Monday, August 24News That Matters

समाचार

कोशीमा बेपत्ता बालिका रेखा मगरको पनि शव फेला पर्यो

कोशीमा बेपत्ता बालिका रेखा मगरको पनि शव फेला पर्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ चैत्र । आईतबार देखी कोशीमा बेपत्ता १२ बर्षिया रेखा मगरको पनि शव फेला परेको छ । स्थानीय र प्रहरीको खोजी कार्यमा रेखाको शव बुधबार बिहान रिदमकै शव देखी केही तल फेला परेको प्रहरीले जनाएको छ । रिदमको शव मंगलबार घिर्लिङ भन्ने ठाउँमा फेला परेको थियो । बेपत्ता तिन मध्ये रेखा र रिदमको शव फेला परेको छ भने लोक बहादुर अझै बेपत्ता अवस्थामा छ । उनको पनि खोजी कार्य भैरहेको छ । होली खेल्ने क्रममा यी तिनै जना कोशीमा धाप्लाङ बाँजगराबाट बेपत्ता भएको थियो । उनिहरु सँगै छिरेका अन्य ५ जनालाई भने स्थानीयहरुले सकुशल उद्धार गरेका थिए ।...
उदययपुरमा कोशीमा बेपत्ता तिन मध्ये एक जनाको शव फेला

उदययपुरमा कोशीमा बेपत्ता तिन मध्ये एक जनाको शव फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ चैत्र । उदयपुरमा कोशीमा बेपत्ता भएको तिन मध्ये एक बालकको शव फेला परेको छ । मंगलबार स्थानीय र प्रहरीले बालकको शव फेला पारेको हो । फेला पर्नेमा ९ बर्षिय रिदम मगर रहेको छ । रिदम सहित तिन जना आईतबार कोशीमा बेपत्ता भएको थियो । बेपत्ता मध्ये रिदमको भने घिर्लिङ भन्ने ठाउँमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अन्य दुईजना १२÷१२ बर्षिय लोक वहादुर राई र रेखा मगरको भने अझै शव फेला पर्न बाँकी रहेको छ । उनिहरुको खोजी कार्य भैरहेको छ ।...
एमाले सिध्याउन खोजी पछि गठबन्दन बदलियो : पोखरेल

एमाले सिध्याउन खोजी पछि गठबन्दन बदलियो : पोखरेल

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ चैत्र । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले कांग्रेससंगको हिजोको गठबन्धनले एमाले सिध्याउन खोजेपछि राष्ट्रहितसमेतका लागि अहिलेको गठबन्धन गरिएको बताएका छन् । नेकपा एमाले नवौं उदयपुर जिल्ला अधिवेशनको उद्घाटन गर्न उदयपुर आइपुगेका उपाध्यक्ष पोखरेलले पत्रकार भेटघाटमा सो कुरा बताएका हुन् । उनले अहिलेको गठबन्धनलार्ई दिगोरुपमा टिकाउन लागी पर्ने पनि बताएका छन् । जातीय सांस्कृतिक झाँकीसहित र्याली गरी जिल्ला अधिवेशनको उद्घाटन एमाले उपाध्यक्ष पोखरेलले गरेका छन् । दुईदिनसम्म सञ्चालन हुने अधिवेशनले नयाँ नेतृत्व चयनसमेत गर्नेछ । १०५ सदस्यीय नयाँ जिल्ला पार्टी समितिका लागि जिल्लाको चार गाउँपालिका र चार नगरपालिकागरी आठ स्थानीय तहका ६५० जना प्रतिनिधिले भाग लिदैछन् ।...
एमाले उदयपुरको जिल्ला अधिवेशन आज र भोली

एमाले उदयपुरको जिल्ला अधिवेशन आज र भोली

Breaking News 1, समाचार
पूर्णपुष्टि, १२ चैत्र । नेकपा एमाले उदयपुरको जिल्ला अधिवेशन आज भोली गाईघाटमा हुने भएको छ । मोतिगडाको होटल इम्पायर इन मा अधिवेशन हुने भएको हो । अधिवेशनको औपचारिक कार्यक्रम मंगलबार र वन्दसत्र भने भोली बुधबार हुने एमाले उदयपुरले जनाएको छ । अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय उपाध्यक्ष इश्वर पोखरेलले गर्ने भएको छ ।  ...
भरत भुर्तेल पत्रकारिता पुरस्कार उदयपुरको कौशल चेम्जोङलाई

भरत भुर्तेल पत्रकारिता पुरस्कार उदयपुरको कौशल चेम्जोङलाई

Breaking News 1, समाचार
पूर्णपुष्टि, १२ चैत्र । उदयपुरका पत्रकार कौशल चेम्जोङलाई भर भुर्तेल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । झापाको ‘पवित्रा भेषराज खतिवडा स्मृति प्रतिष्ठान’ ले यस वर्ष भरत भूर्तेल स्मृति पत्रकारिता पुरस्कारबाट उदयपुरका बरिष्ठ पत्रकार कौशल चेम्जुङलाई पुरस्कृत गरेको हो । चेम्जोङलाई नगद ४१ हजारसहित सम्मान गरिएको छ । प्रतिष्ठानले मोफसलका क्रियाशिल पत्रकार मध्ये वरिष्ठ पत्रकारलाई हरेक वर्ष पुरस्कृत गर्ने गरेको छ। यो झापा जिल्लाको सबैभन्दा ठूलो राशीको पुरस्कार हो । यस अघि यो पुरस्कार जिल्लाभरीका पत्रकारहरुमा मात्र सिमित थियो । यस बर्षदेखि झापा बाहिरका पत्रकारलाई समेत यो पुरस्कार दिने नीति लिईएको प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाले वताए । साढे तिन दशक पत्रकारितामा समय विताएका चेम्जोङ सामुदायी रेडियो त्रियुगा गाईघाटको संस्थापक हुन् । यो सँगै उनि अन्य संञ्चार माध्यमहरुमा आबद्ध छन् । करिब ३५ ब...
कोशीमा बेपत्ता तिनजनाको खोजी कार्य तिव्र

कोशीमा बेपत्ता तिनजनाको खोजी कार्य तिव्र

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ चैत्र । उदयपुरमा आईतबार होली खेल्ने क्रममा बेपत्ता तिन बालवालिकाको खोजी कार्य तिव्र रुपमा भैरहेको छ । त्रियुगा नगरपालिका १४ साउने बजारका १२ बर्षीय रेखा मगर, ९ बर्षीय रिदम मगर र १२ बर्षीय लोक बहादुर मगरको खोजी कार्य भैरहेको हो । उदयपुर प्रहरी, वडा अध्यक्ष हिमराज मगर सहितको जनप्रतिनिधि र स्थानीयहरुले बेपत्ताहरुको खोजि कार्य गरिरहेको छ । आईतबार दिउँसो तिनबजे तिर साउने बजारबाट धाप्लाङ कोशी तर्फ झरेका उनिहरु कोशिमा छिरेर बेपत्ता भएको वडा अध्यक्ष हिमराज मगरले जनाए ।...
कटारीमा टाउको र शरीर  फरक–फरक अवस्थामा पुरुषको शव फेला

कटारीमा टाउको र शरीर फरक–फरक अवस्थामा पुरुषको शव फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ चैत्र । उदयपुरमा एक पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको छ । जिल्लाको कटारी नगरपालिका ५ छाउरी खोला नजिक पुरुषको शव फेला परेको हो। शव टाउको एकातिर शरिर एकातिर रहेको अवस्थामा फेला परेको छ । भुल्के स्थित छाउरी खोला छेउमा नाम, थर, वतन नखुलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शव खोला किनाराको घारीमा शरीरको तल्लो भाग भेटिएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख (डिएसपी) सुबास राईले बताए । स्थानीयले बेवारिसे अवस्थामा शव देखेपछि इलाका प्रहरी कार्यालय कटारीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोको नेतृत्वमा प्रहरीले घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान गरी शवलाई पोष्टमार्टमको लागि कटारी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।  ...
होली खेल्ने क्रममा उदयपुरमा कोशीमा तीन बालबालिका बेपत्ता

होली खेल्ने क्रममा उदयपुरमा कोशीमा तीन बालबालिका बेपत्ता

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ११ । उदयपुरमा होली खेल्ने क्रममा दुधकोशीमा बगेर आज तीन बालबालिका बेपत्ता भएका छन् । त्रियुगा नगरपालिका १४ साउने बजारका १२ बर्षीय रेखा मगर, ९ बर्षीय रिदम मगर र १२ बर्षीय लोक बहादुर मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीले बताए । बालबालिकाहरुको समुह होली खेल्दै धाप्लाङघाट पुगेका थिए । कोशीमा पौडिन पसेका मध्ये चारपाँच जनाको स्थानीयले उद्धार गरेको र तीनजना भने बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाको पुष्टि गरेको छ । घटनास्थलतर्फ खोजतलासका लागि प्रहरी खटिएको जनाएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले जनाएका छन् । स्थानीयका अनुसार घटना दिउसो अन्दाजी साढे ३ बजेतिरको हो ।...
होलीमा उछ्रिङ्खल मच्चाउनेलाई कार्वाही गर्छौ : उदयपुर प्रहरी

होलीमा उछ्रिङ्खल मच्चाउनेलाई कार्वाही गर्छौ : उदयपुर प्रहरी

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ चैत्र । जिल्ला प्रहरी कार्यालय उदयपुरले २०८० को फागु पूर्णिमा होलीको लागि सुरक्षा संमयन्त्र पूर्ण रुपमा तयारी रहेको जनाए । यहि चैत्र ११ र १२ गते रहेको होलीलाई सुरक्षीत तथा मर्यादित बनाउन उदयपुर प्रहरीले सुरक्षा परिचालन गर्ने जनाएको छ । उदयपुरका प्रहरी नायव उपरिक्ष (डिएसपी) हरिनन्दन चौधरीका अनुसार उदयपुर प्रहरीले होली पर्वलाई मर्यादित पार्न सबैखाले सुरक्षाहरु तयारी गरेको छ । गाईघाट बजार क्षेत्रहरुमा सरक्षा परिचालन गरी भिँडभाँडमा हुने गलत क्रियाकलापहरुलाई प्रहरीले नियन्त्रण गर्ने उनले जनाए । प्रहरीले होलीलाई सभ्य र भव्य वनाउन सबैलाई अनुरोध गरेको छ । सबैले सचेत भएर होली पर्व मनाए पर्वको उच्च सम्मान र मनोरञ्जनको सदुपायोग हुने भन्दै सव्य होली भव्य होलीको रुपमा मनाउन अनुरोध गरे । कसैको इच्छा बिपरिद रंग, लोला, पानी छ्याप्ने काम नगर्न प्रहरीको अनुरोध छ । प्रहरीले सवारी साधनको प...
प्रेमिकाको हत्या आरोपमा एक युवक पक्राउ

प्रेमिकाको हत्या आरोपमा एक युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १० । सुनसरीको धरानमा प्रेमिकाको हत्या आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप–महानगरपालिका १७ का १९ बर्षीय सविन भन्ने बाबुराम भुजेल रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार धरान उप–महानगरपालिका १६ की २१ बर्षीया सुमना श्रेष्ठको हत्या आरोपमा भुजेललाई धनकुटा नगरपालिका– ९ मुलघाटबाट लुकिछिपी बसेको अवस्थामा फेला पारी बिहीबार पक्राउ गरिएको हो । प्रहरीका अनुसार  गत चैत ७ गते धरानको वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कूल बिच रहेको खोल्सामा पहिचान नखुलेको महिला मृत अवस्थामा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, नेपाल प्रदेश प्रहरी कार्यालय धरानबाट DOG सहितको प्रहरी टोली र वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट Forensic...