Wednesday, August 19News That Matters

स्वास्थ्य

शिक्षण अस्पतालका ६ जना कर्मचारीमा कोरोना पुष्टि

शिक्षण अस्पतालका ६ जना कर्मचारीमा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २९ महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालको ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक सेवा बन्द गरिएको छ । आकस्मिक कक्षमा कार्यरत ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र अरुमा पनि लक्षण देखिएकाले आकस्मिक सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । आकस्मिक बाहेकका सेवा भने खुल्ला नै छ । कोरोना सङ्क्रमण पुष्टि भएकाहरुको सम्पर्कमा आएका सय जनाभन्दा धेरैको आज कोरोना परीक्षणको लागि स्वाब संकलनको तयारी भएको छ । सङ्क्रमण पुष्टि भएकाहरुलाई आइसोलेशनमा राखिएको अस्पतालले जनाएको छ ।...
आफुले बनाएको कोरोनाविरुद्ध खोपको बारेमा अन्तर्राष्ट्रिय चिन्ता निराधार : रुस

आफुले बनाएको कोरोनाविरुद्ध खोपको बारेमा अन्तर्राष्ट्रिय चिन्ता निराधार : रुस

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २९ आफुले बनाउको कोरोना भाइरसविरुद्ध खोपको बारेमा अन्तर्राष्ट्रिय चिन्ता निराधार भएको रुसले दाबी गरेको छ । पहिलो चरणमा अबको दुई हप्तामा नै डाक्टरलाई खोप दिने रुसी स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले जानकारी दिनुभएको छ । परीक्षण बिना नै प्रयोगमा ल्याउन लागेको भन्ने अन्तर्राष्ट्रिय चिन्ता निराधार भएको उहाँले बताउनुभएको हो । अक्टोबर महिनाबाट ठूलो संख्यालाई खोप दिन थाल्ने योजना रहेको छ । कोरोनाविरुद्ध खोप तयार पारेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरे पनि विश्व स्वास्थ्य संगठनले भने प्रश्न उठाएको छ । विश्वभर ६ वटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको तर रुसले दाबी गरेको खोप त्यसभित्र नपरेको भन्दै प्रश्न संगठनले उठाएको हो । रुसको खोपमा विशेषगरी अमेरिका र यूरोपमा प्रश्न उठेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।...
८ संक्रमितमा पाँच जनालाई आज हस्पिटल लगियो, बाँकी तिन जनालाई भोली लाने तयारी

८ संक्रमितमा पाँच जनालाई आज हस्पिटल लगियो, बाँकी तिन जनालाई भोली लाने तयारी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन, २८ हिजो फेला परेको ८ संत्रमित मध्य आज पाँच जनालाई भने हस्पिटल लगिएको छ । हिजो मात्रै उदयपुरको त्रियुगा नगरपालिकामा मालपोत कार्यलयका ६ जना र अन्य २ गरी ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । हिजै लैजानु पर्ने संक्रमितहरुलाई एम्वुलेन्स बिग्रेका कारण तत्काल हस्पिटल लैजान नसकिएको स्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ । बाँकी तिन जनालाई भने भोली लैजाने जनस्वास्थ्य कार्यलयका प्रमुख मोहन सुवेदीले बताउनुभयो । एम्वुलेनस बिग्रेका कारण सवैलाई समयमै हस्पिटल लैजान समस्या भएको प्रमुख सुवेदीले बताउनुभयो । ५ जनालाई चौदण्डीको कोरोना हस्पिटलमा लगिएको छ । भने बाँकी तिन जनालाई भोली लैजाने तयारी रहेको पनि सुवेदीले बताउनुभयो । संक्रमित तिन जना उनिहरुकै घरमा सुरक्षितका साथ राखिएको सुवेदीले बताउनुभयो ।...
नेपालमा थप ४८४ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ४८४ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २८ नेपालमा आज थप चार सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार चार सय ३२  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा  उक्त संक्रमित मध्ये ६४ जना उपचारपछि निको भएर घर फर्किएको छ । योसँगै कोरोना मुक्त हुनेको संख्या १६ हजार सात सय २८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको छ । ललितपुरमा चार जना तथा मोरङ, रुपन्देही धादिङ, र सप्तरीमा एक/एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।...
आज थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु

आज थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २८ पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालमा उपचाररत थप सात जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा चार जना, मोरङ, रुपन्देही र सप्तरीमा एक/एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । पाटन अस्पतालमा उपचार गराइरहेकी जनकपुरकी ३८ वर्षीया महिला र मेडिसिटी अस्पतालमा उपचार गराइरहेका जनकपुरकै ७१ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । त्यस्तै ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत बाराको कलैया घर भएका ७५ वर्षीय पुरुष र टेकुकी ७८ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरुले त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटर नपाएपछि उपचारका लागि किस्टमा ल्याएपछि उपचारको क्रममा मृत्यु भएको जनाईएको छ । त्यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ वर्षीय र कपिलवस्तु कृष्णनगरका २५ वर्षीय दुई पुरु...
अहिलेसम्म उदयपुरमा १०४ जनामा कोरोना संक्रमण

अहिलेसम्म उदयपुरमा १०४ जनामा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २८ उदयपुरमा अहिलेसम्म एक सय चार जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । ३० जना महिला र ७४ जना पुरुषमा संक्रमण पुष्टि भईसकेको हो । जिल्लामा गत बैशाख ५ गते पहिलो पटक भूल्केमा १२ जनालाई एकै साथ कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लाको आठ वटा पालिका मध्ये चारवटै नगरपालिका र दुई वटा गाउँपालिकामा संक्रमण पुष्टि भईसकेको छ । अहिलेसम्म त्रियुगा नगरपालिकामा १६ जना महिला, ४५ जना पुरुष, बेलका नगरपालिकामा ९ जना महिला, २२ जना पुरुष, कटारी नगरपालिकामा ३ जना महिला, ४ जना पुरुष, चौदण्डिगढी नगरपालिकामा १ जना महिला, १ जना पुरुष, ताप्लि गाउँपालिकामा १ जना महिला, २ जना पुरुष र उदयपुरगढी गाउँपालिकामा २ जना पुरुषमा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । अहिलेसम्म रौतामाई र लिम्चुङ्बुङ गाउँपालिकामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छैन ।...
थप एक जना कोरोना संक्रमितको मृत्यु

थप एक जना कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २८ नेपालमा आज थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ८४ पुगेको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षीया महिलाको गतरात मृत्यु भएको अस्पतालले जनाएको छ । गत साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा राति मृत्यु भएको हो । यसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।...
न्यूजिल्याण्डको ओक्ल्याण्डमा ३ दिनका लकडाउन

न्यूजिल्याण्डको ओक्ल्याण्डमा ३ दिनका लकडाउन

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २८ आजदेखि न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुन तीन दिनका लागि लकडाउन लागू भएको छ । एक सय दुई दिनपछि पुन ४ जनामा कोरोना सङ्क्रमण देखिएपछि लकडाउन लागू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एक सय दुई दिनसम्म न्यूजिल्याण्डका स्थानीयमा कोरोना भाइरसको सक्रमण देखिएको थिएन । यात्रा नगरेका एकै परिवारका चार जनामा हिजो सङक्रमण देखिएपछि लकडाउन गरिएको जनाईएको छ । सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजी भइरहेको छ ।  ओक्ल्याण्डका बासिन्दालाई घरमै बस्न भनिएको छ । ठूलो सङ्ख्यामा मानिस भेला हुन पाउने छैनन् । अत्यावश्यक बाहेकका व्यवसायहरु बन्द गरिने र  देशभर नै सामाजिक तथा भौतिक दूरी कायम गर्नु पर्ने नियम लागू हुने जनाइएको छ । न्युजिल्याण्डमा अहिलेसम्म १५ सय ७० जना कोरोना संक्रमित भईसकेको छ भने २२ जनाको मृत्यु नै भईसकेको छ ।...
चीनद्धारा कोरोनाविरुद्धका खोपको तेस्रो चरणको परीक्षण सुरु

चीनद्धारा कोरोनाविरुद्धका खोपको तेस्रो चरणको परीक्षण सुरु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २७ चीनको सरकारी कम्पनी साइनोफार्मले कोरोना भाइरस विरुद्ध तयार गर्दै गरेको खोपको तेस्रो चरणको परीक्षण सुरु गरेको छ । बहइनको एउटा टापुका मानिसमा  तेस्रो चरणको खोप परीक्षण सुरु गरेको हो । कम्पनीले यो भन्दा पहिला जुलाई महिनामा यूएईको राजधानी आबुधाबीमा खोपको मानव परीक्षण सुरु गरेको थियो । यो खोप चीनको सरकारी कम्पनी साइनोफार्म, चाइना बायोटेक्नोलोजी र आबुधाबीलगायतका कम्पनी मिलेर बनाइरहेका छन् । मानव परीक्षण सफल भए खोप सुरक्षित भएको मानिन्छ । एक दीपको मानिसमा परीक्षण गरेपछि फेरि धेरैमा मानिसमा प्रयोग गर्ने जनाईएको छ । त्यस्तै टर्कीले पनि अमेरिका र चीनपछि खोप बनाउनेमा आफ्नो देश तेस्रो हुने दाबी गरेको छ ।...
कोरोनाबाट थप एक जनाको मृत्यु

कोरोनाबाट थप एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २७ धनुषामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा करिब १८ दिनदेखि आइसीयूमा उपचाररत पुरुषको गतराति कोभिड निमोनियाका कारण मृत्यु भएको कोभिड–१९ अस्पतालले जनाएको छ । उनी क्षयरोगले पनि सिकिस्त थिए । मृतकको ‘ट्राभल हिस्ट्री’ नभएको जनाईएको छ । धनुषामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिसकेको हुन सक्ने अनुमान गरिएको प्रशासनले जनाएको छ । मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको जनाईएको छ ।...