Thursday, June 18News That Matters

स्वास्थ्य

उदयपुरमा पत्रकारमाथि आक्रमण गरी क्यामेरा तोडफोड

उदयपुरमा पत्रकारमाथि आक्रमण गरी क्यामेरा तोडफोड

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
उदयपुर, असोज २३ । बजारमा लगिएको खानेपानीको सिलप्याक जारभित्र कुखुराको प्वाँख भेटिएपछि उपभोक्ताको स्वास्थ्यमाथिको सम्बेदनशिलतालाई ख्याल गर्दै आज रिपोर्टिङमा गएका उदयपुरका दुई पत्रकारमाथि आक्रमण तथा क्यामेरा तोडफोड भएको छ । पत्रकार बिक्रम राई र सुनिल राईमाथि रौता स्पिङ वाटर प्रा.लि.का सञ्चालक पर्शुराम चौधरी लगायतले आक्रमण गरी क्यामेरा खोसेर फुटाइदिएका हुन् । पत्रकार राईद्वय पूर्णपुष्टि मिडिया र एभिन्युज टेलिभिजनको उदयपुर सम्बाददाता हुन् । कोष तथा लेखा नियन्त्रण कार्यालय उदयपुरको चमेनागृहमा लगिएको जारभित्रको पानीमा कुखुराको प्वाँख भेटिएको थियो । उक्त जार स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । सो बारे सोधपुछ गर्न र कम्पनीको भिडियो खिच्न गएका पत्रकारद्वयमाथि सञ्चालक चौधरीले नखिच्न धम्कीमात्र दिएनन् क्यामेर खोसेर फुटाइ दिए । मोवाईल कब्जामा लिए र हेल्मेटले आक्रमण गरेको पत्रकार बिक्रमले बताए ।...
जापानिज (इन्सेफलाइटिस) रोग सँग लडिरहेका छोरालाई बचाईदिन परिवारको आग्रह

जापानिज (इन्सेफलाइटिस) रोग सँग लडिरहेका छोरालाई बचाईदिन परिवारको आग्रह

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, १४ असोज । बेलका नगरपालिका ६ घर भएका १४ बर्षिय सायल राई ४७ दिन देखी जापानिज (इन्सेप्लाईटिस) रोग सँग लडिरहेको छ । बेलका नगरपालिकाको जडाहा स्थित बेलका बोर्डिङ कक्षा ६ मा अध्यानरत सायल यतिवेला रोग सँगको कष्टकर जुधाईमा छ । सायलको उपचारको लागि परिवारले १६ लाख बढी खर्चिसकेको छ । ४७ दिन देखी बिराट टिचिङ हस्पिटलको भेण्डीलेटरमा राखेर उपचार गराईरहेको सायललाई थप उपचार अघि बढाउन आर्थिक समस्या परेको भन्दै परिवारले उपचारमा सघाउन सबैसामु सहयोगको अपिल गरेको छ । जापानिज (इन्सेप्लाईटिस) रोग तथा मतिष्क टिबी रोगले ग्रसित सायलको उपचार सुरुवातदेखीनै भेण्डीलेटरमा राखेर भैरहेको परिवारले जनाए । सायलको काका राज कुमार राईका अनुसार बिरामीको उपचारमा औषधी बाहेक १६ लाख खर्च भैसकेको र थप उपचारको लागि परिवारमा आर्थिक स्रोत नभएकाले सहयोगको अपिल गर्नु परहेको हो । हस्पिटलले बिरामीको रोग प्रतिरोधात्मक क्...
चौदण्डीगढीको नगर अस्पताल सार्वजनिक बिदामा पनि खुल्ने

चौदण्डीगढीको नगर अस्पताल सार्वजनिक बिदामा पनि खुल्ने

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ९ । चौदण्डीगढी नगरपालिकाको बेल्टारस्थित आधारभूत नगर अस्पतालले सार्वजनिक बिदाको दिनमा समेत सेवा दिने भएको छ। पूर्णपुष्टि, असोज ९ । अस्पताल व्यवस्थापक मोहन सुबेदीले मंगलबार एक सूचना जारी गर्दै दशैं, तिहार र शनिबार बाहेक अन्य सार्वजनिक बिदामा पनि अस्पताल खुला रहने जानकारी दिए। अस्पतालको सेवा समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ। नगर प्रमुख कालुमान लामाले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन अस्पताल व्यवस्थापकको जिम्मेवारी अनुभवी व्यक्ति मोहन सुबेदीलाई दिएको बताए। उनले अस्पतालले जनताको अपेक्षा भन्दा पनि फरक र गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे। साथै, अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरेपछि बिमाको औषधीमा समस्या नआएको समेत जानकारी दिए।                         &n...
त्रियुगा नगरपालिकामा नगर अस्पताल सञ्चालन

त्रियुगा नगरपालिकामा नगर अस्पताल सञ्चालन

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, ३ असोज । त्रियुगा नगरपालिकाले आफ्नो ५ नम्बर वडामा नगर अस्पताल सञ्चालनमा ल्याएको छ । बिहीबार नगर प्रमुख बसन्त बस्नेतले अस्पतालको औपचारिक उद्घाटन गरेसँगै अस्पताल सेवा शुरु भएको हो । ५ शय्याको यस अस्पतालमा एमबिबिएस डाक्टर अनिल आचार्य सहित १६ जना कर्मचारीहरु खटाइएका छन् । नगर प्रमुख बस्नेतका अनुसार वडा नं ५ को स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पतालको रूपमा विकास गरिएको हो । अस्पतालले प्रसूति सेवा, खोप, आकस्मिक सेवा, फार्मेसी, प्रयोगशाला, भिडियो एक्स(रे लगायतका सेवाहरू प्रदान गर्नेछ। स्थानीय सरकारले स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी यो अस्पताल निर्माण गरेको नगर प्रमुख बस्नेतले बताए । अस्पताल सञ्चालन समितिमा बसन्त बस्नेत अध्यक्ष, महेश्वरी राई उपाध्यक्ष, बिष्णुभक्त सिग्देल, उद्धव कुमार थापा, तनुकलाल चौधरी, चीन बहादुर राई, लक्ष्मी थापा र किरण कुमार कार्की सदस्य तथा ड...
उदयपुर जिल्ला अस्पतालका प्रशासक डा. ज्ञानेन्द्र झाको बिदाई

उदयपुर जिल्ला अस्पतालका प्रशासक डा. ज्ञानेन्द्र झाको बिदाई

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २४ ।  उदयपुर जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञानेन्द्र कुमार झाको सरुवा भएपछि शनिबार एक कार्यक्रमको आयोजना गरी उनको बिदाई गरिएको छ। दुई वर्षअघि उदयपुर अस्पतालमा आएका हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ सर्जन डा. झाले आफ्नो कार्यकालमा अस्पतालको संस्थागत सुधार र सेवा प्रवाहमा उल्लेखनीय योगदान पुर्‍याएका थिए। डा. झाको नेतृत्वमा उदयपुर जिल्ला अस्पतालले कोशी प्रदेशमा दुई पटक उत्कृष्ट अस्पतालको रूपमा पुरस्कार प्राप्त गरेको थियो। उनको कार्यकालमा अस्पतालमा रेडियोलोजिस्ट नियुक्ति, अप्रेशन सेवा, एसएनसियु सेवा, फिजियोथेरापी, डाइलासिस सेवा, बिशेषज्ञ सेवा लगायत थुप्रै नयाँ सेवाहरू सुरु गरिएको थियो। बिदाई समारोहमा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले डा. झालाई कुशल डाक्टर र प्रशासकको रूपमा प्रशंसा गर्दै उनको अभाव महसुस हुने बताए। स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाइजर...
पिपलचोकमा मेयर वस्नेत सहित ३७ जनाले गरे रक्तदान

पिपलचोकमा मेयर वस्नेत सहित ३७ जनाले गरे रक्तदान

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, १९ भदौ । गाईघाट पिपलचोकमा त्रियुगा नगरपालिकाको नगर प्रमुख बसन्त बस्नेत सहित ३७ जनाले रक्तदान गरेको छ । नेपाल रेडक्रस सोसाईटीको ६२ औँ स्थापना दिवसको अवसर पारी रक्तदान कार्यक्रम गरिएको हो । रेडक्रस सोसाईटी उदयपुरका सभापति मदनराज कटुवालका अनुसार हाल नगरवासीहरुलाई निशुल्क रगत प्रदान गर्ने अभियान चलिरहेको छ । उक्त अभियानमा रक्तदान गर्ने ब्यक्तिहरु उत्साहितका साथ जोडिरहेको अवस्था छ । बुधबार ७ बजेदेखी पिपलचोकमा रक्तदान कार्यक्रम राखिएका थिए । आयोजक नेपाल रेडक्रस सोसाईटी त्रियुगा नगरपालिका (ख) र नेपाल रेडक्रस सोसाईटी उदयपुर शाखाको प्राविधिक सहयोगमा रक्रदान भव्य गरिएको अध्यक्ष कटुवालले जनाए । रक्तदान जिवन दान भन्ने पुरानो नारालाई आत्मासाथ गर्दै निशुल्क रगत उपलब्ध गराउने अभियानलाई सफल पार्न यस रक्तदान कार्यक्रमले थप टेवा पुग्ने कटुवालको भनाई छ । त्रियुगा नगरपालिका र रेडक्रस सोसाईटी ...
 त्रियुगा नगरवासिलाई निशूल्क रगतको व्यवस्था गरिने 

 त्रियुगा नगरवासिलाई निशूल्क रगतको व्यवस्था गरिने 

Breaking News 1, स्वास्थ्य
पूर्णपुष्टि, ६ भदौ ।  नेपाल रेडक्रस सोसाईटी उदयपुरले त्रियुगा नगरपालिका सँग  निशुल्क रगत व्यवस्थाको लागि सम्झौता गरेको छ ।  बुधबार त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेत र रेडक्रसका सभापति मदनराज कटुवालबीच ९ बुद्धे सम्झौता पत्र सहित रगत व्यवस्थाको लागि काम अघि बढेको हो । सभापति कटुवालले रगत जस्ता आवश्यक वस्तुलाई सहज र निशुल्क बनाउन यो सम्झौता गरिएको जनाए । कटुवालले अब त्रियुगावासीहरुको परिचय पत्र खुल्ने आवश्यक कागजातको आधारमा निशुल्क रगत प्रदान गरिनेछ, कटुवालले भने, । यसको लागि करोड अक्षयकोषः निशुल्क रगत तपाईका लागि अभियान संचालन गरि अघिबढ्ने तयारीमा रहेको छ । त्यसका लागि त्रियुगा नगरपालिकाले सूचना बोर्डकै व्यवस्था गरी रक्तसंञ्चार केन्द्रमा खडा गरिने छ । ...
उदयपुरमा एक दिने स्वास्थ्य परिक्षण शिविर सम्पन्न

उदयपुरमा एक दिने स्वास्थ्य परिक्षण शिविर सम्पन्न

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २६ । उदयपुरको सदरमुकाम गाईघाटमा शनिबार एक दिने स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ। 'स्वास्थ्यका लागि साइकल' नाराका साथ उदयपुर जिल्ला साइकलिङ संघको आयोजना र वशिष्ठ पोलीक्लिनिकको समन्वय तथा प्राविधिक सहयोगमा शिविर संञ्चालन गरिएको हो । शिविरमा ४० जना साइकल राइडर र १० जना प्राविधिक गरी कुल ५० जनाको सहभागिता रहेको थियो। उदयपुर जिल्ला साइकलिङ संघका अध्यक्ष माधव बानियाको अध्यक्षतामा आयोजित यस कार्यक्रममा जिल्ला अस्पताल उदयपुरका डाक्टर रन्दिप राउतले स्वास्थ्य परीक्षण सेवा प्रदान गरेका थिए। १३ वर्षदेखि ६५ वर्षसम्मका साइकल राइडरहरूले यस अवसरमा स्वास्थ्य परीक्षण गराउने मौका पाएका थिए। आयोजकहरूका अनुसार यस अभियानले साइकल चलाउने बानीलाई प्रोत्साहन गर्दै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरेको छ। साथै, नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे जनचेतना फैलाउन पनि यो कार्यक्रम सफल रहेको ...
सरकारी कार्यालयमा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह

सरकारी कार्यालयमा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई 'लामखुट्टे खोज र नष्ट गर' अभियान सञ्चालन गर्न आग्रह गरेको छ। डेङ्गीको सङ्क्रमण बढेपछि यो कदम चालिएको हो। मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइका साथै यो अभियान सञ्चालन गर्न आग्रह गरिएको छ। गत वर्ष पनि डेङ्गी सङ्क्रमण बढेपछि यस्तै अभियान सञ्चालन गर्न निर्देशन दिइएको थियो। मन्त्रालयले कार्यालयहरूलाई डेङ्गी सङ्क्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ। प्रवक्ता बुढाथोकीले सरकारी अस्पतालमा डेङ्गीका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिए। अस्पतालहरूलाई परिसरमा 'डेङ्गी डेस्क' स्थापना गरी सम्पर्क व्यक्ति तोक्न पनि निर्देशन दिइएको छ। उनले स्वास्थ्य क्षेत्रको एकल प्रयासले मात्र डेङ्गी सङ्क्रमण नियन्त्...
आकस्मिक बिरामीलाई तत्काल उपचार दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

आकस्मिक बिरामीलाई तत्काल उपचार दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै स्वास्थ्य संस्थाहरुलाई आकस्मिक कक्षमा आउने बिरामीहरुलाई तत्काल उपचार दिन निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मंगलबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका हुन्। विज्ञप्तिमा इमर्जेन्सीमा आउने बिरामीलाई तुरुन्त उपचार दिई स्वास्थ्य अवस्था स्थिर बनाउन र आवश्यक परे अन्य उपयुक्त स्वास्थ्य संस्थामा पठाउन भनिएको छ। तर अर्को अस्पतालमा पठाउँदा पहिले समन्वय गरेर मात्र रेफर गर्न आग्रह गरिएको छ। यो निर्देशन नेपालको संविधान र जनस्वास्थ्य ऐन २०७५ अनुरूप जारी गरिएको हो। संविधानले नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्ने व्यवस्था गरेको छ भने ऐनले आपतकालीन अवस्थामा तत्काल सेवा दिनुपर्ने प्रावधान राखेको छ।...