Saturday, January 31News That Matters

स्वास्थ्य

सहयाेगकाे एउटा यस्ताे याचना ‍‍…

Breaking News 1, Breaking News Video, भिडियो, समाचार, स्वास्थ्य
https://youtu.be/6sFfBCrvJcE पूर्णपुष्टी/उदयपुर, माघ १२। आज एकजना अशक्त र पीडामा पर्नुभएको व्यक्ति पूर्णपुष्टि कार्यालय खोज्दै आइपुग्नुभयो। wheelchairको सहाराले आउनुभएको उहाँ माथिल्लो तला उक्लन नसक्ने भएकाले भुइतलामै भेट गर्यौ । उहाँ रौतामाई गाउँपालिका घर भई हाल त्रिगा नगरपालिका वडा नम्बर १३ भुसुनेमा बस्दै आउनुभएका ३३ वर्षीय तिलक बहादुर बहादुर राया हुनुहुन्छ उहाँको फेसबुकमा नाम भने प्रकाश राया क्षेत्री रहेछ । लडेर चार वर्षदेखि अशक्त बन्नुभएको उहाँ उपचारमा धनसम्पत्ति सकिएपछि सहयोग याचनामा हुनुहुँदो रहेछ। आफ्नो याचनालाई कतै सहयोगी मनहरूसम्म मिडियाले पुर्याइदिन्छ कि भनेर आउनुभएको रहेछ । दुई छोरी एक छोरा श्रीमती र बुवाआमा, बुवा पनि जन्मजात अपाङ्ग हुनुहुँदो रहेछ । लडेर मेरुदण्ड भाँचिएको छ। मेरुदण्ड नै भाँचिएको कारण हातखुट्टा समेत चल्दैन । विभिन्न अस्पतालहरू आउँदा धाउँदा खर्चले आर्थिक अवस्था...

डा. सन्दुक रुइतको प्रत्यक्ष निगरानीमा उदयपुरका पाँचसय बढि बृद्धबृद्धाको मोतियाबिन्दु शल्याक्रिया हुदै

Breaking News 2, समाचार, स्वास्थ्य
https://youtu.be/mBDb4a9C9Wk २८ पुस, २०८२ । उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिका स्थित कोभिड अस्पताल भवनमा एकैसाथ पाँचसय भन्दा बढि बृद्धबृद्धाहरुको आँखाको शल्याक्रिया आजबाट हुदैछ । मोतियाविन्दु उपचारमा विशेष दक्षता हाँसिल गरेका र आँखा उपचारमा रुइतेक्टोमी पद्धतीको विकास गरेका सन्दुक रुइतको विशेष निगरानीमा शल्याक्रिया हुने भएको हो । सल्याक्रिया शिविर तीनदिन रहनेछ । चौनपाका मेयर कालुमान लामाका अनुसार आजसम्म ५३७ जना मोतियाविन्दु सल्याक्रियाका लागि छनौट भएका छन् भने भोलीसम्ममा अरु थप हुनसक्नेछन् । निःशुल्करुपमा शल्याक्रिया सुविधा पाउने उनीहरुको पुनः परिक्षणसमेत यहि राखिने छ ।  यसक्रममा विभिन्न पालिकाका चार हजार भन्दा बढिले आँखा परिक्षण तथा उपचार सेवा पाएका छन् ।  खर्चको अभावमा आँखा उपचारबाट बञ्चित बृद्धबृद्धाहरुलाई ध्यानमा राख्दै चौदण्डीगढीले छिमेकी पालिकासमेतलाई समेटेर कोभिड अस्पताल बेल...
उदयपुर मिलिजुली समाज कुवेतद्धारा रक्तदान

उदयपुर मिलिजुली समाज कुवेतद्धारा रक्तदान

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, उदयपुर, पुष २७ गते । उदयपुर मिलिजुली समाजद्धारा कुवेदमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । २०२१ मा स्थापना भएको उक्त संस्थाले बिभिन्न सामाजिक कार्यक्र गर्दै आएको अवस्थामा रक्तदान गरिएको हो । उक्त संस्थाले बिदेशमा अलपत्र परेका पिडित तथा महिलाहरुलाई उद्धार गर्दै आईरहेको छ । उक्त संस्था कुवेतमा वसेर नेपालीहरुका लागि सामाजिक संस्थाको रुपमा काम गर्दै आईरहेको संस्थाका अध्यक्ष मोहन लुईटेलले जनाएको छ । रक्तदान प्रदानले मानवीय सहयोग पुग्ने भन्दै कार्यक्रमको आयोजना गरिएको हो । उक्त संस्थामा युवक राई र उमेश पुडाशैनी संरक्षणको रुपमा रहेको छ भने सचिवमा रमेश सिलवाल रहेको छ ।...
लिम्चुङबुङमा नेपाली सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

लिम्चुङबुङमा नेपाली सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, मङ्सिर २० । नेपाली सेनाकाे श्री पशुपति प्रसाद गणले उदयपुरको लिम्चुङबुङ गाउँपालिका–३, बराहस्थित एल.बी. कार्की स्मृति लिम्चुङबुङ अस्पताल परिसरमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरेकाे छ । लिम्चुङबुङ गाउँपालिकासंगकाे समन्वय तथा सहकार्यमा शिविर भएकाे हाे । शिविरमा सैनिक अस्पताल ईटहरी, श्री नं.१८ फिए गुल्म भुल्के, उदयपुर अस्पताल र लिम्चुङबुङ–३ बराहको आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरू सक्रियरुपमा खटिएका  थिए । उद्घाटन तथा निरीक्षणमा पालिका अध्यक्ष मेजरकुमार राई, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, श्री पशुपति प्रसाद गण, बाेक्सेका गणपति प्रमुख सेनानी मनोज कार्की, सुरक्षा निकायका प्रमुखहरू तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । शिविरमा जनरल फिजिसियन सेवा, दन्त सेवा, कान–नाका–घाँटी, आँखा जाँच सेवा, प्रजनन तथा जनस्वस्थ्य सम्बन्धी सेवा प्रदान गरिएकाे ...
शिक्षकहरुले विरामीका लागि अस्पतालमा तातोचिसो पानी फिल्टर प्रदान

शिक्षकहरुले विरामीका लागि अस्पतालमा तातोचिसो पानी फिल्टर प्रदान

Breaking News 1, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, मङ्सिर १९ । शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, उदयपुरको १७ औं स्थापना दिवसमा आज उदयपुर अस्पतालका विरामीका लागि उपयुक्त हुने दुईवटा पानी तातो चिसो पार्ने फिल्टर प्रदान गरेको छ । संस्थाका पदाधिकारी तथा आवद्ध शिक्षकहरुको टोली अस्पतालमै पुगेर फिल्टर प्रदान गरेका हुन् । प्राप्त फिल्टर अत्यावश्यक परेका विरामीका लागि सदुपयोग गरिने अस्पतालका सुचना अधिकारी सुरेश पाण्डेले जनाएका छन् ।...

उदयपुर अस्पताललाई १ सय बेडमा स्तरवृद्धि गर्ने स्वास्थ्य मन्त्री राईको प्रतिबद्धता

Breaking News 2, समाचार, स्वास्थ्य
गाईघाट÷पूर्णपुष्टि, मंसिर १६ । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले जिल्ला अस्पताल उदयपुरलाई १०० बेडमा स्तरोन्नति गर्ने पहल गर्ने घोषणा गर्नुभएको छ । जिल्ला अस्पताल उदयपुरको नवनिर्मित प्रसूति भवन उद्घाटन गर्दै स्वास्थ्य मन्त्री राईले अस्पताललाई १०० बेडमा स्तरोन्नति गर्न फाइल क्याबिनेटमा लाने र पास गर्ने जिम्मा स्वास्थ्य मन्त्रीको हैसियतमा आफूले नै लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कोशी प्रदेश सरकारले पहिले नै स्वास्थ्य मन्त्रालय मार्फत वोनिङ स्वीकृति क्याबिनेटमा लगिएको उहाँले जानकारी दिनुभयो । जेन्जिङ मोमेन्ट नभएको भए अस्पताल स्तरोन्नतिको फाइल पहिले नै स्वीकृत भइसक्ने बताउँदै उहाँले जेन्जी मोमेन्ट र त्यसपछिको विपत्तिले कोशी प्रदेशमा ठूलो आर्थिक क्षति भएको बताउनुभयो । मन्त्री राईले जिल्ला अस्पताल उदयपुरलाई १०० बेडमा स्तरोन्नति गर्ने हो भने कल्पना...
मुकेश राईलाई उपचार सहयाेग जुट्दै, हाल स्पाईनल ईन्जुरी पुनर्थापना केन्द्र साँगामा उपचार

मुकेश राईलाई उपचार सहयाेग जुट्दै, हाल स्पाईनल ईन्जुरी पुनर्थापना केन्द्र साँगामा उपचार

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, मङ्सिर ६ । उद्यमी एवम् सामाजिक अगुवा युवा खाेटाङ सुन्तलेका मुकेश राईलाई उपचारका लागि आर्थिक सहयाेग जुट्दै गएकाे छ । सहयाेग जुट्दै गएसंगै हाल उनकाे स्पाईनल ईन्जुरी पुनर्थापना केन्द्र साँगा (काभ्रे) मा उपचार भईरहेकाे छ । उनकाे स्वास्थ्यमा केही सुधारसंगै थप उपचारका लागि मङ्सिर ३ गतेदेखि साे हस्पिटल लगिएकाे परिवारले जनाएकाे छ । राईकी श्रीमती मेनुका पाेखरेलले विभिन्न ब्यक्तित्वहरुले उपचार सहयाेग दिईरहेका छन् । "मुकेश राईकाे उपचार सहयाेग ग्रुप" नामक फेसबुक ग्रुपमार्फत सहयाेग अभियान सक्रियरुपमा चलिरहेकाे छ । मस्तिष्क पक्षघात भई काेमामा परेका उनी ठुला अप्रेशन र लामाे उपचारपछि केही सुधार भएकाे हाे । तर उपचारबाट पारिवारिक आर्थिक अबस्था नाजुक भएपछि परिवारले सहयाेगका लागि अपिल गरेकाे हाे । "थप लामाे उपचार र खर्च अभाव परेकाले सहयाेग अपिल गरेका हाैं ।" उनकी श्रीमती मेनका पाेखरेलल...
चौदण्डीगढीका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण

चौदण्डीगढीका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण

Breaking News 1, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चौदण्डीगढी, मंसिर २ गते । उदयपुरको चौदण्डीगढी नगरपालिकामा जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सुभारम्भ गरिएको छ । जाडो मौसम सुरुभएसँगै चिसोमा देखिने समस्याहरुलाई मध्यनजर गर्दै ज्येष्ठ नागरिकहरुको लागि निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम शुभारम्भ गरेको छ । सोमवारबाट २ नं। वडाको चारघरेबाट “ज्येष्ठ नागरिक भेटघाट तथा स्वास्थ्य परीक्षण घुम्ती कार्यक्रम” नामक अभियानको नगर नगरप्रमुख कालुमान लामाले शुभारम्भ गरेका हुन् । घुम्ती सेवाले ७५ वर्षभन्दामाथिका दलित समुदाय र ८० वर्षमाथिका गैर दलित समुदायका नगरभरीका लगभग ११ सय ज्येष्ठ नागरिकलाई सो सेवा प्रदान गरिने मेयर लामाले बताए । सामान्य रक्तचाप, मधुमेह जस्ता रोकहरुको निस्शुल्क चेकजाँचको लागि एक जना अहेव र एक जना अनमीगरि दुईजना स्वास्थ्यकर्मीहरुको साथमा घुम्ती सेवा संचालन गरिनेछ । कतिपयको घरमा स्वास्थ्यचौकीस...
१४ जिल्ला मध्यकै उत्कृष्ट बन्यो उदयपुर अस्पताल

१४ जिल्ला मध्यकै उत्कृष्ट बन्यो उदयपुर अस्पताल

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/ गाईघाट/उदयपुर मंसिर २ गते । उदयपुरको बोक्सेमा रहेको जिल्ला अस्पताल उदयपुर प्रदेशभरीकै उत्कृष्ट बनेको छ । उत्कृष्ट ठहरीएपछि स्पताललाई प्रदेश स्वास्थ्य मन्त्रालयले प्रशंसापत्र दिएको छ । आर्थिवर्ष ०८१÷८२ को सेवा प्रवाह कार्य संपादन मूल्याङ्कनमा १ सय पूर्णाङ्कमध्ये ८५।३८ अङ्क पाउँदै प्रदेशभरीको उत्कृष्ट अस्पतालमा दरिएको हो । उत्कृष्ट भएको कात्तिक २८ देखि ३० गतेसम्म आयोजित ‘प्रदेशस्तरीय वार्षिक एकीकृत समीक्षा कार्यक्रम’ समापन समारोहमा शनिबार स्वास्थ्यमन्त्री भूपेन्द्र राई र मन्त्रालयका सचिव डा. यदुनाथ घिमिरेले अस्पतालका प्रतिनिधि डा. मुकेश झालाई प्रशंसापत्र प्रदान गरे । प्रदेश स्वास्थ्य मन्त्रालयले अस्पताललाई प्रशंसापत्र प्रदान गरेको हो । अस्पताल प्रशासन प्रमुख भगवती केसीले उदयपुर अस्पताल यसवर्ष दोस्रो पटक उत्कृष्ट ठहरिएको बताईन् । उनका अनुसार यसअघि आर्थिकवर्ष ०७९÷८० मा पनि ...
बागचौरीका १३ बर्षिय बालक : ३० हजार नजुट्दा रि-चेकका लागि  हस्पिटल लान सकेन

बागचौरीका १३ बर्षिय बालक : ३० हजार नजुट्दा रि-चेकका लागि हस्पिटल लान सकेन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, उदयपुर कार्तिक १८ । उदयपुरको त्रियुगा नगरपालिका वडा न. ७ बागचौरीका १३ बर्षिय सफल परियारलाई ३० हजार अभावले घरमै थन्किन बाध्य बनाएको छ । दुर्घटनामा घाईते सफल परियारलाई हस्पिटलले फलो अप मा बोलाएको थियो । असार २१ गते चुहाडे बाट बागचौरी घर फर्कने क्रममा सुवास परियारका छोरा सफल साईकल दुर्घटनामा परेका थिए । दुर्घटनाबाट उनि गम्भीर घाईते भए । उनको पेटमा पानी जमेपछि बिराट टिचिङमा अप्रेसन गरिएको थियो । पैसा अभावले अप्रेसन पश्चात घरमै ल्याईएका सफललाई हस्पिटलले फेरी जाँच गर्न ल्याउन भनेका थिए । तर पून : जाँचका लागि करिब ३० हजार लाग्ने हस्पिटलको अनुमान थियो । छोराको उपचार गर्दा गर्दा घरको सबै थो सकिएको र बाहिर ऋण गरिरहेको बुबा सुवास परियारले बताए । सहयोग  गर्न चाहानुहुने इच्छूकहरुका लागि बिरामीको बुबा सुबास परियारको esewa अब ऋण माग्ने समेत ठाउँ नरहेको हुँदा छोराको उपचारमा ...