Thursday, May 28News That Matters

स्वास्थ्य

भुल्केको थप १ जना जमाती उपचारपछि डिस्चार्ज

भुल्केको थप १ जना जमाती उपचारपछि डिस्चार्ज

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २ गते । उदयपुरको भुल्केमा फेला परेको कोरोना संक्रमित थप एक जना डिस्चार्ज भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारार्थ २५ वर्षीय पुरुष डिस्चार्ज भएको हो । त्रियुगा नगरपालिका–३ भुल्केको नुरी मस्जिदमा गत वैशाख ५ गते स्वाब संकलनपछि गरिएको परीक्षणमा कोरोना संक्रमण देखा परेको भारतीय नागरिक उपचारपछि बिहीबार डिस्चार्ज भएको अस्पतालले जनाएको छ । डिस्चार्ज भएका पुरुषलाई विराटनगरको रानीस्थित मरकजको क्वारेन्टाइनमा राखिएको छ । १ न. प्रदेशमा डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ ।...
विश्वभारका कोरोना संक्रमितमध्ये १७ लाखभन्दा बढी उपचारपछि निको भए

विश्वभारका कोरोना संक्रमितमध्ये १७ लाखभन्दा बढी उपचारपछि निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २ गते । विश्वको विभिन्न देशका कोरोना संक्रमितमध्ये १७ लाख भन्दा बढी उपचारपछि निको भएका छन् । विश्वमा अहिलेसम्म ४५ लाख २० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएका माध्ये १७ लाख १ सय ७४ जना उपचारपछि निको भएको वर्ल्डओमिटरले जनाएको छ । अहिलेसम्म कोरोनाबाट ३ लाख ३ हजार जनाको मृत्यु भएको जनाएको छ । सबैभन्दा बढी अमेरिकामा मात्रै साढे ८६ हजार भन्दा बढीको मृत्यु भएको छ भने साढे १४ लाख भन्दा बढी संक्रमित भएको जनाएको छ । अहिले भारतमा संक्रमितको संख्या ८२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा बरिब ४ हजार नयाँ बिरामी थपिएको थियो । साढे २ हजारभन्दा बढीको मृत्यु भईसकेको छ ।...
थप ९ जनामा कोरोना सक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो

थप ९ जनामा कोरोना सक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २ गते । आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँके नैनापुर–१, ३ र ५ का २५, २५, १८, २०, २२, २७, ३२ र ३६ वर्षीय पुरुष र मकवानपुरका ३७ वर्षीय पुरुष गरी थप नौ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको हो । हिजो बेलुकी विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका एक जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या ३६ पुगेको मन्त्रालयले जनाएको छ ।...
११ देशको सवै कोरोना संक्रमित निको भए

११ देशको सवै कोरोना संक्रमित निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १ गते ।  कोरोनाको संक्रमण फैलिएको १ सय १३ देशमध्ये ११ देशमा सबै कोरोना संक्रमित निको भएका छन् । उक्त देशमा कोरोना संक्रणमबाट कसैको पनि मृत्यु भएको छैन । अहिले यि देश ग्रीन जोनमा रहेको छ । फेरो आइल्याण्ड्समा १ सय ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । न्यू क्यालिडोनिया र सेन्ट लुसियामा १८/१८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा सबैजना निको भएर घर फर्किएका छन् । फल्कल्याण्ड आइल्याण्ड्समा १३ जना, ग्रीनल्याण्डका ११ जना, पपुवा न्यूगिनी, क्यारिबियन नेदरल्याण्ड्सका ६, सेन्ट बार्थका ६, वेस्टर्न सहाराका ६, अङगिलाका ३, सेन्ट पिएरे मिकेलनका १ जना पनि निको भएर घर फर्किएका छन् ।...
थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४६ पुग्यो

थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४६ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १ गते । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला, भरपुरमा गरिएको परिक्षणमा थप एक जना संक्रमण पुष्टि भएको हो । नवलपरासी देवचुली नगरपालिका–१२ को ४९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।...
स्वास्थ्य मन्त्रालयले त्रुटि सच्यायो, कोरोना संक्रमितको २४५

स्वास्थ्य मन्त्रालयले त्रुटि सच्यायो, कोरोना संक्रमितको २४५

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १ गते । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ मात्रै भएको स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ । यसअघि संक्रमितको संख्या २ सय ५० भनेको मन्त्रालयले पहिले नै पुष्टि भएका ५ जनाको नाम परेको भन्दै त्रुटि सच्याएको हो । बिहान सर्लाही, धनुषा र महोत्तरीका गरी ५ जना थप भएको विवरण सार्वजनिक भएको थियो । संख्या यसअघि नै अद्यावधिक भैसकेको छ । आज काठमाण्डौ चन्द्रागिरीका ३२ वर्षका पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका गरी दुई जनामा मात्रै संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँग नेपालमा संक्रमितको संख्या २ सय ४५ पुगेको मन्त्रायले जनाएको छ ।...
कोरोना संक्रमितमध्ये साढे १६ लाख भन्दा बढी उपचारपछि निको भए

कोरोना संक्रमितमध्ये साढे १६ लाख भन्दा बढी उपचारपछि निको भए

समाचार, संसार, स्वास्थ्य
 पूर्णपुष्टि जेठ १ गते ।  विश्वका कोरोना संक्रमितमध्ये १६ लाख ५४ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । विश्वमा ४४ लाख २२ हजार भन्दा बढी संक्रमित भएकामध्ये अहिलेसम्म १६ लाख ५४ हजार ८ सय १९ जना उपचारपछि निको भएका हुन् । उक्त संक्रमितमध्ये २ लाख ९७ हजार ५ सय ५२ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या ८५ हजार नाघेको छ । अमेरिका अहिलेसम्म संक्रमितको संख्या १४ लाख २७ हजार पुगेको छ । यस्तै भारतमा संक्रमितको संख्या ७८ हजार नाघेको छ भने भारतमा २५ सय ५१ जनाले मृत्यु भईसकेको छ ।...
फेरी २४ जना थपियाे, नेपालमा संक्रमितकाे संख्या २ सय ४३ पुग्याे

फेरी २४ जना थपियाे, नेपालमा संक्रमितकाे संख्या २ सय ४३ पुग्याे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ३१ । बेलुका नेपालमा थप २४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे संगै देशमा संक्रमितकाे संख्या  २ सय ४३ पुगेकाे छ । रुपन्देहिमा १२, कपिलबस्तुमा ८, पर्सामा ३ र नवलपरासिमा १ जनामा काेराेनम पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । दिउसाे २ जनामा संक्रमण पुष्टि भएकाे थियाे । कपिलबस्तुु र नेपालगञ्जकाे एक/एक जनामा दिउसाे देखिएकाे हाे । साे सहित अाज २६ जनामा संक्रमण पुष्टि भएकाे हाे ।...
फिल्डमा खट्ने उदयपुरका २७ पत्रकारहरुकाे स्वाव नमुना संकलन

फिल्डमा खट्ने उदयपुरका २७ पत्रकारहरुकाे स्वाव नमुना संकलन

समाचार, स्वास्थ्य
उदयपुर/बैशाख, ३१ लकडाउनदेखि यता फिल्डमा खटेर सूचना समाचार संप्रेक्षण गरिरहेका उदयपुरका २७ पत्रकारहरुको बुधबार स्वाव नमुना संकलन गरिएकाे छ । फिल्डमा खट्ने २७ जना पत्रकारहरुको जनस्वास्थ्य कार्यलय उदयपुरले स्वाव नमुना संकलन गरेकाे हाे । पहिले देखिनै जनस्वास्थ्य कार्यलयलाई पत्रकारहरुले स्वाव परिक्षणको माग गर्दै आइरहेको थियो । प्रत्यक्ष रुपमा बाहिर फिल्डमा खटिरहने पत्रकारहरुले सुरुबाटै स्वाव परिक्षणको माग राखेको हुदा सोहि अनुरुप स्वाव परिक्षण गरेको जस्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयाे । सुवेदीले पत्रकार सहित अन्य व्यक्तिहरुको पनि स्वाव परिक्षण गरिएको बताएको छ । २७ जना पत्रकार बाहेक अन्य मुस्लिम समुदायका ७ जना, राष्ट्रिय अनुसन्धानको ३ जना, सशस्त्र प्रहरीको ५ जना, नेपाल प्रहरीको १६ जना, जनस्वास्थ्यको १ जना र निर्वाचन आयोगको १ जना गरी जम्मा ६० जनाको स्वाव नमुना लिईए...
नेपालको कुन जिल्लामा कति कोरोना संक्रमित

नेपालको कुन जिल्लामा कति कोरोना संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ३१ गते । नेपालमा अहिलेसम्म २ सय १९ जनामा कोरोना भाईरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । जसमध्ये सवै भन्दा बढी संक्रमित पर्सा जिल्लामा देखा परेको हो । पर्सामा ८२ जना, धनुषा ३ जना, बारा ३ जना, रौतहटमा ३ जना, महोत्तरीमा २ जना, सर्लाहीमा २ जना र सप्तरीमा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै उदयपुरमा ३२ जना, झापामा २ जना, भोजपुरमा १ जना, कपिलवस्तुमा ३० जना, बाँके २५ जना, रुपन्देही १६ जना, बर्दीयामा १ जना, काठमाण्डौ ४ जना, भक्तपुरमा २ जना चितवनमा २ जना, धादिङ १ जना, कैलालीमा ४ जना, कन्चनपुरमा १ जना र बाग्लुङमा २ जना गरी २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । अहिलेसम्म संक्रमित भएका मध्ये ३५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भईसकेको मन्त्रालयले जनाएको छ ।...