Tuesday, August 18News That Matters

स्वास्थ्य

आज उदयपुरका ४ जना काेराेनाले मृत्यु

आज उदयपुरका ४ जना काेराेनाले मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २ ।  उदयपुरमा आज काेराेनाले ४ जनाकाे ज्यान गएकाे छ । त्रियुगा नगरपालिका १० का ६३ वर्षिय खगेन्द्र मगरकाे बेल्टार काेराेना अस्पताल उदयपुरमा मृत्यु भएकाे हाे । आज विहान एक्कासी स्वास्थ्यमा समस्या आई मगरकाे मृत्यु भएकाे जनाईएकाे छ । मगर ४ दिनअघि साे अस्पतालमा उपचाररत थिए । उनलाई अक्सिजन कमि हुने गरेकाे र अक्सिजन दिएपछि राम्राे हुने गरेकाे थियाे । तर आज विहान ५ बजेतिर एक्कासी समस्या आएर मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । उदयपुरकाे अस्पतालमा मत्यु भएकाे याे पहिलाे घटना हाे । सागर डिजिटल फाेटाे स्टुडियाे गाईघाटका सञ्चालक विष्णुदेव चाैधरीकाे पनि मृत्यु भएकाे छ । ४७ वर्षिय चाैधरीकाे उपचारकाे क्रममा विएमसि हस्पिटल बिर्तामाेडमा मृत्यु भएकाे जनाईएकाे छ । चाैदण्डिगढी नगरपालिकाका ५ का ५६ वर्षिय हरिराज काेईरालाकाे पनि ज्यान गएकाे छ । उनकाे नाेवेल हस्पिटल विराटनगरमा मृत्यु भएकाे जनाईएक...
काेराेना खबर विस्तृत : उदयपुरमा ३७९, देशभर ४ लाख ४७ हजार ७०४ संक्रमित

काेराेना खबर विस्तृत : उदयपुरमा ३७९, देशभर ४ लाख ४७ हजार ७०४ संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १ । उदयपुरमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा १५ महिला ३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टाको परिक्षणमा महिलाको संख्या बढि आएको हो । योसंगै जिल्लामा संक्रमितको संख्या ३ सय ७९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।  संक्रमितहरु मध्ये ३ सय ३६ जना होम आ्इसोलेशनमा छन् भने ४३ जनाको संस्थागत आइशोलेशनहरुमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा कोरोना जितेर १० जना निको भएका छन् ।  यो संगै जिल्लमा कोरोना जितेर निको हुनेको संख्या १४ पुगेको छ । जिल्लामा कोरोनाबाट आज कसैको पनि ज्यान गएको छैन । यसअघि भने ७ जनाको ज्यान गइसकेको छ । जसमा त्रियुगा नगरपालिकाको ४, चौदण्डीगढी नगरपालिकाको २ र कटारी नगरपालिकाको १ जना रहेका छन् । जिल्लामा कोरोना संक्रमितलाई उपचारका लागि ५ अस्पतालमा १ सय ३८ वटा बेड रहेका छन् ।  ३० वटा एम्बुलेन्स सन्चालन...
उदयपुर काेराेना संकटकाे घेराबन्दीमा | काेराेना खबर अपडेट-उदयपुर | १ जेठ , २०७८ -भिडियाे

उदयपुर काेराेना संकटकाे घेराबन्दीमा | काेराेना खबर अपडेट-उदयपुर | १ जेठ , २०७८ -भिडियाे

समाचार, स्वास्थ्य
https://youtu.be/SZb5hwcfd_8 पूर्णपुष्टि, जेठ १ । उदयपुरमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा १५ महिला ३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टाको परिक्षणमा महिलाको संख्या बढि आएको हो । योसंगै जिल्लामा संक्रमितको संख्या ३ सय ७९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।  संक्रमितहरु मध्ये ३ सय ३६ जना होम आ्इसोलेशनमा छन् भने ४३ जनाको संस्थागत आइशोलेशनहरुमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा कोरोना जितेर १० जना निको भएका छन् ।  यो संगै जिल्लमा कोरोना जितेर निको हुनेको संख्या १४ पुगेको छ । जिल्लामा कोरोनाबाट आज कसैको पनि ज्यान गएको छैन । यसअघि भने ७ जनाको ज्यान गइसकेको छ । जसमा त्रियुगा नगरापलिकाको ४, चौदण्डीगढी नगरपालिकाको २ र कटारी नगरपालिकाको १ जना रहेका छन् । जिल्लामा कोरोना संक्रमितलाई उपचारका लागि ५ अस्पतालमा १ सय ३८ वटा बेड रहेका ...
उदयपुरमा आज थप १८ जनामा कोरोना पुष्टि

उदयपुरमा आज थप १८ जनामा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १ उदयपुरमा शनिवार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १५ महिला र ३ पुरुष गरी १८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमणको कुल संख्या ३ सय ७९ पुगेको छ । त्रियुगा नगरपालिकामा सबै भन्दा बढी संत्रमित देखिएको छ । त्रियुगामा मात्रै हाल सम्म १९१ जना संक्रमित देखिएको छ । आज सम्म  कोरोना बाट मुक्त हुनेको संख्या १४ पुगेको छ । हिजो मात्रै ६ जनाले कोभिड हस्पिटल बाट कोरोना जितेर घर फर्केका थिए । यता मृत्युको संख्या भने केहि दिन देखि स्थीर छ, हाल सम्म मृत्यु भएको संख्या ७ रहेको छ ।  ...
राष्ट्रिय संकटमा याेगदान : एसजी ग्रुपले मुनाफाविनै अक्सिजन दिने

राष्ट्रिय संकटमा याेगदान : एसजी ग्रुपले मुनाफाविनै अक्सिजन दिने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १ । देशलाई संकट परेकाे वेला सबैले आ-आफ्नाे क्षेत्रबाट याेगदान गर्नु हरेक नागरिककाे कर्तब्य हाे । यसैकुरालाई मध्यनजर गर्दै नेपालकाे एक प्रतिष्ठित व्यवसायि शिवप्रसाद घिमिरे नेतृत्वको एसजी ग्रुपले मुनाफा बिनै अक्सिजन उपलब्ध गराउने भएकाे छ। काेराेना  संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन सहज रुपमा नपाउदा ज्यान गुमाईनेहरुकोसमेत संख्या बढीरहेको तर्फ मध्यनजर गर्दै  निजी क्षेत्रको एसजी ग्रुपले छिमेकी मुलुक चिनबाट अक्सिजन लगायतका स्वास्थ्य सामाग्री ल्याउने भएको छ ।  संक्रमितहरुको संख्या दिनप्रतिदिन बढी रहेको तथा अस्पतालहरुले अक्सिजन अभाव भएको भन्दै विरामीहरुलाई भर्ना लिन नमानिरहेको समयमा एसजी ग्रुपले छिमेकी मुलुक चिनबाट अक्सिजन व्याग, अक्सिजन माक्ससहित अक्सिजन सिलिण्डर ल्याउन लागेको हो । अक्सिजन कोभिडका विरामीहरुको उपचारका लागि अत्यावश्यक रहेको भएपनि सरकारी तथा निजी क्षे...
पहाडी गाउँकाे समुदायमा कसरी संक्रमण फैलिदैछ ? एक वडाध्यक्षसंग विशेष संवाद – भिडियाे

पहाडी गाउँकाे समुदायमा कसरी संक्रमण फैलिदैछ ? एक वडाध्यक्षसंग विशेष संवाद – भिडियाे

समाचार, स्वास्थ्य
https://youtu.be/-iMYrtYJj8A मानबहादुर राइ, १६ नं. वडाध्यक्षा, त्रियुगा नगरपालिका उदयपुर
पछिल्लाे २४ घण्टामा नेपालमा ४ लाख ३९ हजार, विश्वमा १६ कराेड १९ लाख संक्रमित

पछिल्लाे २४ घण्टामा नेपालमा ४ लाख ३९ हजार, विश्वमा १६ कराेड १९ लाख संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ३१ । देशभर कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको छ भने मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ । ८ हजार ५ सय २० जना थपिएसंगै संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको हो । कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ सय ३ जनाले ज्यान गुमाएसंगै मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको हो । आज ६ हजार १ सय ३५ जना निको थपिएसंगै देशभर निको हुनेको संख्या ३ लाख २७ हजार ६ सय ५३ पुगेको छ । विश्वभर कोरोना संक्रमितको संख्या १६ करोड १९ लाख ६ सय २२ पुगेको छ । विश्वमा मृत्यु हुनेको संख्या ३३ लाख ६० हजार ६ सय ५१ छ भने निको हुनेको संख्या १३ करोड ९७ लाख ४२ हजार १ सय ६ रहेको छ ।...
उदयपुरमा सबैजसाे क्षेत्रका मानिसमा संक्रमण फैलियाे

उदयपुरमा सबैजसाे क्षेत्रका मानिसमा संक्रमण फैलियाे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ३१ । विश्व महामारीको रुपमा फैलिएको नयाँ प्रकारको कोरोनाले उदयपुरको सबै क्षेत्रका मानिसलाई संक्रमित पारेको छ । सर्बसाधारण नागरिकदेखि स्वास्थयकर्मी, राष्टसेवक कर्मचारी, शिक्षक, ब्यवसायी, संचारकर्मी, जनप्रतिनिधि लगायत सबै क्षेत्रमा संक्रमण फैलिएको स्थानीय प्रशासनले जनाएको छ । उदयपुरमा कोरोना समुदायस्तरमा नै तिब्र फैलिएकाले सबै क्षेत्रलाई छोएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले बताउनुभयो । समुदायस्तरमै फैलिएकाले कोरोना संकट जिल्लामा देखिएको छ । यसबेला सबै नागरिकले सचेत र सतर्क भई आप्mनो ठाउँबाट नियन्त्रणमा भूमिका खेल्नुपर्ने हुन्छ । प्रशासनले सबै नागरिकलाई यसप्रति अनुरोध गर्दै लापरवाही नगर्न र घरमा बस्न आव्हान गरेको छ । निशेधाज्ञको पूर्ण पालना गर्दै कोरोना विरुद्ध लड्न आव्हान गरेको छ ।...
काेराेना खबर अपडेट  | ३१ वैशाख, २०७८ | पहाडतिर समुदायमा फैलिएकाे संक्रमणबारे वडाध्यक्षसंग भिडियाे संवादसहित

काेराेना खबर अपडेट | ३१ वैशाख, २०७८ | पहाडतिर समुदायमा फैलिएकाे संक्रमणबारे वडाध्यक्षसंग भिडियाे संवादसहित

समाचार, स्वास्थ्य
https://youtu.be/Uk1sYp559lk १. उदयपुरमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १४ महिला र ३६ पुरुष रहेका छन् । त्रियुगा नगरपालिकामा २१ जनामा संक्रमण पुष्टि भएको छ । चौदण्डीगढी नगरपालिमा ११ जनामा संक्रमण देखिएको छ । त्येसैगरी बेलका नगरपलिकामा ६ जना, लिम्चुङबुङ गाउँपालिकामा ७ जना र उदयपुरगढी गाउँपालिकाका १ जनामा संक्रमण देखिएको हो । यो संगै जिल्लामा संक्रमितको संख्या ३ सय ६१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जिल्लामा कोरोनाबाट आज कसैको पनि ज्यान गएको छैन र कोरोना जितेर निको हुनेको संख्या पनि थपिएको छैन । स्वास्थ्य कार्यालयको तथ्याङकअनुसार जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ र निको हुनेको संख्या ४ रहेको छ । संक्रमितहरु मध्ये ३ सय २० जना होम आ्इसोलेशनमा छन् भने २३ जनाको संस्थागत आइशोलेशनहरुमा उपचार भइरहेको छ । २. ज...
त्रिनपाको १६ नं वडामा एक शिक्षक र टोल विकासका अध्यक्ष सहित १५ जनामा संक्रमण पुष्टि

त्रिनपाको १६ नं वडामा एक शिक्षक र टोल विकासका अध्यक्ष सहित १५ जनामा संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ३१ त्रियुगा नगरपालिकाको माथिल्लो पहाडी भागमा पनि कोरोना संक्रमण तिव्र देखिएको छ । वडा नं १६ मा हिजो र आज गरी १५ जनामा संक्रमण पुष्टि भएको छ । वडाको बेल्दोभान, जाँते, सरस्वती र तिनतले क्षेत्रमा संक्रमण देखिएको हो । वडा अध्यक्ष मानवहादुर राईका अनुसार त्यस क्षेत्रमा ठुलो संख्यामा ज्वरो आएको खवर पछि हिजो ५ जनाको नमुना परिक्षण गरिएको थियो । नगरपालिकामा बोलाई परिक्षण गरिदा ५ जनामै संक्रमण पुष्टि भएको थियो । लगत्तै वडाले आज स्वास्थ्यकर्मीको टोली आधारभूत विद्यालय बेल्दोवानमा लगी २३ जनाको परिक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ । गाउँमा अन्य बिरामीहरु पनि रहेको वडाको अन्य ठाउँहरुबाट पनि ज्वरोको खबर आईरहेकाले वडामा समुदायु भित्र कोरोना संक्रमाण फैलिएको वडाअध्यक्ष राईले बताउनुभयो । वडाको संक्रमित क्षेत्र खासगरी बेल्दोभान र आसपासको ठाउँलाई कोरोना संकट क्षेत्र घोषणा गर्...