Thursday, July 9News That Matters

समाचार

उदयपुरमा ब्रेक फेल भई ट्रक दुर्घटना हुँदा चालक घाईते

उदयपुरमा ब्रेक फेल भई ट्रक दुर्घटना हुँदा चालक घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २६ । उदयपुरको त्रियुगा नगरपालिका–६ चुरे जंंगलमा ट्रक दुर्घटना हुँदा चालक घाईते भएका छन् । घाईते हुनेमा सिराहाको लहान नगरपालिका–३ बस्ने अन्दाजी ५५ बर्षीय मनशी यादव रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयुरका अनुसार शुक्रबार दिउँसो २ बजेको समयमा लहानबाट गाईघाट तर्फ आउँदै गरेको प्र २–०१–००१ ख ००४५ नम्बरको सामान लोड रहेको ट्रक ओरालोमा ब्रेक फेल भई दुर्घटना भएको हो । दुर्घटनामा परी चालक यादव घाईते भएका छन् भने सहचालकहरु सिराहाको ननकारकटी गाउँपालिका– २ बस्ने अन्दाजी ४७ बर्षीय चन्देश्वर यादव र लहान न.पा. ०८ बस्ने ४५ बर्षीय मो. साहजत मिया भने सकुसल रहेका छन् । घाईते चालकको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
पत्रकार महासंघ उदयपुरले मनायो राष्ट्रिय पत्रकारिता दिवस

पत्रकार महासंघ उदयपुरले मनायो राष्ट्रिय पत्रकारिता दिवस

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २५ बैशाख । नेपाल पत्रकार महासंघ उदयपुरले राष्ट्रिय पत्रकारिता दिवस २०८२ मनाएको छ । बिहिवार गाईघाट स्थित त्रियुगा नगरपालिकाको सभाहलमा क्यालेण्डर वितरण सँगै शुभकामना आदान प्रदान गरी दिवस मनाईएको हो । त्रियुगा नगरपालिकाका मेयर वसन्त कुमार वस्नेतको प्रमुख आथिथ्यता तथा उपमेयर महेश्वरी राईको बिषेश आथित्यतामा दिवस मनाईएका थिए । साथै बरिष्ठ पत्रकार कौशल चेम्जुङ, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का लगायत वडाअध्यक्षहरुको उपस्थिति रहेका थिए ।...
मुर्कुची – लिम्चुङबुङ – हलेसी केबलकार, पाेड-वे सम्बन्धमा लगानीकर्ताकाे स्थलगत भ्रमण

मुर्कुची – लिम्चुङबुङ – हलेसी केबलकार, पाेड-वे सम्बन्धमा लगानीकर्ताकाे स्थलगत भ्रमण

Breaking News 2, पर्यटन, समाचार
पूर्णपुष्टि, बैशाख २३ । मुर्कुची-लिम्चुङबुङ-हलेसी केवलकार, पाेड-वे निर्माण लगानीकर्तालाई लिम्चुङबुङ र राैतामाई गाउँपालिकाले स्वागत गरेकाे छ । एभरेष्ट भ्युटपमा लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई र राैतामाई गाउँपालिका अध्यक्ष विरेन्द्र मगरले लगानीकर्ताहरु नाईक ईन्भ्याराेमेन्ट रिसर्च ईन्ष्टिच्युट लिमिटेडका राजेन्द्र श्रेष्ठ र भारतीय लगानीकर्ता महाराष्ट्र ईकाेनाेमिक डेभलपमेन्ट बाेर्डका दिपक नायकसहितकाे टाेलीलाई गत आईतबार स्वागत गर्नुभयाे । टाेलीमा प्रदेश सांसद नारायण बुर् उदयपुर र खोटाङलाई जाेडेर पर्यटनमार्फत आर्थिक विकास, व्यापार, उद्यम र रोजगारी सिर्जना गरि विकास र समृद्धि ल्याउने उद्देश्य अनुरुप सडक सञ्जाल, ढाक्रे पदमार्ग र केवरकार, पाेड-वेको सोच र योजनाहरु पस्किरहेकाे लिम्चुङबुङ गापा अध्यक्ष मेजरकुमार राईले बताउनुभयाे । यसै उद्देश्य अनुरुप कोशी प्रदेश लगानी सम्मेलन (२०८२ बैशाख...
जिल्ला अस्पताल उदयपुरका चिकित्सकमाथि दुव्र्यवहार गरेको आरोपमा एक युवक पक्राउ

जिल्ला अस्पताल उदयपुरका चिकित्सकमाथि दुव्र्यवहार गरेको आरोपमा एक युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २३ । जिल्ला अस्पताल उदयपुरमा कार्यरत एक चिकित्सकमाथि दुव्र्यवहार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो अस्पतालको कार्यसमय अवधिमा अस्पतालमा कार्यरत रेडियोलोजिस्ट डा. दिपेश यादवमाथि दुव्र्यवहार गरेको आरोपमा चौदण्डिगढी नगरपालिका-९ का ३३ वर्षीय देबराज बिष्टलाई प्रहरीले पक्राउ गरेको हो । बिष्टले डा. यादवको कार्यकक्षमा प्रवेश गरी  "किन ढिलो गरिस" भन्दै डा. यादवलाई तथानाम गालीगलौज गरेका थिए । "म खाजा खाएर कार्यकक्षमा पस्ने बित्तिकै तथानाम गाली गालौज गर्दै दुव्र्यवहार गरियो," डा. यादवले प्रतिक्रिया दिँदै भने । "उनले मेरो कोठामा लात्तीले हान्दै प्रवेश गरे र अनावश्यक रूपमा आक्रोशित भए ।" आफू निर्धारित समयमा नै काममा उपस्थित भएको र कोठा बाहिर करिब २० जना बिरामीहरू पर्खिरहेको अवस्थामा यो घटना भएको डा. यादवले जानकारी दिए । "म बिरामीहरूको नाम बोलाउने क्रममा...
उदयपुरमा चट्याङ लागेर एक बालकको मृत्यु

उदयपुरमा चट्याङ लागेर एक बालकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २३ । उदयपुरको कटारी नगरपलिकामा सोमबार साझ हावाहुरी र बर्षा सँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका ८ फुलबारी बस्ने मानबहादुर मगरका १३ बर्षिय छोरा चित्रबहादुर बलम्पाकी मगर रहेका इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरिक्षक (डिएसपी) कमल बजागाईका अनुसार सोमबार दिउँसो बाख्रा चराउन गएका बालक साझ अबेर सम्म घर नफर्किए पछि परिवारले खोजी सुरु गरेको थियो । छोरो खोज्ने क्रममा बाख्रा चराईरहेको स्थानमा पुगेको बुबा मानबहादुरले छोरोको डडेको शरीर भुइँमा ढलिरहेको मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मृतक बालकको शब पोस्टमार्टमको लागि अस्पतालमा राखिएको छ भने घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ...
उदयपुरमा स्कुल वस र जन्तीबाट फर्किएका सहित तिन दुर्घटना, एकको मृत्यु, एक घाईते, अरु सामान्य

उदयपुरमा स्कुल वस र जन्तीबाट फर्किएका सहित तिन दुर्घटना, एकको मृत्यु, एक घाईते, अरु सामान्य

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २२ बैशाख । उदयपुरमा सोमवार एकै दिन तिन दुर्घटना भएको छ । उदयपुरको मदन भण्डारी हाईवेको भिभिन्न स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार हलेशी बाट बेहुली लिएर सुनसरी तर्फ फर्कने क्रममा उदयपुरको चौदण्डगिढी ४ बर्खे डाँडाँ स्थित ट्याक्टरले ठक्कर दिँदा खोटाङ हलेसी तुवाचुङ् नगरपालिका वडा नखुलेको गिता परियारको मृत्यु भएको हो । परियार सँगै रहेका सुनसरी २० नं वडा वस्ने युजन परियार भने घाईते भएको छ । उनिहरुको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दिउँसो पानी पर्नै लाग्दा रोकिरहेको वसबाट चटपटे खाएर फर्किदा बाटो काट्ने क्रममा विपरिद दिसाबाट आएको ना ३ त ८१० न. को ट्याक्टरले ठक्कर दिएको थियो । सोही ठक्करबाट एक महिलाको मृत्यु भएको हो । प्रहरीका अनुसार उदयपुरगढी ६ स्थित लिटिल फ्लावरर्स बोर्डिङको पनि...
उदयपुर सिमेन्ट सहित सात सरकारी उद्योग निजीकरण हुने

उदयपुर सिमेन्ट सहित सात सरकारी उद्योग निजीकरण हुने

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २२ । नेपाल सरकारले मुलुककै सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगलगायत सात सरकारी उद्योगलाई निजीकरण गर्ने भएको छ । मन्त्रिपरिषद्को वैशाख १५ गतेको बैठकले उदयपुर सिमेन्ट उद्योग, जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, हेटौंडा सिमेन्ट, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना र नेपाल ओरियण्ड म्याग्रेसाइट कारखानालाई ‘सरकारी लगानी व्यवस्थापन’ गर्न स्वीकृति प्रदान गरेको हो । सरकारले निजीकरण ऐन, २०५० लाई संशोधन गरी ‘निजीकरण’ शब्दको सट्टा ‘सरकारी लगानी व्यवस्थापन’ शब्द प्रयोग गरेको छ । संशोधित ऐन अनुसार सरकारी लगानी व्यवस्थापन भन्नाले प्रतिष्ठानको व्यवस्थापनमा निजी क्षेत्रलाई सहभागी गराउने, बिक्री गर्ने, भाडामा दिने, सरकारी स्वामित्वलाई जनसाधारणमा लैजाने वा अन्य माध्यमबाट निजी क्षेत्र वा त्यस्ता प्रतिष्ठानका कर्मचारी, कामदार वा इच्छुक सबै समूहको आंशिक वा प...
प्रचण्डद्वारा २०४७ देखिका सार्वजनिक पदधारीहरूको सम्पत्ति छानबिनको माग

प्रचण्डद्वारा २०४७ देखिका सार्वजनिक पदधारीहरूको सम्पत्ति छानबिनको माग

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"ले २०४७ सालदेखि सार्वजनिक पदमा रहेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकारलाई सुझाव दिएका छन् । सोमबार संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै प्रचण्डले उक्त सुझाव दिएका हुन् । उनले अहिलेसम्म चर्चामा रहेका सबै काण्डहरूको छानबिन गर्न समेत माग गरे । "२०४७ देखि सार्वजनिक पदमा रहेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न नीति तथा कार्यक्रममा समावेश गरियोस् । होइन भने भ्रष्टाचार र कुशासनको पोखरीमा नुहाएर सुशासनको कुरा बादशाहको नयाँ लुगाभन्दा अरू केही हुने छैन," प्रचण्डले भने । उनले वर्तमान सरकारले "दुधको साक्षी बिरालो" बनेर कथित सुशासन आयोग गठन गर्नेमात्र होइन, आफ्ना कामबाट भ्रष्टाचार विरोधी भएको प्रमाणित गर्न चुनौती दिए । प्रचण्डले आफ्...
नेपालमा मृत्युको स्थिति : कोशीमा धेरै, कर्णालीमा न्युन

नेपालमा मृत्युको स्थिति : कोशीमा धेरै, कर्णालीमा न्युन

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २२ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार पत्रकार सम्मेलनमार्फत राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको मृत्युस्थितिसम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेको छ । तथ्यांकअनुसार नेपालका सात प्रदेशमध्ये सबैभन्दा बढी मृत्युदर कोशी प्रदेशमा रहेको देखिएको छ । जनगणना अनुसार कोशी प्रदेशमा मृत्यु स्थिति ३.१ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा न्यून २.२ प्रतिशत रहेको छ । जिल्लागत तुलनामा कपिलवस्तुमा सर्वाधिक ३.८ प्रतिशत र रुकुम-पश्चिममा न्यूनतम १.८ प्रतिशत मृत्युदर रहेको तथ्यांक कार्यालयले जनाएको छ । देशभरका कुल ९६६ लाख ६० हजार ८ सय १० गैरसंस्थागत परिवारमध्ये २.९ प्रतिशत परिवारमा मात्र कुनै सदस्यको मृत्यु भएको पाइएको छ । गणनाको दिनभन्दा ठीक अगाडिको १२ महिनाभित्र कुल १ लाख ९८ हजार ४ सय ६३ जनाको मृत्यु भएको छ, जसमध्ये ५८ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला रहेका छन् । नेपालको कोर...
आन्दोलनपछि धमाधम एसईईको उत्तर पुस्तिका परिक्षण सुरु

आन्दोलनपछि धमाधम एसईईको उत्तर पुस्तिका परिक्षण सुरु

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, बैशाख २२ ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तर पुस्तिका परीक्षणको काम गत शुक्रबारदेखि अघि बढाएको छ । देशभरका ५० वटा उत्तर पुस्तिका परीक्षण केन्द्रमा शिक्षकहरूले धमाधम कापी परीक्षण गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए । परीक्षा बोर्डले उत्तर पुस्तिका परीक्षणका लागि देशभरबाट करिब ३० हजार शिक्षकहरू खटाएको जनाएको छ । बोर्डले कापी परीक्षणको लागि १५ दिनको समय निर्धारण गरेको छ । यसअघि असार ७ गते नतिजा प्रकाशन गर्ने गरी कार्यतालिका बनाइएको थियो । अध्यक्ष शर्माका अनुसार कापी परीक्षणको अवस्था हेरेर बोर्डले यसअघि सार्वजनिक गरेको कार्यतालिका अनुसार नै नतिजा प्रकाशन गर्न सकिने वा नसकिने भन्ने यकिन हुनेछ । बोर्डले कापी परीक्षणको काम सकिएपछि आन्तरिक प्रक्रिया गर्न थप एक महिना समय लाग्ने जनाएको छ । यस वर्षको परीक्षण प्...