सफल हुदै जनतासंग उप मेयर कार्यक्रम
राजेन्द्र दुष्ट
बेल्टार/मंसिर १६।
चौदण्डीगढी नगरपालिकामा “जनतासंग उप–मेयर” कार्यक्रमले क्रमरुपले सफलता पाउँदै गएको छ । चालु आर्थिक वर्षको योजना अन्तर्गत कार्यक्रमले प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारबाट कार्यान्वयनमा आएपछि योजनाले सफलता पाएको हो ।
विशेषगरी गर्भवती महिलाहरुमा आउने समस्याहरु पोषण युक्त खानपिन, भिडियो एक्सरे, स्वास्थ्य चेकजाचकासाथै आवस्यक औषधिहरु गत साउनदेखि निःशुल्क रुपमा वितरण गर्ने काम भएको चौनपाकी उप–प्रमुख रिताकुमारी चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो ‘कार्यक्रम अन्र्तरगत प्राथमिक स्वास्थ्य केन्द्रमा जसले प्रसुती गराउँछ, उनले बच्चा र आमाको लागि पोषणयुक्त खाने कुरासहित नगद दुइ हजार रुपैयाँ पाउँछ ।’
स्वास्थ्य केन्द्रमा प्रसुती गराउँदा भाले, लत्ताकपडा, घ्यू, फलफुल र नगद सुत्केरीको घरैमा लगेर दिने व्यवस्था गरेको उप–प्रमुख चौधरीले बताउनुभयो । यस बाहेकका अन्य कार्यक...







