अवस्थामा चिन्ता प्रकट गर्दै पक्राउ परेका सबैजना थुनामुक्त गर्नु पर्ने अभियानकर्ताहरूले माग गरेका छन् । उक्त राज्यको विभिन्न कृषि तथा खाद्य प्रशोधन उद्योगहरुमा कार्यरत सात सय आप्रवासी कामदारहरू आवश्यक कानुनी प्रक्रिया पूरा नगरीकनै काम गर्न थालेको आरोपमा पक्राउ परेका थिए । यस कारबाहीले पक्राउ परेका आप्रवासीका बालबच्चाको अवस्था दयनीय भएको समाचार सार्वजनिक हुन थालेपछि विपक्षी डिमोक्र्याटिक पार्टीका नेताहरूले ट्रम्प प्रशासनको आलोचना गरेका छन् । तर तर बालबालिकाको स्याहारको लागि आवश्यक व्यवस्था गरिएको अधिकारीहरूले बताएका छन् । गत जुनमा गैरकानुनी रूपमा अमेर...
क्रिकेट खेलाडी अमलाले लिए सन्यास

क्रिकेट खेलाडी अमलाले लिए सन्यास

समाचार, संसार
साउन २४ गते । अन्र्तराष्ट्रिय क्रिकेट खेलाडी हसिम अमलाले क्रिकेटबाट सन्यास लिएको छ । दक्षिण अफ्रिकाका क्रिकेटर अमलाले अन्तर्रा्ष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हो । ओपनिङ ब्याट्स म्यान अमलाले क्रिकेटको सबै फम्र्याटबाट सन्यास लिएको घोषणा गरेको हो । तर उनले क्लब र घरेलु प्रतियोगितामा खेल्ने छ । उनि दक्षिण अफ्रिकाका एक अब्बल खेलाडी हुन् । ३६ वर्षीय अमलाले १ सय २४ टेष्ट खेलमा ९ हजार २ सय ८२ रन बनाएको थियो । यसैक्रममा २८ शतक र ४१ अर्धशतक बनाएका थियो । टेष्ट क्रिकेट प्रतियोगीतामा उनले उच्च स्कोर ३ सय ११ रन बनाएका थिए । अमलाले १ सय ८१ एकदिवसीय क्रिकेट खेलमा ८ हजार १ सय १३ रन बनाएको थियो । यसमा २७ शतक र ३९ अर्धशतक बनाएका थिए । यस प्रतियोगीतामा उच्च स्कोर १ सय ५९ रन रहेको थियो । टी–२० अन्तर्रा्ष्ट्रिय क्रिकेटमा प्रतियोगीताको ४४ खेलबाट एक हजार २ सय ७७ रन बनाउँदा ८ अर्धशतक जोडेका थिए । ...
साउन भित्रै एकता टुङग्याउछौ : सापकोटा

साउन भित्रै एकता टुङग्याउछौ : सापकोटा

Breaking News 1, समाचार
गाईघाट/साउन,२३ राष्ट्रिय युवा संघका केन्द्रिय संयोजक तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य रामप्रसाद सापकोटाले यहि साउन भित्रै कम्युनिष्ट पार्टीका युवा एकता टुङग्याउने बताएका छन् ।बिहिबार गाईघाट स्थित उदयपुरका सामुहिक कम्यनिष्ट पार्टिका युवाहरु सँगको भेटघाट तथा परिचयत्मक कार्यक्रममा यस्तो बताएको हो । केन्द्र, प्रदेश, स्थानीय गरी तिनै तहमा एकै चोटी बाँडफाँड समिति र नेतृत्व समेत  टुङग्याउने तयारी भईरहेको उनले बताए । सापकोटाले एकताको तयारी सँगै प्रदेश र जिल्लाका युवाहरुलाई पदिय र दायित्वको हिसावले घटुवाका लागि तयार हुन अनुरोध पनि गरेको छ । दुई ठुला पार्टीको एकता भईरहदा पद र दायित्व घटुवा हुने हुदा यसका लागि तयारीमा युवाहरुलाई सुझाएको छ । केन्द्र, प्रदेश र जिल्ला गरी जम्मा तिन जनाको मात्र संयोजक पद रहने भएकाले पद र दायीत्व भने घट्ने उनले बताए । पद र दायित्व घटे पनि एकता भन...