कटारीमा लापासे र मापासे गर्ने चालकको खोजी, मापासे गर्ने चालक र लापासे गर्ने सहचालक प्रहरी नियन्त्रणमाhttps://purnapusti.com/कटारीमा-लापासेर-मापासे-ग/
पूर्णपुष्टि संवाददाता
१८ चैत्र, २०८२ । उदयपुर
उदयपुरको कटारीमा लापासे र मापासे गर्ने चालकको खोजी भएको छ । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारनाथ दोङका अनुसार हिजो सवारी साधनहरूको चेकजाँच गरी त्यस्ता चालकहरुको खोजी भएको हो । उहाँका अनुसार कटारी क्षेत्रमा सञ्चालन हुने यात्रावाहक सवारी साधनका चेकजाँच गर्ने क्रममा दुईजना चालक मादक पदार्थ सेवन गरेका र एकजना सहचालक लागू पदार्थ सेवन गरेका फेला परेका हुन् । उनीहरू यात्रुको जीवनमा गम्भीर लापरवाही गर्ने चालकमा पर्दछन् ।
कटारी नगरपालिका, प्रादेशीक अस्पताल कटारी, इ.प्र.का.कटारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको सहकार्यमा सवारी साधनमा लापासे र मापासे चेक गरिएको थियो।
चेकजाँच टोलीमा इ.प्र.का.कटारी उदयपुर प्रमुख प्र.ना.उ. केदारमान दोङको टोली, जि.ट्रा.प्र.का.उदयपुर प्रमुख प्र.नि. दान बहादुर मिरिङचिङको टोली, कटारी ...







