Thursday, August 20News That Matters

स्वास्थ्य

परिवर्तनशिल जीवनशैलीले दम्पतीबीच यौन आकर्षण घट्दै

परिवर्तनशिल जीवनशैलीले दम्पतीबीच यौन आकर्षण घट्दै

स्वास्थ्य
आधुनिक जीवनशैलीले मानिसको स्वास्थ्यमा असर पार्नुको साथै यसले प्रजनन क्षमतामा पनि नकारात्मक रुपमा प्रभावित पारेको हुन्छ । परिवर्तनशील जीवनशैलीको कारण मानिसमा प्रजनन क्षमतामा पनि कमी आएको छ । यदि पुरुषले धुमपान वा अन्य नशालु पदार्थको प्रयोगमा कम गरेको अवस्थामा वा मोबाइलको कम प्रयोग गरेमा शुक्राणुमा हुने समस्याबाट मुक्त हुन सकिने बताइन्छ । असुरक्षित यौन सम्बन्धले महिलामा यौन रोग जस्तै सिफलिस, गोनोरिया र पुरुषमा एचआईभी एड्स जस्ता गम्भीर रोग लाग्ने खतरा पनि बढ्दै गएको छ । यदि महिलालाई यस्ता कुनै पनि यौन लागेको खण्डमा पछि गर्भ टुहिने जस्ता समस्या उत्पन्न हुन सक्छ । धुमपान र मद्यपानको प्रयोगले पनि यौन जीवनमा प्रभाव पार्ने गरेको छ । धुमपान गर्ने पुरुषमा शुक्राणुको संख्या र त्यसको गतिशिलतामा पनि कमी आउँछ । धुमपान गर्ने महिलामा रजोनिवृत्ति हुने सम्भावना हुन्छ जसले इस्ट्रोजनको स्तर घट्छ र मा...
कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १७ कोरोना संक्रमणबाट रुपन्देहीको भैरहवामा एक जनाको मृत्यु भएको छ । भीम अस्पताल भैरहवामा नवलपरासीको रामग्राम नगरपालिका–५ की ६५ वर्षीया महिलाको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ । मधुमेह र उच्च रक्तचापको समस्या भएकाले अस्पतालको आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो । कोरोना पुष्टि भएपछि उनलाई भदौ १५ गते अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो ।...
वीर अस्पतालको १२ जना डाक्टरसहित ७१ जनामा कोरोना संक्रमण पुष्टि, ओपीडी सेवा बन्द

वीर अस्पतालको १२ जना डाक्टरसहित ७१ जनामा कोरोना संक्रमण पुष्टि, ओपीडी सेवा बन्द

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १७ काठमाण्डौको वीर अस्पतालमा कार्यरत १२ जना डक्र र १२ जना नर्ससति ७१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि ओपीडी सेवा बन्द भएको छ । सरसफाई लगायत अन्य कर्मचारीमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमण फैलन थालेपछि अस्पतालले विज्ञप्ति निकालेर आज र भोलि दुई दिनका लागि अस्पतालको ओपीडी सेवा बन्द गरेको जनाएको छ । आकस्मिक सेवा, फेभर क्लिनिक, आइसीयू, इन्डोर सेवा, पीसीआर ल्याब र प्रशासनका सेवाहरु भने खुला रहने अस्पतालले जनाएको छ ।...
विश्वमा एकैदिन साढे २ लाख बढीमा कोरोना संक्रमण पुष्टि

विश्वमा एकैदिन साढे २ लाख बढीमा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १७ पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ५६ हजार ९ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै विश्वमा अहिलेसम्म दुई करोड ५८ लाख ८९ हजार भन्दा धेरैमा संक्रमण भएको वल्डोमिटरले जनाएको छ । गत २४ घण्टामा सबैभन्दा धेरै भारतमा ७८ हजार १ सय ६९ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । त्यस्तै ब्राजिलमा ४१ हजार ८ सय ८९ जना  र अमेरिकामा ४० हजार ८ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको वल्डोओमिटरले जनाएको छ । अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट उपचारपछि एक करोड ८१ लाख ७१ हजार भन्दा धेरै निको भएका छन् भने आठ लाख ६० हजार भन्दा बढीको मृत्यु भएको जनाईएको छ ।...
युरोपमा लकडाउन आवश्यक छैन : डब्लूएचओ

युरोपमा लकडाउन आवश्यक छैन : डब्लूएचओ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १७ विश्व स्वास्थ्य संगठनले कोरोना महामारीकै बीच आनीबानी सुधार्दै अगाडि बढ्नु पर्ने जनाएको छ । युरोपमा कोरोना भाइरसको सङ्क्रमण भए पनि राष्ट्रियस्तरमा अब लकडाउन लगाउन नपर्ने संगठनका युरोप निर्देशक हेन्स क्लुगले बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । खोप नलगाउँदासम्ममा मानिसले आनीबानीमा परिवर्तन ल्याएर कोरोनासँग लड्नु पर्ने र आवश्यकता परे निश्चित क्षेत्रमा मात्रै लकडाउन लगाउनु पर्ने जनाईएको छ । आउँदा महिनामा कोरोनाको दोस्रो लहरको डर भए पनि राष्ट्रिय स्तरमा लकडाउन नगरी दूरी कायम, मास्कको अनिवार्य प्रयोग लगायतका स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेमा जोड दिएका छन् । बेलायतले कोरोना भाइरस विरुद्धको खोप यो वर्षको अन्तिमसम्ममा दिन सकिने जनाएको छ । बेलायतको स्वास्थ्य मन्त्रालयले यस वर्षको अन्तिमसम्ममा खोप लगाउन सुरु गर्ने जनाएको हो ।...
उदयपुरमा थप ८ जना कोरोना संक्रमण मुक्त

उदयपुरमा थप ८ जना कोरोना संक्रमण मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १६ उदयपुरमा आज थप आठ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । चौदण्डिगढी नगरपालिका–६ सातधारेस्थित कोभिड १९ अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये आठ  जना पुरुष निको भएर आज घर फर्केका हन् । अहिलेसम्म जिल्ला एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् भने उपचारपछि निको हुनेको संख्या एक सय १० पुगेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । अव एक जना होम आइसोलेशनमा रहेकी एक ११ वर्षिय बालिकाको रिपोर्ट आउँन बाँकी रहेको जनाईएको छ । त्रियुगा नगरपालिकाका छ जना, चौनपा स्थायी घर भई हाल त्रिनपा बस्ने एक जना र बेलका नगरपालिकाको एक जना गरी आठ जना कोरोना संक्रमण मुक्त भएको कार्यालयले जनाएको छ ।...
नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १६ नेपालमा आज थप एक हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार पाँच सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गरिएको थियो । त्यस्तै गत २४ घण्टामा थप सात सय ६८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या २२ हजार एक सय ७८ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या  दुई सय ३९ पुगेको मन्त्रालयले जनाएको छ ।...
प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण पुष्टि

प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १६ १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि कोरोना जाँच गराउदा मन्त्री घिमिरेलाई सोमबार साँझ संक्रमण पुष्टि भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मन्त्रि घिमिरे दुई दिनदेखि होम आइसोसनमा बस्नु भएको छ । होम क्वारेन्टाइनमा बसेर जाँच गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । कोरोनासँग जुध्दाजुध्दै संक्रमणले भेटाएको हो । दुई दिनयता ज्वरो आएको र पखला लागेको थियो । प्रदेश १ मा कोरोना संक्रमण नियन्त्रणमा मन्त्री घिमिरे सक्रिय हुनुहुन्थ्यो ।...
पर्सामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

पर्सामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १६ पर्सामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२० का ५३ वर्षीय पुरुषको नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । उपचारका लागि गत साउन ३१ गते अस्पताल भर्ना भएका उनको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा टाइप टु मधुमेह र मिर्गौलासम्बन्धी रोग रहेको थियो । वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।...
खोप बनाउने होडबाजीले राम्रो फल दिदैन : डब्ल्यूएचओ

खोप बनाउने होडबाजीले राम्रो फल दिदैन : डब्ल्यूएचओ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १६ कोरोना भाइरसविरुद्धको खोप बनाउन भइरहेको होडबाजीले नतिजा राम्रो नदिने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । विभिन्न देशले खोप बनाउन होडबाजी गरिरहेको बेला डब्ल्यूएचओले खोप बनाउन र अनुमति दिन हडबड गर्दा यसले जोखिम झनै बढाउन सक्ने चेतावनी दिएको हो । केही देशले खोपको ट्रायल सम्पन्न नै नगरी अनुमतिको लागि दबाब दिने गरेको जनाईएको छ । डब्ल्यूएचओले अनुमति पाउने प्रक्रियालाई हल्का रुपमा नलिन आग्रह गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । अहिले ३३ वटा खोपको क्लिनिकल ट्रायल चलिरहेको छ, एक सय ४३ खोप प्रि क्लिनिकल मूल्याङ्कनको चरणमा रहेका छन् । यसैबीच विश्व स्वास्थ्य संगठनले जोखिमको मूल्याङ्कन नगरी लकडाउन हटाएका देशमा कोरोना महामारीले थप उग्र रुप लिन सक्ने चेतावनी दिएको छ । धेरै नयाँ सङ्क्रमित देखिएको देशमा भिडभाड र यात्राको लागि अनुमति दिनु थप महामारीलाई निम...