Thursday, August 20News That Matters

स्वास्थ्य

ललितपुरमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

ललितपुरमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ११ ललितपुरको किष्ट अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्थायी घर अर्घाखाँची  रेसुङ्गा नगपालिका भई हाल काठमाण्डौको तार्केश्वर नगरपालिका– ११ नेपालटारमा बस्दै आएका ५५ वर्षीय पुरुषको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ । गत आइतबार अस्पताल भर्ना भएका पुरुषमा मंगलबार कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा हिजो बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ ।...
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ११ गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–११ की ३२ वर्षीया महिलाको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ९ पुगेको छ । त्यस्तै गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तनहुँका ९, बाग्लुङका ८, लम्जुङका ४, नवलपरासीका ३ र पर्वतका एक गरी २५ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या एक हजार ९ सय ७७ पुगेको छ ।...
बारामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

बारामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ११ बारामा कोरोना संक्रमणबाट गर्भवतीसहित दुई जनाको मृत्यु भएको छ । हर्दिया–४ की २३ वर्षीया गर्भवतीसहित दुई जनाको मृत्यु भएको हो । उनलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि गतको सोमबार वीरगञ्जको नारायणी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो । भर्ना पश्चात उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालको पीसीआर प्रयोगशालामा उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । त्यस्तै नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका पर्साको धोवीनी गाउँपालिकाका–७२ वर्षका पुरुषको गतराति मृत्यु भएको छ । उनमा निमोनियाको समस्या थियो । उनको पीसीआर परीक्षण पोजेटिभ आएपछि कोभिड अस्पतालमा सार्ने तयारी गर्दा गर्दै मृत्यु भएको अस्पतालले जनाएको छ ।...
६ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि

६ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ११ प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि एक हप्ताका लागि ओपीडी सेवा बन्द भएको अस्पतालले जनाएको छ  । एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्ने अस्पतालले जनाएको छ । यसअघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको थियो । सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको जनाईएको छ ।...
कोरोना संक्रमणबाट बुटवलमा १ जनाको मृत्यु

कोरोना संक्रमणबाट बुटवलमा १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ११ कोरोना संक्रमणबाट बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एक जनाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा गतराति मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या रहेको थियो ।...
नेपालमा आज थप ८८५ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा आज थप ८८५ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १० नेपालमा आज थप आठ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या ३४ हजार चार सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप तीन सय ८५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै उपचारपछि निको हुनेको संख्या १९ हजार पाँच सय चार पुगेको छ । त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।...
उदयपुरमा साढे छ हजार भन्दा बढिको पिसिआर परिक्षण

उदयपुरमा साढे छ हजार भन्दा बढिको पिसिआर परिक्षण

समाचार, स्वास्थ्य
पुर्णपष्टि, भदौ १० उदयपुरमा अहिलेसम्म छ हजार नौंं सय ५५जनाको पिसिआर परिक्षण गरिएकोमा एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर विधिबाट नमुना संकलन गरिएकोमा ८० पुरुष र ३१ जना महिलाको कोरोना रिपोट पोजेटिभ आएको हो । पाचँ हजार एक सय ६७ पुरुष र एक हजार सात सय ८८ महिलाको पिसिआर परिक्षण गरिएकोमा पाचँ हजार छ पुरुष र एक हजार सात सय ३५ महिलाको कोरोना रिपोट नेगेटिभ आएको स्वास्थ्या कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदिले बताए । त्रियुगामा ६५, बेलकामा ३२, कटारिमा ७, र चौदण्डीगढी नगरपालिकामा दुइ जना कोरोना संक्रमित भेटिएको छ । त्यसैगरि ताप्लीमा ३ र उदयपुरगढी गाउपालिकामा दुई जना कोरोना संक्रमित भएको प्रमुख सुवेदिले बताए । आठ वटै स्थानीय तहहरुमा कोरोना परिक्षण गरिएकोमा  अहिलेसम्म लिम्चुङबुङ र रौतामाई गाउपालिकामा कोरोना नभेटिएको प्रमुख सुवेदिले बताए । लिम्चुङबुङमा एक सय ३४ र रौतामाईमा...
उदयपुरमा कोरोना संक्रमित एक सय एघार पुग्यो

उदयपुरमा कोरोना संक्रमित एक सय एघार पुग्यो

समाचार, स्वास्थ्य
पुर्णपुष्टि, भदौ १० उदयपुर जिल्लामा पिसिआर परिक्षण गर्दा एक सय एघार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा छ हजार नौ सय ५५ जनाको पिसिआर परिक्षण भएको थियो । कोरोना सक्रमितको संख्या एक सय एक पुगेको हो । जसमा महिलाको संख्या ३१ र पुरुषको संख्या ८० रहेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदिले बताए । जिल्लाको आठ वटै पालिकामा परिक्षण गर्दा लिम्चुङबुङ र रौतामाई गाउपालिकामा कोरोना  संक्रमित भेटिएको छैन ।  स्वास्थ्य प्रमुख सुवेदिका अनुसार संक्रमित भेटिएका पालिकामध्ये सबैभन्दा बढि त्रियुगा नगरपालिकामा ६५जना रहेको छ । बेलकामा ३२, कटारिमा ७ र चौदण्डिगढि नगरपालिका दई जना त्यसैगरि ताप्लीमा ३, उदयपुरगढि गाउपालिकामा दुई जना कोरोना  संक्रमित भेटिएको छ । रौतामाईमा  ३ सय १४ जना र लिम्चङबुङ गाउँपालिकामा १ सय ३४ जनाको परिक्षण भएको थियो । संक्रमित भएका मध्ये २१ जनाको उपचार भइरहेको र ...
कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १० कोरोना संक्रमणबाट सेती प्रादेशिक अस्पतालमा एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–११ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । फोक्सो र कलेजोसम्बन्धी रोगका बिरामी रहेका पुरुषको भेन्टिलेटरमा राखेर उपचार भइरहेको बेला मृत्यु भएको अस्पतालले जनाएको छ । सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा २० जना कोरोना सङ्क्रमितको उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको जनाईएको छ ।...
कोरोना संक्रमणबाट बारामा २ जनाकोे मृत्यु

कोरोना संक्रमणबाट बारामा २ जनाकोे मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १० कोरोना संक्रमणबाट बारामा दुई जनाको मृत्यु भएको छ । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचाररत कलैया उपमहानगरपालिका–१ र विश्रामपुर गाउँपालिका–१ छतवाका एक÷एक जना पुरुषको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ । कलैया उपमहानगरपालिकाका पुरुषलाई यहि भदौ दुई गते श्वासप्रश्वासमा समस्या देखिएपछि पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि गण्डक अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो । विश्रामपुरका ४२ वर्षीय पुरुषलाई पनि श्वासप्रश्वासमा समस्या देखिनुका साथै ज्वरो आएपछि भदौ नौ गते मंगलबार पीसीआर जांच गराउँदा कोरोना रिपोर्ट पोजेटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो ।...