आज ३१२ जना संक्रमित निको भए
पूर्णपुष्टि, असार ११
आज नेपालमा कोरोना संक्रमित मध्ये उपचारपछि ३ सय १२ जना निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या दुई हजार ६ सय ५० पुगेको छ ।
जलेश्वर अस्पताल महोत्तरीबाट २१ पुरुष, दुल्लु अस्पताल दुल्लुबाट दुई महिला र पाँच पुरुष, गौरीशङ्कर कलेज रौतहटबाट तीन महिला र ७७ पुरुष, अल्पाइन नर्सिङ इन्स्टिच्युट सर्लाहीबाट ६९ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोभिड–१९ युनिफाइड कमाण्ड अस्पताल बलम्बुबाट एक पुरुष, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट दुई पुरुष, आइसोलेशन सेन्टर खजुरा बाँकेबाट दुई महिला र चार पुरुष, बर्दियाबाट दुई महिला, आइसोलेशन सेन्टर बनकटुवा बाँकेबाट तीन पुरुष डिस्चार्ज भएका हुन् ।
आइसोलेशन सेन्टर राप्ती सोनारी बाँकेबाट एक महिला र १० पुरुष, आइसोलेशन सेन्टर पिपरी कोहलपुर बाँकेबाट ६ पुरुष, लायन्स डेन्टल ...






