मुगौला बिरामीले उदयपुर अस्पतालबाटै पाउन थाले डायलासिस सेवा
पूर्णपुष्टि, ५ माघ ।
उदयपुरमा डायलासिस सेवा सुरु भएको छ । जिल्लामा केहि समय अघिमात्रै डायलासिस सेवाको उद्घाटन गरेका थिए । मृगौला बिरामीहरुले सेवा संञ्चालन भएसँगै डायलासिस पहिलो पटक उदयपुर अस्पतालबाटै गराउन पाएको जनाए । उदयपुरगढी गाउँपालिका ४ डुम्रेका दिलबहादुर मगरले आफ्नै जिल्लाको सरकारी अस्पतालबाट उदयपुरमै डायलासिस सेवा पाएको जनाए । मगरले पहिले धरान बिराटनगर जस्ता ठाउँमा गएर उपचार गराउँदै आएका थिए । २९ वर्षीय मृगौला बिरामी मगर ३ महिनायता मृगौलाका रोगी पत्ता लागेको उनलाई धरान, बिराटनगर र काठमाडौँका विभिन्न अस्पताल धाउँदा १२ लाखभन्दा बढी खर्च भईसकेको छ ।
पटकपटकको परीक्षणपछि दुवै मृगौला खराव भएको पत्ता लागेसँगै उनले शिक्षण अस्पताल महाराजगञ्जमा पहिलो पटक डाईलासिस गराएको बताएका छन् । चिकित्सकले उनलाई प्रत्येक साता दुईपटक डाईलासिस गराउन सुझाएको छ । जस अनुसार उनी या धरान, बिराटनगर या काठमाडौ...








