Monday, May 4News That Matters

समाचार

सरकारसँग चिकित्सक संघको ४ बुँदे सहमति

सरकारसँग चिकित्सक संघको ४ बुँदे सहमति

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल चिकित्सक संघबीच शनिबार आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धी विवादमा चार बुँदे सहमति भएको छ । आवासीय चिकित्सकलाई सरकारी सोसरह निर्वाह भत्ता उपलब्ध गराउन माग राख्दै संघले आन्दोलनको घोषणा गरेको थियो । स्वास्थ्य मन्त्रालयका सहसचिव भीमप्रसाद सापकोटा र संघका महासचिव सञ्जीव तिवारीबीच सहमति भएपछि चिकित्सकले आन्दोलन अन्त्य भएको घोषणा गरेका छन् । तर आवासीय चिकित्सकहरूले भने उक्त सहमतिप्रति असन्तुष्टि जनाउँदै आन्दोलन जारी राख्ने जनाएका छन् । चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई आठौं तह बराबर साढे ४८ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गत माघ २५ गते गरेको थियो । तर निजी मेडिकल कलेज सञ्चालकहरूले भत्ता उपलब्ध गराउन नसक्ने घोषणा गरेका थिए । गतसाता बसेको आयोगको बैठकले एमबीबीएसलगायत चिकित्सा शिक्षा स्नातक ...
१२ को परिक्षामा उदयपुरबाट ५ हजार २६१ विद्यार्थी सहभागी, देशभर कती ?

१२ को परिक्षामा उदयपुरबाट ५ हजार २६१ विद्यार्थी सहभागी, देशभर कती ?

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २१ बैशाख । आईतबार देखी सुरु कक्षा १२ को परिक्षामा उदयपुरबाट ५ हजार २६१ जना सहभागी बनेको छ । परिक्षाको लागि उदयपुर जिल्लाको बिभिन्न विद्यालयहरुलाई केन्द्र तोकिएको छ । शिक्षा विकास तथा समन्वय ईकाई उदयपुरकी प्राविधिक साहयक मैनाकला लिम्वुका अनुसार परिक्षाका लागि जिल्लामा लिम्चुङबुङ र ताप्ली बाहेक ६ ओटा पालिकाहरुमा १७ ओटा परिक्षा केन्द्रहरु तोकिएको छ । त्रियुगा, बेलका, चौदण्डी, कटारी, उदयपुरगढी र रौतामाईमा परिक्षा केन्द्र तोकिएको हो । जस मध्ये सबैभन्दा बढी त्रियुगामा ८ ओटा परिक्षा केन्द्र रहेको छ । त्रियुगामा त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा, रामजानकि मावि मोतिगडा, जनता मावि देउरी, अम्वेवर मावि राजावास, जनज्योति मावि चुहाडे, त्रियुगा मावि गाईघाट, राष्ट्रिय मावि बगाहा र बाल मन्दिर मावि बोक्सेमा परिक्षा संञ्चालन भैरहेको लिम्वुले बताईन् । यता कटारीको त्रिवेणी मावि र गुँरासे ...
गाईघाटमा  एक सय बढी प्रहरीको निशुल्क आँखा जाँच

गाईघाटमा एक सय बढी प्रहरीको निशुल्क आँखा जाँच

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २० बैशाख । जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरीहरुको निशुल्क आँखा जाँच गरिएको छ । शनिवार मदन भण्डारी आँखा खस्पताल गाईघाटको आयोजना तथा नेत्रज्योति संघ उदयपुरको संमन्वयमा आँखा जाँच गरिएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा कार्यरत एक सय बढीको प्रहरीको प्रहरी कार्यालय भित्रै आँखा जाँच गरेको हो । दिनरात जनताको सेवामा खटिनु पर्ने प्रहरीको आँखा स्वास्थ्य राख्न यो निशुल्क सेवा प्रदान गरिएको हो । अहिलेको हावाहुरी र धुलौमैलोले आँखामापर्ने असरलाई मध्यनजर गर्दै आँखाको सुरक्षा तथा सावधानका लागि आँखा शिविर आयोजना गरिएको हो । विभिन्न दर्जाका एकसय बढी प्रहरीको आँखा परिक्षण भएको छ प्रहरी स्रोतले जनाएको छ । आँखा मानवीय जीवन र प्रहरी अनुसन्धानका लागि महत्वपूर्ण मानिन्छ ।    ...
उदयपुरमा लागुऔषध सहित एक युवक प्रकाउ

उदयपुरमा लागुऔषध सहित एक युवक प्रकाउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २० । उदयपुरमा लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका वडा नं. १० का २१ बर्षीय अनमोल राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार शुक्रबार विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले राईको घर खानतलासी गर्दा २ सय ५९ ग्राम गाजा र कोलिबन र ट्रामाडोल ७ सय ३६ ट्याबलेट समेत बरामद गरेको हो । लागुऔषध बरामद भएसँगै सेवनकर्ता तथा कारोबारी राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।...
मुख्यमन्त्री कार्कीद्वारा सामाजिक सञ्जालसम्बन्धी कडा कानुन ल्याउन सङ्घीय सरकारलाई आग्रह

मुख्यमन्त्री कार्कीद्वारा सामाजिक सञ्जालसम्बन्धी कडा कानुन ल्याउन सङ्घीय सरकारलाई आग्रह

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २० ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक सञ्जालमार्फत भइरहेको गलत सूचना प्रवाह र व्यक्तिगत चरित्र हत्या नियन्त्रण गर्न सङ्घीय सरकारलाई शीघ्र कानुन ल्याउन आग्रह गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारको प्रयोग संविधान र कानुनको दायराभित्र रहनुपर्नेमा जोड दिए । "सामाजिक सञ्जालमा भइरहेको चरित्र हत्या र दोषारोपणले सामाजिक सद्भाव र सहिष्णुता खल्बलिएको छ," मुख्यमन्त्री कार्कीले भने, "यसलाई नियन्त्रण गर्न सामाजिक सञ्जालसम्बन्धी कानुन अत्यावश्यक छ ।" नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न पत्रकारहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । एक लाख रुपैयाँ राशिको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार ...
नेपाली विद्यार्थीको शव लण्डनको थेम्स नदी किनारमा फेला

नेपाली विद्यार्थीको शव लण्डनको थेम्स नदी किनारमा फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २० । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा फेला परेको शव नेपाली विद्यार्थी सुशान ओलीको भएको पुष्टि भएको छ । लन्डन मेट्रोपोलिटन प्रहरीले औँठा छाप परीक्षणद्वारा उक्त शव रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २० वर्षीय सुशान ओलीको भएको पुष्टि गरेको नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिएका छन् । गत मंगलबार फेला परेको शव नेपाली विद्यार्थीको हुनसक्ने आशंकामा नेपाली राहदानी विभागबाट मगाइएको औँठा छाप परीक्षण गरिएको थियो । परीक्षणले शव र पहिचान भिडेको लन्डन प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले ओलीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । दुवाडीका अनुसार मृत्यु शंकास्पद नरहेको प्रहरीले जनाएको छ, तर थप अनुसन्धान जारी रहेको छ । अप्रिल २१ देखि सम्पर्कविहीन भएपछि ओली अध्ययनरत क्याम्पसका विद्यार्थीहरूले लन्डन प्रहरी र नेपाली दूताव...
चौदण्डीको लामा खोला आसपासका उत्खनन्  तत्काललाई रोक्न सिडियोको निर्देशन

चौदण्डीको लामा खोला आसपासका उत्खनन् तत्काललाई रोक्न सिडियोको निर्देशन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २० बैशाख । उदयपुरको चौदण्डीगढी नगरपालिकामा नियमविपरिद भैरहेको ऐलानी जग्गा उत्खनन् तत्कालका लागि रोक्न निर्देशन भएको छ । पालिकाको वडा नं ४ र २ लामा खोला आसपासका ऐलानी जग्गा उत्खनन् तत्कालका लागि रोक्न जिल्ला प्रशासन कार्यालय उदयपुर र जिल्ला समन्वय समिति उदयपुरले निर्देशन दिएको हो । उत्खनन्को निगरानी स्थानीयवासीहरुले बिगत देखीनै गर्दै आएको भएपनि ठेकेदारले अटेर गरिरहेका थिए । त्यस क्षेत्रमा श्री साङ्गे छोयलिङ कन्ट्रक्नस नामक कम्पनीले उत्खनन गरिरहेका थिए । कुनै पनि मापदण्ड र प्राविधिक बिनै लापर्वाही तरिकाले उत्खनन गरिरहेको भन्दै स्थानीयहरुको चर्को बिरोध पछि उक्त कार्य रोक्न जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख अधिकारी प्रेम प्रसाद लुईटेल र जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौर वहादुर विश्वकर्माले निर्देशन दिईएको हो । शुक्रबार लुईटेल र विश्वकर्मा आफै उत्खनन् क्षेत्रको ...
उदयपुरको चौदण्डीगढी नगरसभामा पहिलो

उदयपुरको चौदण्डीगढी नगरसभामा पहिलो

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख १९ । ७५३ स्थानीय तहमध्ये उदयपुरको चौदण्डीगडी नगरपालिका नगरसभा गर्दै आज निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नेमा पहिलो बनेको छ । नगरका मेयर कालुमान लामाले आर्थिक वर्ष २०८२÷०८३ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधार वर्षको रुपमा सम्बोधन गर्नुभयो । उहाँले जनताको अपेक्षा र आवश्यकतालाई मध्येनजर गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायतलाई सम्बोध गरिएको बताउनुभयो । २१२ टोल विकास संस्थाहरुमा छलफलसहित ल्याएको नीति कार्यक्रम तथा बजेटले सबै टोल विकास संस्थाहरुमा योजना वितरण गर्ने भएको छ । कर्मचारी समायोजन, चालु खर्च घटाउने नीति अवलम्बन गरेको छ भने भुमि सम्बन्धीको विधेयक पनि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत काजिमान राईले बताउनुभयो । नगर उपप्रमुख मणिकादेवी दुलालले हरेक टोल विकास संस्थासंग प्रकियागतरुपले छलफल गरि ल्याएको निति तथा बजेट प्रभावकारी कार्य...
उदयपुरका एक बालक १२ बर्षदेखी फलामे साङ्लोमा

उदयपुरका एक बालक १२ बर्षदेखी फलामे साङ्लोमा

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १९ । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ नेपालटारमा एक १८ वर्षीय बालक १२ वर्षदेखि फलामको साङ्लोमा बाँधिएको अवस्थामा फेला परेका छन् । उदयपुरगढी गाउँपालिका–५ आम्बोटे घर भई हाल नेपालटारमा भाडामा बस्ने ५० वर्षीय शुसिल तामाङका छोरा विशाल तामाङलाई परिवारले बाध्यतावश बाँधेर राख्नुपरेको छ । ‘बाध्यता हो, इच्छा होइन’ ‘जन्मदा ठिकै थियो । छ वर्ष पुगेपछि एकोहोरो हुने र हिँडेपछि घर नफर्कने भयो । दिशापिसाव पनि गर्न नसक्ने भयो । जहाँ पायो त्यहीँ दिशापिसाव गरिदिन्छ । अनि बाँधेर राख्नु परेको छ । बाध्यता नभए कसले छोराछोरी बाँधेर राख्छ होला,’ बुवा शुसिल तामाङ आफ्नो पीडा व्यक्त गर्दै भन्छन् । छोराको स्थिति देख्दा शारीरिक र मानसिक रूपमा अपाङ्गता भएको प्रष्ट देखिन्छ । झट्ट हेर्दा नै विशालको अवस्था दयनीय छ । उनलाई फलामे साङ्लोले बाँधिएको छ, अन्य कुनै पनि डोरीले बाँध्दा टोकेर चुँडाई भाग्ने ...
चाम्लीङ्ग खाम्वात्तिम त्रियुगा नगरको प्रथम सम्मेलन सम्पन्न

चाम्लीङ्ग खाम्वात्तिम त्रियुगा नगरको प्रथम सम्मेलन सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि, १९ बैशाख । चाम्लीङ् खाम्वात्तिम त्रियुगा नगरले पहिलो साधारण सभा सफलताका साथ सम्पन्न गरेको छ । बिहिबार त्रियुगा नगरपालिका वडा नं ११ को साकेला थानमा भएको सम्मेलनमा संस्थाको आर्थिक प्रतिवेदन, प्रगति प्रदिवेन सार्वजानिक गरिएको थियो । चाम्लीङ् खाम्वात्तिमको त्रियुगा नगर अध्यक्ष पर्शराज राईले ४ बर्ष भित्र संस्थाले भए गरेका काम कार्वाही बारे प्रष्ट पारेका थिए भने संस्थाकी कोषाध्यक्ष गिता राईले आर्थिक प्रतिवेदन पेश गरेकी थिईन् । कोषाध्यक्ष राईले संस्थामा भए गरेका गतिविधिमा आर्थिक पार्दशिताबारे जवाफ समेत दिईन् । हाल संस्था आर्थिक स्रोतले नाफामै रहेको पनि प्रतिवेदनले प्रष्ट पारेको छ । अध्यक्ष पर्शराज राईले खाम्वात्तिम त्रियुगा नगर कमिटीलाई चलायमान बनाउन बिभिन्न कार्यक्रमहरु गरिएको जनाए । शसक्त टिम परिचालन गरी चाम्लीङ समुदायको संस्कार संस्कृति, भाषा र इतिहाँसलाई बचाउन संस्था लागि...