उदयपुरमा कोरोना विरुद्धको पहिलो डोज कोभिसिल्ड भ्याक्सीन लगाएकालाई आजबाट दोस्रो मात्रा लगाउन सुरु
पूर्णपुष्टि, १५
उदयपुरमा २०७७ साल फागुन र चैत्र महिनामा कोरोना विरुद्धको पहिलो डोज कोभिसिल्ड खोप लगाएकालाई आजबाट दोस्रो मात्राको खोप लगाउन सुरु गरीएको छ । पहिलो डोज कोभिसिल्ड खोप लगाएर दोस्रो मात्राको पर्खाइमा रहेका लक्षित वर्गलाई यो खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार साविकै खोपकेन्द्रहरुबाट दोस्रो मात्राको खोप लगाउन सुरु गरिएको छ । त्रियुगा नगरपालिका अन्तर्गतको खोपकेन्द्रहरुमा भदौ १५ देखी १८ गते सम्म खोप लगाईने छ । त्यस्तै, चौदण्डीगढी र बेलका नगरपालिका अन्तर्गतका खोपकेन्द्रहरुमा भदौ १५ देखी १९ गते सम्म खोप लगाउने कार्याक्रम रहेको छ ।
लिम्चुङबुङ र रौतामाई गाउँपालिका अन्तर्गतकाका खोपकेन्द्रहरुमा भदौ १७ देखी २० गते सम्म खोप लगाइने छ । उदयपुर जिल्ला अस्पतालमा भदौ १७ र २० गते मात्र खोप सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जना...


