डेंगुबाट ६ जनाको मृत्यु, ५६ जिल्लामा संक्रमण
भदौ २४ गते ।
डेँगुको संक्रमणबाट मुलुकमा छ जनाको मृत्यु भएको छ भने ५६ जिल्लामा संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङकले देखाएको छ । पूर्वको धरानबाट फैलिएको डेँगु नियन्त्रण गर्न नसक्दा अहिलेसम्म छ जनाको मृत्यु भईसकेको छ भने तिब्र रुपमा ५६ जिल्लामा संक्रमण फैलिएको मन्त्रालयको तथ्याङकले देखाएको हो ।
वैशाख अन्तिम साताबाट सुनसरीको धरानदेखि फैलिएको डेंगुको संक्रमण अहिलेसम्म प्रदेश नं. १ को ९, प्रदेश नं. २ को ७, प्रदेश नं. ३ को १२, गण्डकी प्रदेशको १०, प्रदेश नं. ५ को ११, कर्णाली प्रदेशको २ र सुदूरपश्चिम प्रदेशको ५ जिल्ला गरी देशभर ५६ जिल्लामा डेंङ्गुको संक्रमण फैलिएको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
डेँगुबाट मृत्यु हुने मध्ये काठमाडौँमा २ र सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एक—एक जना रहेको तथ्याङ्कले देखाएको छ । साउन १ ...





