ट्राफिक सप्ताहको क्रममा उदयपुरमा गरिएको स्वास्थ्य परिक्षणमा अधिकांश चालकमा देखियो उच्च रक्तचाप
पूर्णपुष्टि, पुष १२
ट्राफिक सप्ताहको क्रममा उदयपुरमा गरिएको स्वास्थ्य परिक्षणमा अधिकांश चालकहरुको उच्च रक्तचाप (ब्लड प्रेसर हाइ) देखिएको छ । सप्ताह कार्यक्रम अन्तर्गत आइतबार ५० जना चालकहरुको स्वस्थ्य परिक्षण गरिएको मध्ये २६ जनामा उच्च रक्तचाप देखिएको थियो । यो परिक्षण संख्याको ५१ प्रतिशत रहेको छ । जिल्लाको सदरमुकाम गाईघाटदेखि सञ्चालन हुने साना तथा ठूला सवारी साधनका चालक र सहचालकसमेतको स्वस्थ्य परिक्षणको क्रममा अधिकांश चालकहरुमा उच्च रक्तचाप देखिएको हो ।
विभिन्न ठाउँको गन्तब्यमा हिडेका चालकहरुमा तनावका कारण उच्च रक्तचापको समस्या देखिएको जिल्ला ट्राफिक इन्चार्ज लिलाकुमार श्रेष्ठले बताउनुभयो । परिक्षणमा उच्च रक्तचाप देखिएका चालक तथा सहचालकहरुलाई तनावमा नहिड्न, समयमा खान, आराम गर्न सुझाव दिइएको थियो । रक्तचाँप ठीक बनाउने खानपिनमा ध्यान दिनुका साथै आवश्यकता अनुसार औषधिसेवन गर्नसमेत सुझाइएको छ...









