पूर्णपुष्टि, भदौ १२
बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा थप एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ का ६० वर्षीय पुरुषको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनलाई गत ७ गते अस्पतालमा भर्ना गरेर भेन्टिलेटरमा उपचार गरिरहेको थियो । उनमा श्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेको थियो ।...
पुर्णपुष्टि, भदौ १२,
चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हेटौडा उपमहानगरपलिका–१९ की ७१ बर्षिय महिलाको बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनी गत ७ गते अस्पताल भर्ना भएकी थिईन् । उनमा दमको समस्या थियो । पछि निमोनिया भएपछि अस्पताल भर्ना भएकी महिलामा कोरोना परिक्षण गर्दा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।...
पूणर्पुष्टि, भदौ ११
मिति सकिएको औषधी बिक्रि वितरण गर्ने गाईघाटका एक आयुर्वेद पसललाई सिल्ड गरिएको छ । जिल्ला प्रशासन कार्यलय सहितको अनुगमन टोलीले शुक्रबार मिति सकिएको सामान सँगै गाईघाट स्थित त्रियुगा माविको पछाडी रहेको नमुना आयुर्वेद फार्मेशीलाई सिल्ड गरेको हो ।
जिल्ला प्रशासन कार्यलय, उद्योग बाणिज्य संघ, सगरमाथा अञ्चल आयुर्वेद औषधलय, खाद्य तथा गुण नियन्त्रण कार्यलय, नगर प्रहरी लगाएतको संयुक्त टोलीले सिल्ड गरेको हो ।
मोतिगडाका एक विरामी कविराज गजमेरले लगेको औषधीमा समय सकिएको मिति फेला परेपछि फार्मेशीलाई शिल्ड गरिएको हो । गजमेरले पहिलो चोटी र दोस्रो चोटी लगेको दुबै औषधीमा मिति सकिएको पक्ता लागेको छ ।
पहिलो चोटी लगेको महिलाले खाने सुन्दरी कल्प र दोस्रो पटक लगेको हिम्कोसिड दुवैमा पनि म्भाद सकिएको गजमेरले बताए । गजमेरले छोरीले मिति हेर्दा मात्रै थाहा पाएको बताए । पछिल्लो समय लगेको ह...
पूर्णपुष्टि, भदौ १२
भक्तपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याइएकी स्थानीय ६२ वर्षीया महिलाको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ ।
उच्च रक्तचापको बिरामी रहेकी महिलामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । दम, उच्च रक्तचापलगायतको समस्याका कारण उपचारका लागि नागरिक अस्पताल ल्याएको महिलाको अस्पताल ल्याउँदा मृत्यु भईसकेको अस्पतालले जनाएको छ ।
कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु भएपछि अस्पतालको आकस्मिक र ओपीडी आज र भोलि दुई दिनका लागि बन्द गरिएको जनाईएको छ ।
भक्तपुरमा यसअघि कोरोना भाइरस सङ्क्रमणबाट दुईजना स्थानीयको मृत्यु भएको थियो ।...
पूर्णपुष्टि, भदौ १२
धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान घोपामा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट आज बिहान एक जना पुरुष र एक जना महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
मृत्यु हुनेमा झापाको दमक नगरपालिका–३ का ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका–५ की ५६ वर्षीया महिला रहेको जनाईएको छ ।
खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएका पुरुष बी एण्ड सी टिचिङ अस्पताल बिर्तामोड झापाबाट र खोकी, ज्वरो र श्वासप्रश्वासमै समस्या भएकी महिला कोशी अञ्चल अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा आएका प्रतिष्ठानले जनाएको छ ।
योसँगै अहिलेसम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु हुनेकोे संख्या १५ पुगेको छ ।...
पूर्णपुष्टि, भदौ १२
फ्रान्सको राजधानी पेरिसमा मास्कको प्रयोगलाई अनिवार्य बनाइएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले पेरिस र आसपासका क्षेत्रमा मास्कलाई अनिवार्य गरिएको हो ।
यो नियम पैदल हिँड्ने र साइकलमा यात्रा गर्नेलाई पनि लागू हुने अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । तर कारभित्र भने मास्क लगाउन अनिवार्य गरिएको छैन ।
कोरोनाको संक्रमण फैलिदै गएकाले मास्कलाई अनिवार्य बनाएको जनाईएको छ । यसअघि फ्रान्सका प्रधानमन्त्री जीन क्यास्टेक्सले पेरिसमा मास्कलाई अनिवार्य गर्ने बताएको थियो । कोरोनाको संक्रमण देशभर फैलिएको भन्दै तत्काल कडा कदम उठाउन नसके महामारी झन् तीव्र गतिमा फैलन सक्ने बताएको थियो ।
फ्रान्समा अहिलेसम्म दुई लाख ५९ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ३० हजारभन्दा बढीको मृत्यु भएको जनाईएको छ ।...
पूर्णपुष्टि, भदौ १२
चिनियाँ कम्पनी सिनोफार्मले परीक्षण गरिरहेको कोरोना विरुद्धको खोपको मूल्य एक सय ४० डलर अर्थात करिब १५ हजार रुपैयाँ तोकेको छ ।
परीक्षण भइरहेको र नोभेम्बर महिनाको अन्तिमसम्ममा बजारमा लैजान सक्ने दाबी गर्दै कम्पनीले खोपको मूल्य तोकेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।
एक महिनाअघि खोजी गरिरहेको खोपको परीक्षण अन्तिम चरणमा पुगेको र त्यसले उत्साहजनक काम गर्ने कम्पनीले जनाएको छ ।
विश्वमा अन्तिम चरणका परीक्षणमा रहेका छ वटा खोपमध्ये आधा खोप चिनियाँ हुन् । चीनमा भने कोरोना भाइरसलाई सफलतापूर्वक नियन्त्रणमा लिएको छ भने विश्वमा फैलिँदै गएको संक्रमण नियन्त्रणका लागि खोप अनिवार्य सर्त हो ।
विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड ४६ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने आठ लाख ३४ हजार भन्दा धेरैको मृत्यु भईसकेको छ । एक करोड ७० लाखभन्द...
पूर्णपुष्टि, भदौ ११
नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप पाँच सय ६९ जना उपचारपछि निको भएसँगै निको भएर घर फर्कनेको संख्या २० हजार ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
१ नम्बर प्रदेशमा एक हजार चार सय ९१ जना, २ नम्बर प्रदेशमा चार हजार चार सय ५८ जना र वाग्मती प्रदेशमा नौ सय ४६ जना निको भएका छन् । त्यस्तै गण्डकी प्रदेशमा एक हजार ६ सय ७० जना, प्रदेश नम्बर ५ मा चार हजार सात सय दुई जना, कर्णाली प्रदेशमा दुई हजार २५ जना र सुदूरपश्चिम प्रदेशमा चार हजार सात सय ८१ जना डिस्चार्ज भएका हुन् ।
नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३५ हजार पाँच सय २९ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ८३ पुगेको मन्त्रालयले जनाएको छ ।...
पूर्णपुष्टि, भदौ ११
नेपालमा आज थप एक जार एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३५ हजार पाँच सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा पाँच सय ६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २० हजार ७३ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको सख्या एक सय ८३ पुगेको मन्त्रालयले जनाएको छ ।...
पूर्णपुष्टि, भदौ ११
बाँकेमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएकी ७० वर्षीया नेपालगञ्ज उपमहानगरपालिका–७ की वृद्धको विहान मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि गत भदौ ३ गते नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती महिलालाई भर्ना गराइएको थियो ।
कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा भदौ ५ गते सङ्क्रमण देखिएको थियो । उपचारकै क्रममा स्वास्थ्य अवस्था बिगिँदै गएपछि भदौ ६ गते राति शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचारको क्रममा मृत्यु भएको जनाईएको छ ।...